Lovism Updates

Lovism Updates Lovism Updates is a genuine and authentic Media Body of Lovism Philosophy formed and authorised by H.H M G
(2)

*हेभेन्ली/निर्वाणा पाथ प्रेमवाद दोङ शाखाले आयोजना गर्यो वाल विकास कार्यक्रम साथै पालन गर्यो पचीस बर्षगाँठको स्थापना दिवस...
13/09/2025

*हेभेन्ली/निर्वाणा पाथ प्रेमवाद दोङ शाखाले आयोजना गर्यो वाल विकास कार्यक्रम साथै पालन गर्यो पचीस बर्षगाँठको स्थापना दिवस...।*
Updated-1309/2025
दक्षिण सिक्किम नाम्चि अन्तर्गत हेभेन्ली/निर्वाणा पाथ दोङ शाखाले पचीस बर्ष पूरा भएको उपलक्ष्यमा सेमिच्योङ भवनलाई सार्दै स्थापना दिवसलाई मनाएको छ । मुख्यत: स्थापना दिवसमा दोङ शाखाका नानीहरुबाट वालविकास कार्यक्रम पनि समावेस गरिएको थियो । शाखा अध्यक्ष श्री.आर.एम.लिम्बु, सुश्री अन्जना लिम्बु, श्री विधान राई, श्री प्रदिप राई र अन्य शाखा समितिको आयोजनामा आयोजित कार्यक्रममा श्रद्धिय सेमिङ गुरु भारत अध्यक्ष रहनु भएको थियो भने, पोकलोक देनचोङ ग्राम पंञ्चायतका माननीय पंञ्चायत सभापति, सदस्यगन, सरकारी दोङ स्कूलका प्रधानअध्यापक, शिक्षक शिक्षिकागन, दक्षिण जिल्ला संयोजक श्री आर.के.राईज्यु, सचिव श्री प्रदिप राई, श्री संदिप राई निर्वाणिक भजन अध्यक्ष, श्री आई.के.राईज्यु सचिव भजन, श्री संञ्च हाङ लिम्बु लभिज्म कल्चरल इन्चार्ज, गाँवले आमा-बाबा, प्रेमवादी यात्री साथै वाल विकाशका नानीहरुको उपस्थितिमा सुश्री अन्जना लिम्बुज्युले काकार्यक्रमलाई औपचारिक चलाउनु भयो भने श्रद्धिय सेमिङ गुरुज्यु भारत द्वारा दिप प्रज्वलन साथै अन्तरविन्ती, लभिजम् एन्थम हुँदै श्री विधान राईज्युले आफ्नो स्वागत मन्तव्यबाट सबैलाई स्वागत जनाउनु भएको थियो । वाल विकाशका नानीहरुले विभिन्न निर्वाणिक भजन, नित्य, संस्कृतिक फेशन -शो प्रदार्शन गरेर आफ्नो प्रतिभालाई दर्शाउनु भयो ।
दोङ शाखाको गतिविधि अवस्था बारे जानकारी गराउनु हुँदै श्री आर.एन.लिम्बुज्युले शाखाले पछिलो पचीस बर्षमा गरेको संघर्ष र प्राप्त गरेको उपलब्धि बिषय संक्षिप्त वताउनु भयो । दोङ शाखा संञ्चालन भएको लामो समय अवधि भएता पनि हालसम्म श्री टिका राम लिम्बुज्युको निवास स्थानमा अस्थायी सेमिच्योङ संञ्चालन गरिरहेको र आजबाट श्री जित बहादुर खालिङ राईको निवास स्थानमा सारिएको उहाँले प्रतिवेदन दिनु भयो । स्थायी सेमिच्योङको लागि दोङ शाखाले सरकारमा प्रोजेक्ट बुझाईसकेको र विभागमा फाइल प्रक्रियामा रहेको पनि उहाँले वताउनु भयो ।
वर्तमान पुस्ताको कार्यगतिविधिलाई मुख्य आधार बनाएर माननीय पंञ्चायत श्री सुकराज नाल्बोज्युले धार्मिक र आध्यात्मिक ज्ञान र सहि संस्कारले मात्र आजको नानीहरुलाई सहि मार्गमा हिडाउन सकिने कुरा राख्नु भयो । आफू पंञ्चायत भएको अनुभवलाई अघि सार्दै धार्मिक कार्यक्रममा बोलाउदा आफुलाई छिट्टै रमाइलो र आनंन्द लाग्ने र वातावरण समाजमा सदैव कायम राख्नका लागि सबै सामुदय अघि आउनु पर्ने उहाँको मन्तव्य थियो ।
"वालकहरुलाई सिकाउने होइन तर देखाउने हो, हामी के गर्दैछौ त्यही उनीहरुले सिक्ने हो । हामी खराब गर्दैछौ भने हाम्रो बालकहरु पनि खराब नै हुनेछन् असल गर्दैछौ भने उनीहरु असल बन्नेछन् । बालकलाई सुधार्न आफूहरु नै पहिला सुध्रिनु पर्छ । बालक भनेको हाम्रो भविष्य हो । हाम्रो आँट र काँध हो । यसोसले बालकलाई सहि दिशा देखाउन, नैतिकताको शिक्षा बडी उपयोगी हुन्छ । उहाँहरु कल्पना गर्न र नयाँ कुरामा धेरै जिज्ञासा राख्ने भएकोले हामीले सहि वातावरण निर्माण गरिदिनु पर्छ ताकि उसले सहि मार्ग पाउन सकोस् । उसभित्रको सिर्जना शक्ति नमरोस् । स साना कुरा खुशी हुने बानी बसालोस् । प्रेमिलो बनोस् । सबैप्रति आदरभाव, सम्मान राख्ने र कृतज्ञ बन्ने होस् हाम्रो वालकहरु ।" सेमिङ गुरुज्युले उपयुक्त कुराहरु आफ्नो प्रवचन मार्फत राख्दै प्रेमवादी यात्रीहरुको काम, कर्तव्य, सोच कसतो हुनुपर्छ भन्ने बिषयमा आधारभूत संदेश दिनु भएको थियो ।
अन्त्यमा सम्मान कार्यक्रम, पुरस्कार वितरण, र धन्यवाद ज्ञापन पछि कार्यक्रम समापन भयो । जय प्रेम।

