01/01/2026
मन्त्री नरबहादुर दाहालद्वारा १७–खाम्दोङ–सिङताम निर्वाचन क्षेत्रवासी तथा सम्पूर्ण सिक्किमवासीलाई नववर्ष २०२६ को हार्दिक मंगलमय शुभकामना
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा सडक तथा पुल विभागका माननीय मन्त्री श्री नरबहादुर दाहालज्यूले नववर्ष २०२६ को पावन तथा उल्लासमय अवसरमा १७–खाम्दोङ–सिङताम निर्वाचन क्षेत्रवासीसहित सम्पूर्ण सिक्किमवासीलाई हार्दिक मंगलमय शुभकामना तथा शुभेच्छा व्यक्त गर्नुभएको छ।
आफ्नो शुभकामना सन्देशमार्फत मन्त्री दाहालज्यूले बितेको वर्षका अनुभव, उपलब्धि र चुनौतीहरूबाट पाठ सिक्दै नयाँ वर्षलाई नयाँ आशा, नयाँ संकल्प र सकारात्मक सोचका साथ स्वागत गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। उहाँले नववर्षले राज्यका प्रत्येक नागरिकको जीवनमा सुख, शान्ति, समृद्धि र खुशियाली ल्याओस् तथा घर–घरमा आपसी समझदारी, प्रेम र सद्भावको वातावरण कायम रहोस् भन्ने कामना व्यक्त गर्नुभएको छ।
मन्त्री दाहालज्यूले सिक्किमको समग्र विकास र उज्ज्वल भविष्यका लागि सामाजिक एकता, आपसी भाइचारा र सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ। उहाँले विविधता, सहअस्तित्व र सद्भावमा आधारित सिक्किमको पहिचानलाई अझ मजबुत बनाउँदै सबै वर्ग, समुदाय र क्षेत्रबीच सहकार्य र विश्वासको भावना सुदृढ हुँदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
साथै, मन्त्री दाहालज्यूले सडक तथा पुल विभागअन्तर्गत भइरहेका विकास निर्माणका कार्यहरूलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै ग्रामीण तथा दुर्गम क्षेत्रसम्म सुरक्षित र दिगो पूर्वाधार विस्तार गर्न सरकार निरन्तर प्रतिबद्ध रहेको कुरा दोहोर्याउनुभएको छ। विकासका हरेक योजनामा जनसहभागिता र जनअपेक्षालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
अन्त्यमा, मन्त्री दाहालज्यूले नववर्ष २०२६ ले सम्पूर्ण सिक्किमवासीलाई सुस्वास्थ्य, दीर्घायु, सुख–शान्ति, आर्थिक समृद्धि तथा सम्मानजनक जीवन प्रदान गरोस् भनी हार्दिक शुभेच्छा प्रकट गर्दै नयाँ वर्ष सबैका लागि प्रगति, सफलता र समृद्धिको वर्ष बनोस् भन्ने कामना गर्नुभएको छ।