𝐒𝐈𝐊𝐊𝐈𝐌 𝐓𝐄𝐋𝐄𝐂𝐀𝐒𝐓 𝐍𝐄𝐖𝐒 𝐓𝐎𝐃𝐀𝐘

  • Home
  • India
  • Namchi
  • 𝐒𝐈𝐊𝐊𝐈𝐌 𝐓𝐄𝐋𝐄𝐂𝐀𝐒𝐓 𝐍𝐄𝐖𝐒 𝐓𝐎𝐃𝐀𝐘

𝐒𝐈𝐊𝐊𝐈𝐌 𝐓𝐄𝐋𝐄𝐂𝐀𝐒𝐓 𝐍𝐄𝐖𝐒 𝐓𝐎𝐃𝐀𝐘 social worker

06/11/2025

Enjoy Gold Cup LIVE
2nd Semi Final. [ 2nd Half ]
VENGTHAR F.C MIZORAM
Vs
YANGTHANG UNITED, GYALSHING

At 18th L.D Kazi Memorial Gold Cup Football Tournament at Chakung Playground, Soreng District

06/11/2025

Enjoy Gold Cup LIVE
2nd Semi Final.
VENGTHAR F.C MIZORAM
Vrs
YANGTHANG UNITED, GYALSHING

At 18th L.D Kazi Memorial Gold Cup Football Tournament at Chakung Playground, Soreng District.

06/11/2025

Enjoy Gold Cup Semi Final. [2nd Half]
SINGLING SC
Vrs
RED PANDA F.C.
On 18th L.D Kazi Memorial Gold Cup Football Tournament, Chakung, Soreng District.

06/11/2025

Enjoy Gold Cup 1st Semi Final Match
SINGLING SC
VS
RED PANDA F.C

On 18th L.D Kazi Memorial Gold Cup Football Tournament, Chakung, Soreng District.

लोवर कामराङ किचुडुमरा पुलमा प्रहरी चेकपोस्ट निर्माणको तयारी तीव्रपोक्लोक-कामराङ, सिक्किमपोक्लोक–कामराङ अन्तर्गत लोवर काम...
06/11/2025

लोवर कामराङ किचुडुमरा पुलमा प्रहरी चेकपोस्ट निर्माणको तयारी तीव्र

पोक्लोक-कामराङ, सिक्किम
पोक्लोक–कामराङ अन्तर्गत लोवर कामराङको किचुडुमरा क्षेत्रमा पश्चिमलाई दक्षिणसँग जोड्ने महत्वपूर्ण पुलमा प्रहरी चेकपोस्ट निर्माणको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। स्थानीय सुरक्षाको आवश्यकता र आवागमनमा सहजता ल्याउने उद्देश्यका साथ उक्त चेकपोस्ट निर्माणको पहल गरिएको हो।
यस कार्यको अगुवाइ सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री Prem Singh Tamang-Golay , युवा अध्यक्ष लाक्पा मुक्तान, माननीय मन्त्री तथा पोक्लोक–कामराङ निर्वाचन क्षेत्रका विधायक भोजराज राई, युवा संयोजक Nagen Yalmoo Yonzone र समष्टि एसकेएम युवा प्रकोष्ठले गरिरहेका छन्। कार्यक्रममा स्थानीय वार्ड पञ्चायत भिम कुमार राईको समेत उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दा र युवाहरूको सक्रिय सहभागितामा चेकपोस्ट निर्माणको प्रारम्भिक तयारी सुरु भइसकेको छ। गाउँलेहरूले आवश्यक जनशक्ति, सामग्री र श्रमदानमार्फत सहयोग पुर्‍याइरहेका छन्।
प्रहरी चेकपोस्ट स्थापनाले यस क्षेत्रमा सुरक्षात्मक व्यवस्थापन थप सुदृढ हुने, अपराध नियन्त्रणमा सहयोग पुग्ने र आवागमन गर्ने सर्वसाधारणले बढी सुरक्षित महसुस गर्ने अपेक्षा गरिएको छ। साथै, पुल र सडक सञ्जाललाई दीर्घकालीन रूपमा सुरक्षित राख्न पनि यो कदम प्रभावकारी हुने विश्वास लिइएको छ।
स्थानीय युवाहरूले भनेका छन्, “यो काम केवल संरचना निर्माण मात्र होइन, गाउँको सुरक्षात्मक ढाँचा मजबुत पार्ने दीर्घकालीन प्रयास हो। सबैको साथ र सहकार्यले यो कार्य छिट्टै सम्पन्न हुनेछ।”
प्रहरी चेकपोस्ट निर्माण कार्य आगामी केही साताभित्र औपचारिक रूपमा सुरु हुने तयारीमा रहेको र आवश्यक प्रशासनिक स्वीकृति प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जनाइएको छ।