*हेभेन्ली/निर्वाणा पाथ प्रेमवाद सिक्किमको नवौ मासिक सभा सम्पन्न ।*Updated- 12/09/2025 संस्थागत नियम र मर्यादा अनुसार हेभ...
13/09/2025

*हेभेन्ली/निर्वाणा पाथ प्रेमवाद सिक्किमको नवौ मासिक सभा सम्पन्न ।*
Updated- 12/09/2025

संस्थागत नियम र मर्यादा अनुसार हेभेन्ली/निर्वाणा पाथ सिक्किम राज्य समितिको नवौ मासिक सभा आज निर्वाणिक आश्रम नन्दुगाँवमा सम्पन्न भएको छ । मासिक सभा संञ्चालन गर्ने परम्परासँगै सम्पन्न भएको सभा श्रद्धिय सेमिङ गुरुज्युको (भारत) अध्यक्षतामा बसेको हो ।
दिप प्रज्वलन अन्तरविन्ती साथ शुभराम्भ गरिएको सभालाई महासचिव श्री खुसेन्द्रज्युले संञ्चालन गर्नु भयो । सभामा मुख्य तीन एजेन्डाहरु माथी बहस गरियो जो निम्न यस प्रकार छ-
1. निर्वाणिक प्रोजेक्ट
2. फूलपाती पूजा
3. टि.बी रोग जनचेतनामूलक कार्यक्रम ।
निर्वाणिक प्रोजेक्टको बिषयलाई लिएर प्राविधिक क्षेत्रमा काम भईरहेको यसमा इन्टियर डिजाइनमा गुरुहजुरबाट नै फाइनल गर्नु पर्ने र कम्पनीबाट धेरै डिजाइनहरु पेश गरिएता पनि सुन्दरीकरणको दृष्टिकोणबाट अब फाइन हुनुपर्ने कुरा सभामा रह्यो । प्रोजेक्ट फस्ट फेसको र दोस्रो फेसको सवालमा जमीनको कुरा मुख्य र सम्वेदनशील भएकोले सबै समितिजनहरुले यसमा ध्यान दिनु पर्ने र विधमान समस्यालाई कसरी हुन्छ टिङ्गो लगाउनु पर्ने सभाले निर्णय गर्यो । अब प्रोजेक्टलाई एउटा सिङ्गो व्यक्तिले होइन तर समितिको सबै समूहले हेर्नु पर्ने र यसको सम्पूर्ण विवरणलाई बुझ्ने जान्ने सबैलाई हक भएकोले सम्पूर्ण बिषयलाई पारदर्शीका साथ टेवलमा राखेर सर्वजिक रुपमा अघि बड्ने निर्णय भयो । विगत सभामा चर्चा गरिएको मुख्य बिषयलाई स्मरण गर्दै Power Electricity/ Water Source प्रोजेक्टको मुख्य विन्दुमा पुगेको कुरा अवागत गराउदै सेक्रेटेरी टु मास्टर सुश्री तृसलाज्युले अबको उप्रान्त समितिजनले यस बिषय चाँडो कार्यमा लाग्नु पर्ने वताउनु भयो । प्रोजेक्ट बिषय लिएर सभाले अब दह्रिलो कदम चाल्ने भएको छ । यसको लागि माननीय चियरमेन साहेब श्री हुकुम चन्द्र राई, ओ.एस.डी श्री दिवस रावाली सामपाङ, ओ.एस.डी श्री पूजन राई, ओ.एस.