GNN

GNN GNN – Promoting Gorkha culture, traditions, and community values while supporting the needy through awareness, unity, and social initiatives.

माथिल्लो असमका दुई युवा फेसबुक कन्टेन्ट क्रिएटरले सामाजिक सञ्जाललाई मानवीय सेवासँग जोड्दै शिवसागर जिल्लाका बाढीपीडित परि...
14/08/2026

माथिल्लो असमका दुई युवा फेसबुक कन्टेन्ट क्रिएटरले सामाजिक सञ्जाललाई मानवीय सेवासँग जोड्दै शिवसागर जिल्लाका बाढीपीडित परिवारका लागि घर निर्माण अभियान सुरु गरेका छन्।

दुलियाजान निवासी पवन ठकुरी, जसलाई सामाजिक सञ्जालमा ‘टु लभ’ भनेर चिनिन्छ, तथा सदिया अम्बिकापुर निवासी AAGSU तिनसुकिया जिल्ला समितिका सदस्य एवं फेसबुक कन्टेन्ट क्रिएटर रिदम खर्नेलले शिवसागर जिल्लाअन्तर्गत नेपालीखुटी र सिङ्गल बस्तीका बाढीपीडित परिवारका लागि घर निर्माण गरिरहेका छन्।

14/08/2026

दिदीको कुरा सुनेपछि, मन उदास भयो।

13/08/2026

नेपाली खुट्टीका निवासी शिवराज शर्माले हामीलाई जुलाई १९ मा भएको घटनाबारे जानकारी दिनुभयो।

13/08/2026

मणिपुर गोर्खा वेलफेयर युनियन, अर्थात् MGWU, द्वारा सञ्चालन गरिएको असम बाढी राहत अभियान २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। असमका बाढी प्रभावित समुदायहरूसम्म राहत सामग्री र मानवीय सहयोग पुर्‍याएर १९ सदस्यीय राहत टोली सुरक्षित रूपमा मणिपुर फर्किएको छ।
यो मानवीय अभियानको नेतृत्व MGWU का वित्त सचिव श्री सन्देश पाठक र कार्यकारी सदस्य श्री सञ्जीव राईले गर्नुभएको थियो।
यस अभियानमा All Manipur Gorkha Ex-Servicemen Defence & CAPF Association, Manipur Gorkha Motor Workers Welfare Union, मणिपुरका विभिन्न गोर्खा नागरिक समाज संगठनहरू, स्वयंसेवकहरू, दाताहरू तथा शुभेच्छुकहरूको महत्वपूर्ण सहभागिता र सहयोग रहेको थियो।
अभियानका क्रममा असमका बाढी प्रभावित परिवारहरूको तत्काल आवश्यकता र पुनर्निर्माणलाई ध्यानमा राख्दै करिब ८ लाख ५० हजार रुपैयाँ बराबरका राहत तथा निर्माण सामग्री वितरण गरिएको थियो।
राहत सामग्रीअन्तर्गत ५० बन्डल टिन, ४०० थान टिन, ५० थान घरेलु ग्यास चुल्हो, ५० थान ग्यास रेगुलेटर, ५० थान ग्यास पाइप, ८ थान कमर्सियल चुल्हो, २२० थान सिरानी, २५० मिटर तारपोलिन, ६१ थान झुल, ५० किलोको एक बन्डल बाइन्डिङ वायर, ३० किलोका चार बोरा दाल तथा ५० किलो नुन लगायतका सामग्री समावेश थिए।
घर निर्माणका लागि आवश्यक टिनका ५० बन्डल, २५० मिटर तारपोलिन र बाइन्डिङ वायर लगायतका सामग्री Gorkha Development Council, Assam का अध्यक्ष श्री प्रेम तामाङज्यूलाई हस्तान्तरण गरिएको थियो।
त्यसैगरी, बाढी प्रभावित परिवारहरूको घर पुनर्निर्माणमा सहयोग गरिरहेको Manav Utthan Sewa Samiti, North East Region लाई पनि निर्माण सामग्री हस्तान्तरण गरिएको थियो। संस्थाका स्वयंसेवकहरूले श्रमदानमार्फत प्रभावित क्षेत्रमा घर निर्माण तथा पुनर्निर्माण कार्यमा महत्वपूर्ण योगदान दिइरहेका छन्।
यस अभियानअन्तर्गत घरेलु ग्यास चुल्हो पनि नेपाली खुट्टी, नयाँ बस्ती र सिग्नल बस्ती गरी तीनवटा गाउँका प्रभावित परिवारहरूलाई वितरण गरिएको थियो।
MGWU का तर्फबाट Gorkha Development Council, Assam का अध्यक्ष श्री प्रेम तामाङज्यूलाई उहाँको निरन्तर सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक आभार व्यक्त गरिएको छ।
त्यसैगरी, Bharatiya Gorkha Parisangh का राष्ट्रिय महासचिव श्री नन्दा कराती देवानज्यूलाई अभियानभरि प्रदान गर्नुभएको मार्गदर्शन, समन्वय र प्रोत्साहनका लागि पनि MGWU ले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
यस राहत अभियानलाई सफल बनाउन आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग गर्नुहुने मणिपुरका सम्पूर्ण जनसमुदाय, विभिन्न गोर्खा संगठनहरू, स्वयंसेवकहरू, दाताहरू तथा शुभेच्छुकहरूप्रति MGWU हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
यो अभियान केवल राहत सामग्री वितरणमा सीमित रहेन—यसले विपद्को समयमा मानवता, एकता, सहयोग र गोर्खा समुदायबीचको आपसी ऐक्यबद्धतालाई अझ बलियो बनाएको छ।
१९ सदस्यीय MGWU राहत टोलीको अथक प्रयास, सहयोगी संस्थाहरूको साथ र आम जनताको उदार सहयोगका कारण असम बाढी राहत अभियान २०२६ सफल भएको हो।
मानवीय सेवाको यो भावना आगामी दिनहरूमा पनि निरन्तर अघि बढिरहोस्।

12/08/2026

१९ जुलाईको विनाशकारी बाढीमा ज्यान जोगाउन उनले लगातार १२ घण्टा रुखमै रात बिताउनुपर्‍यो।

12/08/2026

असम गोर्खा सम्मेलन, बराक भ्याली आञ्चलिक समितिले शिवसागरका बाढीपीडित नेपाली खुट्टीवासीहरूलाई राहतस्वरूप ₹३,००० सहयोग प्रदान गरेको छ।

11/08/2026

छोराको जीवन बचाउन आफ्नै जीवन बलिदान दिने बुबालाई शब्दले बयान गर्न सकिँदैन।
सन्तानका लागि आफ्नो ज्यानसमेत त्याग्ने बुबाको माया र साहसलाई हृदयदेखि नमन।
उहाँको आत्माले चिरशान्ति पाओस्। शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना।

11/08/2026

बाढीपीडितहरूको दुःख र पीडामा साथ दिँदै मानवीय सहयोग पुर्‍याएकोमा सिलचर गोरखा समुदायलाई गोरखा डेभलपमेन्ट काउन्सिलका अध्यक्ष श्री प्रम तामाङज्यूले हार्दिक प्रशंसा तथा धन्यवाद व्यक्त गर्नुभएको छ।

10/08/2026

उहाँले १९ जुलाईको विनाशकारी बाढीमा आफ्नै आँखाअगाडि आफ्नी श्रीमतीलाई गुमाउनुभयो।

10/08/2026

Sakalpur Sakha ko Sahayogi Data ko naam

Address

Silchar

Alerts

Be the first to know and let us send you an email when GNN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share