Sunaulo Sikkim

Sunaulo Sikkim Sikkim' news page. Follow us for all kinds of news with ground reports.

03/09/2026

नेपाल प्राकृतिक प्रकोप पीडितका लागि सहयोग अपिल
जोरथाङका जुएल गुरुङ र उहाँका साथीहरूले “Mission Humanity” अभियानअन्तर्गत नेपालका प्राकृतिक प्रकोप पीडितहरूका लागि आर्थिक सहयोग संकलनको अपिल।

CM Rai Jarrong Secondary School will host the First Sub-Division Level Inter-Department Football Tournament 2026 of Rava...
03/09/2026

CM Rai Jarrong Secondary School will host the First Sub-Division Level Inter-Department Football Tournament 2026 of Ravangla Sub-Division.

25th September – 2nd October 2026
CM Rai Jarrong Secondary School Ground

Bringing together Government Departments in the spirit of teamwork, friendship, discipline and fair play, this tournament will be a celebration of unity through the beautiful game.

As we commemorate Gandhi Jayanti, let the spirit of sports remind us of the values of peace, respect and togetherness.

⚽ Play Together | Compete Fairly | Celebrate Unity 🇮🇳

Let Football Unite Us. Let Gandhi’s Values Inspire Us!

प्रेस विज्ञप्तिइन्जिनियर्स अन्तर-विभागीय फुटसल प्रतियोगिता २०२६ को दोस्रो दिन रोमाञ्चक खेलहरूगान्तोक, २ सेप्टेम्बर २०२६:...
02/09/2026

प्रेस विज्ञप्ति
इन्जिनियर्स अन्तर-विभागीय फुटसल प्रतियोगिता २०२६ को दोस्रो दिन रोमाञ्चक खेलहरू
गान्तोक, २ सेप्टेम्बर २०२६:
इन्जिनियर्स डे २०२६ को अवसरमा अल सिक्किमिज डिप्लोमा इन्जिनियर्स एसोसिएसन (ASDEA) द्वारा आयोजित इन्जिनियर्स अन्तर-विभागीय फुटसल प्रतियोगिता २०२६ को दोस्रो दिन GMC फुटसल एरिनामा दुई रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।
कार्यक्रममा भवन तथा आवास विभागका प्रधान मुख्य इन्जिनियर-सह-सचिव श्री सी. भी. बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँसँगै प्रधान मुख्य इन्जिनियर श्री वाई. एन. गौतम, अतिरिक्त मुख्य इन्जिनियर श्री बसन्त पौड्याल तथा भवन तथा आवास विभागका अतिरिक्त मुख्य इन्जिनियर श्री अनिल छेत्री विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
पहिलो खेलमा RDD North ले Power Department (South West) विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५–१ को शानदार जित हासिल गर्‍यो। यस जितसँगै RDD North ले प्रतियोगिताको अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।
दोस्रो खेलमा Building & Housing Department र Transport Department बीच प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेल भयो। उक्त खेलमा Transport Department ले ५–२ को जित हासिल गर्दै अर्को चरणमा प्रवेश गरेको छ।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले सहभागी टोलीहरू तथा आयोजक समितिका सदस्यहरूसँग अन्तरक्रिया गर्दै प्रतियोगिताको सफल आयोजनाका लागि आयोजकहरूलाई प्रोत्साहन दिनुभयो। उहाँहरूले प्रतियोगिताको सफलताको कामना गर्दै आफ्नो शुभेच्छा, आशीर्वाद तथा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस प्रतियोगिताले विभिन्न सरकारी विभागमा कार्यरत इन्जिनियरहरूलाई खेलकुदमार्फत एकै ठाउँमा जोड्दै टोली भावना, आपसी मित्रता, सहकार्य तथा स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्दै आएको छ।
चुमिला भोटिया
प्रचार सचिव
अल सिक्किमिज डिप्लोमा इन्जिनियर्स एसोसिएसन (ASDEA)

