16/09/2026
🔴 कालिम्पोङ जिल्ला खेलकुद संघको आधिकारिक कार्यकारी समितिको बैठक!
कालिम्पोङ जिल्ला खेलकुद संघ (DSA) को आधिकारिक कार्यकारी समितिको बैठक आज १५ सेप्टेम्बर २०२६ का दिन कालिम्पोङस्थित डीएम (DM) कार्यालय ट्रेजरी कन्फरेन्स हलमा सफलतापूर्वक सम्पन्न भयो।
यो बैठक कालिम्पोङका माननीय विधायक (MLA) तथा DSA का माननीय अध्यक्ष, ओलम्पियन श्री भरत कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा कालिम्पोङकी माननीय जिल्ला मजिस्ट्रेट (DM) तथा अध्यक्ष श्रीमती कुहुक भूषण (IAS), कालिम्पोङकी माननीय प्रहरी उपरीक्षक (SP) तथा उपाध्यक्ष श्रीमती अपराजिता राई (IPS), कालिम्पोङकी अतिरिक्त जिल्ला मजिस्ट्रेट (ADM - खेलकुद तथा युवा सेवा हेर्ने) तथा DSA की उपाध्यक्ष श्रीमती मैत्री चक्रवर्ती (WBCS - Exe.) र सदस्य श्री सञ्जय सुब्बा (WBCSE - Exe., जिल्ला युवा अधिकारी, कालिम्पोङ) को गरिमामय उपस्थिति रहेको थियो।
बैठकमा कार्यकारी समिति र सल्लाहकार समितिका सम्पूर्ण सदस्यहरूको उपस्थिति थियो।