Dainik Khabar Mirik Channel - दैनिक खबर मिरिक च्यानल

  • Home
  • India
  • Mirik
  • Dainik Khabar Mirik Channel - दैनिक खबर मिरिक च्यानल

Dainik Khabar Mirik Channel - दैनिक खबर मिरिक च्यानल Regd No. S0016006
dainik khabar mirik

“संघीयता एकतर्फी हुन सक्दैन”पश्चिम बङ्गालकी माननीय मुख्यमन्त्री श्रीमती ममता बनर्जीले गोर्खाहरुको समस्या समाधान  सम्बन्ध...
19/10/2025

“संघीयता एकतर्फी हुन सक्दैन”

पश्चिम बङ्गालकी माननीय मुख्यमन्त्री श्रीमती ममता बनर्जीले गोर्खाहरुको समस्या समाधान सम्बन्धी विषयमा भारत सरकारद्वारा श्री पंकज कुमार सिंह (अवकाशप्राप्त आईपीएस) लाई अन्तरवार्ताकार (Interlocutor) नियुक्त गरिएको विषयमा प्रधानमन्त्रीलाई पठाउनुभएको पछिल्लो पत्रमा देखिएको “आश्चर्य र आक्रोश” संविधानप्रति चिन्ता होइन, बरु राजनैतिक असुरक्षाको संकेत हो।गत एक दशकभन्दा बढी समयदेखि पश्चिम बङ्गाल सरकारले दार्जीलिङ , तराई र डुवर्सलाई राज्यका समान अङ्गको रूपमा होइन, मानौँ कुनै उपनिवेशीय परिधि झैँ व्यवहार गर्दै आएको छ ,जहाँ शासन कोलकाताबाट हुन्छ, तर आवाज गाउँबाट उठ्दैन। त्यसैले गृह मन्त्रालयले अन्तरवार्ताकार नियुक्त गरेको कदम संघीयताको उल्लङ्घन होइन; बरु यो त्यही संवादमा पुनःविश्वास स्थापित गर्ने प्रयास हो, जहाँ राज्यले लामो समयदेखि मौनता रोजेको थियो।स्मरण रहोस्, मुख्यमन्त्रीले बारम्बार उल्लेख गर्नुभएको १८ जुलाई २०११ को त्रिपक्षीय सम्झौता पनि केन्द्रको पहलमा भएको थियो, जुन वर्षौँको आन्दोलन र वार्तापछि सम्भव बनेको थियो। यदि त्यतिबेला केन्द्र, राज्य र गोर्खाबीचको संवादबाट GTA (Gorkhaland Territorial Administration) जस्तो संरचना जन्मिन सक्छ भने, आज पुनः त्यही संवादको भावना जगाउने केन्द्रको पहल स्वाभाविक र आवश्यक हो।
मुख्यमन्त्रीले जसलाई “एकपक्षीय निर्णय” भनिरहनुभएको छ, वास्तवमा त्यो केन्द्र सरकारद्वारा राज्यले आफैं सिर्जना गरेको रिक्तता विश्वासको, शासनको, र प्रशासनिक संवेदनशीलताको पूर्ति गर्ने प्रयास हो। नयाँ दिल्लीद्वारा बोलाइएका त्रिपक्षीय बैठकहरूमा पश्चिम बङ्गाल सरकारले बारम्बार भाग लिन अस्वीकार गरेको वा मौन बसेको तथ्यले नै सबै कुरा स्पष्ट पार्दछ। राजनीतिक भाषामा भनौँ भने यो “चयनात्मक संघीयता” को उत्तम उदाहरण हो , जब मिल्छ, अपनाउने; जब असजिलो लाग्छ, त्याग्ने।अन्तरवार्ताकारको म्यान्डेट राज्यको अधिकार घटाउने होइन, बरु दशकौँदेखि दबिएका भारतीय गोर्खाहरूका आकांक्षालाई स्वर दिने हो , ती आकांक्षा जसलाई प्रशासनिक उदासीनताले बारम्बार दबाएको छ। मुख्यमन्त्रीले गर्वका साथ प्रस्तुत गर्ने GTA वास्तवमा आफ्नो मूल उद्देश्यको खोलमात्र बनेको छ ,जसका अधिकारहरू रोकिएका छन्, अर्थस्रोतहरू निलम्बित छन्, र निर्णय प्रक्रियामा राज्यको मनपरी हस्तक्षेप चलिरहेको छ।
दार्जिलिङ, तराई र डुवर्सका जनताले अब “गुनासोबाट शासन” होइन, “गौरवसहितको शासन” खोजिरहेका छन्। उनीहरूलाई चाहिएको हो मान्यता, संवाद र संवैधानिक सम्मान। श्री पंकज कुमार सिंहको नियुक्तिले त्यसै आशालाई पुनर्जीवित गरेको छ।
यसैले स्पष्ट भनौँ , संघीयता एकतर्फी सडक होइन। राज्यलाई परामर्श सुन्ने अधिकार भए जस्तै केन्द्रलाई पनि दशकौँ देखि समाधानविहीन रहेका विषयमा प्रत्यक्षरूपमा सम्बन्धित जनताको कुरा सुन्ने कर्तव्य छ।
त्यसैले म भारत सरकारले लिएको यो कदमलाई स्थायी राजनैतिक समझदारी तर्फको सकारात्मक प्रयासको रूपमा स्वागत गर्दछु र पश्चिम बङ्गाल सरकारलाई आग्रह गर्दछु कि उसले आफ्नो परम्परागत आत्मरक्षात्मक दृष्टिकोण त्यागी राष्ट्रिय हित र संवैधानिक परिपक्वताको भावनाका साथ यस संवाद प्रक्रियामा सहभागी होस्।

