Mirik ko serofero

Mirik ko serofero Regd No : UDYAM-WB-06-0052332
Regd No : S0016006
Affiliated with Reporters' Club of Mirik
(6)

मिरिकमा खसीको मासु उपलब्ध!ठेकाना : मिरिक थाना लाईन , मिरिक ब्लक अफिस नजिकखसीको मासु चाहिनु भयो भने सम्पर्क गर्नुहोस्Cont...
11/08/2026

मिरिकमा खसीको मासु उपलब्ध!
ठेकाना : मिरिक थाना लाईन , मिरिक ब्लक अफिस नजिक
खसीको मासु चाहिनु भयो भने सम्पर्क गर्नुहोस्
Contact :7479066752

11/08/2026

Manokamna Hospital ,Siliguri
Appointment - +91- 9434044524

10/08/2026

तपाईंहरू भाजपा वा आर.एस.एस जोसुकै होस् हामीलाई मत्लब छैन तर हामीलाई फोन गर्दै धम्की चाहिँ नदिनुस्, तपाईंले माफी मागेको हुनुपर्छ नत्र हामी पनि तपाईं विरुद्ध कार्वाही गर्न बाध्य बन्नेछौ। शिशिर राई

कुमाई चिया बारीमा गोजमुमोको DTDPLU ट्रेड युनियन गठन १० अगष्ट २०२६ गोरूबथान ४४ नम्बर समष्टि अन्तर्गत कुमाई चिया बगानमा गो...
10/08/2026

कुमाई चिया बारीमा गोजमुमोको DTDPLU ट्रेड युनियन गठन

१० अगष्ट २०२६ गोरूबथान
४४ नम्बर समष्टि अन्तर्गत कुमाई चिया बगानमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को DTDPLU ट्रेड युनियन गठन गरिएको छ।

अप्पर कुमाई सार्वजनिक भवनमा सोमबार आयोजित सभामा गोजमुमो ४४ नम्बर समष्टिका सभापति सुरेस देवानको अध्यक्षतामा नयाँ ट्रेड युनियन समिति गठन गरिएको हो। कार्यक्रममा समष्टि सचिव दिपेन्द्र भुजेल, क्षेत्रीय सभासद अमर (हर्कमान) छेत्री, प्रचार–प्रसार सचिव उदय छेत्री, कुमाई ग्राम पञ्चायतका प्रधान मनोज लामा, उपप्रधान राजेस मोथे, सदस्यहरू खिलन प्रधान, सुबल सुब्बा, समष्टि युवा मोर्चाका अध्यक्ष नयन थापा लगायत चिया श्रमिकहरूको उपस्थिति रहेको थियो।
यसअघि संयोजकको जिम्मेवारी सम्हाल्दै आएका मिलन खवासलाई सर्वसम्मतिले समितिको सभापतिमा चयन गरिएको छ। त्यस्तै, बिरेन राई उपाध्यक्ष, अनुभवी रत्नमणी छेत्री सचिव, सुबल सुब्बा सहसचिव, मञ्जिला थापा कोषाध्यक्ष तथा स्मिता प्रधान सह-कोषाध्यक्षमा चयन भएका छन्।

समितिलाई थप विस्तार गर्दै आगामी दिनमा सभा आयोजना गरी थप १५ जना सदस्यहरूलाई समितिमा समावेश गर्ने निर्णयसमेत सभाले गरेको छ।
नवगठित समितिलाई आवश्यक सहयोग, मार्गदर्शन र बल प्रदान गर्न ६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। सल्लाहकार समितिमा अमर (हर्कमान) छेत्री, सुरेस देवान, दिपेन्द्र भुजेल, मनोज लामा, राजेस मोथे र नयन थापा रहेका छन्।
सभालाई सम्बोधन गर्दै दिपेन्द्र भुजेल, मनोज लामा र सुरेस देवानलगायतले चिया श्रमिकहरूको हकहित, संगठनको भूमिका तथा आगामी दिनमा समितिले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन मिलन खवासले गरेका थिए। नयाँ ट्रेड युनियन समितिले कुमाई चिया बारीका श्रमिकहरूको हक, अधिकार र हितका विषयमा संगठित रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

