Himdarpan

Himdarpan Him Darpan page is the affiliated page of The Voice Of Sikkim covering the daily updates in Nepali l

14/12/2025

राज्य स्तरीय तमु ल्होछार 2025 यसपटक दक्षिण जिल्लाको याङगाङमा आगामी 27 दिसम्बरको दिन पालन भइरहेको छ। उक्त गुरुङ जातिको साँस्कृतिक पर्वमा निमन्त्रणा गर्दै मन्त्री पुरण कुमार गुरुङ र गुरुङ समुदायका विशिष्ट व्यक्तित्वहरु।

सिक्किम विधानसभाले जलापूर्ति र पानी शुल्क विधेयक, 2025 पारितगान्तोक, 13 दिसम्बर (विष्णु न्यौपाने) — सिक्किम विधानसभाले आ...
13/12/2025

सिक्किम विधानसभाले जलापूर्ति र पानी शुल्क विधेयक, 2025 पारित

गान्तोक, 13 दिसम्बर (विष्णु न्यौपाने) — सिक्किम विधानसभाले आज सिक्किम जलापूर्ति र पानी शुल्क विधेयक, 2025 पारित गरेको छ। यस विधेयकको उद्देश्य राज्यका सबै नागरिकलाई सुरक्षित पिउने पानी र घरेलु आवश्यकताका लागि पर्याप्त जलापूर्ति सुनिश्चित गर्नु रहेको छ।

जन स्वास्थ्य तथा अभियन्त्रिकी विभाग (PHED) द्वारा हाल शहरी, अर्ध-शहरी र केही ग्रामीण बजार केन्द्रहरूमा पाइपलाइनमार्फत पानी उपलब्ध गराइँदै आएको छ । यसअघि राज्य सरकारले 1986 मा सिक्किम जलापूर्ति र पानी कर ऐन लागू गरेको थियो, जुन पछि सिक्किम जलापूर्ति र पानी शुल्क अध्यादेश, 2025 द्वारा बदलिएको थियो ।
हालको विधेयकले नयाँ शहर/टाउनशिपमा सेवा विस्तार, पुराना प्रणालीको क्षमता वृद्धि र बढ्दो जनसंख्या र पानीको मागलाई मध्यनजर गर्दै पानीको उचित वितरण, सार्वजनिक सम्पत्तिको दुरुपयोग रोकथाम, र गैरसामाजिक गतिविधिमा कारबाही सुनिश्चित गर्ने व्यवस्था राखेको छ।

विधेयकले पानी मिटरको स्थापना गरेर वैज्ञानिक आपूर्ति र बिलिङ प्रणाली लागू गर्ने व्यवस्था पनि गरेको छ। साथै, यसका कार्यान्वयनका लागि नियमावली बनाउने प्रावधान पनि समावेश गरिएको छ।

जन स्वास्थ्य मन्त्री सोनाम लामाले सिक्किम विधान सभाको पटलमा दिएको जानकारीअनुसार, विधानसभाको सत्र नभएर तत्काल कदम चाल्न आवश्यक हुँदा राज्यपालले 26 सितम्बर, 2025 मा उक्त अध्यादेश जारी गरेका थिए। यो विधेयकले सो अध्यादेशलाई प्रतिस्थापन गर्दै कानुनी रूप दिने छ ।

यस विधेयक पारित भएपछि सिक्किमका नागरिकले सुरक्षित, नियमित र व्यवस्थित पानी आपूर्ति सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।

सिक्किम विधानसभाले साना अपराधलाई युक्तिसङ्गत बनाउने विधेयक पारितगान्तोक, १२ दिसम्बर (विष्णु न्यौपाने) — सिक्किम विधानसभा...
13/12/2025

सिक्किम विधानसभाले साना अपराधलाई युक्तिसङ्गत बनाउने विधेयक पारित

गान्तोक, १२ दिसम्बर (विष्णु न्यौपाने) — सिक्किम विधानसभाले आज सिक्किम जन विश्वास संशोधन विधेयक, 2025 बहुमतले पारित गरेको छ । शिक्षा मन्त्री राजु बस्नेतले सदनमा विधेयक पेश गर्दै जीवनयापन सहज बनाउने र व्यापार गर्न सजिलो बनाउन विश्वासमा आधारित शासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले साना अपराधहरूलाई अपराध मुक्त र युक्तिसङ्गत बनाउने आवश्यकता औंल्याए।

