Mirik ko serofero

Mirik ko serofero Regd No : UDYAM-WB-06-0052332

Regd No : S0016006
Affiliated with Reporters' Club of Mirik
(2)

पुटुङ-नोलडाँडा बाटोको माझमा एउटा पिकअप दुर्घटना भएको छ। दुर्घटना अहिले बिहान भएको‌ हो। उक्त पिकअप पुटुङ निवासी कृष्ण ताम...
02/12/2025

पुटुङ-नोलडाँडा बाटोको माझमा एउटा पिकअप दुर्घटना भएको छ। दुर्घटना अहिले बिहान भएको‌ हो। उक्त पिकअप पुटुङ निवासी कृष्ण तामाङको रहेको थाहा लागेको छ भने उनले नै गाडी कुदाइरहेका थिए,उनलाई सामन्य चोटपटक लागेको बताइएको छ।

02/12/2025

‘ऊनको स्वीटर’ हेरिदिने दार्जीलिङका कलाकारद्वयको अपील!
दार्जीलिङका ख्यातिप्राप्त कलाकारद्वय मेनुका प्रधान अनि देवराज शेर्पाले नेपाली चलचित्र ‘ऊनको स्वीटर’-मा गरेको यादगार अभिनयपछि दर्शकहरूलाई चलचित्र हेरिदिने अपील गरेका छन्। नेपाली-गोर्खा जनमानसले आफ्नै भाषाका मौलिक चलचित्रहरू हेरिदिनु समयको माग रहेको पनि उनीहरूको भनाइ छ।
Successfully showing in Kolkata, Delhi, Siliguri, Darjeeling, Kalimpong, Gangtok, Namchi | Grab your tickets Now!

02/12/2025

दार्जिलिङ हिल म्याराथनमा सहभागी हुन लाई रिभाईबल क्लबको पक्ष बाट सोनिया राईको अपिल
तकदाह (दिलकुमार राई) आगामी १४ दिसम्बर २०२५मा दार्जिलिङमा हुन गइरहेको हिल म्याराथन डी रनमा सहभागी हुनलाई नाम दर्ता गर्ने अन्तिम मिती ७ दिसम्बर रहेकोले सम्पूर्णले यो हप्ताह सम्म नाम दर्ता गर्ने रिभाइबल क्लब राम पुरिया बस्ती को पक्षबाट सोनिया राईले अपिल गरेकी छनू

02/12/2025

स्मल फुड कार्ट संस्थाको साप्ताहिक सफाई अभियान 🙏

*नयाँ दिल्लीबाट आधिकारिक रूपमा SKA क्यालेन्डर २०२६ लोकार्पण गरियो!*सुशान्स कराते-डो एकेडेमी २०२६ क्यालेन्डर १ डिसेम्बर २...
02/12/2025

*नयाँ दिल्लीबाट आधिकारिक रूपमा SKA क्यालेन्डर २०२६ लोकार्पण गरियो!*

सुशान्स कराते-डो एकेडेमी २०२६ क्यालेन्डर १ डिसेम्बर २०२५ नयाँ दिल्लीको तालकटोरा इन्डोर स्टेडियममा दक्षिण एसियाली कराते-डो फेडरेशन (SAKF) र कराते भारत संगठन (KIO) का माननीय अध्यक्ष हांशी भरत शर्मा, कराते भारत संगठनका माननीय महासचिव श्री संजीव कुमार जंग्रा, श्री मुतुम बंकिम सिंह माननीय कोषाध्यक्ष, श्री कल्पेश खत्री, कराते भारत संगठन (KIO) का माननीय उपाध्यक्ष र कराते-डो संघ गुजरातका अध्यक्ष, कराते-डो संघ महाराष्ट्रका महासचिव क्योशी सन्दीप एम. गाडे, मध्य प्रदेश खेलकुद कराते संघका महासचिव श्री महेश कुशवाहाको उपस्थितिमा SKA क्यालेन्डर २०२६ को आधिकारिक रूपमा लोकार्पण गरियो।

एकेडेमीको मुख्य प्रशिक्षक सुशान्स थापाले अखिल भारतीय अन्तर क्षेत्रीय कराते च्याम्पियनशिपको क्रममा नयाँ दिल्लीमा प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा २०२६ को एकेडेमीको क्यालेन्डर लोकार्पण गरिएकोमा खुसी व्यक्त गरे।

