01/11/2025
🎶✨ सङ्गीतमा नयाँ प्रेरणादायी पहल! ✨🎶
"संगीत सिक्ने मौका नछुटाऔँ —आजै सिक्न सुरु गरौं।
लोकदेखि शास्त्रीय सम्म — संगीतको सम्पूर्ण संसार अब एकै छानामुनि।
बर्मेक नामफिङ नाम्ची जिल्ला निवासी श्री कृष्ण ढुङ्गेल भारतीय शास्त्रीय सङ्गीत गायनमा (Bachelor in Music) गरेका, आकाशवाणी गान्तोक(All India Radio) का ग्रेडेड संगीतकार, कलाकार तथा नेपाली उद्घोषक हुन्। तीनवटा विषयमा M.A. सम्पन्न गरिसक्नुभएका, बर्मेक टोकल बरिष्ठ माध्यमिक पाठशालाका PGT Geography शिक्षक हुनुहुन्छ, साथै सुप्रसिद्ध भजन गायकका रूपमा सिक्किम लगायत अन्य राज्यहरूमा परिचित व्यक्तित्व — श्री कृष्ण ढुङ्गेल।
आधुनिकदेखि पौराणिक सम्मका विभिन्न वाद्ययन्त्रहरूमा वादन गर्न सक्ने भरपूर क्षमता भएका, बहुप्रतिभाशाली र सामर्थ्य व्यक्तित्व — एक साँचो कलाका धनी हुन् श्री ढुङ्गेल।
वहाँ केवल संगीतमा मात्र होइन, साहित्य, कला मार्गमा पनि निरन्तर प्रगति गर्दै हुनुहुन्छ। यति धेरै कलात्मक गुणले सम्पन्न हुनु साच्चै स्वयंमा एक दुर्लभ वरदान हो। 🌸
वहाँको सफलताको मूल रहस्य हो — ईश्वरको अनुग्रह, धैर्य, अथक परिश्रम, दृढ सङ्कल्प, आफ्ना अनुभव र संगीतप्रतिको शुद्ध समर्पण।
श्री ढुङ्गेलले यस क्षेत्रका संगीतप्रेमी जो कोही पनि इच्छुक विद्यार्थी बालकदेखि वृद्धकालागि सङ्गीत संस्था खोल्ने ऐतिहासिक निर्णय लिनु भएको छ।
यो कार्य वास्तवमै यस क्षेत्रमा साच्चै कसैले पहल नगरेको प्रशंसनीय र प्रेरणादायी कदम हो, जसले नयाँ पुस्तामा सङ्गीतप्रतिको लगाव र संस्कार जगाउनेछ। 🌸
आउनुहोस् — सबैले मिलेर वहाँको यस महान कार्यको समर्थन, सहयोग र प्रोत्साहन गरौँ। सङ्गीतको माध्यमबाट आत्मा, संस्कार र संस्कृतिको संरक्षण गरौँ 🎵 जय सङ्गीत।।
हाम्रो भारतीय शास्त्रीय संगीत कक्षामा तपाईंलाई स्वागत छ🙏 —
उपलब्ध पाठ्यक्रमहरू:-
🎶 भारतीय शास्त्रीय संगीत (गायन)
🎹 किबोर्ड /
🎶 हार्मोनियम
🎸 गिटार
🎶 बाँसुरी (Flute)
🥁 लोक वाद्य तथा लोक संगीत
🕉️ भक्तिमय संगीत (भजन–कीर्तन)
आउनुहोस्, संगीतको माध्यमबाट आत्म–शुद्धि, सकारात्मक सोच र सृजनशीलता विकास गरौं 🌸
हामीसँग सिक्नुहोस्, गाउनुहोस्, बजाउनुहोस् — र आफ्नो अन्तरमा लुकेको कलाकारलाई उजागर गरौं 🎤✨
📍 भर्ना खुल्ला छ!
👉 सबै उमेरका संगीत प्रेमीहरूका लागि खुल्ला
📞 सम्पर्क: 6297176492/ वासएप:- 9647879651
E-mail:- [email protected]
स्थान:- श्री हरि कृष्ण बजगाईं निवास, नामफिङ, नाम्ची जिल्ला।
संगीत कक्षा प्रारम्भ:- नोभेम्बर 2025देखि
Charko Awaaz