निरज तामाङ जिम्बा
माननीय विधायक, २३–दार्जीलिङ विधानसभा क्षेत्र
पूर्व महासचिव / प्रवक्ता,
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ।

राकेश क्रान्तिकारीकृत 'अनाम प्रेमिका' को बिमोचनगत १८ अक्टोबर शनिबारको दिन कालेबुङस्थित गोर्खा दुख निवारक भवनमा एक भव्य क...
19/10/2025

राकेश क्रान्तिकारीकृत 'अनाम प्रेमिका' को बिमोचन

गत १८ अक्टोबर शनिबारको दिन कालेबुङस्थित गोर्खा दुख निवारक भवनमा एक भव्य कार्यक्रम बीच कवि राकेश क्रान्तिकारीको प्रथम कविता संग्रह "अनाम प्रेमिका" को विमोचन सम्पन्न भयो। कार्यक्रममा विभिन्न संस्थाका बौद्धिक व्यक्तित्वहरू, कवि साहित्यकारहरू, कालेबुङ महाविद्यालयका प्राचार्य एवम् विद्यार्थीहरू साथै नेपाली साहित्यका गम्भीर पाठकहरूको उपस्थिति थियो।

कार्यक्रमको सुरुवात कविता वाचनबाट गरिएको थियो। कवि भुमिका राई, प्रणय दाहाल, एकान्त प्रेमी, पुकार पारदर्शी, मनोज बोगटीले उत्कृष्ट कविता वाचन गरेँ।

वरिष्ठ कवि सुधीर छेत्री र टीका भाइले प्रकाशित कविता सङ्ग्रहमाथी छोटो तर गम्भीर वक्तव्य राखेका थिएभने प्रकाशक छेवाङ योन्जनले किताब प्रकाशन बारे रोचक मन्तव्य प्रकट गरे।

उपस्थित अतिथिहरू कवि भिमा राई तोलछा, कवि योगिता राई, कवि सुधीर छेत्री अनि कथाकार प्राचार्य सन्जय विष्टद्वारा कविता संग्रह "अनाम प्रेमिका" को बिमोचन गरियो। अन्त्यमा प्राचार्य सन्जय विष्टले "भाषाको भाष्य" शीर्षकमा आफ्नो गहकिलो मन्तव्य राखेँ।

