
30/08/2025
इजरायलले अगस्ट २८ मा यमनको राजधानी सानामा व्यापक हवाई आक्रमण गर्यो । आक्रमणमा हुथी विद्रोहीहरूको गुप्त अड्डा र नेताहरू लक्षित गरिएको थियो । मिडिया रिपोर्टअनुसार हुथी प्रधानमन्त्री अहमद अल-राहवी मारिएका छन् भने रक्षामन्त्री र अन्य शीर्ष नेताहरूको मृत्यु भएको आशंका गरिएको छ । कम्तिमा १० जनाको मृत्यु भएको र ९० भन्दा बढी घाइते भएको यमन अधिकारीहरूले जनाएका छन् ।