Lovism Updates

Lovism Updates Lovism Updates is a genuine and authentic Media Body of Lovism Philosophy formed and authorised by H.H M G
(3)

09/09/2026

सेवा भनेको केवल अरूलाई सहयोग गर्नु मात्र होइन, आफ्नो अहंकारलाई सानो बनाएर मानवतासँग जोडिनु हो।

Quote of the Day
08/09/2026

Quote of the Day

Jai Prem  Fruitful Meeting at Rimbi Sedang, West Gyalshing District.Today, a fruitful and important meeting was successf...
07/09/2026

Jai Prem
Fruitful Meeting at Rimbi Sedang, West Gyalshing District.

Today, a fruitful and important meeting was successfully conducted at the residence of Shri M. B. S***a and Shri C. S. Rai at Rimbi Sedang, West Gyalshing District, regarding the Heavenly Nirvana Path (HNP), Eyangshen Department, and other related matters.

The meeting was attended by the following dignitaries and representatives:

Shri C. S. Rai – Advisor, HNP West District Committee
Shri T. B. Limboo – President, HNP West District Committee
Shri Dewas Rawali Sampang – Chief, Eyangshen Department, cm HNP Youth President
Shri Promodh Chamling – West Coordinator, HNP
Shri Anil Rai – Secretary, HNP West District Committee
Shri Ranjeet Bhujel – District Treasurer cm West District Sayang Coordinator
Shri P. R. Rai – President, HNP CLC
Shri Sandeep Rai – Chief, HNP Bhajan Department
Shri A. B. Rai – Former President, HNP West District
Shri Amrit Rai – West District Youth President, HNP
All Block Committee Pramukh Sayangs, Sayangs, and Sayogi Sayangs,
Key Focus of the Meeting

The meeting focused on strengthening coordination among the district, departmental, and block-level committees, discussing important matters concerning the HNP Eyangshen Department and related activities, and working collectively towards the further development and effective functioning of HNP in West Gyalshing District.

The active participation of representatives from different levels reflected a strong spirit of unity, cooperation, dedication, and collective responsibility towards the organization and its activities.

The meeting concluded with a renewed commitment to maintain better coordination, mutual cooperation, and dedicated service for the continued progress and welfare of the organization and its members.

May the Divine Blessings of Guru Hajur always guide and inspire us to work together with unity, dedication, and selfless service for the welfare of all.

Jai Prem

07/09/2026

गुरु हजुर हुनुहुन्छ जीवनमा दुःख आउँदा नआत्तिनुहोस्; कहिलेकाहीँ परमात्माले हामीलाई आफू नजिक ल्याउन दुःखको बाटो रोज्नुहुन्छ।

४औँ बाल विकास स्थापना दिवस — एक अविस्मरणीय एवं प्रेरणादायी दिन आज ६ सेप्टेम्बर २०२६, आइतबारको दिन पचिम सिक्किम अन्तर्गत ...
06/09/2026

४औँ बाल विकास स्थापना दिवस — एक अविस्मरणीय एवं प्रेरणादायी दिन

आज ६ सेप्टेम्बर २०२६, आइतबारको दिन पचिम सिक्किम अन्तर्गत गेजिङ जिल्लाको, थिङ्लिङ (Thingling) सेमिचोङ भवनमा सम्पन्न भएको ४औँ बाल विकास स्थापना दिवस कार्यक्रम अत्यन्तै उत्साह, उमंग, प्रेम र आत्मीयताका साथ सफलतापूर्वक सम्पन्न भयो।

आजको दिन केवल एउटा कार्यक्रम सम्पन्न भएको दिन मात्र होइन, हाम्रा नानी-बाबुहरूको उज्ज्वल भविष्य, असल संस्कार, शिक्षा, अनुशासन र सकारात्मक जीवनप्रतिको हाम्रो सामूहिक प्रतिबद्धताको एउटा सुन्दर अध्याय पनि हो।

नानीरूको अनुहारमा देखिएको मुस्कान, आँखामा देखिएको सपना र आफ्नो प्रतिभा प्रस्तुत गर्दाको आत्मविश्वासले आजको कार्यक्रमलाई अझ विशेष र अविस्मरणीय बनायो।