01/09/2026

श्रवण कुमार पुरस्कार
०९ बर्फुङ्ग समष्टिको ५२ जारूङ्ग जीपीयू, अपर देथाङ्ग गाउँका श्री पृथी नारायण थापासँग पर्शु वालिङ राईद्वारा विशेष अन्तरवार्ता।
माता–पिताप्रतिको निःस्वार्थ सेवा, समर्पण र कर्तव्यका लागि प्राप्त श्रवण कुमार पुरस्कार, उहाँको प्रेरणादायी जीवनकथा तथा आजको पुस्ताका लागि सन्देशबारे कुराकानी गरिएको छ।

टिङ्मूमा निर्माणाधीन युमा माङहिमको स्थलगत निरीक्षण, वर्षौँदेखिको माग पूरा हुने चरणमाटिङ्मू, नाम्ची | ३१ अगस्ट २०२६नाम्ची...
31/08/2026

टिङ्मूमा निर्माणाधीन युमा माङहिमको स्थलगत निरीक्षण, वर्षौँदेखिको माग पूरा हुने चरणमा
टिङ्मू, नाम्ची | ३१ अगस्ट २०२६
नाम्ची जिल्लाको टिङ्मू शाखा युमा ध्यान केन्द्रअन्तर्गत निर्माणाधीन युमा माङहिमको स्थलगत निरीक्षण गरिएको छ। वर्षौँदेखि स्थानीय युमावासी तथा भक्तजनहरूले गर्दै आएको माङहिम निर्माणको माग कार्यान्वयनको चरणमा पुगेपछि निर्माणस्थलको निरीक्षण गरिएको हो।
निरीक्षणका क्रममा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ (गोले) का राजनीतिक सचिव श्री विष्णु शर्मा तथा बरफुङ निर्वाचन क्षेत्रका विधायकका विशेष कार्य अधिकृत श्री शिवकुमार राईले निर्माणाधीन युमा माङहिमको अवस्थाबारे जानकारी लिनुभयो।
उहाँहरूले निर्माण कार्यको प्रगति अवलोकन गर्नुका साथै युमा माङहिम निर्माण समितिका पदाधिकारी तथा सदस्यहरूसँग छलफल गर्नुभयो। छलफलका क्रममा निर्माणको वर्तमान अवस्था, प्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी लिइएको बताइएको छ।
युमा माङहिम निर्माण समितिका अनुसार उक्त माङहिम निर्माणको माग टिङ्मू शाखाका स्थानीयवासी तथा भक्तजनहरूले लामो समयदेखि राख्दै आएका थिए। निर्माण कार्य अघि बढेपछि स्थानीयवासीमा खुसी र उत्साह बढेको समितिले जनाएको छ।
समितिले टिङ्मूमा निर्माण भइरहेको युमा माङहिमलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण संरचनाका रूपमा विकास गर्ने लक्ष्य रहेको जनाएको छ। माङहिमले युमा धर्म, आध्यात्मिक अभ्यास तथा स्थानीय सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
लामो समयदेखि उठ्दै आएको माग निर्माणको चरणमा पुगेपछि युमा माङहिम समितिले मुख्यमन्त्री प्रेमसिंह तामाङ नेतृत्वको सरकारप्रति आभार व्यक्त गरेको छ।
“जनताको माग, सरकारको प्रतिबद्धता” भन्ने सन्देशसँगै टिङ्मूवासीको वर्षौँदेखिको एउटा महत्वपूर्ण माग अब मूर्तरूप लिने चरणमा पुगेको छ।

रेभ. एच. डी. सुब्बाप्रति अन्तिम श्रद्धाञ्जली, नेपाली ख्रीष्टियन समुदायले अनुभवी धर्मगुरु गुमायोकालिम्पोङ: नेपाली ख्रीष्ट...
30/08/2026

रेभ. एच. डी. सुब्बाप्रति अन्तिम श्रद्धाञ्जली, नेपाली ख्रीष्टियन समुदायले अनुभवी धर्मगुरु गुमायो

