11/06/2025
Home Delivery All Over India
जेटा सोफियाग्रे कथा सङ्ग्रहलाई समय क्रममा राखे, साल १९७४, नोभेम्बरको एउटा चिसो साँझ, घुम स्टेसनदेखि यसले आफ्नो यात्रा तय गरेको छ। फतिमा निःशब्द घुम स्टेसनमा लगभग तीन घण्टादेखि कसैलाई पर्खिरहेकी छे । कथाकार भन्छन् - पर्खाइ एउटा डरलाग्दो यातना हो.. एउटा साइकोलजिकल टर्चर हो। यो एउटा डरलाग्दो दण्ड हो।
बाह्रवटा बेजोड कथाहरूका यस साहित्यिक स्टेशनहरूमा पाठकहरू दरिला तथा गहकिला सामाजिक एवम् वैचारिक प्रश्नहरूसँग जम्काभेट हुन्छन्। सामाजिक, राजनैतिक, आर्थिक, धार्मिक, मनोवैज्ञानिक, दार्शनिक आदि विषयहरूलाई आकार दिँदै यस पुस्तकले ईश्वरको अस्तित्वसम्मलाई दार्शनिक आत्महत्यादेखि विसतिवाद र शून्यवादसम्म डोऱ्याउने चेष्टा देखिन्छ भने यसको विपरित अर्को कथा कामु कम्पनीको टाइपराइटरमा जीवनका विसङ्गत समस्याहरूले विसतिवादलाई नै चुनौती दिँदै अर्थ निर्माण गर्ने कथाकारको कोसिस एकदमै फरक र रोचक रहेको छ।
दार्जिलिङको राजनैतिक इतिहासमा खुकुरीले खुकुरीलाई नचिनेका घटनाहरू, माटो र गोर्खात्व बेचिएपश्च्यात् यसबाट उपज भएका लाचारी र अन्योलताभित्र दार्जिलिङको कचल्टो समाजिक र राजनैतिक चेतनालाई यस कथा सङ्ग्रहमा खुबै सुन्दर ढङ्गमा समावेश गरिएको छ। विशेषतः इन्सोमनियाक टिस्टा, गोर्खा लज, पुँजीवादको गर्भवती सहर, पुरणको कहिल्यै नमर्ने भूतजस्ता कथाहरूमा यस अलमलिएको अवस्थालाई खुबै चिन्तित भएर कथाकारले प्रस्तुत गरेका छन्। समयको अविरल धारामा यस माटोले आफ्नो स्वामित्व गुमाउँदै गरेका प्रसङ्गहरूले पाठकहरूलाई अवश्य झकझकाउने छन् । त्यसैले लेखक भन्छन् - टिस्टा अहिले कोलोनाइज्ड छ।
तसर्थ जीवनका समस्याहरूसँग जुझिरहेका यस कथा सङ्ग्रका पात्रहरूले समाजका बस्ने हरेक तख्ताका मानिसहरूलाई सोझै प्रश्न तेर्साएका छन् ।
- भुपाल सिंगौरे
मङ्यू, दार्जीलिङ ।
Order Link
https://wa.me/p/9192173550910369/919883059670