डी श्री मणि कुमार राईज्यु सरकारसँग तालमेल राखेर कम्पनी, ठेगेदार, विभाग तथा माननीय विधायक र मंत्रीहरुसँग सौहार्दपूर्ण वातावरण स्थापित गर्दै जति सक्दो चाँडो काम गर्ने निधो गर्नु भएको छ । Power and Electricity मा र Water Source को लागि भोलिबाट समितिले आफ्नो काम अघि बडाउने निर्णय सभाले गरे । आज उपस्थित समितिजन निर्वाणिक प्रोजेक्टको लागि धेरै सम्वेदनशील र गम्भीर बनेको छ । प्रोजेक्ट कार्यमा अब उसो लभिजम् युथ, जिल्ला संयोजक र अन्य लभिजम् भातृसंगठनलाई सँगै लिएर हिड्ने फैसेला आज भयो । यहाँ कोही कसैलाई पर्खिएर, कसैको मन दुख र गुनासो सुनेर बस्ने समय नभएको ठहर गर्दै समितिले काम फत्ते गर्न कम्बर कसेको छ |
दोस्रो एजेन्डामा - आगामी 28/09/2025, आउन लागि रहेको फूलपाती पूजालाई बार्षिक रुपमा निर्वाणिक आश्रम परिशरमा भव्य आयोजना गरि पशुवली निषेध अभियाण,पशुप्राणी रक्षार्थ जनचेतनामूलक संदेश, विश्व शान्ती सर्वधर्म पूजा अनुष्ठान एवम् गुरुजनको संदेश कार्यक्रमलाई सम्पन्न गर्ने भएको छ ।
तेस्रो - प्रेमवाद सिक्किमको आयोजनामा सामाजिक सचेनतना कार्यक्रम टि.बी.रोग बिषय लिएर आउने 20/09/2025 पश्चिम सिक्किमको सोरेङ र गेजिङमा आयोजना गर्ने सर्वपक्षिय सहमति भएको छ ।
सभामा उपस्थितजनहरु...
1. Revered Semming Gurujew Bharat
2. Miss Trisala S***a Secretary to Master
3. Smt. Meera Rai President
4. Shri Puran Rai Vice President
5. Shri Hukum Chandra Rai Vice president cm Honorable Chairman OBC, Welfare board Government of Sikkim.
6. Shri P.D Rai Vice President
7. Shri Prakash Chettri Vice president
8. Shri Khusendra Chettri General Secretary
9. Smt. Manuka Rai Member
10. Shri C.S Rai Member
11. Miss Bidhya Rai join Treasurer
12. Shri Ranjit Bhujel Join Treasurer
13. Shri Pramod Rai
14. Shri R.B Sampang
15. Shri Sanjit Rai
16. Shri Season Mager
17. Shri Rupen Rai
18. Shri Sancha Hang Limboo
19. Shri Sandeep Rai
20. Shri R.K. Rai
21. Shir Pujan Rai OSD
22. Asish Rai

"प्रेमवाद दर्शन र गुरूहजुरको अमूल्य मार्गदर्शन"गुरूहजुर कुनै धर्म सिर्जना गर्न अघि बढ्नु भएको होइन। वहाँ कुनै विशेष सम्प...
09/09/2025