मिरिक नगरपालिका वार्ड नम्बर ६ काउले गाउँमा गत ४ अक्टोबर गएको भीषण पहिरोका कारण अवरुद्ध बनेको सडक आज पुनः सञ्चालनमा आएको ...
01/12/2025

मिरिक नगरपालिका वार्ड नम्बर ६ काउले गाउँमा गत ४ अक्टोबर गएको भीषण पहिरोका कारण अवरुद्ध बनेको सडक आज पुनः सञ्चालनमा आएको छ। स्थानीय बासीहरूको निरन्तर माग र अनुरोधपछि मिरिक आईजीजेएफका संयोजक प्रशान्त लामा अनि संजीव लामाले पहल गर्दै जेसीबी उपलब्ध गराउँदा सडक सोर्ने कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो।

पहिरोका कारण सडक अवरुद्ध हुँदा काउले गाउँका बासिन्दाहरू दिनहुँ आवतजावत, विद्यालय, स्वास्थ्य उपचार तथा आवश्यक सामग्री ढुवानीमा कठिनाइ भोगिरहेका थिए। आज गरिएको सडक सोर्ने कामपछि स्थानीयहरूमा ठूलो राहत पुगेको छ।

स्थानीय बासीहरूले तत्काल सहयोग उपलब्ध गराइ समस्याको समाधान गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

01/12/2025

जलेश्वर महादेव मन्दिर निर्माणका लागि भूमि पूजा सम्पन्न

मिरिक, १ डिसेम्बर २०२५ : जलेश्वर महादेव शिव कुण्ड महादेव धाममा मन्दिर निर्माणको निम्ति आज विधिवत् रूपमा भूमि पूजा तथा सिला स्थानान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। भक्तजनहरूको उपस्थितिमा अस्थायी रूपमा सिला स्थानान्तरण गरी मन्दिर निर्माण प्रक्रिया औपचारिक रूपमा प्रारम्भ गरिएको हो।

उक्त दिव्य सिला २०२४ जुन १६ का दिन प्राप्त भएको थियो।
मन्दिर निर्माण ओकेटी–भोटे गाउँ तथा शिरु गाउँको बीचस्थित महादेव खोलाको मध्य भागमा गरिँदैछ, जहाँ भविष्यमा धार्मिक पर्यटकीय क्षेत्रको सपना रहेको भक्तजनहरूको भनाइ छ।

कार्यक्रममा उपस्थित गुरुजी अन्जन राई
मन्त्र उच्चारणसहित पूजा–विधि सम्पन्न गराइएका गुरुजी अन्जन राईले यस स्थानलाई धार्मिक एवं ऊर्जाशक्ति सम्पन्न केन्द्रका रूपमा विकास हुने विश्वास व्यक्त गर्दै सबैलाई योगदान दिन आग्रह गरे।

संरक्षक कमिटी गठन
मन्दिर निर्माण तथा धार्मिक गतिविधि व्यवस्थापनका लागि संरक्षक समिति गठन गरिएको छ। इच्छुक भक्तजन तथा सहयोगी मनले निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नेछन् —
📞 उत्तम मणि बोम्जन: 9679734897 / आरबी सासंकर: 9733151395
समितिले सबै धार्मिक तथा सामाजिक मन भएका व्यक्तिहरूलाई मन्दिर निर्माणमा सहकार्य तथा सहयोग प्रदान गर्न अपील गरेको छ।

01/12/2025

जमिनको अधिकारका लागि अब चिया बगान श्रमिकहरूले अझै जोडदार आन्दोलन गर्नु पर्ने समय आएको छ।

— सभापति
दार्जिलिङ जिल्ला चिया कमान मजदूर युनियन
दार्जिलिङ जिल्ला

01/12/2025

दार्जिलिङको विधायक निरज जिम्बाले "दिल्लीमा खिर पाक्दैछ भन्दैथियो अहिले खिरको सामानको लिस्ट बनाउने इन्टरलोक्युटर को भुलाउने कुरा हुँदैछ। के भयो त्यो खिर को? कि आफै घोप्टाइ पठायो?

