Nol Darra Times

Nol Darra Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nol Darra Times, Media/News Company, Nol Darra, Mirik.

अन्तेष्टि क्रिया (घेवा)मेरी प्यारी श्रीमती अनु राई (तामाङ) को निधनमा शोक संवेदना प्रकट गर्नुहुने , शवयात्रामा सामेल हुनु...
11/11/2025

अन्तेष्टि क्रिया (घेवा)

मेरी प्यारी श्रीमती अनु राई (तामाङ) को निधनमा शोक संवेदना प्रकट गर्नुहुने , शवयात्रामा सामेल हुनुहुने सबै सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै उनको अन्तेष्टि कर्म (घेवा) आउँदो १४ नोभेम्बर २०२५ शुक्रबारको दिन नोलडाँडा सार्वजनिक भवनमा हुने जानकारी गराउँदछु।

बिनित,
श्री मन्दिप तामाङ (पति)
सुश्री छोजेङ तामाङ (छोरी)
एवं सम्पूर्ण शोकाकुल बोम्जन परिवार
नोलडाँडा,मिरिक, दार्जिलिङ

अन्तेष्टि क्रिया (शुद्धि कर्म)अम्बटे चियाबारी दबाई खेती निवासी कुमार सुब्बाको मृत्यु ५८ बर्षको उमेरमा गत २७ जुलाई २०२५ क...
05/08/2025

अन्तेष्टि क्रिया (शुद्धि कर्म)

अम्बटे चियाबारी दबाई खेती निवासी कुमार सुब्बाको मृत्यु ५८ बर्षको उमेरमा गत २७ जुलाई २०२५ को दिन भयो।उनको शवयात्रामा सहभागी हुने सबै सबैलाई परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै उनको अन्तेष्टि क्रिया आउँदो ९ अगस्ट २०२५ को दिन स्थानीय दबाई खेती सार्वजनिक भवन,अम्बटेमा सम्पन्न हुने जानकारी गराउँन चाहन्छौ।

बिनित,
प्रमीला देवान(श्रीमती)
भीमबहादुर सुब्बा-मेनुका सुब्बा(दाजु-भाउजु)
लोयस सिंह थेबे- सम्झना सुब्बा (छोरा-बुहारी)
अबिका सुब्बा(छोरी)
अशोक सुब्बा (भतिजो)
एवं सम्पूर्ण शोकाकुल सुब्बा परिवार

जीटीए क्षेत्रमा 1116 नयाँ शिक्षक पद सृजना हुने गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अधिनस्थ शिक्षा क्षेत्रको सुदृढीकरणका लागि...
31/07/2025

जीटीए क्षेत्रमा 1116 नयाँ शिक्षक पद सृजना हुने

गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अधिनस्थ शिक्षा क्षेत्रको सुदृढीकरणका लागि एउटा खुसीको खबर। चाँडै नै क्षेत्रको सरकारी पाठशालाहरुमा 1,116 नयाँ शिक्षक पदमा भर्ना खुलिने छ। प्रशासनिक कार्य चलिरहेको म सबैलाई अवगत गराउन चाहन्छु। सृजना गरिएका यी नयाँ शिक्षक पदहरूबाट दार्जीलिङ्ग र कालिम्पोङ जिल्लाका सरकारी विद्यालयहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने हाम्रो प्रयास अब कार्यमा देखा पर्नेछ।

पश्चिम बंगाल सरकारको विद्यालय शिक्षा विभागले दार्जिलिंग र कालिम्पोङ जिल्लाको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन (जीटीए) अन्तर्गत रहेका नयाँ स्थापना भएका जुनियर उच्च विद्यालय, स्तरोन्नत उच्च विद्यालय र उच्च माध्यमिक विद्यालयका लागि 1,116 नयाँ शिक्षक पद सिर्जना तथा स्वीकृतिका लागि प्रस्ताव पेश गरेको छ।

विद्यालय शिक्षाविभागले जिल्लाका विद्यालय निरीक्षक (एस.ई.) हरूलाई पठाएको आधिकारिक ज्ञापनअनुसार जीटीए-का मुख्य सचिवद्वारा पेश गरिएको सिफारिसलाई विभागीय स्तरमा परीक्षण गरिएको छ। आवश्यकीय तथ्यांक र विवरण संकलन गर्न गृह तथा पहाडी मामिला विभागले स्पष्ट जानकारी मागिसकेको छ। सबै सम्बन्धित विद्यालयहरूबाट माग गरिएको विवरण एक्सेल फाइलमा शीघ्र पठाउन निर्देशन दिइएको छ।

