Ankur TV

Ankur TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ankur TV, TV Channel, New Delhi.

08/05/2025

मोदी का जोरदार भाषण जिसमें पाकिस्तान का नक्शा बदलने की योजना, भारत के एक सौ तीस करोड़ लोगों की कसम, भारत माता की जय जय कार शामिल है।

08/03/2025
01/03/2025
वैदिक कालको प्रारम्भ कहिले भयो ?ॐ जय शिव शिवा गोरक्षनाथ 🙏🙏🙏🕉️🌞⭐️🌙🌞⭐️🌙प्राचीन वैदिक काल कहिलेदेखि प्रारम्भ भयो भन्ने बारे...
27/02/2025

वैदिक कालको प्रारम्भ कहिले भयो ?

ॐ जय शिव शिवा गोरक्षनाथ 🙏🙏🙏🕉️🌞⭐️🌙

🌞⭐️🌙प्राचीन वैदिक काल कहिलेदेखि प्रारम्भ भयो भन्ने बारेमा मतैक्यता छैन । कतिले यसलाई सिन्धुनदीको सभ्यतासँग गाँसेर मोहेन जो दारो, हरप्पा आदिसँग पनि मिलाएर हेर्न गरेका छन् । यसअनुसार कतिले आजभन्दा आठ हजार वर्ष पहिले, कतिले छ हजार वर्ष पहिले र कतिले पैंतालिस सय वर्ष पहिले मानेको देखिन्छ । तर पश्चिमी र धेरै पूर्वीय विद्वान्हरूका तर्कमा यो इसापूर्व पन्ध्र सय अर्थात् आजभन्दा पैतिस सयदेखि इसापूर्व पाँच सय वा तीन सय वर्षसम्म पनि कायम रहेको बताएका छन् । म्याक्स मुलरले इसापूर्व १२००, हगले इशापूर्व २४०० वर्षअघि प्रारम्भ भएको छ भने बालगङ्गाधर तिलक प्रभृत भारतीय लेखकले यसलाई इसापूर्व चार हजार वर्ष पुरानो मानेका छन् । भारतीय विद्वान्मा डा. राधाकृष्णनका अनुसार आजभन्दा पैतिस सय वर्षअघि वेदको पहिलो भाग अर्थात् ऋग्वेद संहिता स्थापित भइसकेको थियो र बुद्धको समयसम्ममा सबै वेद लेखिइसकेको थियो (इण्डियन फिलोसफी, भाग एक, पृ. ६४) यस्तै धारणा राहुल सांकृत्यायनको पनि छ, (दर्शन दिग्दर्शन पृ २६३) । उनका अनुसार पनि ऋग्वेद आजभन्दा पैंतीस सयदेखि तीन हजार वर्ष पर्व पाँच सय वर्षका बिचमा लेखिसकियो । ब्रह्मण र उपनिषद काल त यसभन्दा पनि पछि परे । यसैले बुद्धका समयमा समेत यी लेख्न नभ्याइएर अन्तिम उपनिषद् निर्माण काल त उनले आजभन्दा बाइस सय वर्ष अघिसम्मै तानेर ल्याएको देखिन्छ । यी दुबै धारणा पश्चिमी विद्वान्‌का भनाइहरूबाट प्रभावित देखिन्छन् । तर कतिले भारतीय विद्वान्ले नै पनि इसापूर्व पन्ध्र सयमा त उपनिषद्‌कै लेखन प्रारम्भ भइसकेको थियो संहिता, ब्राह्मण र अरण्यकको समय त यसभन्दा निकै नै अगाडि हनुपर्छ पनि भनेका छन् । वैदिक साहित्यको समग्र प्रकृति र आकार हेर्दा यो छोटो समयमा सम्पन्न भयो होला भन्न सकिँदैन किनभने यो लेखन नभएर क्रमिक चेतना-विकासको निरन्तरता थियो जो केही सय वर्षको अन्तरालमा सम्भव थिएन ।
सबैभन्दा मुख्य कुरा वेदको प्रारम्भ समयलाई आर्यहरूको दक्षिण एसियामा प्रवेश समयसँग हेर्नुपर्ने हुन्छ किनभने प्राचीन आर्यले आफू आउँदा नै वैदिक साहित्यको बीज आफ्नो मूल पितृथलोबाट लिएर आएका थिए । यसैले गर्दा नै संसारभर अन्यत्र छरिएका आर्यका केही साझा अवधारणाहरू पाइन्छन् । प्रसङ्गमा इन्द्र, सोम र स्वर्गको चर्चा पछिल्लो पाठमा गरिने छ । यसरी आर्यहरू वैदिक सांस्कृतिका इन्द्र आदि बोकेर दक्षिण एसियामा कहिले प्रवेश गरे भन्ने कुरामा निर्भर गर्दछ । मेरो विचारमा यी आर्य आजभन्दा कम्तीमा पाँच हजार वर्ष पहिले नै यहाँ प्रवेश गरिसकेको हुनुपर्छ । यो तर्क प्रचलित पश्चिमी मान्यतासँग मेल खाँदैन किनभने त्यसअनुसार इन्द्रले वृत्रका सयओटामध्ये उनान्सयओटा पुर वा सहरलाई भत्काइदिए यसबारेमा केही विस्तारमा चर्चा गरौं । सिन्धुनदी सभ्यता मेसोपोटामियाँको सभ्यता