10/08/2026

रम्फूमा दोस्रो ‘आमा सम्मान दिवस’ तथा नवौँ ‘जन उन्मुक्ति दिवस’ भव्य रूपमा सम्पन्न

रम्फू, १० अगस्त: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा रम्फूमा दोस्रो ‘आमा सम्मान दिवस’ तथा नवौँ ‘जन उन्मुक्ति दिवस’ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किमका आमाहरूको योगदान, त्याग, संघर्ष र समर्पणप्रति सम्मान व्यक्त गर्दै राज्य सरकार आमाहरूको सशक्तीकरण तथा कल्याणका लागि प्रतिबद्ध रहेको बताए।

मुख्यमन्त्रीले आमा सशक्तीकरण योजना अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रबाट १० जना आमालाई चेक प्रदान गरिएको जानकारी दिए। बाँकी लाभार्थीहरूलाई यसै महिनाभित्र सम्बन्धित विधायकमार्फत आ–आफ्नो बीएसी कार्यालयबाट चेक उपलब्ध गराइने उनले बताए।

उनले सन् २०२७ देखि आमा सशक्तीकरण योजना विस्तार गरी लाभार्थी संख्या ३२ हजारबाट ५० हजार पुर्‍याउने घोषणा गरे।

यसअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रबाट १,५०० भन्दा बढी आमाहरूलाई समेटिने बताइएको छ।

कार्यक्रममा उत्कृष्ट योगदान गर्ने आमाहरूलाई ‘आमा सम्मान पुरस्कार’, ‘प्रगतिशील आमा पुरस्कार’ तथा ‘उत्कृष्ट आमा खाता धारक पुरस्कार’ प्रदान गरिएको थियो।

मुख्यमन्त्री तामाङले बजेट २०२६–२७ अन्तर्गत आमा सहयोग योजना, बहिनी योजना तथा ‘मेरो रूख, मेरो सन्तति’ जस्ता पहलहरूलाई प्राथमिकता दिइएको बताए। आगामी वर्षदेखि जुलाई १ बाट शिक्षा विभागको नेतृत्वमा विद्यालय तथा महाविद्यालयहरूमा ‘आमा कविता प्रतियोगिता’ आयोजना गरिने जानकारी दिँदै यसबाट युवा पुस्तामा आमाप्रति सम्मान र कृतज्ञताको भावना विकास हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा आङ्गनवाडी तथा आशा कार्यकर्ताहरूको नियमितीकरणलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै मुख्यमन्त्रीले उनीहरूको योगदानको प्रशंसा गरे। साथै २०० स्वयं सहायता समूहलाई आर्थिक सहयोग, साबाटिकल बिदा, श्रवण कुमार पुरस्कार तथा सिलिगुडीमा बिरामीहरूका लागि ‘आमाको गोद’ जस्ता सामाजिक कल्याणका पहलहरूबारे पनि जानकारी दिए।

मुख्यमन्त्री तामाङले सरकारको विकास तथा शासन प्रणाली जनकेन्द्रित दृष्टिकोणमा आधारित रहेको उल्लेख गर्दै आमाहरू परिवारको शक्ति र समाजको मेरुदण्ड भएको बताए।

उनले प्रत्येक आमालाई सम्मानित, सुरक्षित र सशक्त बनाउने दिशामा सरकार निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै ‘सुनौलो सिक्किम, समृद्ध सिक्किम अनि सामर्थ्य सिक्किम’ निर्माण गर्ने आफ्नो संकल्प दोहोर्‍याए। विकासको यात्रामा कुनै पनि परिवार तथा नागरिकलाई पछाडि नछोडिने उनले बताए।

10/08/2026

"गोर्खाल्याण्ड राज्य निर्माणको निम्ति अहिलेभन्दा समय अनुकूल कहिल्यै पनि थिएन र हुदैन" - राब्गे राई।

गोर्खा जातिलाई जुन दलले गोर्खाल्याण्डको माग पूरा गरि दिने वाचा गरेको थियो आज त्यो दलको डबल इन्जिनको सरकार छ , केन्द्र पनि राज्यमा‌ पनि अब गोर्खाल्याण्ड निर्माण प्रक्रियामा कसले बाधा उत्पन्न गर्छ??