बाल विकास भनेको केवल किताबको ज्ञान मात्र होइन; असल संस्कार, मानवता, प्रेम, अनुशासन, सकारात्मक सोच र सही जीवनमार्गको आधार निर्माण गर्ने पवित्र यात्रा हो। आज रोपिएको संस्कारको यही सानो बीउ भोलि असल मानव र सुन्दर समाजको रूपमा फुल्नेछ।

आजका प्रमुख अतिथि तथा विशेष उपस्थितिहरू
पश्चिम जिल्ला संयोजक श्री प्रमोद राईज्यू
ब्लक अध्यक्ष श्री तीर्थ लिम्बूज्यू
मुख्य सायाङ श्री I. B. राईज्यू
मुख्य Healers श्री L. K. लिम्बूज्यू
State Lovism Youth Wing Member सुश्री प्रेमिका राईज्यू
Block Nari President श्रीमती शर्मिला राईज्यू
Publicity Secretary श्रीमती सोममति राईज्यू
श्रीमती पाबी राईज्यू
साथै HNP Thingling साखा का सम्पूर्ण यात्रीहरूजन।
यहाँहरूको गरिमामय उपस्थिति, माया, हौसला र सहयोगले आजको कार्यक्रमलाई अझ भव्य, आत्मीय र अर्थपूर्ण बनाएको छ। यहाँहरू सबैप्रति हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

हाम्रो सानो प्रयास, उनीहरूको ठूलो भविष्य
हामी विश्वास गर्छौँ,आज बालबालिकालाई दिएको राम्रो संस्कार नै भोलिको असल समाज हो।
आज दिएको ज्ञान नै भोलिको उज्यालो हो।
आज देखाएको सही बाटो नै उनीहरूको सुन्दर भविष्यको आधार हो।

बालबालिका आजका साना फूल हुन्,
भोलिका सुन्दर भविष्यका आधार हुन्।
उनीहरूको शिक्षा, संस्कार र विकासमा लगानी गर्नु भनेकै
समृद्ध समाज र उज्ज्वल भविष्य निर्माण गर्नु हो।

विशेष धन्यवाद गुरु हजुरलाई
अन्त्यमा, आजको यस पवित्र कार्यक्रमलाई सही दिशा, प्रेरणा, मार्गदर्शन र आशीर्वाद प्रदान गर्नुहुने परम पुजनीय गुरु हजुरप्रति हृदयको गहिराइदेखि नै अनन्त धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।

गुरु हजुरले देखाउनुभएको बाटो, दिनुभएको शिक्षा, संस्कार र प्रेरणाले नै हामीलाई निरन्तर अगाडि बढ्ने शक्ति प्रदान गरिरहेको छ। हाम्रा नानी-बाबुहरूको उज्ज्वल भविष्य निर्माण गर्ने यस सुन्दर यात्रामा गुरु हजुरको मार्गदर्शन र आशीर्वाद हाम्रा लागि अमूल्य सम्पत्ति हो।

गुरु हजुरको आशीर्वाद सधैँ हामीमाथि रहिरहोस्,
बाल विकासको यो पवित्र यात्रा अझ मजबुत र अझ उज्यालो बन्दै जाओस्।

जय प्रेम

Heavenly Nirvana Path, Bul Singtam Shakha, along with Kopchey Singthang and Salleybong Lunkhya, organized the Udhauli Pu...
06/09/2026

Heavenly Nirvana Path, Bul Singtam Shakha, along with Kopchey Singthang and Salleybong Lunkhya, organized the Udhauli Puja in a grand manner.

*निर्भाणिक आश्रमा अभिषेक संकल्प कार्यक्रम सम्पन्न ।* Update: 06/09/2026 प्रेमवाद दर्शन कहिल्यै नमर्ने दर्शन हो । कसैले द...
06/09/2026

