18/08/2023
धरान उपमहानगरपालिका का मेयर हर्क साम्पाङ लाई सरकार ले दिएको आफु चढ्ने सवारी साधन बिरामि जनता हरूको लागि एम्बुलेंस बनाएका छन। जनताको साथमा दिन रात नभनिकन काम गरीरहनु हुन्छ। सादा जीवन उच्च विचार भयका मेयर हर्क साम्पाङ को बारेमा जति ब्याख्या गर्दा कम हुन्छ होला।
तर हाम्रा अछाम का स्थानीय सरकार का छोटे राजा हरूको बानि ब्यबहार नै अलि फरक खालको छ। चुनाव को बेला गोरू ,बाख्रा ,हास, कुखुरा लाई पनि नमस्कार गरेर जनताको मन जित्छन। मतदान को दिनमा हिड्न नसक्ने मानिसहरु लाई पिठ्युमा बोकेर ल्याउछन। हामि तपाईको लागि यो गर्छु, ऊ गर्छु भनेर आश्वसानका मुल फुटाऊछन। कहिले नदेखेका गाऊ वस्तिमा पुग्छन, नचिनेका मानिसहरू लाई पनि नमस्कार आदर सत्कार गर्छन।चुनावि आम भेलाको दिनमा विभिन्न किसिमका आश्वसन दिएर आफ्नो पाटिमा प्रवेश गराउछन, अविर माला दोसल्ला ओडाऊछन। चिया नास्ता माछा मासु दारूपाटि पकेट खर्च कति हो कति कुरा गरेर साध्य छैन। अरु भन्दा फरक तरिकाले गाऊ मा प्रस्तुत भयर जनताको घर दैलो मा ठुला ठुला आश्वसन चिल्ला चिप्ला कुरा मिठा मिठा सपना देखाऊछन। चुनाव को बेला स्वास्थ्य, शिक्षा, खानेपानि जनताको पहुचमा हुनेछ, जनता लाई कुनै पनि किसिमको समस्या हुने छैन भन्ने स्थानीय सरकार का प्रमुख, केहि सुकिला मुकिला छोटे महाराजहरू तिमिहरूले गर्न खोजेको सेवा यहि हो त ।माथि उल्लेखित मेयर बाट केहि सिक। स्टेचर सम्म उपलब्ध गराऊन नसक्ने कस्तो खालको नेता हो तिमि