05/11/2025

पोकलोक कामराङ अन्तर्गत नन्दगाउँ जिपियुमा एसकेएम पार्टीको समिति गठन तथा सदस्यता अभियान सम्पन्न

पोकलोक, ५ नोभेम्बर २०२५।
पोकलोक कामराङ निर्वाचन क्षेत्र अन्तर्गत ३८ नं. नन्दगाउँ जिपियुमा आज सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको समिति गठन तथा सदस्यता अभियान (Membership Drive) कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि विकास विभाग तथा खाद्य तथा नागरिक आपूर्ति विभागका माननीय मन्त्री एवम् क्षेत्रीय विधायक श्री भोजराज राई रहनुभएको थियो। उहाँलाई पार्टी कार्यकर्ता र स्थानीय जनसमुदायले उत्साहपूर्वक स्वागत गरेका थिए।

यस अवसरमा पोकलोक–नन्दगाउँ जिल्ला समष्टिकी माननीय जिल्ला पञ्चायत सदस्य श्रीमती विष्णु माया शर्मा, आसाङथाङ–सालघारी जिल्ला समष्टिका माननीय जिल्ला पञ्चायत सदस्य श्री दोर्जी भोटिया, देन्चुङ जिल्ला समष्टिका माननीय जिल्ला पञ्चायत सदस्य श्री अल्बर्ट तामाङ, साथै पोकलोक र देन्चुङ जिपियुका माननीय पञ्चायतगण, पूर्व पञ्चायतगण, राज्य स्तरीय एसकेएम सामाजिक सञ्जालकी सचिव श्रीमती अनु तामाङ, क्षेत्रीय अध्यक्ष श्री ग्याल्पो लेप्चा, महासचिव श्री देवराज राई, सल्लाहकार श्रीमती जुनु लेप्चा र श्री एस.बी. भण्डारी, संयुक्त सचिव श्री कमल गुरुङ, उपाध्यक्ष श्री पूर्ण विश्व, युवा संयोजक श्री नगेन तामाङ, ओएसडी श्री फुर्देन लेप्चा र श्रीमती छिरिङ डेम भुटिया, श्रीमती रवीना राई, पूर्व जिल्ला नारी संयोजिका श्रीमती बबिता लिम्बू, पूर्व जिल्ला पञ्चायत श्री रबिन्द्र राई, साथै क्षेत्रीय सिएलसी सदस्यहरू, सक्रिय पार्टी कार्यकर्ता, युवा तथा नारी शक्ति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत पोकलोक जिपियुका सात वटै वॉर्डहरूबाट युवा तथा महिलाहरूको वॉर्डस्तरीय समिति गठन गरी पार्टीको जिम्मेवारी हस्तान्तरण गरिएको छ।

मन्त्री राईले आफ्नो सम्बोधनमा पार्टीको संगठनात्मक बल सुदृढ पार्दै जनताको सेवा र विकासका अभियानलाई अझ प्रभावकारी बनाउन सबैलाई एकताबद्ध भएर काम गर्न आह्वान गर्नुभयो।

सदस्यता नवीकरण तथा समिति गठनको यस अभियानले एसकेएम पार्टीको संगठनात्मक संरचना सुदृढ गर्दै जनतासँगको प्रत्यक्ष सम्पर्क र विश्वास अझ मजबुत बनाउने लक्ष्य लिएको आयोजकले जानकारी दिएका छन्।

𝐅𝐎𝐑 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍 𝐓𝐎 𝐆𝐄𝐍𝐄𝐑𝐀𝐋 𝐏𝐔𝐁𝐋𝐈𝐂 𝐑𝐄𝐆𝐀𝐑𝐃𝐈𝐍𝐆 𝐕𝐄𝐇𝐈𝐂𝐋𝐄 𝐌𝐎𝐕𝐄𝐌𝐄𝐍𝐓 𝐎𝐏𝐄𝐍𝐈𝐍𝐆 𝐎𝐅 𝐙𝐎𝐎𝐌-𝐂𝐇𝐀𝐊𝐔𝐍𝐆 𝐑𝐎𝐀𝐃 𝐅𝐎𝐑 𝟏𝟖𝐭𝐡 𝐋𝐃 𝐊𝐀𝐙𝐈 𝐌𝐄𝐌𝐎𝐑𝐈𝐀𝐋 𝐆𝐎𝐋𝐃...
05/11/2025