*निर्भाणिक आश्रमा अभिषेक संकल्प कार्यक्रम सम्पन्न ।*
Update: 06/09/2026
प्रेमवाद दर्शन कहिल्यै नमर्ने दर्शन हो । कसैले दर्शनलाई छाड्ला तर प्रेमविना जीवनको अर्थ पाउनु संभव छैन । मानिसले शदियौं देखि धरतीमा विभिन्न वाद र सिद्धान्तहरुको प्रतिपादन र प्रयोग गरेर हरे । तर सबै युगहरु अन्तरालभित्र प्रेम नै श्रेष्ठ रहेको पाए । प्रेम नै तत्व हो जसले मानव एवम पशुपंक्षी प्राणी, प्रकृति र ईश्वरसम्म सटिक समन्वय गर्न सक्छ । यहि प्रेमको सिद्धान्त र गुणलाई बोध गराउने दर्शन हो प्रेमवाद । जसले भौतिक र आध्यात्मिकको सारपक्षवाट मानवलाई संतुलित एवम शान्त जीवन जिउँन प्रेरित गर्दछ ।
प्रेमवाद आवश्यक छ भन्दै आज निर्भाणिक आश्रमा श्रद्धेय सेमिङ गुरुज्यू (भारत)बाट राज्यको विभिन्न ठाउँबाट उपस्थिति १२ जना श्रद्धालुजनले अभिषेक लिएका छन् । अभिषेक लिनेहरुमा युवा पुस्ता र नानीहरु बढी छन् ।
अभिषेकको अर्थ, महत्व, औचित्य र उदेश्यलाई श्रद्धेय गुरुज्यूले विस्तृत रुपमा बुझाउँनु भएको छ । अभिषेक संकल्प कार्यक्रमलाई भगवान समक्ष अन्तरविन्ति, निशुई वाचन आदि पनि शैयङहरुद्वारा रह्यो । अभिषेक मन्त्र, अभिषेक गरेपछि गर्न हुने र नहुने आचार सहिंता बिषय पनि गुरुज्यूले क्रामिक रुपमा बताउनु भएको छ ।
निर्भाणिक आश्रममा प्रत्येक विभिन्न कार्यक्रम साथै बैठकहरु निरन्तरता रुपमा संञ्चालन छ । प्रेमवादलाई इमानदारीताका साथ संस्थागत गर्नु हामी सबैको कर्तव्य हो र यहि कर्तव्यमा हामी कटिबद्ध छौ । जय प्रेम ।

हार्दिक श्रद्धाञ्जली तथा समवेदना हेजु, नन्दुगाउँ आश्रममा नेपालमा आएको प्राकृतिक विपत्ति तथा बाढी–पहिरोका कारण आफ्नो अमूल...
02/09/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना

हेजु, नन्दुगाउँ आश्रममा नेपालमा आएको प्राकृतिक विपत्ति तथा बाढी–पहिरोका कारण आफ्नो अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै भगवान्सँग अन्तर्मनदेखि प्रार्थना तथा पूजा अर्चना गरेका छौँ।

यस दुःखद घडीमा आफ्नो प्रियजन, परिवार तथा आफन्त गुमाउनु भएका सम्पूर्ण परिवारजनप्रति नन्दुगाउँ आश्रम परिवारको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौँ। जीवनमा आफ्ना प्रियजन गुमाउनुको पीडा अत्यन्त गहिरो र अपूरणीय हुन्छ। यस्तो कठिन समयमा दिवंगत आत्माहरूले शान्ति प्राप्त गरून् र शोकमा रहनुभएका परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति, धैर्य र साहस प्राप्त होस् भनी हामी भगवान्सँग प्रार्थना गर्दछौँ।

यस पवित्र अवसरमा सम्पूर्ण आश्रमवासी तथा स्याङहरूबाट सामूहिक रूपमा पूजा–प्रार्थना सम्पन्न गरिएको छ। नेपालमा प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण परिवार, घाइते तथा कठिन परिस्थितिमा रहनुभएका सबैप्रति हाम्रो मन, भावना र प्रार्थना समर्पित गरेका छौँ।

भगवान्ले दिवंगत सम्पूर्ण आत्माहरूलाई चिरशान्ति प्रदान गरून्, शोकसन्तप्त परिवारजनको मनमा शान्ति प्रदान गरून् र विपत्तिमा परेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित रहन सक्ने शक्ति प्रदान गरून्।

यस दुःखद परिस्थितिमा हामी सबैले एक–अर्काको दुःखलाई आफ्नो दुःख सम्झेर मानवीयता, करुणा, प्रेम र सहयोगको भावना कायम राखौँ। दुःखको समयमा गरिएको सानो प्रार्थना, सानो सहयोग र सान्त्वनाको एक शब्दले पनि पीडित मनलाई ठूलो हिम्मत दिन सक्छ।

नन्दुगाउँ आश्रम परिवार, सम्पूर्ण आश्रमवासी तथा स्याङहरूबाट नेपालमा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।