तिहारको मंगलमय शुभकामना | डा. मुनिश तामाङDr. Munish Tamang | Vice President, West Bengal Pradesh Congress Committee
19/10/2025

तिहारको मंगलमय शुभकामना | डा. मुनिश तामाङ
Dr. Munish Tamang | Vice President, West Bengal Pradesh Congress Committee

बुङकुलुङमा विनाशकारी भलवाडीले सिंचाई र मत्स्यपालनमा ठूलो क्षति: ​: गत ४ र ५ तारिखको दिन बुङकुलुङ बस्तीमा आएको विनाशकारी ...
19/10/2025

बुङकुलुङमा विनाशकारी भलवाडीले सिंचाई र मत्स्यपालनमा ठूलो क्षति:
​: गत ४ र ५ तारिखको दिन बुङकुलुङ बस्तीमा आएको विनाशकारी बाढीले यहाँको कृषि र दैनिक जीवनयापनमा गम्भीर क्षति पुर्‍याएको छ। बाढीले बस्तीको सिँचाइ प्रणाली, ‘हर घर जल’ परियोजनाका ट्याङ्कीहरू र विशेष गरी सन् २०१८ मा मिरिक कृषि विभागद्वारा रु. ७ लाख ८० हजारको लागतमा मरमा खोलाको मुहानदेखि बुङकुलुङसम्म निर्माण गरिएको सिँचाइ ट्याङ्की तथा ४ इन्चका ठूला पाइपहरू समेत बगाएर लगेको छ।
​सिँचाइका सम्पूर्ण संरचना नष्ट भएपछि यसपालिको धान, गहुँ, मकै, कोदो जस्ता मुख्य बालीहरू पानी नपाएर सुकी नाश भएका छन्। साथै, सोही पानीको स्रोतमा निर्भर रहेका यहाँका मत्स्य पालकहरूको मत्स्यपालन व्यवसाय पनि पूर्ण रूपमा ध्वस्त भएको छ। यसले गर्दा किसान तथा मत्स्यपालकहरूलाई ठूलो आर्थिक नोक्सानी भएको छ।
​बुङकुलुङ बस्ती फिसरमेन डेभलपमेन्ट कमिटीका महासचिव एन.बी. लिम्बुले स्थानीयवासीको पक्षमा सम्बन्धित विभागहरूलाई यथाशीघ्र ध्यानाकर्षण गराई सहयोगको लागि गुहार मागेका छन्।
​“विनाशकारी बाढीले गर्दा हाम्रो खेती र मत्स्यपालन सर्वनाश भएको छ। किसानहरूलाई तत्काल राहत तथा सिँचाइको लागि वैकल्पिक व्यवस्था मिलाई दिनु भएमा सम्पूर्ण बुङकुलुङवासीलाई ठूलो राहत पुग्नेछ,” महासचिव लिम्बुले अपिल गरेका छन्।
​स्थानीयवासीले सरकार र सम्बन्धित निकायहरूबाट यथाशीघ्र क्षतिपूर्ति तथा सिँचाइ प्रणालीको पुनर्निर्माणमा सहयोगको अपेक्षा गरेका छन्।

19/10/2025

सतर्कता अपनाउनु होस।

टिङलिङ चार नम्बर एसएसबी क्याम्प छेउ छाउमा चितुवाको आतंकले सताएको छ।

18/10/2025

गाउड च्वाट्टै

Good morning
18/10/2025

Good morning

  दार्जीलिङको सुखियापोखरीमा सांसद राजु विष्टको काफिलामाथि आक्रमण, ढुङ्गा प्रहार
18/10/2025


दार्जीलिङको सुखियापोखरीमा सांसद राजु विष्टको काफिलामाथि आक्रमण, ढुङ्गा प्रहार

नदिया जिल्ला कृष्णनगर तृणमूल कंग्रेस  युवा संगठनद्वरा  सिस्ने,नन्दलाल गाउँ,नाै माइल,ओकेटी,चामल ,तेल,कम्बल लगायत आवश्यक स...
18/10/2025

