13/07/2025
भाषा, संस्कृति र साहित्यको संरक्षण र प्रवर्धनको प्रतीकस्वरूप हरेक वर्ष मनाइने भानु जयन्ती समस्त नेपाली-भाषी समुदायको साझा गौरव हो। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई मूल समारोहको रूपमा मनाउने यो दिवसले हामीलाई हाम्रो भाषा र विरासतप्रति गहिरो निष्ठा र प्रेम विषय मार्गदर्शन गर्दछ।
यस वर्ष 2025 को 211 औं भानु जयन्ती पनि विगतका वर्षझैं श्रद्धा, साहित्यिक भावना र सांस्कृतिक अभिव्यक्तिले भरिएको महोत्सव हुने अपेक्षा गरिएको थियो। तर मर्माहत हृदयले भन्नुपर्दा, हामीले नेपाली साहित्यका एक अत्यन्त प्रतिष्ठित हस्ती, कुशल गीतकार, हाम्रा मार्गदर्शक एवं अभिभावक, पद्मश्री जिएस लामा (सानू लामा) ज्युलाई गुमाएका छौं।
पद्मश्री स्व० सानू लामाज्युको योगदान केवल साहित्यिक सृजनामा मात्र सीमित थिएन; उहाँ राष्ट्रप्रेम, सामाजिक चेतना र नेपाली भाषा-साहित्यको एक समर्पित सेवक हुनुहुन्थ्यो। उहाँको निधनले सम्पूर्ण साहित्यिक समुदायमा शोकको छाया परेको छ। हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
उक्त सम्वेदनशीलतालाई मध्यनजर गर्दै, यस वर्षको भानु जयन्ती कार्यक्रमलाई अपेक्षाकृत संक्षिप्त र सादगीपूर्ण ढंगले सम्पन्न गर्ने निर्णय गरिएको छ। परम्परा र सम्मानको निरन्तरतासँगै हामी यस निर्णयमार्फत दिवंगत साहित्यकारप्रति हार्दिक श्रद्धाञ्जली स्वरूप सामुहिक श्रद्धासुमन अर्पण गर्दछौं।
यस सन्दर्भमा सबै जनसमुदाय, साहित्यप्रेमी, विद्यार्थीवर्ग, पारम्परिक कलाकारवर्ग तथा वरिष्ठ स्रष्टाहरूको समझदारी र सहयोगप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं।
हाम्रो भाषा, साहित्य र संस्कृति सशक्त बनोस्, यही शुभेच्छासहित- सबैमा भानु जयन्ती 2025 को हार्दिक शुभकामना।