मिरिक बस्तीमा रहेकाे  प्राथमिक  स्वास्थ्य  केन्द्रकाे पुनद्धार कार्यकाेलागि साेमबार क्षेत्रीय  सभासद मिलेस राईकाे पहलमा ...
01/12/2025

मिरिक बस्तीमा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रकाे पुनद्धार कार्यकाेलागि साेमबार क्षेत्रीय सभासद मिलेस राईकाे पहलमा विभागीय इन्जिनियरहरूद्वरा सर्वेक्षण शुरू गरिएकाे छ।

गायक बिक्रम कालीकोटीलाई असममा सम्मानित गर्नेदार्जीलिङका प्रतिभाशाली गायक तथा कलाकार बिक्रम कालीकोटीलाई असमको संगीत ग्रुप...
01/12/2025

गायक बिक्रम कालीकोटीलाई असममा सम्मानित गर्ने

दार्जीलिङका प्रतिभाशाली गायक तथा कलाकार बिक्रम कालीकोटीलाई असमको संगीत ग्रुप अफ क्रिएशन, रंगियाले आयोजना गर्ने स्मृति समारोहमा सम्मानित गरिने भएको छ। उक्त कार्यक्रम स्व. बनेश्वर शर्मा स्मृतिमा आयोजना हुँदैछ जसको शीर्षक “Remembering Zubeen Garg” रहेको छ।

३० नोभेम्बर २०२५ मा होने उक्त कार्यक्रममा बिक्रम कालीकोटीलाई प्रतिष्ठित "जनकन्था अवार्ड" प्रदान गरिनेछ। संस्थाले पठाएको आधिकारिक निमन्त्रणापत्रमा उनको संगीत तथा संस्कृतिप्रति गरेको योगदानको कदर गर्दै यो सम्मान प्रदान गर्न लागिएको उल्लेख गरिएको छ।

समारोह रंगियाको Hardutta Birdutta Bhavan मा आयोजना हुनेछ जहाँ कालीकोटी विशेष अतिथि तथा सम्मानित व्यक्तित्वका रूपमा उपस्थिति जनाउने छन्। आयोजक समितिका अनुसार उनको उपस्थिति कार्यक्रमलाई अझ प्रेरणादायी र स्मरणीय बनाउनेछ।

कार्यक्रम संयोजक पंकज पल्लव शर्माले कालीकोटीलाई उपस्थितिका लागि शुभकामना सहित निमन्त्रणा पठाएका छन्।

01/12/2025

‘ऊनको स्वीटर’-Pan-India Release | 05 December
Now showing in Kolkata, Delhi, Siliguri, Darjeeling, Kurseong, Kalimpong, Gangtok | Go! grab your tickets Now!

Address

Mirik
Mirik
734214

Alerts

Be the first to know and let us send you an email when Mirik ko serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mirik ko serofero:

Share

मिरिकको सेरो फेरो परिवार बाट हजुर हरुलाई नमस्कार

मिरिकको सेरो फेरो परिवार बाट हजुर हरुलाई नमस्कार यस पेज मार्फत देश बिदेशमा छरिएर बसेका सम्पूर्ण गोर्खाली जातीमा यहाँको ,उत्सावहरु, युवा कलाकारहरुलाई प्रोत्सान दिन अनि यहाँको प्रतिभाहरु ,साहित्य कविता ,लेख ,कथा हजुरहरु समक्ष चिनाउने उदेश्य लिएर बनाएको पेज हो । बिभिन्न दैनिक अखबार अनि youtube च्यानल हरुबाट विडियोहरु सँग्रह गरेर पेज मार्फत हजुरलाई पस्किने गरेका छौ ।

तपाइ हरुको गाउ ठाँउमा केही उत्सव ,सहित्य कविता ,लेखहरु यस पेज मार्फत पोस्ट गर्न चाहनु हुन्छ भने हामीलाई भन्न सक्नु हुनेछ हामी यस पेज मार्फत हजुर ले दिएको पोस्ट गर्ने छौ हामिलाइ तपाई ले मेसेज गरेर भन्न सक्नु हुनेछ धन्यवाद " ADMIN" "