प्रस्तावित शिक्षक पदहरू नयाँ हो कि पहिले नै स्वीकृत भइसकेका खाली पदहरू हुन्, भन्ने विवरण छुट्टै बुझाउनसमेत निर्देशन दिइएको छ। यसैसँग, विभागले भनेको छ कि सम्बन्धित सम्पूर्ण तथ्यांक समयमै संकलन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ।

कर्म नै हाम्रो सिद्धान्त! हामीले पहाड निर्माण गर्न सुरु गरेका पहलहरु आज बिस्तारै फलप्रद भएर देखा पर्दैछ।

अनित थापा
मुख्य कार्यपाल
जीटीए

31/07/2025

प्रेस विज्ञप्ति
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अधिनस्थक्षेत्रका सरकारी पाठशालाहरुमा 1,116 नयाँ शिक्षक पदहरू सृजना हुने प्रक्रियाको प्रशासनिक कार्य अन्तिम रूपमा चलिरहेको छ। जीटीएले राज्य सरकारसमक्ष दार्जीलिङ अनि कालेबुङ जिल्लाहरूमा नयाँ स्थापना भएका निम्न उच्च विद्यालय, उच्च अनि उच्चत्तर विद्यालयहरूमा बढ़ोत्तरी पाएका विद्यालयहरूको निम्ति 1,116 नयाँ शिक्षक पद सिर्जना तथा स्वीकृतिका लागि प्रस्ताव अगावै पेश गरेको थियो भने सोही प्रस्तावमुताविक अब यसको अन्तिम प्रक्रिया चलिरहेको छ।
संयुक्त माध्यमिक शिक्षक संगठनको प्रमुख मुद्दाहरूमध्ये शिक्षक पद अनुमोदनको मुद्दा पनि रहिआएको थियो । यसैले उक्त विषयलाई लिएर संगठनले अगावै जीटीएका मुख्य कार्यपाल अनित थापालाई ज्ञापन चड़ाइसकेको छ भने जीटीए तथा राज्य सरकारअधिनस्थ शिक्षा विभागसित बारम्बार सम्पर्क गरिरहेको थियो। यसैक्रममा 1,116 वटा शिक्षक पद सिर्जना गर्ने तथा स्वीकृति गर्ने कार्य अब निर्णायक मोड़मा पुगेकोमा संयुक्त माध्यमिक शिक्षक संगठन खुशी व्यक्त गर्दछौं।
उक्त सराहनीय पहलको निम्ति जीटीएका मुख्य कार्यपाल अनित थापालाई संयुक्त माध्यमिक शिक्षक संगठन आभार व्यक्त गर्दछौं। मुख्य कार्यपाल महोदयले अगावै संगठनलाई यस विषयमा सकरात्मक सन्देश प्रदान गर्नु भएको थियो भने लगातार यस विषयलाई अघि बड़ाउने कार्य पनि गरिरहनु भएको थियो । पहाड़को शिक्षा व्यवस्थालाई बलियो बनाउने दिशामा गम्भीर भएर उहाँले गरिरहनुभएका कार्यहरू सराहनीय रहेको छ। संयुक्त माध्यमिक शिक्षक संगठन जीटीए प्रमुख अनित थापालाई संगठनको पक्षबाट धन्यबाद दिँदछ। यसबाहेक राज्य सरकार एवं माननीय मुख्यमन्त्री ममता व्यानर्जीप्रति पनि हार्दिक आभार व्यक्त गर्दछ।
संयुक्त माध्यमिक शिक्षक संगठन दार्जीलिङ पहाड़को शैक्षिक विकास अनि व्यवस्थापनको निम्ति सदैव कटिवद्ध रहेको छ। यसैक्रममा 1,116 नयाँ शिक्षक पद अनुमोदन तथा स्वीकृति भएको खण्डमा पहाड़को शिक्षा व्यवस्थापन अनि समस्याहरूको समाधान गर्न धेरै सहज हुने संगठनको धारणा रहेको छ।
यस महत पहलको निम्ति जीटीएका मुख्य कार्यपाल अनित थापा अनि राज्य सरकारप्रति फेरि पनि आभार व्यक्त गर्दछौं।

सभापति/सचिव
संयुक्त माध्यमिक शिक्षक सगंठन
केन्द्रीय समिति ।

01/12/2019

8 DEAD IN SILIGURI BUS ACCIDENT AT FARAKKA THIS MORNING

The Bus “Aradhana” running from Siliguri to Berhampore met with a dangerous accident at Balapur near Farakka with an oil tanker at around 5:10am this morning.

