Babai Khabar

Babai Khabar www.babaikhabar.com
हामीलाई सम्पर्क गर्नका लागि 9844935154 -
9809539856

यो अभियान सार्थक बन्ला ?
04/11/2025

यो अभियान सार्थक बन्ला ?

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको आ.ब. २०८२/०८३ को स्वीकृत बार्षिक कार्यक्रमको अनुदान सम्बन्धि प्रस्ताव...
03/11/2025

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको आ.ब. २०८२/०८३ को स्वीकृत बार्षिक कार्यक्रमको अनुदान सम्बन्धि प्रस्ताव आह्वानको सूचना प्रकाशित

03/11/2025

भारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृत्यु भएको छ ।
बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् ।

सवारी दुर्घटना:-मिति २०८१/०२/०४ गते बेलुका १८:३० बजेको समयमा दाङ तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको चालक जिल्ला दाङ तुलसी...
17/05/2024

सवारी दुर्घटना:-
मिति २०८१/०२/०४ गते बेलुका १८:३० बजेको समयमा दाङ तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको चालक जिल्ला दाङ तुलसीपुर उ म न पा ९ बस्ने गणेश बस्नेतले चलाएको प्रदेश ३ -०१-००ख ०९७५ नं. को रात्री बसले रोकि राखेको बसलाई क्रस गर्न खोज्दा उक्त रोकी राखेको बस अगाडि बढेको कारण सागुरो भएकोले सडक छेउबाट कोल्टो परी पल्टन गई दुर्घटना हुदा सो गाडिमा सवार ३१ जना यात्रुहरू मध्ये १५ जना घाइते भएकोमा सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । अवस्था सबैको सामान्य ।

14/05/2024

बबई नदिमा डुबेर दाङ दाजुभाईको निधन
दाङ, १ जेठ । बबई नदिमा पौडी खेल्ने क्रममा दुई दाजुभाईको निधन भएको छ । बबई गाउँ पालिका ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा आज निधन भएको हो ।

दुई दाजुभाई ओदालेमा रहेको फुपुको घरमा बुवा-आमासङ्गै हिजो भारतबाट आएको स्थानीयले बताएका छन । ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई उद्वार गरेर अस्पताल पठाएको उपचारका क्रममा तुलसीपुरमा निधन भएको बताउनुभयो । यस्तै १६ बर्षका दिपेश परियारको बबई नदिबाट शब निकालेको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।

मृतकका परिवार कामको शिलशिलामा भारत बस्ने गरेको जनाइएको छ । शबको पोस्टमाटम गर्नका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाएको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।

11/05/2024

नारायणपुर उद्याेग वाणिज्य संघकाे अन्तिम मतपरिणाम
सबै पदमा संयुक्त व्यवसायी प्यानल बिजयी

अध्यक्ष
अनिलकुमार बस्नेत: 308 (बिजयी)
लिलाधर शर्मा: 90

उद्याेग उपाध्यक्ष
बसन्त न्याैपाने: 207(बिजयी)
धरमबहादुर बस्नेत: 184

वाणिज्य उपाध्यक्ष
कुलराज खनाल: 257(बिजयी)
सनतकुमार आचार्य: 141

सचिव
मिना भण्डारी: 210(बिजयी)
तिलकबहादुर भण्डारी: 182

दु:खद घटनादाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि २ जना घाइते भएका छन् । घाइते मध...
25/04/2024

दु:खद घटना

दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि २ जना घाइते भएका छन् । घाइते मध्ये एक जना गम्भिर रहेको प्रहरीले जनाएको छ ।

पश्चिम देखि तुलसीपुर जादै गरेको रा ५ प ९३२२ नम्बरको मोटरसाइकलले शान्तिनगर – ७ खैरेनी प्रतिक्षालय नजिक पैदलीयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा पैदलयात्री सल्यान घर भई हाल शान्तिनगर – ७ खैरेनी बसोबास गर्ने ७२ बर्षका शमसेर थापा रहेका छन् ।

थापाको राप्ती प्रादेशक अस्पताल तुलसीपुरमा उपचार क्रममा निधन भएको हो । घाइते हुनेमा बबई ३ हंसपुरका ३० बर्षका मोटरसाइकल चालक कमल वि.क., मोटरसाइकल पछाडि बसेका बाँके घर भएका २५ बर्षका प्रकाश रसाइली रहेका छन् । घाइते मध्ये रसाइली गम्भिर घाइते भएका छन् उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Address

Panjim

Telephone

+918091013242

Website

Alerts

Be the first to know and let us send you an email when Babai Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share