र बाँकी एकमा आफैँ बस्न लागे भन्ने धारणाअनुकूल इन्द्रादि प्रथम आर्यलाई सिन्धुनदी सभ्यताको विनाशक आक्रामक बरबर जाति ठानिएको छ । आजभन्दा छ हजारदेखि सात हजार वर्ष अगाडि नै सिन्धुधाँटीमा एउटा सभ्यता विकसित भइसकेको देखिन्छ । यो कुरा मोहेन जो दारो र हरप्पा आदिको उत्खननपछि थाहा लागेको हो । यो सभ्यता सुमेरियन, मेसोपोटामियन सभ्यता जति नै पुरानो देखिन्छ ।

जति नै प्राचीन रहेको कुरा मेसोपोटामियाका सभ्यतामा प्रयोग हुने जस्तै छाप र व्यापारिक सन्धिमा प्रयोग हुने गोल छाप यहाँ पनि पाइनु आदिले दर्साउँदछ; यसले यिनको व्यपार पश्चिमसँग हुन्थ्यो होला भन्ने अन्दाज पनि गर्न सकिन्छ । यस्ता करिब दुई हजार छाप पाइएका छन् । एउटा तर्कअनुसार 'यिनीहरू शान्तिप्रेमी र मानवतावादी भएकाले नै लडाका प्रवृत्तिका घुमन्ते अर्धसभ्य घोडचढी आर्यहरूले यिनलाई परास्त गरे र यिनको सभ्यता ध्वस्त पारे' आदि भन्ने पनि छ । यसैअनुकूल हिन्दु पुराणमा 'इन्द्रले वृत्रका सयओटा पुरमध्ये उनान्सय पुरलाई ध्वस्त गराइदिए
अनि बाँकी एकमा आफै बस्न थाले' भन्ने उल्लेख आउँछ । उनान्सय पुर भत्काएकाले उनको नाम नै पुरन्दर रहन गयो भन्ने पनि छ । इन्द्र भनेका आर्यका देवताका राजा हुन् । यी युद्धका देवता पनि हुन् । यी भारोपेली प्राचीन सभ्यताका सङ्केत पनि हुन् किनभने ग्रिकका जेयस, रोमन जुपिटर, उत्तर युरोपियन थोर र भारतीय इन्द्र एकै प्रक्तिका देखिन्छन् । भनिन्छ, यी सबै प्राचीन भारोपेली कुनै माउ मिथकका स्थानीय भेद हुन् । यिनको अर्थात् देवता वा आर्यको अनार्य वा असुरसँग धेरै पटक युद्ध भएको प्रसङ्ग हिन्दु पुराणमा आउँछ । यसैका आधारमा प्राचीन भारोपेली आर्यहरूले प्राचीन सिन्धु उपत्यकाको सभ्यता नष्ट गरेका हुन् भनिएको देखिन्छ । झट्ट हेर्दा यो कुरा हो कि जस्तो देखिन्छ । तर भौतिक प्रमाण र तर्कका आधारमा यो सम्भव देखिदैन । बरु आर्यहरूले यो सभ्यता ध्वस्त बनाएको भन्दा पनि 'यो आफै आर्यसभ्यता नै थियो कि' भनेर अन्दाज गर्ने प्रशस्त आधार देखिन्छ किनभने इन्द्रले ध्वस्त गरे भनेका पुरहरूमा अर्थात् मोहेन जो दारो, हरप्पा र अन्य साना सिन्धु उपत्यकाका र त्यो बेला अस्तित्वमा रहेको सरस्वती नदी अर्थात् हागा हाक्रा नदीकिनाराका कुनै पनि सहरहरूमा यस्तो युद्धले गरेको ध्वंसको कुनै चिह्न वा प्रमाण फेला पर्दैन । यो सभ्यता एकै दिन, एकै महिना वा एकै वर्षमा कुनै ठूलो आक्रमणमा ध्वस्त भएको पनि देखिदैन ।