Sources have reported that 8 people died, which consists of 3 bus staff and 5 passengers. It has also been reported that several people are critically injured.

30/11/2019

अावश्यक कागजपत्र हराएको छ।
सौरेनी समष्टि अन्तर्गत मिलिकथुङ निवासी दिलबहादुर (बस्नेत) छेत्रीको केही कागजपत्र मिरिक, सौरेनीमा हराएको छ।जस्मा स्कुल सर्टिफिकेट,भोटर कार्ड,अाधार कार्ड रासन कार्ड नौ वटा ,अोवीसी सर्टिफिकेट भएको एउटा फाइल शीत हराएको छ।यदि कसैले फेला पार्नु भएमा यो मोबाइल नम्बरमा सम्पर्क गरिदिने अनुरोध गरिन्छ।
Contact Numbers : 9593355390 @ 8207278863

प्रतिक्षा कवि : मनोहर शर्मा (मिरिक )छोरा जब देखि घरबाट तिमीले यहाँ ल्यायौ न दिनमा उठुनै सक्छु न रातमा सुत्नै सक्छु एकोहो...
29/08/2019

प्रतिक्षा

कवि : मनोहर शर्मा (मिरिक )

छोरा जब देखि घरबाट तिमीले
यहाँ ल्यायौ
न दिनमा उठुनै सक्छु न रातमा सुत्नै सक्छु
एकोहोरो पूर्वमा घाम हेरी रहन्छु
रातभरि आकाशमा जून खोजी रहन्छु

जब आउँछ पूर्णिमा उदाउँछ जून
तब तिमीलाई नै सम्झन्छु
पुर्णेको जूनलाई देउती माता ज्युवा भनेर
तिमीले भनेको झल झली आउँछ

यहाँ आएपछि साग बारी डुल्न पाएको छैन
डल्ले खोर्सानी खानु मन लाग्छ नी
यहाँ बारी नै छैन
धनियाँ र पदिना को अचार तिमीले
कति मन पराैथाौ
तिमीलाई खुवाउने न्युनमा
म पनि खान्थे
तर अह न यहाँ धनियाँ बारी नै छ
न यहाँ पुदिना घारी नै छ

खै !तिमीले मलाई कहाँ ल्यौ छोरा
केही दिन पछि आउँछु भन्थ्यौ
बुहारीलाई जहाजमा उडाएर मलाई
लान्छु भन्थ्यौ
खै त्यो जहाज उडेन अझै
मलाई लाने दिन आएन अझै

छट् पटिन्छु दिनभरी , रातभरी निसाशिन्छु
एक्लो रुन्छु तिमीलाई नै सम्झेर
जब म अघि मेलमाइन् को थालमा
भात फ्याँकिन्छ तब तिमीलाई नै सम्झन्छु
दिन भरी खेलेर थाकेर आउँदा
सिलबरे थालमा अलुवा चामलको
गीलो भात यही हातले खुवाएको थिए
तिमी तितो मन पराउँथे नौ
करेला भने पछि नाक खुम्चौथेयौं

मेरो राजालाई भोलि मिठो सब्जी पकाएर खुवाछु भन्दा
खुशी भएर खान्थ्यौं

आज मेलामाइन् को थाल भरी
फ्याँकिएका भातमा तिम्रै प्रतिमूर्ति देख्छु

त्यो भातमा रुखोपन देख्छु
यहाँ त भात अघाउन होइन
बचाउन दिइन्छ
पानी तृष्णा मेट्न होइन
घाँटी भिजाउन दिइन्छ

जब गुम्बाको यारलिङको मधुर धुन सुन्छु
मेरो कानहरूले तिमीलाई नै खोज्छ
जब मन्दिरको घन्टीहरु बज्छन्
मेरा ओठहरुले तिम्रै नाम भन्छ
जन्मेर जब तिम्रो ज्ञान आयो
तब ढुंगा लाई देउता भन्न सिकाए
ढुंगामा नै भगवान् रास्ता हुन्छ भनी बुझाए