"प्रेमवाद दर्शन र गुरूहजुरको अमूल्य मार्गदर्शन"
गुरूहजुर कुनै धर्म सिर्जना गर्न अघि बढ्नु भएको होइन। वहाँ कुनै विशेष सम्प्रदाय वा जातीय सीमामा बाँधिनुहुन्न। बरु, गुरूहजुरले सर्वधर्मको साझा सत्यलाई अघि सार्दै मानवतालाई केन्द्रमा राख्ने जीवन जिउन सिकाउनु हुन्छ। वहाँ भन्नुहुन्छ— “जो धर्ममा हामी जन्मेका छौँ, त्यही धर्मको असल मान्छे बनौँ।” त्यसैले गुरूहजुरले राम्रो हिन्दू बन्न, राम्रो बौद्ध बन्न, राम्रो ख्रीष्टियन बन्न वा जुन धर्ममा छौँ, त्यसैको शिक्षालाई व्यवहारमा उतार्न प्रेरित गर्नु हुन्छ।

धर्मलाई धर्मको सीमाभित्र मात्र नबुझी, धार्मिकताभन्दा माथि उठेर, मानवताको भावमा जीवन बिताउन सिकाउनु गुरूहजुरको मूल सन्देश हो। सेवा, समर्पण र परोपकारको भावनाले सबैको हितमा कार्य गर्दै, गुरूहजुरले प्रेमलाई जीवनको आधार बनाउन सिकाउनु हुन्छ।

विभाजनबाट एकतामा – गुरूहजुरको शिक्षा
आजको समाजमा जात, धर्म, सम्प्रदाय, पद र प्रतिष्ठाको भित्ताले मानिसलाई टुक्रा-टुक्रा बनाइरहेको छ। "म ठूलो, तिमी सानो" भन्ने अहंकारका पर्खालहरू दिनप्रतिदिन बाक्लो हुँदै गएको छ। यसै कारण मानवीयता हराउँदै गएको छ।

तर गुरूहजुरले तिनै विभाजनका पर्खालहरूलाई फुटाएर होइन, जुटाउन सिकाउनु हुन्छ। वहाँको प्रेमवाद दर्शनले मानिसलाई भिन्नतालाई स्वीकार गर्दै, भाइचारा र आत्मीयताको एकताको सूत्रमा बाँध्छ। गुरूहजुरले बारम्बार सम्झाउनु हुन्छ— “मानव जीवनको सर्वोच्च लक्ष्य भनेकै प्रेममा एकताबद्ध हुनु हो।”

प्रेमवाद दर्शन – जीवनको आधार,,,
१) आत्म-प्रेम (Self-Love):
प्रेमवाद दर्शनले सर्वप्रथम आफैलाई प्रेम गर्न सिकाउँछ।
आफैलाई प्रेम गर्नु भनेको आत्मविनाशकारी मार्ग—जस्तै Drugs, आत्महत्या, गलत खानपान, नराम्रो बानीबाट टाढा रहनु हो। आत्म-प्रेमले नै मानिसलाई जीवनप्रेमी, स्वस्थ, अनुशासित र सकारात्मक बनाउँछ।
२) परिवारप्रेम:
परिवारलाई प्रेम गर्नु भनेको घरमा शान्ति ल्याउनु हो। असल संस्कार अपनाउनु, बाबुआमालाई सम्मान गर्नु, दाजुभाइ-दिदीबहिनीबीच आत्मीयता बढाउनु नै परिवारप्रेम हो। परिवारमा प्रेम भए समाज बलियो हुन्छ, समाज बलियो भए राष्ट्र स्वतः समृद्ध बन्छ।
३) अबोध प्राणीप्रेम:
गुरूहजुरले असहाय, अबोध प्राणीहरूलाई पनि प्रेम गर्न सिकाउनु हुन्छ। तिनीहरू पनि भगवानका सन्तान हुन्, तिनीहरूलाई कष्ट नदिनु, बरु करुणाले व्यवहार गर्नु नै प्रेमको अभ्यास हो।
४) प्रकृति र पृथ्वीप्रेम:
यो धर्तीलाई प्रेम गर्नु भनेको वातावरणलाई बचाउनु हो। प्राकृतिक स्रोतलाई दुरुपयोग नगरी संरक्षण गर्नु हो। यदि हामीले धर्तीलाई प्रेम गर्‍यौँ भने धर्ती पनि हामीलाई सुरक्षित जीवन दिन्छ। गुरूहजुरले भन्नुहुन्छ— “धर्तीलाई प्रेम गर, यसलाई स्वर्ग जस्तो शान्त र जीवन्त बनाऊ।”