विधेयकको उद्देश्य साना अपराधको लागि जेल सजायको डर हटाएर नागरिकको विश्वास बढाउने, व्यवसायिक वातावरण सुदृढ गर्ने, र न्यायिक प्रणालीमाथि पर्ने भार कम गर्ने रहेको छ। केन्द्र सरकारले २०२३ मा जन विश्वास (संशोधन प्रावधान) ऐन लागू गर्दै साना अपराधहरूको दण्डलाई सजिलै बुझिने आर्थिक जरिवाना प्रणालीले प्रतिस्थापन गर्ने पहल गरेको थियो।

सिक्किम सरकारले पनि यसलाई आफ्नै कानुनी प्रणालीमा अपनाउँदै सिक्किम जन विश्वास (संशोधन) विधेयक, 2025 तयार गरेको हो। यस विधेयकले ब्रिटिश शासनकालका पुराना ऐनहरू जसले नागरिकमाथि अनावश्यक शंका राख्थे र विकासमा बाधा पुर्‍याउँथे, ती ऐनलाई आधुनिक आवश्यकताअनुसार परिमार्जन गर्ने लक्ष्य राखेको छ।

मन्त्री बस्नेतले बताए अनुसार, विधेयक पारित भएपछि नागरिकको जीवन सहज हुने, साना अपराधका मामिलामा जेल सजायको डर हट्ने, र व्यवसाय सञ्चालनमा थप सुविधा मिल्नेछ। यस पहलले राज्यमा विश्वासमा आधारित शासन र कानुनी ढाँचा सुदृढ पार्ने विश्वास व्यक्त गरिएको छ।

सिक्किम विधानसभाको एकदिवसीय शीतकालीन सत्रमा आठ विधेयक पारितगान्तोक, 12 दिसम्बर (विष्णु न्यौपाने) — सिक्किम विधानसभाको एक...
13/12/2025

सिक्किम विधानसभाको एकदिवसीय शीतकालीन सत्रमा आठ विधेयक पारित

गान्तोक, 12 दिसम्बर (विष्णु न्यौपाने) — सिक्किम विधानसभाको एकदिवसीय शीतकालीन सत्र बुधबार सम्पन्न भयो। सत्रको प्रारम्भमा सभामुख मिङ्मा नर्बु शेर्पाले सबै सदस्यको सहमतिमा चार नयाँ र चार संशोधनसहित आठ विधेयक एकै दिनमा प्रस्तुत गरी पारित गर्ने प्रस्ताव अघि सारे, जसलाई सदनले अनुमोदन गरेको थियो।

सत्रमा भूमिराजस्व विभागका प्रभारी तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले भूमि राजस्व विधेयक–2025 पेश गरे, जसलाई सर्वसम्मतिले पारित गरियो। त्यस्तै, जनस्वास्थ्य तथा अभियन्त्रिकी विभागका मन्त्री सोनाम लामाले ढल व्यवस्थापन विधेयक–2025 र सिक्किम जलापूर्ति तथा पानी शुल्क विधेयक–2025 प्रस्तुत गरे, दुवै विधेयक बिना बहस ध्वनि मतले पारित गरिएका थिए।

राज्यका सबै निजी विश्वविद्यालयलाई नियमन तथा जवाफदेही बनाउन शिक्षा मन्त्री राजु बस्नेतले सिक्किम निजी विश्वविद्यालय (स्थापना तथा नियमन) विधेयक–2025 सदनमा पेस गरे, जसलाई पनि सदनले पारित गरेको छ।

यससँगै, कर प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले मुख्यमन्त्री तामाङले सिक्किम वस्तु तथा सेवा कर (संशोधन) विधेयक–2025 प्रस्तुत गरे, जसले मासिक कर रिटर्न अनिवार्य गर्ने, माग सूचना जारी गर्ने समयसीमा स्पष्ट गर्ने तथा धोखाधडीमा कडा कारबाहीको व्यवस्था गरिएको छ।

शिक्षा मन्त्री राजु बस्नेतले जीवनयापनका लागि सहजता र व्यापार गर्न सजिलो बनाउन विश्वासमा आधारित शासनलाई अझ प्रभावकारी बनाउने उदेश्यले साना अपराधहरूलाई अपराध मुक्त र युक्तिसङ्गत बनाउन केही कानूनहरू संशोधन गर्ने आवश्यक रहेको भन्दै सिक्किम जन विश्वास संशोधन विधेयक, 2025 पेश सदनमा पेश गरेका थिए। यस संशोधन विधेयकलाई पनि सदनको बहुमतले पारित भएको छ।

