29/10/2025
SIR विषयमा सांसद राजु बिष्टको-विज्ञप्ति !
आदरणीय नागरिकहरू,
▪️भारतीय निर्वाचन आयोगले योग्य मतदाताहरूको सूची सठीक अनि परिमार्जित होस् भनी सुनिश्चित गर्न पश्चिम बङ्गाललगायत अनेकौँ राज्यहरूमा दोस्रो चरणको मतदाता सूची विशेष गहन संशोधन (एसआईआर) घोषणा गरेको छ।
▪️यो निष्पक्ष अनि पारदर्शी चुनाउ सुनिश्चित गर्नका लागि एउटा नियमित अनि महत्त्वपूर्ण प्रक्रिया हो। एसआईआर भनेको घरदैलोमा प्रमाणीकरणको अभियान हो जसमा अधिकारीहरू घर-घरमा गएर विद्यमान मतदाताहरूका विवरणको पुष्टि गर्छन्, नयाँ योग्य मतदादाहरूको नाम मतदाता सूचीमा समावेश गर्छन्, र कुनै त्रुटीहरू छन् भने सच्च्याउँछन्।
▪️दार्जीलिङ्ग पहाड़ , तराई र डुवर्सका हरेक योग्य मतदाताहरू २०२५-२६ को परिमार्जित मतदाता सूचीमा समावेश गरिनेछन्।
- राजु बिष्ट, सांसद