गुरूहजुरको प्रभाव – सुधारको बाटो,,,
गुरूहजुर र वहाँको प्रेमवाद दर्शनले अनेकों युवाहरूलाई सुधारेको छ। नकारात्मक बाटोमा लागेका धेरै युवाहरू पुनः सकारात्मक जीवनमा फर्किएका छन्। आत्म-प्रेम, परिवारप्रेम, प्रकृति-प्रेम र मानवप्रेमको अभ्यासले उनीहरूको जीवनमा नयाँ प्रकाश ल्याएको छ।
गुरूहजुरको मार्गमा हिँड्नेहरूले भन्छन्—
👉 जीवन सजिलो मात्र होइन, अर्थपूर्ण हुन्छ।
👉 मानिसमा आत्मविश्वास र आस्था पुनः जागृत हुन्छ।
👉 समाजमा भाइचारा र आत्मीयता बलियो हुन्छ।

आजको युगमा प्रेमवाद दर्शनको आवश्यकता,,,
आज संसारमा नकारात्मकता, असन्तुलन र विभाजन हावी भइरहेको छ। मानिस भौतिक प्रगतिमा त तीव्र गतिमा अघि बढेको छ तर मनको शान्ति हराएको छ। हिंसा, द्वेष, स्वार्थ र प्रतिस्पर्धाले मानिसलाई अशान्त बनाइरहेको छ।
यस्तो कठिन घडीमा गुरूहजुरको प्रेमवाद दर्शन नै हाम्रो जीवनको ज्योति हो। यस दर्शनले मात्र हामीलाई आत्मशान्ति, परिवारमा सौहार्द, समाजमा एकता र धर्तीमा शान्ति दिन सक्छ।

निष्कर्षमा,गुरूहजुरको प्रेमवाद दर्शन कुनै नयाँ धर्म होइन—यो त धर्मभन्दा माथि उठेको मानवताको मार्ग हो। आत्म-प्रेम, परिवारप्रेम, समाजप्रेम, प्राणीप्रेम र प्रकृति-प्रेमको अभ्यासले मात्र मानिसले साँचो जीवनको स्वाद चाख्न सक्छ। गुरूहजुरको शिक्षाले हामीलाई सिकाउँछ—
“फुटेर होइन, जुटेर अघि बढौँ। घृणाबाट होइन, प्रेमबाट संसार उज्यालो पारौँ।”आजको युगमा यही प्रेमवाद दर्शन नै हाम्रो लागि सबैभन्दा ठूलो वरदान हो।
जय प्रेम!
---महासचिव
खुशेन छेत्री
लभिजम सिक्किम राज्य समिति

हेभेन्ली/निर्वाणा पाथ प्रेमवाद थिङलिङ बाल बिकास शाखाले तेस्रो स्थापना दिवसको पालन गर्यो ।Updated 06/09/2025     पश्चिम स...
06/09/2025

हेभेन्ली/निर्वाणा पाथ प्रेमवाद थिङलिङ बाल बिकास शाखाले तेस्रो स्थापना दिवसको पालन गर्यो ।

