Achham Today

Achham Today ताजा खबरको संगालो अछाम टुडे [email protected]

हार्दिक समवेदना Achham Today
02/04/2026

हार्दिक समवेदना
Achham Today

मन्त्रीपरिषदको बैठक
27/03/2026

मन्त्रीपरिषदको बैठक

📢 अत्यन्त जरुरी सूचना 📢पञ्चदेवल विनायक नगरपालिका वडा नं. १ का विभिन्न सार्वजनिक स्थानहरूमा मदिरा सेवन गरी होहल्ला गर्ने ...
25/03/2026

📢 अत्यन्त जरुरी सूचना 📢
पञ्चदेवल विनायक नगरपालिका वडा नं. १ का विभिन्न सार्वजनिक स्थानहरूमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा अवाञ्छित गतिविधि गर्ने क्रम बढ्दै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ।
यस सम्बन्धमा सरोकारवालाको बैठकबाट यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रशासन समक्ष अनुरोध गर्ने निर्णय गरिएको छ।
👉 सम्पूर्ण वडावासीहरूमा यस्ता गतिविधि नगर्न/नगराउन हार्दिक अनुरोध गरिन्छ।
👉 यदि कसैले यस्ता कार्य गरेको पाइएमा प्रचलित कानुन अनुसार दण्ड जरिवाना गरिनुका साथै थप कारबाही गरिने जानकारी गराइन्छ।
📌 समाजको शान्ति, सुरक्षा र मर्यादा कायम राख्न सबैको सहकार्य आवश्यक छ।
धन्यवाद।

वडा कार्यालय, वडा नं. २
पञ्चदेवल विनायक नगरपालिका

साक्षरता समूहहरूको मासिक तथा नियमित बैठक आज सम्पन्न भएको छ। पाँच वटै समूहमा नियमित रूपमा महिला हिंसा, मर्यादित महिनावारी...
19/03/2026

साक्षरता समूहहरूको मासिक तथा नियमित बैठक आज सम्पन्न भएको छ। पाँच वटै समूहमा नियमित रूपमा महिला हिंसा, मर्यादित महिनावारी तथा पूर्ण सरसफाइ सम्बन्धी महत्वपूर्ण विषयहरूमा जानकारी आदान–प्रदान र छलफल कार्यक्रम सञ्चालन गरियो।
यस कार्यक्रमले महिलाहरूमा सचेतना अभिवृद्धि गर्न, आत्मविश्वास बढाउन तथा स्वस्थ र सम्मानजनक जीवनशैली अपनाउन थप प्रेरणा दिएको छ।
यो खबर पञ्चदेवल बिनायक १ कुईका को हो ।

नेपाली काङ्ग्रेस अछाम क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य  पदका उमेदवार पुष्प बहादुर शाह पराजय पछि आफ्ना मतदाता संग भेटघ...
19/03/2026

नेपाली काङ्ग्रेस अछाम क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुष्प बहादुर शाह पराजय पछि आफ्ना मतदाता संग भेटघाट कार्यक्रम मा सकृय रहनु भएको छ ।

कमलबजारमा पालिका स्तरीय स्थानीय बाल अधिकार समिति बैठक तथा अभिमुखीकरण सम्पन्नअछामको कमलबजार नगरपालिकामा पालिका स्तरीय स्थ...
15/03/2026

कमलबजारमा पालिका स्तरीय स्थानीय बाल अधिकार समिति बैठक तथा अभिमुखीकरण सम्पन्न

अछामको कमलबजार नगरपालिकामा पालिका स्तरीय स्थानीय बाल अधिकार समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बालबालिकाको अधिकार संरक्षण, प्रवर्द्धन तथा स्थानीय तहमा बालमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
वल्ड भिजन इन्टरनेशनल नेपाल र आस्था नेपालको सहयोग तथा सहजीकरणमा, कमलबजार नगरपालिकाको समन्वय तथा बाल अधिकार समितिको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