प्रचलित विश्वासअनुसार 'लडाका आर्यहरूले नै यी वैदिक कालभन्दा अगाडिका स्थानीय जातिको सभ्यतालाई नष्ट गरेका थिए' भन्ने छ । यसअनुसार 'यी आर्यहरू सेतो वर्णका भारोपेली जाति थिए । मध्य एसियाबाट घुमन्ते अर्धसभ्य लडाका यी आर्यहरू इसापूर्व पन्ध्रसयतिर हातमा फलामका हातहतियार, धनुकांण बोकेर, घोडाले तानेको रथमा बसेर, खैवरको भन्ज्याङ हुँदै सिन्धुनदी उपत्यकाको प्राचीन सभ्य संसारमा पसेका थिए । यिनले उत्तरबाट घोडा ल्याए, रथ ल्याए अनि फलामका हात हतियार ल्याए। यसले गर्दा यी आर्यले सजिलैसँग अनार्य जातिलाई बसमा पारे अनि यिनको विकसित सभ्यतालाई नष्ट पारे...' आदि । यो मान्यता सर्वप्रथम म्याक्स मुलर आदि पश्चिमी विद्वान्‌बाट कथिएको थियो । यसैअनुकूल लामो समयसम्म यो आर्यले आक्रमण गरेर सिन्धु नदी उपत्यकाको सभ्यता नष्ट गरे भन्ने मान्यता रहिरह्यो। अझै पनि धेरै मानिस यसै भन्न मन पराउँदछन् । तर यो कुरा धेरै कारणले गर्दा असत्य देखिन्छ । पहिलो कुरा 'घोडा आर्यले ल्याए यसभन्दा अगाडि घोडा, रथ, फलाम आदि कुरा सिन्धुनदी उपत्यकावासी मानिसलाई थाह थिएन' भन्ने कुरा पछाडिका प्रमाणबाट असत्य ठहरियो । सिन्धु उपत्यकामा प्राप्त पुरातात्त्विक सामग्री चित्र आदि, सहीछापमा उत्कीर्ण चित्र आदिबाट घोडा र रथको प्रयोग सिन्धुवासीले धेरै अगाडिदेखि नै गर्दै आएको देखियो । आर्यहरूले फलाम बोकेर ल्याए भन्ने कुरा पनि प्रमाणित हुँदैन किनभने आर्यको प्राचीन ग्रन्थमा सुन वा
अन्य धातुजस्तै फलाम भन्ने धातुविशेषलाई महत्त्व दिएर यसको बारेमा उल्लेख भएको पाइदैन । वैदिक साहित्यमा धातु समग्रका लागि जुन शब्दको प्रयोग भएको छ त्यसले फलाम भन्ने जनाउँदैन ।

