Namoonline.com

Namoonline.com Official page Of
www.namoonline.com

22/08/2025

सञ्चार विधेयकविरुद्ध पत्रकारको प्रदर्शन, प्रहरीले दुव्यवहार गरेको आरोप

विराटनगर । कोशी प्रदेश सरकारले तयार पारेको सञ्चार विधेयकविरुद्ध पत्रकारहरूले शुक्रबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

पत्रकार र सञ्चार संस्थालाई समाचार लेखेका आधारमा जरिवाना गर्न सक्ने प्रावधान रहेको भन्दै नेपाल पत्रकार महासंघको अगुवाइमा प्रदेश सभा सचिवालय अगाडि विरोध प्रदर्शन गरिएको हो।

प्रदर्शनका क्रममा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्का नेतृत्वको टोलीले पत्रकारहरूसँग दुव्यवहार गरेको आरोप लगाइएको छ। पत्रकार महासंघले प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै सञ्चार विधेयक खारेज गर्न माग गरेको छ।

सञ्चार विधेयकविरुद्ध पत्रकारको प्रदर्शन, प्रहरीले दुव्यवहार गरेको आरोपविराटनगर । कोशी प्रदेश सरकारले तयार पारेको सञ्चार ...
22/08/2025

सञ्चार विधेयकविरुद्ध पत्रकारको प्रदर्शन, प्रहरीले दुव्यवहार गरेको आरोप

विराटनगर । कोशी प्रदेश सरकारले तयार पारेको सञ्चार विधेयकविरुद्ध पत्रकारहरूले शुक्रबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

पत्रकार र सञ्चार संस्थालाई समाचार लेखेका आधारमा जरिवाना गर्न सक्ने प्रावधान रहेको भन्दै नेपाल पत्रकार महासंघको अगुवाइमा प्रदेश सभा सचिवालय अगाडि विरोध प्रदर्शन गरिएको हो।

प्रदर्शनका क्रममा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्का नेतृत्वको टोलीले पत्रकारहरूसँग दुव्यवहार गरेको आरोप लगाइएको छ। पत्रकार महासंघले प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै सञ्चार विधेयक खारेज गर्न माग गरेको छ।

18/08/2025

समाजिक सञ्जालमा भाइरल भइरहेको यो दृश्य केवल एक समाचार मात्र होइन, मानवीय संवेदनशीलताको ज्वलन्त उदाहरण पनि हो । पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेशा हो। आवाजविहीनको आवाज बन्ने क्रममा कहिलेकाहीँ जीवन जोखिममा पारेर पनि सत्य उजागर गर्नुपर्ने हुन्छ । तर विराटनगरमा देखिएको यो घटनाले प्रमाणित गरिदिएको छ – पत्रकारिता केवल कलम र क्यामेरामा सीमित छैन, यो मानवताको धर्मसँग पनि जोडिएको छ ।

करिब ५ लाखभन्दा बढी श्रद्धालुको सहभागिता रहेको विराटनगरको भव्य रथयात्रामा रिपोर्टिङ गरिरहेका पत्रकार सोनुकुमार दास अचानक अर्को भूमिकामा देखिए । भीडमा एक श्रद्धालु अचानकमै ढले, होस गुमाए र कुचिन सक्ने अवस्था सिर्जना भयो । त्यो क्षण, भीड तंग्रिँदै थियो तर दास अगाडि बढे । उनले न त पेशागत दायित्व सम्झिए, न त आफ्नै सुरक्षा – बरु ढलेका ती श्रद्धालुको जीवन बचाउने उद्धारकर्तामै परिणत भए ।

स्थानीय श्रद्धालुहरूको सहयोगमा दासले घाइतेलाई सम्हाल्दै अस्पताल पु¥याए। भिडियोमा उनी घाइतेलाई “कुनै समस्या छैन, अस्पताल आइसकेको छ” भन्दै स्याहार्दै गरेको देखिन्छ । घाइते भने खुट्टा र बेहोस अवस्थामा आत्तिएका देखिन्छन् । कहिले उनी कपाल स्याहर्दै, कहिले भीडलाई “साइड दिनुस” भन्दै चिच्याइरहेका दृश्यले हजारौं मानिसलाई भावुक बनाइरहेको छ ।

पत्रकार सोनुकुमार दासले रथयात्राको भीडमा देखाएको साहस र मानवताप्रतिको जिम्मेवारी पत्रकारिताको वास्तविक अर्थलाई अझ उजागर गरिदिएको छ ।

यो पहिलो घटना मात्र थिएन । यसअघि पनि अर्का एक श्रद्धालु भिडमै ढलेर छटपटाइरहेका बेला दासले हिन्दु सम्राट सेनाका स्वयम्सेवकसँगै मिलेर उनलाई आफ्नो काँधमा बोकी अस्पताल पु¥याएका थिए । हिन्दु सम्राट सेनाका स्वयमसेवकहरुले उनलाई एम्बुलेन्समा पु¥याउन खोजेका थिए र तत्कालै एम्बुलेन्स नभेटेकाले पत्रकार सोनुसहित सबैले स्वयम उनलाई उचालेर नजिकैको सप्तकोशी अस्पतालमा उपचार गराए ।

समाजले प्रायः पत्रकारलाई प्रश्नकर्ता, आलोचक वा समाचार वाहकका रूपमा मात्रै हेर्छ । तर, बिराटनगरको यो दृश्यले पत्रकारिताको अर्को अनुहार देखाएको छ – मानवता र संवेदनशीलता ।