नदिया जिल्ला कृष्णनगर तृणमूल कंग्रेस युवा संगठनद्वरा सिस्ने,नन्दलाल गाउँ,नाै माइल,ओकेटी,
चामल ,तेल,कम्बल लगायत आवश्यक सामाग्री पैह्राे पिडितहरूलाई वितरण गरियाे।यस अवसरमा ग्राम पन्चायत सदस्य संगीत राई,तृणमूल कंग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीकाे विशेष उपस्थिति रहेकाे थियाे।

प्रेस विज्ञप्ति सत्य जब चस्सिन्छ, छटपटाहट सुरु हुन्छ"माछा जब फड़फड़ाउँछ, बुझ्नू — काँटा ठ्याक्कै ठाउँमा लागेको छ।ठ्याक्क...
18/10/2025

प्रेस विज्ञप्ति

सत्य जब चस्सिन्छ, छटपटाहट सुरु हुन्छ

"माछा जब फड़फड़ाउँछ, बुझ्नू — काँटा ठ्याक्कै ठाउँमा लागेको छ।
ठ्याक्कै त्यसैगरी राजनीतिमा जब केही व्यक्तिहरू छटपटाउन थाल्छन्, बुझ्नू — हाम्रा शब्द र कदम सिधै सत्य र जनताको हितमा हुँदैछन्।"

हिजोसम्म केही राजनीतिक दलहरूले इन्टरलोक्युटर (Interlocutor) नियुक्तिको विषयलाई ‘हावाको कुरा’ भन्दै भारतीय जनता पार्टी झूट बोल्दैछ भनेर जनतालाई भ्रममा पार्ने प्रयास गरेका थिए। तर आज पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी स्वयं प्रधानमन्त्रीलाई पत्र लेख्दै इन्टरलोक्युटर नियुक्तिको विषयमा आश्चर्य र आक्रोश व्यक्त गर्नु भएको छ। यसले स्पष्ट गर्छ — सांसद श्री राजु विष्टा जीको निरन्तर प्रयास सही दिशामा अघि बढिरहेको छ र काँटा ठ्याक्कै ठाउँमा लागेको छ।

यो नियुक्ति कुनै पार्टीको स्वार्थका लागि होइन, यो जनताको हितमा हुँदैछ। गोरखाहरूको अधिकार, पहिचान र भविष्य सुरक्षित गर्न यो पहिलो ठोस कदम हो, र आज यसको प्रभाव देखिन थालेको छ।

मुख्यमन्त्रीजी आज भन्नुहुन्छ कि उहाँलाई यसबारे जानकारी दिइएन। तर जब केन्द्र सरकारले बारम्बार त्रिपक्षीय वार्ताका लागि बोलाइरहेको थियो, तब तपाईंले किन कानमा तेल हालेर बस्नुभयो? जब जनताको आवाज सुन्नुपर्ने थियो, तब किन मौन रहनुभयो?

अब समय बदलिँदैछ। केन्द्र सरकारले जनताको आवाज सुनेको छ, सांसद श्री राजु विष्टा जीको प्रयास रंग ल्याउँदैछ, र गोरखाहरूको दशकौँ पुरानो मागलाई सम्बोधन गर्न ऐतिहासिक प्रक्रिया सुरु भएको छ।

यो आन्दोलन कुनै व्यक्ति वा पार्टीका लागि होइन — यो जनताको हितमा हुँदैछ, र यो कदम अब फर्किने छैन।

जय गोरखा।

— संजीव लामा
जिल्ला अध्यक्ष
भारतीय जनता पार्टी, दार्जिलिङ्ग

गीतामा भनिएको छ,'सेवा गर्ने मान्छेले मौका हेर्दैन'हिजो एउटा भिडियो भाइरल भयो।त्यस भिडियोमा देखिएको दृश्यले तपाईंहरुमा क्...
18/10/2025

गीतामा भनिएको छ,'सेवा गर्ने मान्छेले मौका हेर्दैन'