Updated 06/09/2025

पश्चिम सिक्किम गेजिङ जिल्ला अन्तर्गत खिचोपेरी थिङलिङ हेभेन्ली/निर्वाणा पाथ प्रेमवाद शाखाका बाल विकास नानीहरुले आज थिङ्लिङ सेमिच्योङ भवनको परिशरमा तेस्रो स्थापना दिवसलाई भव्य सभ्य रुपमा पालन गरेको छ । स्थापना दिवसमा श्री जे.एन लेप्चाज्यु (मुख्य मंत्री सल्लाहकार ) प्रमुख अतिथिज्युको रुपमा रहनु भएको थियो भने, खिचुपेरी छेसु ग्राम पंञ्चायतका माननीय सभापति श्री आज्ञा योङ्डा सर, देउराली पाक्चुकका माननीय पंञ्चायत श्रीमती सुक माया लिम्बु, लामाथाङ ग्राम पंञ्चायतका माननीय पंञ्चायत सदस्य श्रीमती सुनिता राई साथै श्रद्धिय सेमिङ गुरुज्यु (भारत), हेभेन्ली/निर्वाणा पाथ सिक्किम अध्यक्षिका श्रीमती मिरा राई, सेक्रेटेरी टु मास्टर मिस तृसला सुब्बा, महासचिव खुसेन्द्र, सदस्य श्री सि.एस.राई, जिल्ला संयोजक श्री प्रमोद चामलिङ राई, श्रीमती शान्ती सुब्बा लभिजम् भजन टिम, श्री आई.के राई भजन समूह, सुश्री शिखा राई भजन समूह, श्री सञ्च हाङ लिम्बु लभिजम् कल्चरल इन्चार्ज, श्री साइलेन्द्र राई लभिजम् थुथ साथै थिङलिङ, सिमिचेन, ताथाङ र लामाथाङ शाखाका यात्रीहरुको उपस्थितिमा आजका वाल कलाकारहरुले विभिन्न निर्वाणिक भजन, नित्य तथा अन्य रंङ्गारङ कार्यक्रमको प्रस्तुति दिएर वातावरण नै रोमंञ्चक बनाएको थियो ।
मुख्य अतिथिज्युको बहुलीबाट दिप प्रज्वलन गरि शुभारम्भ गरिएको उक्त कार्यक्रमलाई औपचारिक रुपमा संञ्चालन गर्दै लभिजम् एन्थम, थिङलिङ वालविकासको संक्षिप्त प्रतिवेदन, भावी कार्ययोजना, तथा प्रतिबद्धता बालबिकासका नानीहरुबाट बडो रोचक ढंगमा प्रस्तुत भएको थियो । कार्यक्रमलाई संस्थागत सम्बोधन गर्नु हुदै अध्यक्ष श्रीमती मिरा राईज्युले थिलिङ शाखाका सबै नानीहरुलाई हौसला, स्नेह र शुभकामना प्रदान गर्नु भएको थियो । नानीहरुलाई प्रतिस्पर्धी मात्र बनाउनु होइन तर नैतिक गुणको विकास गराउनु र समयमै साँचो अध्यात्मको मार्गमा दोराउने काम प्रेमवादले गरिहरहेको उहाँले बताउनु भयो ।
"नानीहरुको मनोविज्ञानलाई सहि पहिचान गरी त्यस अनुसार उसलाई दक्ष बनाउन अभिभावक सदैव प्रयासरत् रहनु पर्छ । नानीहरु ससाना कुराहरुमा खुशी हुन सकोस्, जीवन सफलता मात्र होइन असल पनि बन्ने चहाना पनि गरोस् । नानीहरुको दिमागमा संसारको सुचना संकलन गर्न लगाएर तनावपूर्ण स्थिति पैदा गर्नु छैन बरु उसले आफूभित्रको स्वाच्छ, निर्मल र कोमल आत्माको पहिचान गर्न सकोस् । समग्रमा उसले मान्छे बन्ने आँट गरोस् किनकि आज मान्छेहरु बीच मान्छे हराएको छ ।" उपयुक्त संदेश दिनु हुँदै श्रद्धिय सेमिङ गुरुज्यु (भारत), अझ भन्नु भयो - "नानीहरुलाई शिक्षा दिन घरको वातावरण नै ठिक हुनुपर्छ । अभिभावकको आहार, विहार, आचारण र संस्कार ठिक हुनुपर्छ । हामी नानीहरुलाई केवल पैसा कमाउने माइनसेट मात्र होइन तर संसारको लागि बाँच्न सिकाउनु पर्छ ।"
यस पछि मुख्य अतिथिज्युले पनि सम्पूर्ण नानीहरुलाई आफ्नो तर्फबाट शुभकामना एवम् बधाई दिनु भयो । गुरुहजुरको मार्ग दर्शन र आशिवार्द सिक्किममा सदैव रहोस् र आज पूर्ववक्ताहरुले अघि राखेको सम्बोधन समाजको लागि अति अपरिहार्य रहेको उहाँले आफ्नो सम्बोधनमा राख्नु भयो ।
कार्यक्रममा, सम्मान कार्यक्रम, माया चिनो प्रदान साथै नानीहरुलाई प्रेमस्वरुप पुरस्कार पनि वितरण गरिएको थियो ।
सिक्किमको धेरैवटा शाखाहरुमा प्रेमवादी वालविकाश कार्यक्रम संञ्चालनमा छ भने थिङलिङ शाखा पनि एक हो । यो शाखाले साप्ताहिक कार्यक्रम गरेर नानीहरुको स्भाव, आचारणमा नैतिक गुणको आवृत्ति गर्ने काम गरिरहेको छ । जय प्रेम ।

मिति २०८२ भाद्र १५ गतेका दिन प्रेमवाद समाज नेपालको दोस्रो बार्षिक साधारण सभा तथा पहिलो अधिवेशन प्रेमवादी सामुदाहिक भवन क...
01/09/2025

मिति २०८२ भाद्र १५ गतेका दिन प्रेमवाद समाज नेपालको दोस्रो बार्षिक साधारण सभा तथा पहिलो अधिवेशन प्रेमवादी सामुदाहिक भवन कमल–५ पाडाजुङगी झापामा सम्पन भएको छ ।

