SidhaLive

SidhaLive News

रास्वपा औरहीका यूवा नेता महेश यादवद्वारा महादेव मन्दिरमा बमहरुलाई पुरस्कार वितरण 🙏❤️
24/08/2026

रास्वपा औरहीका यूवा नेता महेश यादवद्वारा महादेव मन्दिरमा बमहरुलाई पुरस्कार वितरण 🙏❤️

१५ वर्षदेखि धनुषा-सिरहा जोड्ने कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता 😲
24/08/2026

१५ वर्षदेखि धनुषा-सिरहा जोड्ने कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता 😲

सिरहाको औरही गापा-२ तुलसीपुरस्थित बनिनिया महादेव मठ सरसफाई गर्दै रास्वपाका यूवाहरु  ्टी 🔔
23/08/2026

सिरहाको औरही गापा-२ तुलसीपुरस्थित बनिनिया महादेव मठ सरसफाई गर्दै रास्वपाका यूवाहरु ्टी 🔔

सरकारले सार्वजनिक निकायबाट हुने खरिदमा स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिने भएको छ । प्रधानमन्त्री वालेन...
20/08/2026

सरकारले सार्वजनिक निकायबाट हुने खरिदमा स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी तथा व्यवसायीसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी वस्तु तथा सेवाको प्रयोग गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पत्र जारी गर्दै स्थानीय सीप तथा उद्यमको प्रवर्द्धन, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सङ्घीय मन्त्रालय, प्रदेश तथा स्थानीय तह र विदेशस्थित नेपाली नियोगलाई स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको छ ।

पत्रअनुसार अब सरकारी निकायले स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु खरिद गर्दा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेछ । सरकारी बैठक, समारोह तथा कोसेलीमा समेत नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न आग्रह गरिएको छ ।

सरकारी खरिद प्रक्रियामै स्वदेशी उत्पादनलाई प्राथमिकता सुनिश्चित गर्न सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजातमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, स्वदेशी वस्तु तथा सेवाको प्रयोगसम्बन्धी व्यवस्थाको नियमित अनुगमन र त्रैमासिक निरीक्षण गर्नुपर्ने प्रावधानसमेत पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री कार्यालयले सरकारी खरिदमा नेपाली उत्पादनको प्रयोग बढाउँदा स्वदेशी उद्यम तथा स्थानीय सीपको प्रवर्द्धन हुनुका साथै रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।

सरकारले सङ्घ, प्रदेश र स्थानीय तहदेखि विदेशस्थित नेपाली नियोगसम्म स्वदेशी उत्पादनको प्रयोग विस्तार गर्न आग्रह गरेसँगै सरकारी खरिदमार्फत नेपाली उत्पादनको बजार विस्तार गर्ने प्रयासका रूपमा यसलाई हेरिएको छ ।

• DDC लाई नाफामा ल्याउने प्रयास• हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण पूरा• बन्द सरकारी उद्योगहरू पुनः सञ्चाल...
18/08/2026

• DDC लाई नाफामा ल्याउने प्रयास
• हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण पूरा
• बन्द सरकारी उद्योगहरू पुनः सञ्चालनको पहल
• सरकारी सम्पत्ति र उद्योगलाई उत्पादनमुखी बनाउने काम
• घाटामा रहेका संस्थानको व्यवस्थापन सुधारमा जोड
• स्वदेशी उत्पादन र रोजगारी बढाउने अभियान
• वर्षौंदेखि अलपत्र रहेका परियोजनालाई अघि बढाउने प्रयास
• सरकारी सेवा र प्रशासनमा डिजिटल तथा आधुनिक प्रणालीतर्फ कदम

नेपाल सरकारले संघीय सरकार मातहतका राष्ट्रसेवक कर्मचारीलाई हरेक १५ दिनमा तलब–भत्ता भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ...
18/08/2026

नेपाल सरकारले संघीय सरकार मातहतका राष्ट्रसेवक कर्मचारीलाई हरेक १५ दिनमा तलब–भत्ता भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

महालेखा नियन्त्रक कार्यालयले २०८३ भदौ १ गते परिपत्र गर्दै १५ दिन पूरा भएपछि सो अवधिको तलब–भत्ता भुक्तानी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको हो ।

अर्धमासिक भुक्तानीका लागि आवश्यक प्राविधिक प्रणालीसमेत सुधार भइसकेको महालेखाले जनाएको छ । अब नियमित तलबसँगै बजेट वक्तव्यअनुसारको कर्मचारी प्रोत्साहन भत्तासमेत १५–१५ दिनमा भुक्तानी हुनेछ ।

आशिका तामाङले किन प्रतिनिधिसभा बैठक बहिस्कार गरिन् ? यस्तो छ प्रश्न-
18/08/2026

आशिका तामाङले किन प्रतिनिधिसभा बैठक बहिस्कार गरिन् ? यस्तो छ प्रश्न-

15/08/2026

स्वास्थ्य मन्त्री निशा मेहतालाई राजविराज विमानस्थलमा भव्य स्वागत, उहाँ अब लहान पुगेर ट्रमा सेन्टरको प्रस्तावित जग्गाको निरीक्षण गर्ने !

चाईनिज कम्पनीको ब'दमा'सी ! पूर्व-पश्चिम राजमार्गको सिरहा खण्ड निर्माण कछुवा गतिमा चल्दा त्यस भेगका जनता, यात्रु र सवारी ...
15/08/2026

चाईनिज कम्पनीको ब'दमा'सी ! पूर्व-पश्चिम राजमार्गको सिरहा खण्ड निर्माण कछुवा गतिमा चल्दा त्यस भेगका जनता, यात्रु र सवारी चालकहरु समस्या झेल्दै आएका छन् । 😲

सिरहाको लहानमा ट्रमा सेन्टर स्थापनाको प्रक्रिया अगाडी बढ्ने भएको छ । रास्वपा सांसद बब्लु गुप्ताको पहलमा स्वास्थ्य मन्त्र...
15/08/2026

सिरहाको लहानमा ट्रमा सेन्टर स्थापनाको प्रक्रिया अगाडी बढ्ने भएको छ । रास्वपा सांसद बब्लु गुप्ताको पहलमा स्वास्थ्य मन्त्री निशा मेहता लहान आएर ट्रमा सेन्टरका लागि प्रस्तावित जग्गाको निरीक्षण गर्ने कार्यक्रम छ ।

लहानको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गर्ने यस अभियानमा सबैको सहभागिता र साथ आवश्यक भएको रास्वपा लहानका नगर सभापति लव मण्डलले बताए । उनले मन्त्रीको जग्गा निरीक्षण आज दिउँसो २:३० बजे राखिएको उक्त कार्यक्रममा सहभागीताका लागि अपिल गरेका हुन् ।

Address

Patna
800001

Website

Alerts

Be the first to know and let us send you an email when SidhaLive posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share