क्या त स्यानोमा तिमीले भनेको थियौं नी
आमा देउती माता ढुंगा होइन रहेछ
तपाईं पो हरे त
छोरा आज आफैलाई प्रश्न गर्छु
किन मेरी छोराले देउती मातालाई
घरबाट टाढा पठायो

कुल देउता त घर भित्रको भदाल कोठा भित्र हुन्छ होइन र
तर आगानबाट टाढा ल्याएका यतिका दिन पछि पनि
तिमी देउतालाई भेट्न खै आएको
स्यानो मा तिमी टाढा खेल्न जाँदा
मन मा भुट भुटी हुन्थियो
कसै सँग लप्पा पो खेल्यौं की
लड्यौ की चोट पर्यो की
मन भरी पिरै पीर हुन्थियो
अनि तिमीलाई लिन जान्थे
खै तिमी म पनि धेरै बेर बस्न
सक्दैनौं थियौं र
कुदेर आउँथ्यो काख मा लुटु पुटु हुन्थ्यौं

तर खै त छोरा यतिका दिन भयो
म यहाँ छु तिमी घरमा मेरो याद आएन तिमीलाई

मेरो काख ले बोलाइन तिमीलाई
मेरो पीर र सुर्ता ले केही संकेत देकेको छैन तिमीलाई
अ छोरा एउटा कुरा नढाँटी भन त
की साच्चै तिमी मलाई लिन आउँछौ की आउँदैनौ;

For more videos subscribe YouTube channel :

18/06/2019

MIRIK man Missing

Arjun Kumar Pradhan, age 70 of Soureni is missing since 8 days. Whosoever sees him please contact 8337805153/9733060259.

Do share this post on your timelines and groups and help his family reunite.

18/06/2019

#प्रेस_विज्ञप्ति, १७ जुन २०१९

आफ्ना जाति अनि माटोको निम्ति शहिद बनेका समस्त महान आत्माहरूलाई आज शहिद दिवसको अवसरमा म अन्तर्मनबाट नमन गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु| शहिदका सपनाहरूलाई साकार पार्ने जिम्मा सभ्य समाजमा सबैको हुँदछ| सांसदको रूपमा यस क्षेत्रमा मेरो प्रवेश भएपछि त्यो जिम्मेवारी म स्वयंभित्र पनि रहेको ठान्दछु| यस भेकमा शहिद जन्मिनुको मूल कारण संवैधानिक माग गर्दा बढेको तृणमूल पार्टीको सरकारको अत्याचार मुख्य हो| आज पनि यहाँ राज्यको अत्याचार चरम सीमामा छ| कलम चलाउने र बोल्नेलाई जेल पठाइन्छ| असहाय बनाएर घर कुड्की गरिन्छ| साँच्चै भन्नु हो भने पहाडमा प्रजातन्त्र छैन, बङ्गालमा नै प्रजातन्त्र छैन| तर अब समयले कोल्टे फेरेको छ| भारतीय जनता पार्टीले पहाडलाई तृणमूल सरकारको अत्याचारबाट मुक्ति दिनेछ|
पहाडले मलाई अकल्पनीय मतले विजयी बनाएको छ| यो जीत शहिदको सम्मान हो, उहाँहरुको त्यागको जीत हो, जनताको आकांक्षाको जीत हो| हामी विजयी भएर पनि विजय उत्सव मनाउन पाएका छैनौं| हाम्रा समर्थकहरू अझैपनि झुटो मुद्दामा जेलमा छन्| तर सबैलाई न्याय दिलाएर हामी छिट्टै नै विजय उत्सव मनाउने छौं| पश्चिम बङ्गाल राज्य आज राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक सबै क्षेत्रमा कमजोर बनेको छ| बङ्गालको यस अवस्थाको जिम्मेवार तृणमूल पार्टी अनि यसको नेतृत्व हो| माननीय नरेन्द्र मोदीको प्रधान मंत्रित्वमा भारतीय जनता पार्टीले बङ्गालको गौरवलाई पुनः वापस फर्काउनेछ| आज शहिद दिवसको उपलक्ष्यमा शहिदको सम्मानमा मेरो शिर झुकाएर उहाँहरूले देखेको सपना पुरा गर्ने वचन दिँदछु|

राजु विष्ट
सांसद,
दार्जीलिंग लोकसभा समष्टी

17/06/2019

MP Raju Bista Press Statement :-

Address

Nol Darra
Mirik

Alerts

Be the first to know and let us send you an email when Nol Darra Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share