SKM Times

SKM Times SIKKIM KRANTIKARI MORCHA

13/08/2026

सिक्किमका सम्माननिय मुख्यमन्त्री श्री Prem Singh Tamang-Golay ज्युले आफूलाई कहिल्यै केवल मुख्यमन्त्रीको पदमा सीमित राख्नुभएन।
उहाँले आफ्नो व्यक्तित्वलाई जनताको अभिभावक, मिल्ने साथी र सबैलाई बुझ्ने सहायकको रूपमा स्थापित गर्नुभएको छ।
उहाँ साना नानीहरूलाई माया गर्ने तरिका होस् वा सबै उमेर समूहका व्यक्तिहरूसँग समान आत्मीयता र सम्मानका साथ व्यवहार गर्ने शैली — उहाँ साँचिकै जनताको नेता हुनुहुन्छ। सरलता, नम्रता र आत्मीय व्यवहारमार्फत उहाँले पदभन्दा माथि उठेर जनताको मन जित्न सफल हुनुभएको छ।

13/08/2026
13/08/2026

साना विद्यार्थी नानीले सम्मानीय मुख्य मन्त्रीलाई चस्मा खोल्न आग्रह गरे।

13/08/2026

Rachika Dhakal of REHNOCK.

12/08/2026
12/08/2026

जन प्रीय नेता पि एस गोले
Jai SKM

हार्दिक कृतज्ञता तथा आभार ।।हृदयभरि कृतज्ञता र भावनाका साथ दोस्रो आमा सम्मान दिवस तथा नवौँ जन उन्मुक्ति दिवसलाई स्मरणीय,...
11/08/2026

हार्दिक कृतज्ञता तथा आभार ।।

हृदयभरि कृतज्ञता र भावनाका साथ दोस्रो आमा सम्मान दिवस तथा नवौँ जन उन्मुक्ति दिवसलाई स्मरणीय, भव्य, सभ्य र सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहकार्य र योगदान गर्नुहुने सम्पूर्णमा म हार्दिक आभार तथा गहिरो कृतज्ञता व्यक्त गर्दछु।

सिक्किमका विभिन्न स्थानबाट आफ्नो व्यस्ततालाई समेत पन्छाएर कार्यक्रममा सहभागी हुन आउनुभएका सम्पूर्ण आमाहरूप्रति विशेष सम्मानसहित हार्दिक धन्यवाद व्यक्त गर्दछु। उहाँहरूको उपस्थिति, आत्मीयता, मुस्कान र आशीर्वादले यस कार्यक्रमलाई अझ विशेष र अर्थपूर्ण बनाएको छ।
यसैगरी, माननीय मन्त्रीज्यूहरू, माननीय विधायकज्यूहरू, माननीय अध्यक्षज्युहरु, सम्माननीय विशिष्ट व्यक्तित्वहरू, विभिन्न विभागका प्रमुखहरू, प्रतिनिधिहरू तथा कर्मचारीहरू, विभिन्न तहका SKM पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरू, राज्यस्तरीय, जिल्लास्तरीय, क्षेत्रस्तरीय, ब्लकस्तरीय तथा वार्डस्तरीय Youth Wing, Nari Wing, SKM Contractor Association, Chalak_Sarathi Wing, CLC Presidents, SKM Social Media Wing , Volunteers भाइबहिनीहरू तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, सहकार्य र आत्मीयता प्रदान गर्नुहुने प्रत्येक व्यक्तिप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
कार्यक्रमको भव्य आयोजना र सफल सञ्चालनभन्दा पनि यस अवसरमा देखिएको मानवीय ब्यवहार, सम्मान, सद्भाव, आत्मीयता, मुस्कान र असंख्य स-साना सहयोगका भावनाहरूले यस कार्यक्रमलाई वास्तवमै विशेष, अर्थपूर्ण र अविस्मरणीय बनाएको छ।
यो दिन हाम्रो हृदयमा विशेष स्थान राख्दछ। यो हाम्रो जनताको सशक्तीकरण, सम्मान, गरिमा र उन्मुक्तिको यात्राको स्मरण पनि हो। जब जन उन्मुक्तिको भावना हाम्रा आमाहरूको सम्मान र गरिमासँग जोडिएर सामूहिक रूपमा मनाइन्छ, तब यसको अर्थ अझ गहिरो र विशेष बन्न पुग्छ।
यस ऐतिहासिक तथा भावनात्मक अवसरलाई सफल बनाउन दिनरात अथक मेहनत गर्नुहुने तथा विशेषगरी पर्दापछाडि रहेर महत्वपूर्ण योगदान पुर्‍याउनुहुने सम्पूर्णप्रति म हृदयदेखि नै आभारी छु। तपाईंहरूको योगदान सधैँ प्रत्यक्ष रूपमा देखिन नसके पनि त्यसको अनुभूति हामीले गरेका छौँ, त्यसलाई उच्च मूल्याङ्कन गरेका छौँ र सधैँ सम्मानका साथ स्मरण गर्नेछौँ।
हाम्रा आमाहरूलाई यति आत्मीयताका साथ स्वागत गर्नुभएकोमा, उहाँहरूलाई योग्य सम्मान प्रदान गर्नुभएकोमा र उहाँहरूलाई विशेष तथा सम्मानित महसुस गराउनुभएकोमा हृदयको गहिराइदेखि नै सम्पूर्णमा हार्दिक धन्यवाद।

आगामी दिनहरूमा पनि यस्तै एकता, आत्मीयता, सहकार्य र समर्पणका साथ हामी अघि बढ्न सकौँ भन्ने कामना गर्दछु।
- हार्दिक धन्यवाद सहित
- भोजराज राई
- मन्त्री , सिक्किम सरकार
- वरिष्ठ उपाध्यक्ष , सिक्किम क्रान्तिकारी मोर्चा पार्टी ।

10/08/2026

JAI SKM JAI GOLAY

Address

Poklok Kamrang
Namchi

Telephone

+919733200205

Website

Alerts

Be the first to know and let us send you an email when SKM Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SKM Times:

Shortcuts

Share