HAMRO PATRA

HAMRO PATRA निष्पक्ष खबर हाम्रो प्रतिबद्धता
(1)

जलिरहेको पहाडको आगोबाट जन्मेको पार्टी हो BGPM। आफैं जलेर पहाड शान्त बनाउनुबाट हामीले राजनीतिको श्रीगणेश गर्यौं।पहाड शान्...
09/09/2026

जलिरहेको पहाडको आगोबाट जन्मेको पार्टी हो BGPM। आफैं जलेर पहाड शान्त बनाउनुबाट हामीले राजनीतिको श्रीगणेश गर्यौं।

पहाड शान्त मात्र पारेनौ, गोर्खाको अस्थायी किपट जीटीएलाई पुनः हिँड्न सिकायौं। जनमत पाएर त्यसको व्यवस्थापन गर्यौ। तेइस वर्षसम्म गर्भमै थुनिएको पञ्चायती राज फर्काएर ल्यायौं। चुनाव गरायौं। अधिकांश पञ्चायत समिति र ग्राम पञ्चायतमा पार्टीले नयाँ नेतृत्व जन्मायौ। स्थापनाको तीन वर्षभित्रै सयौं नयाँ नेतृत्वको विकास गर्ने काम BGPM ले गर्यो।

आज हामीले पार्टीको छैटौँ स्थापना दिवसकाे उत्सव मनायौं। मलाई थाहा छ कि BGPM पार्टी अनि पार्टीका कार्यकर्ता कहिले थाक्दैन। कहिले झुक्दैन। कहिले हार्दैन। आजको जमघट हाम्रो जोश, जागर अनि एकआपस प्रतिको आस्था अनि भरोसाको चिन्ह हो।

BGPM पार्टीलाई माया गरेर अनि विस्वास गरेर उत्सवमा आउनु हुने हरेक कार्यकर्तालाई हृदयबाट नै धन्यवाद। हाम्रो विचारहरूलाई अनलाईन सुन्नुहुने अनि हाम्रो उत्सवमा रमाउनु हुने प्रत्येक समर्थकलाई धन्यवाद।

छ वर्ष अघि रोपेको विरुवा आज ठुलो वृक्षमा परिणत भएको छ। यस वृक्षले धेरै फलहरू फलायो। कतीपय कारण वस् केही पातहरु चुँडिएर पनि गए। तर चुँडिएर गएता पनि म आज पनि त्यहीँ छु जहाँ तपाईंहरूले छोडी जानु भएको थियो। घर फर्की आउनु चाहनुहुन्छ भने मेराे घरको दैलो सदैव खुल्ला छ।
अब आगामी दिनमा के गर्ने त?

मैले आजको मेरो सन्देशमा भने कि क्षेत्रीयता बचाउनु हामी आफ्नै खुट्टाको भरमा उभिएका छौं। गोर्खा जातिले न्याय पाउनु हो भने गोर्खाको नेतृत्वहरू एक मञ्चमा आउनु पर्छ। हाम्रो समयमा क्षेत्रीयता खोसिएको छ। यसलाई फर्काएर ल्याएनौं भने हामीलाई कलंक लाग्नेछ।

क्षेत्रीयता फर्काउने पहल नै हाम्रो प्राथमिकता रहनेछ। पहाडको जनताले BGPM लाई miss गर्दैछ। हामी तपाईंहरूको आवाज अवश्य बन्नेछौ।

-अनित थापा

कृष्ण जन्माष्टमीको शुभ कामना
04/09/2026

कृष्ण जन्माष्टमीको शुभ कामना

नमन माता पाथीभरा
03/09/2026

नमन माता पाथीभरा

राजु विष्ट ज्युले अमित शाह लाई सिलिगुडीमा ल्याएर डाइलग ओपन गरेका हुन्। उसले आफ्नो ड्युटी पूरा गरेका छन्। तर माग्ने मान्छ...
29/08/2026

राजु विष्ट ज्युले अमित शाह लाई सिलिगुडीमा ल्याएर डाइलग ओपन गरेका हुन्। उसले आफ्नो ड्युटी पूरा गरेका छन्। तर माग्ने मान्छेले नै ठीक सँग मागेनन् भने हामीले राजु बिष्टलाई दोष दिएर हुँदैन।

अनित थापा
भागोप्रमो

रक्षा बन्धनको सबैमा शुभकामना।
28/08/2026

रक्षा बन्धनको सबैमा शुभकामना।

*हार्दिक निम्तो* 🌿📚महान् साहित्यकार-चित्रकार लैनसिंह बाङ्देलद्वारा सन् १९५०-मा आरम्भ गरिएको पत्रिका * ‘प्रभात’* -को कौस्...
27/08/2026

*हार्दिक निम्तो* 🌿📚

महान् साहित्यकार-चित्रकार लैनसिंह बाङ्देलद्वारा सन् १९५०-मा आरम्भ गरिएको पत्रिका * ‘प्रभात’* -को कौस्तुभ अङ्क लैनसिंह बाङ्देल विशेषाङ्कको रूपमा प्रकाशित गरिएको छ ।

प्रभात-को विमोचन तथा चित्रकला प्रतियोगिता पुरस्कार वितरण समारोहमा यहाँलाई हार्दिक निम्तो ।
साहित्य, कला र स्रष्टाप्रतिको सम्मानलाई उत्सवका रूपमा मनाउन आयोजित यस विशेष कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि सादर अनुरोध गर्दछौँ ।

मिति: *३० अगस्त २०२६, आइतबार*
🕐 समय: *अपराह्न १ बजे*
📍 स्थान: *Kitaab Café, Bhanu Bhakta Samity Building, Landmark-Veer Jawan Chowk, Gurung Basti, Siliguri*
आउनुहोस्, लैनसिंह बाङ्देलको साहित्यिक योगदान र सिर्जनशीलतालाई स्मरण गरौँ ।
हार्दिक स्वागत ! 🙏📖🎨
— *लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान*, कलकत्ता
सहकार्य: *Buk-Ant Publication House*, Siliguri.

नेपालको बाढी प्रभावित क्षेत्रमा भारतको पहिलो सहयोगनेपालको बाढी प्रभावित क्षेत्रमा भारतले पहिलो सहयोग पठाएको छ।विदेशमन्त्...
27/08/2026

नेपालको बाढी प्रभावित क्षेत्रमा भारतको पहिलो सहयोग

नेपालको बाढी प्रभावित क्षेत्रमा भारतले पहिलो सहयोग पठाएको छ।विदेशमन्त्री एस जयशंकरका अनुसार भारत सरकारले नेपाललाई तत्काल लागि दस टन राहत सामग्री प्रदान गर्दैछ। जसमा विपद्सम्बन्धी राहत र अति आवश्यक औषधि छन्। भारतीय वायुसेनाको जहाज आजै काठमाडौँ जादैछ।

नमन माता पाथीभरा।
26/08/2026

नमन माता पाथीभरा।

Address

Mirik

Website

Alerts

Be the first to know and let us send you an email when HAMRO PATRA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category