अर्को कुरा, घुमन्ते अर्धसभ्य जातिले घोडाको प्रयोग गर्नु सम्भव होला तर घोडाले तानेको रथमा चढेर अति साँगुरो खैवरको भन्ज्याङबाट भएर सिन्धप्रदेश प्रवेश गर्ने बेहोरा हाँसउठ्तो छ । त्यो बेला रथ भन्नाले समतल जमिनमा सहरी बसोबासको स्थायी सभ्यता भएको सुसभ्य मानिसको साधन भन्ने बुझिन्छ । तर अर्धसभ्य, दिगो वास थातथलो नभएका मानिस, अर्थात् कथित आर्यले कसरी रथ चढेर पहाडको बाटो कतै कतै जम्मा सोह्र गज मात्र चौडा भएको अति साँगुरो खैबरको भन्ज्याङ काटेर सिन्धुको मैदानमा छिर्न सम्भव भयो होला र ? सबैभन्दा महत्त्वपूर्ण कुरा आर्यको यहाँ आगमनको समय छ । यो समयको अवधि अति थोरै र जबरजस्ति थोपरिएको जस्तै देखिन्छ । यसअनुसार आजभन्दा जम्मा पैंतीस सय वर्षअघि मात्र आर्यहरू यहाँ प्रवेश गरेका थिए । यदि यस मितिलाई नै आधार मान्ने हो भने वैदिक आर्यको इतिहासका पललाई तीव्रगतिमा दौडाएर अटाउनुपर्ने हुन्छ । उदाहरणका लागि आर्यको आगमन पश्चात् लेखिएका चार वेद, सयौँ उपनिषद् र ब्राह्मणहरू, पुराण र दर्शन आदि बुद्धको जन्मअघि नै सबै लेखिई सक्नुपर्ने हुन्छ । यसमा हजारौं वर्षको श्रुति र स्मृतिको लागि समय पुग्दैन । वेद आदि ग्रन्थको विकास भएको समय छैन केवल अन्तिम परिणाम मात्र छ । यसअनुसार वेद सययको चिरन्तर चिन्तन परम्पराको उपज नभएर घुमन्ते जातिको सतही लोकगीतको सङ्ग्रह जति मात्र ठहर्छ । जम्मा हजार वर्षको अवधिमा यी सबै कुरा भ्याइनुपर्दछ । महाभारत र राममायणकाल पनि यिनैभित्र अटाउनुपर्छ । उपनिषद्, ब्राह्मण, पुराण अदि सबैको हजारौं वर्षको अन्दाजी समय सबै यसै एक हजार वर्षमा अटाउनुपर्दछ । यसो हुँदा वैदिक आर्य सभ्यताको लामो समयको अन्तरालमा श्रुति र स्मृतिको परम्परामा समयले जन्माएका दर्शन, काव्य, इतिहास, पुराण र मिथक सबै एकै समयमा खाँदाखाँद कोच्चिन पुग्दछन् । यी सबै एकै स्थानमा पोको पारेपछि यो ब्रह्माण्ड सिर्जनाको कारक महाविस्फोटअघिको अति खँदिलो विग व्याङ को तप्तबिन्दुजस्तो हुन पुग्दछ । लामो वैदिक परम्पराको साधारण ज्ञान हुनेले पनि यसलाई अस्वाभाविक मान्नु आश्चर्य हुने छैन । वैदिक आर्यको लामो परम्परा र इतिहासलाई पश्चिमा विद्वान्हरूले किन यसरी खाँदाखाँद पारेर सिन्धु उपत्यकाको सभ्यतालाई आर्यतर काला स्थानीय मानिसको सभ्यता बनाए ? किन आर्यलाई कलाहीन असभ्य बरबर जातिमा दर्ता गरे ? किन इसापूर्व पन्ध्र सयलाई आर्य आगमनको युग माने ? आदि बारेमा यसपछिका कालमा धेरै चर्चा भयो ।

