04/11/2025
गान्तोकमा एसकेएम सामाजिक सञ्जाल प्रकोष्ठको बैठक सम्पन्न।
आगामी कार्यशाला साथै अन्य विषयमाथि भयो छलफल।।
पार्टी अध्यक्ष एवं सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशनमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सामाजिक सञ्जाल प्रकोष्ठको बैठक आज एसकेएम दर्पण कार्यालय गान्तोकमा सम्पन्न भयो। बैठकको अध्यक्षता पार्टीका प्रचारप्रसार उपाध्यक्ष प्रभारी विकास बस्नेतले गरेका थिए। सामाजिक सञ्जाल प्रकोष्ठका अध्यक्ष नवीन दाहाल, महासचिव पेमा छुल्टिम भुटिया, प्रचारप्रसार महासचिव अभिषेक शर्मा, राज्य संयोजक (एक)एनबी गुरुङ, पार्टी अध्यक्षकी सामाजिक सञ्जाल संयोजक दुर्गा राणा, सामाजिक सञ्जाल संयोजक शिला वाङ्छेन राई, सचिव (दुई)मिलन सुब्बा सचिव (तीन)सन्तोष राई,सचिव (चार) प्रहलाद भक्त नेपाल,सचिव बिमल खतिवडा, संयुक्त सचिव, चेतन भट्टराई, संयोजक कुङ्गा भुटिया संयोजक (तीन),कृष्णा खडका, फोटोग्राफी प्रभारी नवाङ भोटिया लगायत राज्य र जिल्ला स्तरका प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकको मुख्य उद्देश्य एसकेएम सामाजिक सञ्जाल सञ्जाललाई सुदृढ गर्नु र आगामी सामाजिक सञ्जाल प्रतिनिधिहरूका लागि आयोजना गर्न लागिएको कार्यशालाको तयारीबारे छलफल गर्नु रहेको थियो। यसका साथै बैठकले राज्यस्तरीय मिडिया गतिविधि र कभरेज रिपोर्टहरूको समीक्षा गर्यो। जिल्ला र निर्वाचन क्षेत्र-स्तरीय कार्यसम्पादनको मूल्याङ्कन गर्नका साथै हालैका अभियानहरू र संलग्नताहरूको विश्लेषण गर्दै क्षेत्र संयोजकहरू र स्वयंसेवकहरूबाट प्रतिक्रिया संकलन गरेको छ। बैठकले छवटै जिल्लामा कार्यक्रमहरूको कार्यान्वयनको पनि मूल्याङ्कन गर्नाक साथै जिल्लास्तरीय कार्यकारीहरूलाई जिम्मेवारी सुम्पिएको छ। प्रत्येक जिल्लाका लागि छुट्टै फेसबुक पेज सञ्चालन गर्ने, प्रत्येक जिल्ला टोलीले दैनिक समाचार र गतिविधिहरू राज्य स्तरमा पठाउने व्यवस्था गर्न निर्देशन दिइएको छ। राज्यस्तरको बैठक हरेक महिनाको 4 तारिख आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। सामाजिक सञ्जाल प्रतिनिधिहरूका लागि प्रस्तावित कार्यशालाको अनुमानित मिति आगामी नोभेम्बर 29 र 30 तारिख आयोजना गरिने र दर्ताको अन्तिम मिति नोभेम्बर 20 का लागि तोकिएको छ। कार्यशालाको स्थल, अतिथि अनि स्रोत व्यक्ति, भोजन तथा आवास लगायतका व्यवस्थापनका विषयहरू र सहभागीहरूको नामावली सम्बन्धी विषयहरू आगामी बैठकमा गरिने निर्णय गरिएको छ।