यातायात विभागअन्तर्गत सिक्किम मोटर वाहन (संशोधन) विधेयक–2025 सिक्किम विधानसभाको पटलमा पेश गरियो। उक्त संशोधन विधेयकमा भारतको सर्वोच्च न्यायालयको निर्देशनअनुसार सबै राज्य सरकारहरूले कुष्ठरोग प्रभावित वा उपचार प्राप्त गरिसकेका व्यक्तिहरूप्रति भएको कुनै पनि विभेद रहित व्यवहार गरियोस् भन्ने परमादेशलाई पालना गर्दै सो विधेयक पेश गरेको जानकारी मुख्यमन्त्री तामाङले सदनलाई गराए। पछिबाट उक्त संशोधन विधेयकलाई पनि सदनले पारित गरेको छ।

यसरी नै आज शहरी विकास विभागका मन्त्री भोजराज राईले शहर तथा उपनगर योजना संशोधन विधेयक २०२५ सदनमा पेश गरे। उक्त संशोधन विधेयकमा योजनाबद्ध शहरी र ग्रामीण विकास, विकास योजनाहरूको तयारी, भूमि प्रयोगको नियमन र राज्यभरि विकास योजनाहरूको कार्यान्वयनका लागि एक व्यापक कानुनी ढाँचा प्रदान गर्न अधिनियमित गरिएको छ। कार्यान्वयनको प्रारम्भिक चरणमा, प्रमुख ऐनका केही प्रावधानहरूलाई अझ बढी स्पष्टता, प्रशासनिक दक्षता र समकालीन योजना अभ्यासहरूलाई अझ सशक्त र परिमार्जित गर्न सो संशोधन पेश गरिएको छ। यसलाई पनि सिक्किम विधानसभाले पारित गरेको छ।

सिक्किम विधानसभाले भूमि राजस्व विधेयक, 2025 पारितगान्तोक, १२ दिसम्बर (विष्णु न्यौपाने)— सिक्किम विधानसभाले आज भूमि राजस्...
13/12/2025

सिक्किम विधानसभाले भूमि राजस्व विधेयक, 2025 पारित

गान्तोक, १२ दिसम्बर (विष्णु न्यौपाने)— सिक्किम विधानसभाले आज भूमि राजस्व विधेयक, 2025 पारित गरेको छ। मुख्यमन्त्री तथा भूमि राजस्व मन्त्री प्रेमसिंह तामाङले विधेयक सदनमा प्रस्तुत गर्दै यसको उद्देश्य, आवश्यकता र लाभबारे जानकारी गराए।

विधेयकअनुसार, हाल राज्यमा भूमि सर्वेक्षण, भूमि करको मूल्याङ्कन र सङ्कलन, भूमि अभिलेखको रखरखाउ, र सरकारी तथा सामुदायिक भूमिको व्यवस्थापन सम्बन्धी कानुन विभिन्न ऐनहरूमा फैलिएका छन्, जसमध्ये केही पुराना र आधुनिक प्रशासन तथा प्रविधि आवश्यकताका लागि अपर्याप्त छन्। यसलाई एकीकृत, सुधार र आधुनिकीकरण गर्न यो विधेयक तयार गरिएको जानकारी सदनलाई दिए।

यस विधेयकले भूमि सर्वेक्षण र स्थापनाको एकीकृत कानुनी ढाँचा, भूमि वर्गीकरण, भूमि करको मूल्याङ्कन र सङ्कलन, डिजिटल भूमि अभिलेख प्रणाली, सरकारी र सामुदायिक भूमिको व्यवस्थापन, र भूमि सम्बन्धी विवाद समाधानका लागि राजस्व अदालतको स्थापना सुनिश्चित गर्ने व्यवस्था गरेको छ।

साथै, विधेयकले पारदर्शिता, जवाफदेहीता र पहुँच सुनिश्चित गर्न डिजिटलीकरण, प्रक्रिया संहिताबद्ध गर्ने, र विशेष विवाद समाधान प्रणाली लागू गर्ने लक्ष्य राखेको छ। यसले 1977 को सिक्किम कृषि भूमि सीमा र सुधार ऐनलाई प्रतिस्थापन गर्दै राज्यको भूमि प्रशासनलाई एकीकृत बनाउने योजना रहेको जानकारी मुख्यमन्त्री तखा भू-राजस्व विभागीय प्रभारी मन्त्री तामाङले सदनलाई बताए ।