कालिम्पोङ: नेपाली ख्रीष्टियन समुदायका वरिष्ठ तथा समर्पित धर्मगुरु रेभ. एच. डी. सुब्बाको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै उहाँले जीवनभर पुर्‍याउनुभएको सेवकाइ, योगदान र मार्गदर्शनलाई स्मरण गरिएको हो।

श्रद्धाञ्जलीका क्रममा उहाँका सेवकाइका समकालीन तथा परिवारका सदस्यहरूले उहाँको पार्थिव शरीरको छेउमा प्रार्थना गर्दै उहाँको जीवन र सेवकाइका लागि परमेश्वरप्रति धन्यवाद व्यक्त गरेका थिए। साथै, शोकसन्तप्त परिवारलाई यस दुःखद् घडीमा प्रभुले सान्त्वना, सामर्थ्य र बल प्रदान गरून् भनी प्रार्थना गरिएको थियो।

रेभ. एच. डी. सुब्बा म्याकफार्लेन मेमोरियल चर्च (UCNI) तथा नेपाली ख्रीष्टियन समुदायमा एक समर्पित, विश्वासयोग्य र विद्वान् सेवकका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले आफ्नो लामो सेवकाइका क्रममा धेरै पास्टर तथा मण्डलीका अगुवाहरूलाई प्रशिक्षण, मार्गदर्शन र प्रेरणा प्रदान गर्नुभएको थियो।

उहाँको सेवकाइले विभिन्न मण्डलीहरूको स्थापना तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको थियो। साथै, धेरै मानिसहरूलाई येशू ख्रीष्टको विश्वासतर्फ डोर्याउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

उहाँको निधनले कालिम्पोङसहित समग्र नेपाली ख्रीष्टियन समुदायले एक अनुभवी धर्मगुरु, मार्गदर्शक तथा अभिभावक गुमाएको महसुस गरिएको छ। उहाँले छोडेर जानुभएको सेवकाइको विरासत र उहाँले छोएका असंख्य जीवनहरूका माध्यमबाट उहाँको योगदान सधैँ स्मरणीय रहनेछ।

यस दुःखद् घडीमा शोकसन्तप्त परिवार, आफन्तजन, प्रियजन तथा मण्डलीप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

“मैले उत्तम लडाइँ लडेको छु, मैले दौड पूरा गरेको छु, मैले विश्वासलाई कायम राखेको छु।”
— २ तिमोथी ४:७

29/08/2026

गान्तोकको मनन केन्द्रमा मञ्चन हुने "रातो कात्रो" म्युजीकल थिएटर। ट्वीस्ट युवर टोज सोमबारे, हिमालयन डान्स एकाडेमी, पेलिङ, सुखिम युनाइटेड, सोरेङ, डान्सर्स हार्ट बीट, गेजिङ, संस्थानको तत्परतामा हुने गीति नाटक "रातो कात्रो"। आदर्श मिलन प्रधानले लेखेका हुन् पटकथा। नृत्य निर्देशक अमृता राई,क्रिएटिभ हेड ओम प्रकाश सेवा, ब्याकग्राउन्ड स्कोर हर्षण गुरुङ रहेको पत्रकार सम्मेलनमा सुष्मा योञ्जन र सुष्मा छेत्रीले जानकारी दिइएका छन्।

Honourable Zilla Panchayat Member Shri Mingmasangay Sherpa for generously providing a sound system for 48 Lamating–Tingm...
29/08/2026

Honourable Zilla Panchayat Member Shri Mingmasangay Sherpa for generously providing a sound system for 48 Lamating–Tingmoo GPU and the Tingmoo Driver Association.

His valuable support will greatly contribute to community programmes and activities. Deeply appreciate his kind gesture and continued support for the welfare of the local community.

29/08/2026

स्वर्गीय निन्थुप भोटियाको अन्तिम संस्कार (Funeral ) आगामी मंगलबार, १ सेप्टेम्बर २०२६ मा हुनेछ।

Address

Ravangla
737139

Website

Alerts

Be the first to know and let us send you an email when Sunaulo Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category