Himalaya Darpan

Himalaya Darpan • India's #1 Nepali Daily
• Covering politics, society, culture, economy, and sports.
• Empowering the Nepali community
(1)

02/10/2025

दार्जीलिङको मोटर स्ट्यान्डमा प्रशासन पक्षले गोर्खा जनमुक्ति मोर्चाको १८ ओैं स्थापना दिवस पालन गर्ने अनुमति दिएको छ। यसबारे गोजयुमो अध्यक्ष नोमन राईले जानकारी दिएका छन्।

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अन्तर्गत दार्जीलिङमा बडा दशैं पालन गरिएको छ। यसक्रममा भारतीय नेपाली सङ्गीतका विशिष्ट साध...
02/10/2025

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अन्तर्गत दार्जीलिङमा बडा दशैं पालन गरिएको छ। यसक्रममा भारतीय नेपाली सङ्गीतका विशिष्ट साधक र शिक्षाविद पेमा लामाले आफ्नो परिवारका सदस्यहरूलाई निधारमा चामलको टीका लगाइदिएर आशीर्वाद दिएको जानकारी पाइएको छ।

02/10/2025

उत्तरपूर्वी राज्य मिजोरमका गोर्खाहरूले गोर्खाहरूले पनि आफ्नो महान् चाढ बडा दशैं पालन गरेका छन्। मिजोरम भन्नेसाथ सम्झना आउने बहुप्रतिभाशाली व्यक्तितब डा. किङ्ग गुनु घर्तीले आफ्ना सन्तानलाई टीका लगाइदिएर आशीर्वाद दिएका छन्।

02/10/2025

मणिपुरका गोर्खाहरूले पनि बडा दशैं हर्षोल्लासको साथमा मनाएका छन्। यसक्रममा साहित्य अकादमी पुरस्कार विजेता, समाजसेवी र शिक्षक भवानी अधिकारी अनि श्रीमतीले आफ्ना सन्तानलाई टीका लगाएर आशीर्वाद लिएका छन्।

जीटीए प्रमुख अनित थापाले आफ्ना आमा र बाबाको हातबाट यसपालिको बडा दशैंक‍ो टीका लगाए। त्यसपछि आशीर्वाद लिए। उनले, हजुरहरुले...
02/10/2025

जीटीए प्रमुख अनित थापाले आफ्ना आमा र बाबाको हातबाट यसपालिको बडा दशैंक‍ो टीका लगाए। त्यसपछि आशीर्वाद लिए। उनले, हजुरहरुले पनि लगाउनु भयो होला भन्दै सबैलाई बडा दशैंक‍ो शुभकामना व्यक्त गरे।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङले छोरीलाई बडा दशैंको टीका लगाइदिएर आशीर्वाद दिएका छन्।
02/10/2025

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङले छोरीलाई बडा दशैंको टीका लगाइदिएर आशीर्वाद दिएका छन्।

महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली।अहिंसा, सत्य र आत्मबलका प्रतीक बापूलाई स्मरण गर्दै उहाँका मूल्यहरूलाई ...
02/10/2025

महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली।
अहिंसा, सत्य र आत्मबलका प्रतीक बापूलाई स्मरण गर्दै उहाँका मूल्यहरूलाई आत्मसात गरौं।
शान्तिपूर्ण र नैतिक समाज निर्माणतर्फ एक पाइला अघि बढाऔं।

इन्डियन गोर्खा जनशक्ति फ्रन्ट द्वारा सम्पूर्णमा बडा दशैंको पावन अवसरमा मंगलमय शुभकामना व्यक्त गरिएको छ।
02/10/2025

इन्डियन गोर्खा जनशक्ति फ्रन्ट द्वारा सम्पूर्णमा बडा दशैंको पावन अवसरमा मंगलमय शुभकामना व्यक्त गरिएको छ।

विजया दशमीको पावन अवसरमा हार्दिक शुभकामना।आजको दिनलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ।आफू र आफ्ना प्रियजन...
02/10/2025

विजया दशमीको पावन अवसरमा हार्दिक शुभकामना।
आजको दिनलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ।
आफू र आफ्ना प्रियजनको जीवनमा विजय, सुख र समृद्धिको कामना गरौं।

1986 मा भएको गोर्खाल्यान्ड आन्दोलनमाथि आधारित चलचित्र बमबहादुरको रिलिज मिति सरकारले दिएको छैन। यसमा आक्रोश व्यक्त गर्दै ...
01/10/2025

1986 मा भएको गोर्खाल्यान्ड आन्दोलनमाथि आधारित चलचित्र बमबहादुरको रिलिज मिति सरकारले दिएको छैन। यसमा आक्रोश व्यक्त गर्दै एकान्त युगल प्रेमीले यसका लागि सबै गोर्खाहरूलाई आवाज उठाइदिने अनुरोध गरेका छन्।

फिलिपिन्समा आज बेलुका 7: 29 मा आएको भूकम्पबाट ६९ को मृत्यु अनि १५० भन्दा बढी घाइते भएका छन्।  6:9 रिएक्टर नापिएको यो भूक...
01/10/2025

फिलिपिन्समा आज बेलुका 7: 29 मा आएको भूकम्पबाट ६९ को मृत्यु अनि १५० भन्दा बढी घाइते भएका छन्। 6:9 रिएक्टर नापिएको यो भूकम्प
फिलिपिन्सको मध्य भिसायास क्षेत्रको सेबु शहरको तटमा गएको हो। यसको कारण विद्युत आपूर्ति बन्द गर्नुका साथै पुलहरूसहित केही भवनहरू र पूर्वाधारहरू क्षतिग्रस्त भएको छ।

6/11 गोर्खा राइफल्स (Shining sixth ) को 63औं स्थापना दिवसको औपचारिक भेलामा 98 वर्षीय अनरेरी कप्तान रत्न बहादुर लिम्बु (A...
01/10/2025

6/11 गोर्खा राइफल्स (Shining sixth ) को 63औं स्थापना दिवसको औपचारिक भेलामा 98 वर्षीय अनरेरी कप्तान रत्न बहादुर लिम्बु (Army no 9403234) मुख्य अतिथिका रुपमा उपस्थित थिए। यसक्रममा उनीप्रति सबै पूर्व सैनिकहरूले सुस्वास्थ्य एवं दीर्घायूको कामना गरे।

Address

Silguri

Alerts

Be the first to know and let us send you an email when Himalaya Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalaya Darpan:

Share