विधेयकले राजस्व अधिकृतहरूको दायरा स्पष्ट पार्ने, अभिलेख सम्बन्धी कागजातको प्रमाणीकरण योग्य अधिकारीद्वारा मात्र हुने व्यवस्था गर्न, र अनधिकृत प्रमाणीकरणलाई अवैध घोषणा गर्ने प्रावधान राखेको छ।

मुख्यमन्त्री तामाङका अनुसार, यस विधेयकले सिक्किमको भूमि प्रशासन प्रणालीलाई आधुनिक बनाउँदै, पारम्परिक सामुदायिक अधिकार सुरक्षित राख्ने र सबै सरोकारवालाहरूको न्याय सुनिश्चित गर्ने लक्ष्य पूरा गर्नेछ।

Two Killed, Eight Injured as Passenger Vehicle Plunges into Gorge Near Birik DaraSiliguri, Dec 13: At least two people l...
13/12/2025

Two Killed, Eight Injured as Passenger Vehicle Plunges into Gorge Near Birik Dara
Siliguri, Dec 13: At least two people lost their lives and eight others were injured after a passenger vehicle plunged deep into a gorge near Birik Dara along National Highway-10 (NH-10) on Friday evening.
According to preliminary information, a Tata Sumo Gold (registration number WB 76 8204) carrying 10 passengers skidded off the highway and fell far below the road at the Birik Dara stretch.
Soon after the incident, NHIDCL personnel and the Rambi Police launched a rescue operation and rushed the injured to nearby medical facilities.
Police sources confirmed that two occupants died on the spot. Their identities have not yet been established. Out of the remaining passengers, six have been identified, while details of four others are still awaited.
Identified Victims:
1. Goutam Roy (33)
S/O Khirendranath Roy, Gram Gourchandi, PO Manikganj, PS Kotwali, Jalpaiguri
2. Sagar Sharma (24) – Driver
S/O Late Narad Sharma, Bara Fubri, PO Salugara, PS Bhaktinagar, Jalpaiguri
3. Subodh Baran Ghosh
S/O Sewak Ghosh, Bolpur, PS Shantiniketan, Birbhum
4. Anoj Kumar Prasad Mahatao
S/O Magister Mahatao, Singtam Bazar, Gangtok
5. Nigma Tshedup Sherpa
S/O Late Dawa Sherpa, Champasri Devidanga, PS Pradhanagar, Darjeeling
6. Ram Bahadur Chettri
S/O Indra Bahadur Chettri, Rangpo
Authorities stated that further details, including the identification of the remaining four passengers, will be shared as soon as they are confirmed. An investigation into the cause of the accident is underway.

SP Gangtok District, has issued an official order restricting traffic movement in view of the heavy footfall expected fo...
12/12/2025

SP Gangtok District, has issued an official order restricting traffic movement in view of the heavy footfall expected for the Orchid Music Festival 2025, scheduled to be held at Paljor Stadium on December 13, 2025, from 1:00 PM to 11:00 PM.

To ensure public safety and the smooth conduct of the event, the police have prohibited the movement of all types of vehicles from 12:00 PM on December 13 to 1:00 AM on December 14, 2025, on the following routes:
1. Old Hospital Dara towards Paljor Stadium
2. DPH towards Paljor Stadium – Hospital Dara
3. DAC to Paljor Stadium
4. Marigold School towards Paljor Stadium
5. Cooperative Stand, Sichey to Paljor Stadium – Sichey Petrol Pump

The order has been issued under Section 159(2) of the Sikkim Police Act, 2008, granting police the authority to enforce temporary traffic regulations for public safety.

Chief Minister Prem Singh Tamang Shares:Today, I attended the one-day sitting of the Third Session of the Eleventh Assem...
12/12/2025

Chief Minister Prem Singh Tamang Shares:

Today, I attended the one-day sitting of the Third Session of the Eleventh Assembly at the Sikkim Legislative Assembly, where the proceedings began with a heartfelt tribute to former Minister and MLA, Late Shri Athup Lepcha, in honour of his invaluable service and contributions to our state and its people.