10/08/2026

गोर्खाल्यान्ड सङ्कल्प र्‍यालीमा सांसद राजु विष्टमाथि भएको अभद्र व्यवहारको सुकना–पानीघट्टा मण्डलद्वारा घोर भर्त्सना

सौरेनी बजार मनकामेश्वर शिव मन्दिरमा अन्तिम सोमबारको विशेष पूजा सम्पन्नसौरेनी बजारस्थित मनकामेश्वर शिव मन्दिरमा आज सावन म...
10/08/2026

सौरेनी बजार मनकामेश्वर शिव मन्दिरमा अन्तिम सोमबारको विशेष पूजा सम्पन्न
सौरेनी बजारस्थित मनकामेश्वर शिव मन्दिरमा आज सावन महिनाको अन्तिम सोमबारको विशेष पूजा-अर्चना श्रद्धापूर्वक सम्पन्न भएको छ। यस अवसरमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भक्तजनहरूले भगवान शिवको पूजा-अर्चना तथा दर्शन गरी सुख, शान्ति र समृद्धिको कामना गरेका थिए।

भाजपा अल्पसंख्यक प्रतिनिधिहरूले दार्जिलिङ प्रशासनसँग गरे भेटघाटदार्जिलिङ, १० अगस्त २०२६। भारतीय जनता पार्टी (भाजपा) का ज...
10/08/2026

भाजपा अल्पसंख्यक प्रतिनिधिहरूले दार्जिलिङ प्रशासनसँग गरे भेटघाट

दार्जिलिङ, १० अगस्त २०२६। भारतीय जनता पार्टी (भाजपा) का जिल्ला अल्पसंख्यक प्रतिनिधिहरूले दार्जिलिङ जिल्ला प्रशासन तथा सम्बन्धित अधिकारीहरूसँग महत्वपूर्ण भेटघाट तथा समन्वय बैठक गरेका छन्।

भेटघाटका क्रममा जिल्ला प्रशासन प्रमुख (डीएम), सम्बन्धित अधिकारी, स्थानीय थाना इन्चार्ज (आईसी) लगायतसँग विभिन्न समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। भेटघाटका क्रममा जनसरोकारका विषयमा प्रशासनसँग आवश्यक समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको बताइएको छ।

उक्त भेटघाटमा भाजपा जिल्ला कमिटी तथा अल्पसंख्यक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रशासनका अधिकारीहरूले आगामी दिनमा आवश्यक सहयोग तथा सहकार्य गर्ने सकारात्मक धारणा व्यक्त गरेको जनाइएको छ।

भाजपा दार्जिलिङ जिल्ला अल्पसंख्यक सचिव लोल्छेन तामाङले भेटघाट तथा समन्वय बैठकबारे जानकारी गराउँदै प्रशासनसँगको समन्वयलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने उद्देश्य रहेको बताए।

उनका अनुसार, प्रशासन र संगठनबीच नियमित संवाद र सहकार्य कायम राख्दै जनताका समस्या तथा जनहितका विषयहरूलाई प्राथमिकताका साथ सम्बन्धित निकायसमक्ष पुर्‍याउने प्रयास गरिनेछ।

यस किसिमको समन्वयात्मक भेटघाटले प्रशासन र संगठनबीचको सम्बन्ध थप मजबुत बनाउनुका साथै जनहितका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

10/08/2026

जनताले मुद्दा रोज्छन या मनोरञ्जन, 15 अगष्टको दिनले बताउने बिक्रमादि राईको भनाई

Address

Mirik
Mirik
734214

Alerts

Be the first to know and let us send you an email when Mirik ko serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mirik ko serofero:

Shortcuts

Share