ॐ शान्ति। शान्ति। शान्ति।

हेभेन्ली पाथ हेडक्वार्टको ११औँ वार्षिक साधारणसभा सम्पन्नहेभेन्ली पाथ हेडक्वार्टको ११औँ वार्षिक साधारणसभा मिति २०८३ भदौ १...
30/08/2026

हेभेन्ली पाथ हेडक्वार्टको ११औँ वार्षिक साधारणसभा सम्पन्न

हेभेन्ली पाथ हेडक्वार्टको ११औँ वार्षिक साधारणसभा मिति २०८३ भदौ १३ गते शनिबार झापामा भव्य रूपमा सम्पन्न भएको छ।

क्या. बुद्धिबहादुर राईज्यूको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा श्री खेमबहादुर लिम्बुज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन श्री उषा लक्ष्मी तुम्बाहाङ्फेज्यूले गर्नुभएको थियो।

साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन श्री यादप बान्तवाज्यूले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन श्री राजेन बान्तवाज्यूले प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमाथि आवश्यक छलफल तथा समीक्षा गर्दै संस्थाका आगामी कार्ययोजनाका विषयमा समेत विचार–विमर्श गरिएको थियो।

कार्यक्रमलाई थप उत्साहपूर्ण र मनोरञ्जनात्मक बनाउन कार्यक्रमका विभिन्न चरणमा लभिजम भजन टोलीद्वारा मनमोहक भजन तथा नृत्य प्रस्तुत गरिएको थियो। भजन तथा नृत्य प्रस्तुतिले सहभागीहरूमा थप ऊर्जा र उत्साह प्रदान गरेको थियो।

समग्रमा, हेभेन्ली पाथ हेडक्वार्टको ११औँ वार्षिक साधारणसभा संस्थाको विगतका गतिविधिको समीक्षा, उपलब्धिको मूल्याङ्कन तथा आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।

प्रेमवाद समाजको तेस्रो वार्षिक साधारणसभा सम्पन्न..झापा, भदौ १३ गते । प्रेमवाद समाजको तेस्रो वार्षिक साधारणसभा झापामा सम्...
30/08/2026

प्रेमवाद समाजको तेस्रो वार्षिक साधारणसभा सम्पन्न..
झापा, भदौ १३ गते । प्रेमवाद समाजको तेस्रो वार्षिक साधारणसभा झापामा सम्पन्न भएको छ। श्री मनकुमार बुत्ताङज्यूको सभाध्यक्षतामा सम्पन्न सभामा श्री खेमबहादुर लिम्बुज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने क्या. बुद्धिबहादुर राईज्यू र श्री रमा श्रेष्ठज्यू विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

आजीवन तथा साधारण सदस्यहरूको वृहत् उपस्थितिमा सम्पन्न साधारणसभामा संस्थाका वार्षिक गतिविधि, उपलब्धि तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा प्रेमवादको मूल उद्देश्य, मानवता, प्रेम, सद्भाव तथा सामाजिक रूपान्तरणका विषयमा सहभागीहरूले आफ्ना विचार तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

यसै अवसरमा धरान निवासी श्री हर्कराज राईज्यू र पाडाजुँगी निवासी श्रीमती लक्ष्मी बानु राईज्यूलाई प्रेमवाद समाजको आजीवन सदस्यताको प्रमाण–पत्र तथा परिचयपत्र प्रदान गरिएको थियो। उक्त प्रमाण–पत्र तथा परिचयपत्र शेनमुन्धुम गुरुज्यूको बाहुलीबाट प्रदान गरिएको हो।

कार्यक्रमको सञ्चालन श्री सनम बुत्ताङज्यूले गर्नुभएको थियो। साधारणसभाले प्रेमवादको विचार र अभियानलाई थप व्यवस्थित तथा प्रभावकारी रूपमा अघि बढाउँदै समाजमा प्रेम, शान्ति, सद्भाव र मानवताको भावना विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
जय प्रेम! ❤️🙏
#प्रेमवादसमाज #प्रेमवाद #वार्षिकसाधारणसभा #तेस्रोवार्षिकसाधारणसभा

Address

Nirvanik Meditation Center
Namchi
737121

Alerts

Be the first to know and let us send you an email when Lovism Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lovism Updates:

Shortcuts

Share

Category