हिजो एउटा भिडियो भाइरल भयो।त्यस भिडियोमा देखिएको दृश्यले तपाईंहरुमा क्रोध पनि उत्पन्न भयो होला,मन पनि बिथल्योहोला।भिडियो भाइरल गर्नेप्रति मेरो भन्नु क्यै छैन।बस् यति भन्नू छ- थोरै सोच्नुहोस्।अडिनुहोस्।सबै कुरामा राजनीति गर्न नखोज्नुहोस्।पीडामा राजनीति मात्र होइन,कुनै पनि नीति काम आउँदैन।

डनलप प्रशासनद्वारा उपलब्ध गराइएको थियो।जसको तत्कालिक प्रयोजन थियो।आवश्यकता बिचारेर पछि लगिएको होला।प्रशासनको तकनीकी कति निर्णयहरु पनि हुन्छन्।यसबारे प्रशासन पक्षलाई जानकारी छ।म यसबारे अनविज्ञ छु।हामी सबैको प्रयासमा रिलिफ सेन्टरमा पर्याप्त स्रोत साधनको उपलब्धता हुँदै गयो।अहिले सबै आवश्यक सामाग्री सेन्टरमा उपलब्ध पनि छ।फेसबुकमा सबै देखिँदैन।वास्तविकता जान्नको लागि सेन्टरमा तपाईंहरु खुल्ला रुपले आउँन सक्नुहुन्छ।म नै समन्वय गर्ने पनि छु।डनलप भन्दा सहज र सुविधासम्पन्न सामाग्री रहेको छ।

अनि भिडियोमा रिलिफमा बस्नेहरुलाई घर पठाइयो भनिएको छ।तपाईंहरुलाई थाहा नै भएको कुरा हो।रिलिफ क्याम्पमा शहरकाहरु होइन गाउँका मानिसहरु बस्नुहुन्छ।घरगाउँमा पशुप्राणी हुन्छ।गाइगोठ हुन्छ।बारीनाली छ।अहिले त पानी पनि थामीएको छ।हेरचाह गर्नैपर्छ।माया त आफ्नै ठाउँको हुन्छ नि।

रह्यो कुरा मेरो,
म यस क्षेत्रको सभासद त हुँ।त्यो भन्दा पनि अघि म यहाँको घरगाउँले पनि हो।मेरो यहाँको जिम्मेवारी रहन्छ।जुन मैले निभाएँ ,निभाइरहेको छु र भविष्यमा पनि निभ्याउनेनै छु।यो आपद एउटा सभासदको क्षमतादेखि बाहिर रहेको छ।सरकार प्रशासन सबै मिलेर कार्य गरिरहेका छौँ।मेरो उद्धेश्य डनलप,पाल ल्याउने मात्र होइन (त्यो पनि चाहिन्छ) तर पीडितहरुलाई पुनर्वासको लागि काम गर्ने मूख्य ध्येय छ।जुन म गरिरहेको छु।गरिरहनेछु।एकदिन फत्ते पनि हुनेछ।

अनि तपाईंहरुलाई थाहै छ,
म राजनीति गरेर राजनीतिमा आएको होइन पनि।मेरो लागि राजनीति नै सर्वोपरि होइन पनि।म नितान्त समाज सेवाबाट आएको हो।म यही सेवकको बाटोमा रहनेछु।अनि गीतामा भनिएको छ-'सेवा गर्ने मान्छेले मौका हेर्दैन।'

Arun sigchi
Official post

18/10/2025

पश्चिम बंगाल राज्य सरकार कर्मचारी संगठन फेडरेसनद्वरा मिरिक बजार ,साैरेनी,नन्दलाल गाउँ आदि ठाँउका राहत शिविरमा अध्यक्ष बन्दना बाक्छीकाे नेतृत्वमा राहत सामाग्री प्रदान गरियाे

Address

Mirik Bazar
Mirik
734214

Alerts

Be the first to know and let us send you an email when Dainik Khabar Mirik Channel - दैनिक खबर मिरिक च्यानल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category