यसको सबैभन्दा महत्त्वपूर्ण कारण मेक्स मुलरलगायत उन्नाइसौँ शताब्दीका सबै क्रिस्चियन विद्वान् बाइवलमा उल्लिखित सृष्टिको कालक्रमलाई मान्दथे जसअनुसार यो संसारको उत्पत्ति नै आजभन्दा जम्मा छ हजार वर्षअघि मात्र भएको थियो । यसअनुसार आजभन्दा पैतालिस सय वर्षअघि महान् बाढीले पृथ्वी जलाम्मय बनाएको थियो । यस कालक्रमलाई मान्नु हो भने अर्थात् पृथ्वीको उत्पत्ति नै छ हजार वर्षअघि हुँदा आर्यहरू पैतीस सय वर्षभन्दा अगाडि यहां आउन कुनै हालतमा भ्याउने कुरै भएन ।
आर्यहरू यहाँ पैतीस सय वर्षभन्दा पहिले नै आइसकेका थिए भन्ने बारेको अर्को तर्क पनि छ । त्यो हो सरस्वती नदी । ऋग्वेदमा उल्लेख भएको आर्यहरूको ठूलो र सबैभन्दा पवित्र नदी गङ्गा होइन, सरस्वती हो । ऋग्वेदमा गङ्गानदीको उल्लेख केवल एक पटक आएको छ जब कि सरस्वती नदीको नाम पचासौं पटक आउँछ । पुरातात्त्विक मौसम विज्ञानका अनुसार यो नदी इसापूर्व एक हजार नौ सय वर्षअघि नै हराइसकेको वा सुकिसकेको थियो । स्मरणीय के छ भने सरस्वती नदीको किनारामा पनि सिन्धुनदी उपत्यकाका मोहेन जो दारो र हरप्पाजस्तै प्रकृतिका थुप्रै सहर र सभ्यताहरू थिए । नदी नभएको सुक्खा स्थानमा कसरी यी सहर आजभन्दा पाँच हजार वर्षअघि नै अस्तित्वमा आए भन्ने कुरामा पछिसम्म अलमल थियो । तर उक्त स्थानमा पछि भएका अध्ययन र भूउपग्रहको चित्रबाट सरस्वती नदीको प्राचीन प्रवाहमार्गको चित्र प्रस्ट देखिएपछि यसको अस्तित्वको यकिन भयो । ऋग्वेदमा यसलाई 'हिमालदेखि समुद्रसम्म विस्तारित लामो नदी' भनिएको छ जुन कुरा पछाडि स्याटलाइट चित्रमा अङ्कित नदीको प्रवाहडोब देखिनुले यी प्राचीन सभ्यताका सहरका अवशेष र पुरानो नदी किनाराको भूबनौट, कहीं कहीं अझैसम्म पानी नसुकेको नदीको खण्डित भागले प्रमाणित गर्यो । सरस्वती नदीको बारे यकिन भयो । यदि आर्यहरू आजभन्दा पैंतीस सय वर्षअघि मात्र आएका भए उनीहरूले आफू आउनु चार सय वर्षअघि नै सुकिसकेको सरस्वती नदीका बारेमा यत्रो महत्त्वका साथ कसरी लेख्न भ्याउँथे होला ?

के दक्षिण एसियामा भारोपेली इन्द्रको आगमन निकै नै पुरानो हो त ? के उसोभए वैदिक आर्य मोहेन जो दारो र हरप्पा सभ्यताकै सह-अङ्ग थिए त ? के यो सभ्यता बनाउन आर्यको देन छ ? यो कुरा सम्भव छ । हालका भग्नावशेषलाई हेर्दा पनि यी सहर, बलि-वेदी पूजास्थल, जलाशय, पानीको वितरण र निकासको प्रणाली आदि देख्ता अवश्य पनि यी सरचना निर्माण गर्ने त्यो बेलाका कुशल इन्जिनियरहरू थिए अनि यिनले यो प्राविधिक ज्ञान आर्जन गर्न आवश्यक हिसाब र ज्यामितिमा निपुण थिए भन्नुपर्दछ । मोहेन जो दारोको स्नानागार, लोथलको बन्दरगाहा, हरप्पाको नगरदुर्ग वा किल्ला आदि विस्तारित प्रकृतिका उच्च संरचनाको निर्माण विना ज्यामितिको उच्च ज्ञान सम्भव देखिदैन ।

