26/06/2026
"नमस्कार सबैमा! 🙏
हाम्रो गीतको भिडियोले १.६ मिलियन भ्यु पार गरेको खुसीको खबर तपाईंहरूसँग साझा गर्न पाउँदा अत्यन्तै गर्व र खुशी लागेको छ।
यो सफलता मेरो मात्र होइन, तपाईं सम्पूर्ण दर्शक, श्रोता, शुभचिन्तक र हाम्रो सम्पूर्ण टिमको साझा उपलब्धि हो।
तपाईंहरूले दिनुभएको माया, साथ, शेयर, लाइक, कमेन्ट र निरन्तरको हौसलाले नै हामीलाई यहाँसम्म ल्याएको हो।
हृदयदेखि नै १.६ मिलियन भ्यु पुर्याइदिनुभएकोमा सम्पूर्णमा हार्दिक धन्यवाद! 🙏❤️
आगामी दिनहरूमा पनि अझ राम्रो गीत र सिर्जना लिएर तपाईंहरूमाझ आउने प्रतिबद्धता व्यक्त गर्दछौं।
कृपया यस्तै माया, साथ र आशीर्वाद सधैं दिइरहनुहोस्।
धन्यवाद! जय संगीत, जय नेपाल! 🇳🇵❤️"
LAAJKO PARDA ...