29/10/2025
Sunaulo Sikkim
रालाङ–कर्मा राप्तेलिङ्ग गुम्बामा डेन्जोङ्ग लोसुङ्ग नामसोङ्ग पर्व–२०२५ तयारी सम्बन्धी विशेष सभा सम्पन्न**
नाम्ची, २९ अक्टोबर २०२५।
नाम्ची जिल्लाको रालाङ–कर्मा **राप्तेलिङ्ग गुम्बा**मा डेन्जोङ्ग लोसुङ्ग नामसोङ्ग पर्व–२०२५ को तयारीका सन्दर्भमा आज एक विशेष सभाको आयोजना गरियो। कार्यक्रम गुम्बाको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथिको रूपमा सिक्किम राज्य सरकारी ठेकदार संघका उपाध्यक्ष तथा समाजसेवी श्री टासी ग्याल्पो भोटिया उपस्थित हुनुहुन्थ्यो। साथै, नाम्ची जिल्लाका APS श्री विष्णु शर्मा, ०९ बर्फुङ क्षेत्रका CLC अध्यक्ष श्री नरेन गोपाल गुरुङ, रालाङ–बोरोङ टेरिटरीकी जिल्ला सदस्य सुश्री अञ्जना शर्मा, ५३ रालाङ–नाम्लुङ ग्राम पञ्चायत गणका सदस्यहरू, माननीय विधायकका OSD श्री शिवकुमार राई, युवा संयोजक श्री सोनी सुब्बा, पाटीका वरिष्ठ कार्यकर्ताहरू तथा डेन्जोङ्ग लोसुङ्ग नामसोङ्ग समितिका पदाधिकारीहरूको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
सभामा बर्फुङ क्षेत्रका युवादेखि वृद्धसम्मको मनोभाउहरुको सहभागिता देखिएको थियो। कार्यक्रमका क्रममा आयोजक समितिले यस वर्षको डेन्जोङ्ग लोसुङ्ग नामसोङ्ग पर्वमा पहिलो MLA कप 40+ भेटौर्न लातेभकुण्डो प्रतियोगिता”** आयोजना गरिने जानकारी दिएको छ। उक्त प्रतियोगितामा सिक्किमका ३२ वटा विभिन्न क्षेत्रबाट टोलीहरूको सहभागिता रहनेछ भने, प्रतियोगिता आगामी **९ डिसेम्बर २०२५** देखि सुरु हुने तय गरिएको छ।
आयोजक समितिले पर्वलाई सफल, अनुशासित र सांस्कृतिक रूपमा समृद्ध बनाउने उद्देश्यसहित तयारी कार्य तीव्र गतिमा अगाडि बढाइरहेको जनाएको छ।
**– रालाङ संवाददाता-सुनौलो सिक्किम।