यहाँ कला, साहित्य र प्राविधिको विकास भइसकेको थियो । मोहेन जो दारोमा एक नर्तकीको प्रतिमा पाइएको छ । सिन्धु नदीको सहरी सभ्यता र यसको कुशल र व्यवस्थित निर्माण यति उच्चकोटीको देखिन्छ कि फेरि विश्वमा यस्तै निर्माण गर्न विश्वले रोमन सभ्यताको उदयसम्म अर्को दुई हजार वर्ष पर्खनुपर्यो । यसपछि बल्ल यी कुराहरू फेरि अस्तित्वमा आए- भव्य स्नानागारहरू बने, पानीको अद्भुत कुशल व्यवस्थापन भयो, ढल निकास र व्यवस्थित बसोबासको प्रबन्ध भयो अनि सुन्दर, सफा सहर बन्यो; जुन सबै कुरा सिन्धु सभ्यतामा विश्वले देखिसकेको थियो । तर जुन बेला यो सभ्यताको विकास भयो, त्यो बेला रोम त के ग्रिस पनि अस्तित्वमा थिएन । यिनले ग्रिकबाट यो ज्ञान लिएको होइन ।

त्यसोभए कहाँबाट लिए त यिनले यो ज्ञान ? त्यो जमानामा यति विकसित ज्यामिति र हिसाबको ज्ञान यिनीहरूलाई कसरी भयो ? यो एक खोजको विषय छ । तर सम्बन्धित विद्वान्हरू के कुरामा सहमत छन् भने यदि वैदिक युगको र सिन्धु उपत्यका सभ्यता दुबैको अन्त्य एकै समय मान्नु हो भने सिन्धु उपत्यकाको सभ्यतामा शत्रु ठानिएका आर्यलाई पनि शत्रुको अर्थमा नभएर यसैको एक भागको रूपमा स्वीकार गर्नु हो भने यो रहस्यको अन्त्य हुन्छ । वैदिक साहित्यको कल्पसूत्र भन्ने जुन कर्मकाण्डको निर्देशन प्रधान र प्राविधिक गणितीय र ज्यामितीय ग्रन्थ छ । त्यसको सुल्वसूत्र नामक खण्ड छ जहाँ बलिवेदी निर्माणबारेमा विस्तारमा ज्यामितीय ज्ञानको वर्णन र निर्देशन उल्लेख गरिएको छ । साथै यसमा निर्माण इन्जिनियरिङका बारेमा पनि विस्तारमा उल्लेख छ । यदि आर्यको आगमनलाई खुम्च्याएर पैंतीस सय वर्षअघिमा नझार्नु हो भने अनि यिनको सिन्धुनदी सभ्यतामा समावेशितालाई स्वीकार गर्नु हो भने र कल्पसूत्र र सुल्वसूत्रलाई सिन्धुनदी सभ्यता निर्माणको प्राविधिक ज्ञानको स्रोत मान्नु हो भने यो समस्या समाधान हुन्छ ।

स्मरणीय के छ भने कल्पसूत्र भन्ने ग्रन्थको अस्तित्व जैन दर्शनमा पनि देखिन्छ । यो सातौँ शताब्दी तिरको हो । तर यहाँ उल्लेख गरिएको कल्पसूत्र ६ ओटा प्राचीन वेदाङ मध्येको एक हो । वेदाङ्ग भन्नाले वेदका सहायक अङ्ग वा विस्तारित ज्ञान भन्ने बुझिन्छ । यिनीहरू विशेष त प्राविधिक र कर्मकाण्डका निर्देशनसँग सम्बन्धित छन् । यसैले यी वैदिक ब्राह्मण कालसँग सम्बद्ध छन् । यस्ता प्रसिद्ध छ वेदाङ्गमा शिक्षा, छन्द, व्याकरण, निरुक्त, कल्प र ज्योतिष प्रख्यात छन् । कल्प वास्तवमा वैदिक कर्मकाण्डका विधान नै थिए । यिनमध्ये पनि सुल्वसूत्र नितान्त्य ज्यामिति र हिसाबसँग सम्बद्ध छ । यसको प्रयोग वैदिक ब्रामणिक कालमा बलिहोमको लागि मण्डप बनाउनुसँग थियो । यसैले यो यजुर्वेदसँग बढी सम्बद्ध देखिन्छ ।

