Jhapali Khoj Khabar

Jhapali Khoj Khabar Please like this page for new news update

  Inbox for more information
18/06/2024


Inbox for more information

जान इच्छुक ले message गर्नु होला
27/02/2024

जान इच्छुक ले message गर्नु होला

एसिया कपको लागी सन्दीप उडेका छन ।
28/08/2023

एसिया कपको लागी सन्दीप उडेका छन ।

गौरादह ८ निवासी मुस्लिम युबा राजु हुसेन ले धार्मिक,साम्प्रदायिक सद्भभाब कायम राखी संविधानको पालना गर्न सामाजिक संजाल मार...
27/08/2023

गौरादह ८ निवासी मुस्लिम युबा राजु हुसेन ले धार्मिक,साम्प्रदायिक सद्भभाब कायम राखी संविधानको पालना गर्न सामाजिक संजाल मार्फत सबैलाइ आग्रहगरेका छ्न !!!

यो बिचार हजुर हरुलाइ कस्तो लाग्यो ?
Ra Zoo ❤️

23/08/2023
सुन तस्करीमा माओबादी नेता महरा कनेक्सन :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हर...
18/07/2023

सुन तस्करीमा माओबादी नेता महरा कनेक्सन :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको
मिलेमतोमा सुन हराएको सन्दर्भमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम जोडिन पुगेको छ। ई–सिगरेट भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा समेत जोडिएका छन्।

SadNews: प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । हार्दिक श्रद्धाञ्जली ।
12/07/2023

SadNews: प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । हार्दिक श्रद्धाञ्जली ।

अन्तर्वार्ता बिवादित बनेपछि पल शाह लेख्छ्न : कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्न...
11/07/2023

अन्तर्वार्ता बिवादित बनेपछि पल शाह लेख्छ्न :
कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?

मानवीय जीवन हो उतार चढाव हुन्छ । म नि मानव हो । म भित्र पनी मानवीय संवेदना छ । म रुन्छु हाँस्छु । तपॉईहरु जस्तै ......

म माथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगे र १ वर्ष कारागारमा रहे । सम्मानित अदालतबाट उक्त आरोपबाट “सफाई” पाएर म तपॉईहरु जस्तै सामान्य जीवन यापन र कर्म गर्दै आइरहेको छु ।

मलाई थाहा छ, बुझेको पनी छु म एक सार्वजनिक व्यक्ति हुँ । मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ । म साना साना कुरामा संवेदनशील हुनु पर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्ने जति म संवेदनशील बन्ने कोसिसमा छु । पछिल्लो समय कान्तिपुर टिभी बाट प्रसारित “What The Flop Show” मा मैले अन्तरवार्ता दिएको थिए । उक्त अन्तर्वार्ता प्रसारण भई सकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भई रहेको छ । प्रसारित कार्यक्रममा "हासि हासि बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो" जस्ता आरोप लागेका छन् ।

म एक्लै यो धर्तीमा कहिबाट उत्पत्ति भएको हैन । मेरो पनी एउटा परिवार छ । परिवार भित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनी छन् । उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिदा ? कहिल्यै सोच्नु भएको छ परिवारमा पर्ने आघातका बारेमा ? उनीहरूलाई मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला कस्तो दाग रहला ? कहिल्यै त्यो ठॉउमा आफ्नो परिवार राखेर सोच्नु भएको छ ? म स्पष्ट पार्न चाहन्छु । मेरो तर्फबाट मृत या जीवित, आरोपित होस या अपराधी सबैप्रति मेरो सम्मान छ । म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लङ्घन या कसैको अवहेलना गर्नेबारे सोच्न सम्म सक्दिन ।

मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिए । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नु पर्ने हो र ? मैले कसैको नाम नलिईकन त्यहाँ भित्र मैले भोगेका देखेका कुरा हाँसेरै सरकार सामु अपिल गर्दा पनी मैले गाली खानु पर्ने हो ? म मेरा दुखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ? म रुँदै अन्तर्वार्ता दिनु पर्ने हो ? म मेरो दुखमा सधैँ रुनु पर्ने हो या मैले मेरा दुखका अनुभव हाँसी हासि साट्न र जित्न पनी पाउँछु ? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्न सकेको छैन मेरो जीवनमा मैले गर्नु पर्ने के हो नगर्नु पर्ने के हो ? समाजका तपाईंहरु जान्ने बुझ्नेले मलाइ उत्तर दिनु होला !!!
अदालतबाट “सफाई” पाइसकेपछि पनि मैले निधारमा "म बलात्कारी हुँ" लेखेर हिडौ कि दुख पिडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ ? मलाई पल शाह बनाएको तपॉईहरुले हो यस कारण म प्रश्न पनी तपॉईहरु समक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बॉचौ ? कसरी हिडौ ? कसरी बोलौँ ? कसरी खाऊ ? कसरी लाऊ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?

एक बर्षे कारागार बसॉईमा मैले पाएका दुखलाई आशुले छिपिक्क भिजाएको छु । पिडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुखलाई खुसी मुद्रामा साट्दा तपॉईहरुमा परेको असर प्रति क्षमा चाहन्छु । कानुनले “ तँ “ सही छस् भनेर “सफाई” दिएको विषय जोडेर बारम्बार प्रहार हुदॉ जीवन जिउने अभिलाषा सकिँदो रहेछ ....... सबैमा माया सम्मान र धन्यवाद ।

फोटो पल शाह फेसबुक

इटहरिमा टिप्परले स्कुटरलाई ठक्कर दिदा दुर्घटनामा आमाछोरीको निधन भएको छ । इटहरीको मुख्य चौकमा भएको दुर्घटनामा परि आमाको घ...
05/07/2023

इटहरिमा टिप्परले स्कुटरलाई ठक्कर दिदा दुर्घटनामा आमाछोरीको निधन भएको छ । इटहरीको मुख्य चौकमा भएको दुर्घटनामा परि आमाको घटनास्थलमै निधन भएको थियो भने छोरिको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी ८ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरी रहेकी छन् । इटहरिको कोसी सेन्ट जेम्स कलेज अन्तर्गत BBS प्रथम वर्षमा अध्ययनरत थिईन अंशु चौधरी ।

अत्यन्तै दु:खद खबर 😢नेपाली गायक, संगीतकार, अभिनेता र रक ब्याण्ड रोबिन एण्ड द न्यू रिभोलुसनका संस्थापक रोबिन तामाङको आज(म...
04/07/2023

अत्यन्तै दु:खद खबर 😢
नेपाली गायक, संगीतकार, अभिनेता र रक ब्याण्ड रोबिन एण्ड द न्यू रिभोलुसनका संस्थापक रोबिन तामाङको आज(मंगलबार) बेलुकी निधन भएको छ ।
सामाजिक सन्जाल मार्फत उनको निधन भएको खबर बाहिरिएको हो। उनको निधनको कारण भने खुलाइएको छैन ।

हार्दिक श्रध्दाञ्जली! 🙏😢 हामी तपाईलाई सधैँ सम्झिरहने छौँ

Address

Navi Mumbai (New Mumbai)

Telephone

+9779864164567

Website

Alerts

Be the first to know and let us send you an email when Jhapali Khoj Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhapali Khoj Khabar:

Share