31/08/2025

आज मिति 2082/05/14 गते कोशी प्रदेशका मुख्यमंत्री माननीय हिक्मत कुमार कार्कीज्यू, संघीय मामिला तथा स्थानीय विकास एवम् उद्...
30/08/2025

आज मिति 2082/05/14 गते कोशी प्रदेशका मुख्यमंत्री माननीय हिक्मत कुमार कार्कीज्यू, संघीय मामिला तथा स्थानीय विकास एवम् उद्योग मन्त्री नेकपा एमाले केन्द्रीय समितिका सदस्य माननीय रेशम बहादुर लामाज्यु, माननीय प्रदेश सांसद होम थापा, मोरङ मधुमल्ला गाउँपालिका अध्यक्ष श्री बबी राई, चुलाचुली गाउँपालिका अध्यक्ष श्री राजेन्द्र केरुङ, तथा अन्य डिग्निटरीजहरुबाट गुरुहजुर सँग दर्शनभेट भएको छ ।

यहि मिति २०८२/५/१३ गतेको दिन हेभेन्ली-निर्भाणा पाथ नेपालको २०औ वार्षिक साधारणसभा तथा ८ औ महाधिवेशनको अवसरमा बिहानी पख सँ...
30/08/2025

यहि मिति २०८२/५/१३ गतेको दिन हेभेन्ली-निर्भाणा पाथ नेपालको २०औ वार्षिक साधारणसभा तथा ८ औ महाधिवेशनको अवसरमा बिहानी पख सँगै लभिजम भजन भवनमा भजन चिफ यायीन् ज्युको सभाध्यक्षतामा परम गुरुहजुरको बाहुलीबाट Lovism Studio - Digital Recording Station, बिहानको ८ः३० मा उदघाटन सप्पन्न गरिएको थियो । यस् क्रममा, हेभेन्ली÷निर्भाणा पाथ हेडक्वार्टर अध्यक्ष श्री.बुद्धि राईज्युबाट दीप प्रज्वलन, हेभेन्ली ÷निर्भाणा पाथ नेपाल अध्यक्ष श्री.खेम लिम्बुज्युबाट अन्तरबिन्ती भएको थियो ।

साथै HNP अध्यक्ष श्री.खेमबहादुर लिम्बू ज्युको सभाध्यक्षतामा, माननीय मन्त्री श्री एकराज कार्की ज्यु -प्रदेश सरकार खानेपानी_ को प्रमुख आतिथ्यतामा बिशेष अतिथि साँसद् माननीय होमबहादुर थापा, अध्यक्ष श्री हुकुमङसि राई, कमल गा= पा=प्रमुख, श्री लाल ब. बिष्ट, अध्यक्ष कमल गा.पा.वडा न. ५, श्री क्यप्टेन बुद्धि बहादुर राई सल्लाहकार, श्री किरण राईज्यु हेड्क्वार्टर दर्शन बिभाग प्रमुख, तथा अन्य अतिथिज्युहरु संस्थापकज्युहरु, विशिष्ट संरक्षकज्युहरु, हेड्क्वार्टर पधाधिकारीज्युहरु, प्रशासन सुरक्षा ईन्चार्ज , राजनीति दलका नेता गणज्युहरु, युवा तथा नारी नेपालका अध्यक्षज्युहरु, जिल्ला शाखाका अध्यक्ष, प्रतिनिधिज्युहरु आजिवन सदस्यज्युहरु र बिशेष ब्यक्तिहरु, प्रेमबदी यात्रीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रेमबाद दर्शनका प्रतिपादक परम पुजणिय गुरुहजुरको समउपस्थितिमा बिशेष कार्यक्रमको सार सम्बोधनमा प्रेमबाद एउटा संघर्ष हो प्रेमवाद् संस्कार, धर्म वा एउटा पन्थ, झुन्ड होइन । यो संसारलाई नयाँ संसार देखेर एउटा सपनासंग हिड्दै छ प्रेमबाद्ले सधै सन्सारको लागि चिन्तन गर्छ, मोवाना मुभीको उदाहरण दिनु हुँदै जसरी यो मुभिमा प्रकृति डेफिटीको मुटु हराएको हुन्छ जसफलस्वरूप दिन दिनै सारा पृथ्वी बोट बिरुवा , खोला नाला, सबै सुक्दै, मर्दै जान्छ त्यो समयमा मुहानाको संघर्ष,दुखको कारण ले गर्दा फेरि मुटु फर्काएर ल्याउनु हुन्छ तब प्रकृति हरियाली हुन्छ सबै खुशीले नयाँ जीवनको साथ रमाउनु हुन्छ आज यस्तै यो सन्सारले मुटु हराइरहेका छौ त्यही मुटुको खोजीमा छ प्रेमबाद लगायत महत्वपूर्ण आशीर्वादमय प्रेमबादी संदेश प्रबाह रहेको थियो ।
कार्यक्रमको अन्तमा नवसमिती गठन भइ सभ्य र भब्यताको साथमा कार्यक्रम सु–सम्पन्न भयो।

