
17/05/2024
सवारी दुर्घटना:-
मिति २०८१/०२/०४ गते बेलुका १८:३० बजेको समयमा दाङ तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको चालक जिल्ला दाङ तुलसीपुर उ म न पा ९ बस्ने गणेश बस्नेतले चलाएको प्रदेश ३ -०१-००ख ०९७५ नं. को रात्री बसले रोकि राखेको बसलाई क्रस गर्न खोज्दा उक्त रोकी राखेको बस अगाडि बढेको कारण सागुरो भएकोले सडक छेउबाट कोल्टो परी पल्टन गई दुर्घटना हुदा सो गाडिमा सवार ३१ जना यात्रुहरू मध्ये १५ जना घाइते भएकोमा सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । अवस्था सबैको सामान्य ।