पत्रकार सोनुकुमार दासले रथयात्रामा देखाएको साहस, करुणा र जिम्मेवारीले प्रष्ट पारिदिएको छ – संकट र भीडभाडबीच पनि पत्रकार केवल समाचारकै खोजीमा हुँदैन, कहिलेकाहीँ जीवनरक्षकका रूपमा पनि उभिन सक्छ ।

राधाकृष्ण रथयात्रा हरिनगर LiVE 🛑सुनसरीको हरिनगर गाउँपालिकाको हरिनगरामा निकालिएको तेश्रो रथयात्रा हामी प्रत्यक्ष प्रसारण ...
17/08/2025

राधाकृष्ण रथयात्रा हरिनगर LiVE 🛑

सुनसरीको हरिनगर गाउँपालिकाको हरिनगरामा निकालिएको तेश्रो रथयात्रा हामी प्रत्यक्ष प्रसारण मार्फत तपाईँलाई हेराई रहे छौँ। Like, Comment र Share गरेर साथ दिनुहोला 🥰❤️

जय श्री कृष्ण 🙏🥰❤️

कृष्णजमाष्टमीको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर इटहरी मुक्तिधाम ।
16/08/2025

कृष्णजमाष्टमीको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर इटहरी मुक्तिधाम ।

अहो ! चीनबाट आएको उड्ने कार स्थानीयहरुले काँधमा बोकेर सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भित्र्याएका छन्।तातोपानी भन्सार क...
16/08/2025

अहो ! चीनबाट आएको उड्ने कार स्थानीयहरुले काँधमा बोकेर सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भित्र्याएका छन्।

तातोपानी भन्सार कार्यालय प्रमुखका अनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि मात्र उक्त कार नेपाल आउने वा नआउनेबारे निर्णय हुनेछ।

यो गीत युट्युब तथा सामाजिक सञ्जालमार्फत उपलब्ध छ र प्रकाशनको केही घण्टामै हजारौं दर्शकले हेरेर मन पराइरहेका छन्।
16/08/2025

यो गीत युट्युब तथा सामाजिक सञ्जालमार्फत उपलब्ध छ र प्रकाशनको केही घण्टामै हजारौं दर्शकले हेरेर मन पराइरहेका छन्।

मैथिली गायक मनोज भोलेको नयाँ गीत सार्वजनिक - Namo Online

तेह्रथुमको लसुने बजारमा रहेको लसुनको प्रतिमा
16/08/2025

तेह्रथुमको लसुने बजारमा रहेको लसुनको प्रतिमा

देवानगञ्जमा पुनः ट्रान्सफर्मर चो'री सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ५ साहेबगञ्जबाट गए राति ट्रान्सफर्मर चो'री भएको...
16/08/2025

देवानगञ्जमा पुनः ट्रान्सफर्मर चो'री

सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ५ साहेबगञ्जबाट गए राति ट्रान्सफर्मर चो'री भएको छ।

साहेबगञ्ज भन्दा पश्चिम नहरको छेउमा राखिएको ट्रान्सफर्मर चो'रहरूले चो'रेर लगेको छ।

यस अघी कोशी प्रदेशको विभिन्न जिल्लाबाट ट्रान्सफर्मर चो'री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो। तर पुनः चो'री भएको छ।

विपिन जोशी सही सलामत भेटिए, टाइम्स अफ इजरायलले छापेको छ, अब उनकी आमा र बहिनीसँगै नेपाल फर्कने भए भनेर विभिन्न अनलाइनतिर ...
15/08/2025

विपिन जोशी सही सलामत भेटिए, टाइम्स अफ इजरायलले छापेको छ, अब उनकी आमा र बहिनीसँगै नेपाल फर्कने भए भनेर विभिन्न अनलाइनतिर आइरहेका न्युजलाई विपिनकी बहिनी पुष्पा जोशीले खण्डन गर्दै भनेकी छिन् - " त्यस्तो सहिसलामत भेटिए भनेर हामीले भनेको छैन, टाइम्स अफ इजरायलले पनि त्यस्तो केही छापेको छैन । हामीलाई यत्ति थाहा छ, वीपिन हमासको कब्जामा छन् त्यो भन्दा बढी केही थाहा छैन । प्लिज यस्तो अफवाह नफैलाइदिनुहोला । हाम्रो राष्ट्रप्रमुखले फेरि साँच्चै पत्याएर सहीसलामत भेटिएछन् भनेर बाँकी पहल नगरिदिन सक्नुहुन्छ । बरु राष्ट्रप्रमुखलाई ह्यासट्याग प्रयोग गरेर सरकारलाई खबरदारी गरिदिनुहोला ।

बिरगंज रक्सौलको मितेरी पुल स्थित पश्चिमी चम्पारणका मोहम्मद फरहान, मोहम्मद राजा आलम र मोहम्मद नजरे आलमको चंगुलबाट एक हिन्...
14/08/2025

बिरगंज रक्सौलको मितेरी पुल स्थित पश्चिमी चम्पारणका मोहम्मद फरहान, मोहम्मद राजा आलम र मोहम्मद नजरे आलमको चंगुलबाट एक हिन्दू नावालिक किशोरीको उद्धार।

Address

Dayanand Marg, Damodar
Noida Sector 31
201301

Telephone

+9779849033585

Website

https://www.namokhabar.com/

Alerts

Be the first to know and let us send you an email when Namoonline.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namoonline.com:

Share