27/08/2025

हार्दिक आमन्त्रण
हेभेन्ली निर्भाणा पाथ नेपालको २०औ बार्षिक साधरणा सभा तथा ८औं राष्ट्रिय महाधिवेशन स्वामी बालतपस्वी सदगुरु ॐनन्द गुरुहजुरको समुपस्थितिमा तपशिलका अनुसार सम्पन्न हुने भएकोले संघका सम्पुर्ण साधरण सदस्य , आजीवन सदस्य, बिशिस्ट संरक्षक सद्स्य र संस्थापक सदयहरु एवम् प्रेमवादी यात्रीहरुर शुभचिन्तक महानुभवहरुमा यहाँको गरिमामय उपस्थितिको लागि हेभेन्ली निर्भाणा पाथ नेपाल हार्दिक अनुरोध गर्दछौं ।
तपशिल :
१.मिति : २०८२ भाद्र १३ गते शुक्रबार
२. समय : बिहान ठिक १०ः०० बजे
३. स्थान : कमल–५, प्रेमवादी सामुदायिक भवन झापा
नोट : टाडाबाट आइपुग्नुपर्ने : २०८२ भदौ १२ गते साझ सम्म
आयोजक: हेभेन्ली निर्भाणा पाथ नेपाल
ब्यवास्थापक: हेभेन्ली निर्भाणा पाथ झापा शाखा हार्दिक

मिति २०८२/५/७ हेभन्लि निर्भाण पाथ युवा संघ नेपालको ८औं अधिवेशन तथा २० औँ वार्षिक साधारण सभा भव्यताको साथ सम्पन्न भएको छ ...
24/08/2025

मिति २०८२/५/७
हेभन्लि निर्भाण पाथ युवा संघ नेपालको ८औं अधिवेशन तथा २० औँ वार्षिक साधारण सभा भव्यताको साथ सम्पन्न भएको छ ।
झापा पाडाजुंगी स्थित प्रेमवादी सामुदायिक भवनमा आयोजित कार्यक्रममा हेभेन्लि निर्भाणा पाथ नेपालका केन्द्रीय महासचिव यादप बान्तवा ज्युको प्रमुख आतिथ्यता, HNP Headquatar अध्यक्ष बुद्घी बहादुर राई,HNP नारी संघका केन्द्रिय सदस्य हर्क कुमारी राई, प्रेमवाद समाजका कोषअध्यक्ष चित्ताहाङ लावतीको विशेष आतिथ्यता रहेको थियो । युवा संघ महासचिव एक लाल श्रेष्ठ ज्युले संघको प्रगति विवरण तथा कोष अध्यक्ष राजेन बान्तवा ज्युले आर्थिक विवरण पेस गर्नुभएको थियो । कार्यक्रमलाई रोचक पार्नका निमित्त प्रेमवादी कलाकारहरुद्धार नृत्य एवंम् भजन प्रस्तुत गरिएको थियो । केन्द्रीय युवा संघको ८औँ अधिवेशनबाट सुशिला राई ज्युको अध्यक्षतामा १९ सदस्य कार्यसमिति गठन गरिएको छ ।
कार्यक्रमको अन्तमा परम पुज्य गुरुहजुरको विशेष सम्वोधन रहेको थियो । प्रेमवादको धर्ती बचाउने उद्घेश्यलाई पुनः बोध गराउदै हाम्रो संस्था सेवामुखी भएको हुदा यसमा आबद्ध भइरहदा पद–प्रतिष्ठा, इनाम इत्यादिको आशा अपेक्षा गर्नु भन्दा सेवा कार्य गर्नुपर्ने बताउनु हुँदै उपस्थित सम्पूर्ण युवाहरुलाई असल कार्यको निमित्त निरन्तर अघि बढ्न प्रेरित गर्नुभएको थियो ।

Address

Nirvanik Meditation Center
Namchi
737121

Alerts

Be the first to know and let us send you an email when Lovism Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lovism Updates:

Share

Category