𝐅𝐎𝐑 𝐈𝐍𝐅𝐎𝐑𝐌𝐀𝐓𝐈𝐎𝐍 𝐓𝐎 𝐆𝐄𝐍𝐄𝐑𝐀𝐋 𝐏𝐔𝐁𝐋𝐈𝐂 𝐑𝐄𝐆𝐀𝐑𝐃𝐈𝐍𝐆 𝐕𝐄𝐇𝐈𝐂𝐋𝐄 𝐌𝐎𝐕𝐄𝐌𝐄𝐍𝐓 𝐎𝐏𝐄𝐍𝐈𝐍𝐆 𝐎𝐅 𝐙𝐎𝐎𝐌-𝐂𝐇𝐀𝐊𝐔𝐍𝐆 𝐑𝐎𝐀𝐃 𝐅𝐎𝐑 𝟏𝟖𝐭𝐡 𝐋𝐃 𝐊𝐀𝐙𝐈 𝐌𝐄𝐌𝐎𝐑𝐈𝐀𝐋 𝐆𝐎𝐋𝐃 𝐂𝐔𝐏 𝐎𝐍 𝟖𝐓𝐇 𝐍𝐎𝐕𝐄𝐌𝐁𝐄𝐑 (𝟏 𝐃𝐀𝐘 𝐎𝐍𝐋𝐘)

LIFTING OF VEHICULAR MOVEMENT RESTRICTION ORDER ISSUED VIDE ORDER NO. 1206/SP/SRG DATED 18/10/2025

𝐕𝐞𝐡𝐢𝐜𝐮𝐥𝐚𝐫 𝐦𝐨𝐯𝐞𝐦𝐞𝐧𝐭 𝐫𝐞𝐬𝐭𝐫𝐢𝐜𝐭𝐢𝐨𝐧 𝐯𝐢𝐚 𝐙𝐨𝐨𝐦 𝐫𝐨𝐚𝐝 𝐭𝐨 𝐂𝐡𝐚𝐤𝐮𝐧𝐠 𝐚𝐧𝐝 𝐯𝐢𝐜𝐞 𝐯𝐞𝐫𝐬𝐚 𝐯𝐢𝐝𝐞 𝐎𝐫𝐝𝐞𝐫 𝐍𝐨. 𝟏𝟐𝟎𝟔/𝐒𝐏/𝐒𝐑𝐆 𝐃𝐚𝐭𝐞𝐝 𝟏𝟖/𝟏𝟎/𝟐𝟎𝟐𝟓 𝐢𝐬 𝐡𝐞𝐫𝐞𝐛𝐲 𝐥𝐢𝐟𝐭𝐞𝐝 𝐟𝐨𝐫 𝐨𝐧𝐞 𝐝𝐚𝐲 𝐨𝐧 𝐍𝐨𝐯𝐞𝐦𝐛𝐞𝐫 𝟖, 𝟐𝟎𝟐𝟓.

The previous order shall come into force from 09/11/2025 for the remaining period of time, as usual.

This shall come into the effect on November 8, 2025, in public interest.

05/11/2025

Enjoy LIVE Gold Cup. 2nd [Half].
MIZORAM
Vrs
BROTHERHOOD FC
18th L.D Kazi Memorial Gold Cup Football Tournament, Chakung, Soreng District.

05/11/2025

Enjoy LIVE Gold Cup.
MIZORAM
Vrs
BROTHERHOOD FC
18th L.D Kazi Memorial Gold Cup Football Tournament, Chakung, Soreng District.p

04/11/2025

पोक्लोक काम्राङ अन्तर्गत ३६ तिनिक चिसोपानी जिपियोमा एसकेएम पार्टीको समिति गठन कार्यक्रम सम्पन्न, मन्त्री भोजराज राईलाई भव्य स्वागत

पोक्लोक काम्राङ अन्तर्गत ३६ तिनिक चिसोपानी ग्राम पंचायत इकाईमा आज सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको समिति गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विकास विभाग तथा खाद्य तथा नागरिक आपूर्ति विभागका माननीय मन्त्री श्री भोजराज राईलाई स्थानीय कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्।

04/11/2025

Enjoy LIVE Gold Cup.( 2nd Half )
SINGLING SC SORENG
Vs
AAKRAMAN SC GANGTOK

On 18th L.D Kazi Memorial Gold Cup Football Tournament, Chakung, Soreng District.

04/11/2025

Enjoy LIVE Gold Cup.
SINGLING SC SORENG
Vs
AAKRAMAN SC GANGTOK

On 18th L.D Kazi Memorial Gold Cup Football Tournament, Chakung, Soreng District.

Address

Poklok Kamrang
Namchi
737126

Telephone

+919749552349

Website

Alerts

Be the first to know and let us send you an email when 𝐒𝐈𝐊𝐊𝐈𝐌 𝐓𝐄𝐋𝐄𝐂𝐀𝐒𝐓 𝐍𝐄𝐖𝐒 𝐓𝐎𝐃𝐀𝐘 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝐒𝐈𝐊𝐊𝐈𝐌 𝐓𝐄𝐋𝐄𝐂𝐀𝐒𝐓 𝐍𝐄𝐖𝐒 𝐓𝐎𝐃𝐀𝐘:

Share