Among the key agendas of the day, the most significant was the presentation of Government Resolution No. 1 of 2025, seeking the Ratification of the Final Report of the Sikkim State High-Level Committee (SSHLC) for the inclusion of the twelve left-out indigenous communities of Sikkim in the Scheduled Tribe List.

The House unanimously adopted this historic and long-awaited resolution, marking a remarkable milestone in our collective journey toward recognition and social equity. This achievement represents a deep and enduring aspiration of our people, one that has lived in the hearts of generations. Our government has remained unwavering in its dedication to this cause, ensuring that every deserving community is granted the constitutional recognition they rightfully deserve.

On this meaningful occasion, I express my sincere gratitude to Hon’ble Speaker Shri M. N. Sherpa for presiding over the session with dignity and efficiency, and to Hon’ble Deputy Speaker Smt. Raj Kumari Thapa for her valuable guidance. My appreciation extends to all Honourable Ministers and Members of the Legislative Assembly for their active and constructive participation; to the Chief Secretary, Cabinet Secretary, Additional Chief Secretaries, Principal Secretaries, Commissioners, Secretaries, senior officers, and staff for their consistent support, and to the dedicated team of the Assembly Secretariat, led by Secretary Shri Lalit Kumar Gurung, for their meticulous efforts from preparation to conclusion of the session.

I also wholeheartedly acknowledge the dedication of the police personnel, the Marshal and Deputy Marshal, and the entire security staff for maintaining peace and order within the Assembly premises. My gratitude further extends to the Information & Public Relations Department, AIR Gangtok, Doordarshan Gangtok, journalists, and the entire media fraternity for ensuring that the day’s proceedings were effectively communicated to the public.

As we step into the festive season, I extend my warm greetings and heartfelt wishes for a peaceful, prosperous, and healthy New Year 2026. May the coming days be filled with harmony, joy, and progress, and may we remain protected from hardships and natural calamities.

The following bills were introduced and passed during the session:

- Sikkim Goods and Services (Amendment) Bill, 2025 (Bill No. 18 of 2025)

- Sikkim Land Revenue Bill, 2025 (Bill No. 19 of 2025)

- Sikkim Sewerage and Sewage Disposal Bill, 2025 (Bill No. 20 of 2025)

- Sikkim Water Supply and Water Charges Bill, 2025 (Bill No. 21 of 2025)

- Jan Vishwas (Amendment) Sikkim Bill, 2025 (Bill No. 22 of 2025)

- Sikkim Motor Vehicles (Amendment) Bill, 2025 (Bill No. 23 of 2025)

- Sikkim Town and Country Planning (Amendment) Bill, 2025 (Bill No. 24 of 2025)

- Sikkim Private Universities (Establishment & Regulation) Bill, 2025 (Bill No. 25 of 2025)

12/12/2025

All Five Male Students Of Namchi College Who Reportedly Went Missing During Bhaleydhunga Trip Are Traced : South Sikkim Police

Orchid Music Fest |  Globally renowned pop band ‘Blue’ members have landed at Burtuk Helipad, Gangtok. They are the head...
12/12/2025

Orchid Music Fest | Globally renowned pop band ‘Blue’ members have landed at Burtuk Helipad, Gangtok. They are the headlining the Orchid Music Fest on December 13, Paljor Stadium.

Young Naturalist from Dzongu receives National recognitionThe 13th Balipara Foundation Awards were held at Guwahati on T...
12/12/2025

Young Naturalist from Dzongu receives National recognition

The 13th Balipara Foundation Awards were held at Guwahati on Thursday evening where Sonam Wangchuk Lepcha from Dzongu, Sikkim, was conferred the Young Naturalist Award for his significant contributions to butterfly conservation.
Sonam Wangchuk has been working in the field of butterfly conservation and awareness for over a decade. He authored ‘Butterflies of Dzongu’ in 2016 and has published several scientific papers on the butterflies of Sikkim. He is also credited with the discovery of the Chocolate-Bordered Flitter, a butterfly species new to science, from Dzongu.
Speaking on the recognition, Sonam said the national-level award is a major encouragement for him to continue his conservation efforts. He expressed gratitude to Chief Minister P.S. Golay for his continuous support and motivation. He also thanked Forest Minister and area MLA Pintso Namgyal Lepcha for his encouragement and assistance.

Address

Soreng District
Pakyong
737121

Alerts

Be the first to know and let us send you an email when Himdarpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himdarpan:

Share