नगर उप–प्रमुख तथा बाल अधिकार समिति संयोजक शारदा कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, पत्रकार, बाल सञ्जालका प्रतिनिधिहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बाल अधिकारसम्बन्धी कानुनी व्यवस्था, स्थानीय तहको भूमिका, बालमैत्री वातावरण निर्माण तथा बालबालिकासँग सम्बन्धित विभिन्न चुनौती र समाधानका उपायबारे छलफल गरिएको थियो।

सहभागीहरूले स्थानीय तहमा बाल अधिकार संरक्षणका लागि समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
कार्यक्रमले कमलबजार नगरपालिकामा बालबालिकाको हकहित सुनिश्चित गर्न तथा बालमैत्री वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

छाेटाे सूची प्रकाशन तथा लिखित परीक्षा सञ्चालन सम्बन्धी सूचना !
15/03/2026

छाेटाे सूची प्रकाशन तथा लिखित परीक्षा सञ्चालन सम्बन्धी सूचना !

14/03/2026

📢 कर्मचारी आवश्यकता सूचना
प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. द्रारा संचालित अछाम टुडे को लागि मिडिया सहायक / प्रतिनिधि पदमा कर्मचारी आवश्यकता भएकोले इच्छुक युवाहरूबाट आवेदन आह्वान गरिन्छ।
📍 आवश्यक संख्या (पालिका अनुसार):
मंगलसेन नगरपालिका – १ जना
कमलबजार नगरपालिका – १ जना
तुर्माखाँद गाउँपालिका – १ जना
ढकारी गाउँपालिका – १ जना
✅ योग्यता:
• कम्तीमा +2 उत्तीर्ण
• मोबाइल तथा सामाजिक सञ्जाल प्रयोग गर्न सक्ने
• समाचार लेखन/रिपोर्टिङमा रुचि भएको
📅 आवेदन दिने अन्तिम मिति:
२०८२ साल चैत्र १५ गते
📞 सम्पर्क: ९८२३३२०३५०
👉 इच्छुक व्यक्तिहरूले नागरिकता र शैक्षिक प्रमाणपत्र सहित आवेदन दिनुहुन अनुरोध छ।

आज र पर्सि यो वर्षको विहेको अन्तिम साइत! यो वर्ष विहे गर्न नपाउनेहरूको लागि अर्को वर्ष ४१ दिन साइत छ है!💏
12/03/2026

आज र पर्सि यो वर्षको विहेको अन्तिम साइत! यो वर्ष विहे गर्न नपाउनेहरूको लागि अर्को वर्ष ४१ दिन साइत छ है!💏

Your work is highly respected, dear Sudhan.यो देश मा सिस्टम हुनु पर्छ । देश जस्ले चलाए पनि हुन्छ ।नवनिर्वाचित सांसद सुदन...
12/03/2026

Your work is highly respected, dear Sudhan.
यो देश मा सिस्टम हुनु पर्छ । देश जस्ले चलाए पनि हुन्छ ।
नवनिर्वाचित सांसद सुदन गुरुङले आफ्नो चुनावी क्षेत्र गोरखा १ का विभिन्न क्षेत्रमा अझै फोन नेट्वर्क नलाग्ने भएको भन्दै तुरुन्त टावर निर्माण गर्न अनुरोधका साथ नेपाल टेलिकमको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका छन्।

Sudan Gurung✅

आज मिति २०८२ फागुन २७ गते पञ्चदेवल विनायक नगरपालिका, अछामको ९औं स्थापना दिवस विनायक बजारमा प्रभातफेरी तथा सरसफाइ कार्यक्...
11/03/2026

आज मिति २०८२ फागुन २७ गते पञ्चदेवल विनायक नगरपालिका, अछामको ९औं स्थापना दिवस विनायक बजारमा प्रभातफेरी तथा सरसफाइ कार्यक्रम आयोजना गरी मनाइएको छ ।

11/03/2026

बिजय जुलुस नेकपा एमाले बिनायक

Address

Mumbai

Alerts

Be the first to know and let us send you an email when Achham Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Achham Today:

Share