वैदिककालीन ग्रन्थ शतपथ ब्राह्मण र एतरीय ब्राह्मणमा एघार वैदिक राजाहरूको उल्लेख छ जसले समुद्रदेखि समुद्रसम्मको समग्र भारतमा शासन गरेका थिए । यसमा पश्चिममा गान्धार (अफगानिस्तान), उत्तरमा विदेह (नेपाल) र दक्षिणमा विदर्भ (महाराष्ट्र) सम्मको चर्चा छ । यिनमा इसापूर्व चौबिस सय वर्ष अघिदेखि नै वैदिक मानिसको बसोबासो भएको चर्चा छ । तर यसको उल्टो पश्चिमा विद्वानले लेखेको विवरणमा वैदिक कालमा कनै पनि ठूलो साम्राज्य नभएको, देशहरू सबै छरिएर रहेको आदि वर्णन पाइन्छ । सिन्ध सभ्यताका बारेमा पश्चिमा सङ्कथनअनुसार 'कथित घुमन्ते गोठाले आर्यहरू मध्यएसियाबाट पन्जाबमा आएका थिए; यिनीहरू स्थल अर्थात् जमिनमा घुम्ने लडाकु जत्था भएकाले यिनलाई समुद्रको ज्ञान थिएन' भन्ने छ । तर वेदको साधारण अध्ययले पनि यो कुरो असत्य देखाउँदछ । वेदमा सयभन्दा बढी समुद्रको, दर्जनौँ पानी जहाजको अनि नदीहरू बगेर समुद्रमा मिल्दाको सुन्दर काव्यात्मक वर्णन पाइन्छ । वैदिक पुर्खा मनु, तुर्वसु, यदु आदिको प्रसङ्ग समुद्र र बाढीसँग जोडिन्छ । वरुणलाई समुद्रका देवता मानिएको छ । यिनै समुद्रदेव नै वैदिक ऋषि वसिष्ट, अगस्त्य, भृगु आदिको पुखां थिए । तर समुद्रको यो प्रसङ्गलाई लुकाउन 'पुरानो संस्कृतमा समुद्र भनेको कुनै खोला वा नदीलाई भनिएको हो' भनेर अर्थ्याइएको देखिन्छ । तर सयौं पटक सरस्वती नदी हिमालमा उत्पत्ति भएर समुद्रमा मिसिन्छिन् भनेको कुरालाई नदेखेको जस्तो गरिएको छ किनभने सरस्वती नदीको प्रसङ्गले आर्यहरूलाई सिन्धुनदी सभ्यतामा जोड्दथ्यो । यसैले सिन्धुनदी सभ्यताभरि नै यी प्राचीन आर्यलाई समुद्र र सरस्वती नदीभन्दा टाढाको मध्यएसियाको मैदानमा राख्नु नै सुरक्षित र उचित हुन्थ्यो । उसोभए कहिले आए त वैदिक आर्यहरू दक्षिण एसियामा ? यो प्रश्नको समाधान भएको छैन । पूर्वीय पौराणिक धारणामा यो मिति हजारौं हजार वर्ष पुरानो

बताइएको छ भने पश्चिममा अन्दाज र प्रचलित पूर्वीय मान्यतामा यो मिति निकै नै नयाँ देखिन्छ । यी दुबै अड्कल असम्भव देखिन्छन् । आर्य आगमन वास्तवमा एकाएक चट्याङ परेको जस्तो अचानक भयो होला र यसले जादूजस्तै हतार हतार आर्य वैदिक सभ्यताको विकास भयो होला भन्न पनि सकिन्न। यो लामो समयको क्रममा युगौंयुगको अविरल विकासको प्रतिफल हुनु बढी सम्भव छ- यद्यपि यस पुस्तकमा प्रचलित मान्यताका मिति नै प्रयोग भएको छ ।

गोरक्ष धाम , धारके धाडिंग !!शिब रात्रि बिशेष
27/02/2025

गोरक्ष धाम , धारके धाडिंग !!

शिब रात्रि बिशेष

Address

New Delhi
110###

Website

Alerts

Be the first to know and let us send you an email when Ankur TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ankur TV:

Share

Category