BukAnt Publication House

BukAnt Publication House BukAnt is an independent publishing initiative based in Siliguri, crafting thoughtful books across languages.

We work with authors, scholars, and institutions to publish stories that matter—with care, quality, and purpose.

प्रभात-को कौस्तुभ अङ्क !आउँदो २३ अगस्ट सन् २०२६ का दिन लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान -को तत्त्वावधानमा भारतीय भ...
04/08/2026

प्रभात-को कौस्तुभ अङ्क !
आउँदो २३ अगस्ट सन् २०२६ का दिन लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान -को तत्त्वावधानमा भारतीय भाषा भवन, शेक्सपियर सरणी, कलकत्तामा आयोजित हुन गइरहेको भाषा मान्यता स्मरण समारोह एवं लैनसिहं बाङ्देल पुरस्कार अलङ्करण समारोह-को अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित ऐतिहासिक पत्रिका ‘प्रभात’-को १७ कौस्तुभ अङ्क विमोचित हुने भएको छ ।
• कृति: प्रभात
• विधा: पत्रिका
• भाषा: नेपाली
• सम्पादक: संस्थापक सम्पादक-लैनसिंह बाङ्देल, संस्करण सम्पादक-बिकाश कार्की, राजा पुनियानी
• प्रकाशक: लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान, कलकत्ता
• सहकार्य: बुक-एण्ट पब्लिकेशन हाउस, सिलगढ़ी
• संस्करण: वर्ष-७५, अङ्क-५, पूर्णाङ्क-७५
• पृष्ठ सङ्ख्या: ३६८ (३६४ श्यामश्वेत+४ पूर्ण रङ्गीन)
• आकार: ५.५ ×८.५ इञ्ची
• मूल्य: भारु ५००, नेरु ८००
• ISBN: 978-81-686658-3-5
• सम्पर्क: +91-90646-06130
• Email ID: [email protected]

Congratulations and Heartfelt Thanks to Sikkim Akademi!We extend our heartfelt congratulations and sincere gratitude to ...
28/07/2026

Congratulations and Heartfelt Thanks to Sikkim Akademi!
We extend our heartfelt congratulations and sincere gratitude to Sikkim Akademi for launching the visionary, creative, and constructive initiative "Sikkim Akademi Reader-2026" on the occasion of the 35th Nepali Language Day.
In today's digital age, when the culture of reading books, reflecting on what one has read, and engaging in meaningful discussions and debates is gradually diminishing among the younger generation, this reading challenge will play a significant role in reconnecting young readers with books. It will inspire an interest in literature and creativity while fostering critical and imaginative thinking. This is not merely a competition; it is a timely and inspiring movement to revive the love for knowledge, thoughtful inquiry, and literature. Such an initiative will undoubtedly infuse new enthusiasm among writers and publishers alike, contributing to the promotion and growth of Nepali literature.
Through this remarkable initiative, Sikkim Akademi has clearly conveyed that literary development is not limited to creating literature alone—it also depends on building a new generation of readers. This is truly a commendable and timely endeavour.
We firmly believe that Sikkim Akademi will continue to organize such innovative, positive, and far-reaching programmes, making an even greater contribution to the preservation, promotion, and advancement of the Nepali language, literature, and reading culture.
We convey our best wishes to Pravin Rai Jumeli, President of Sikkim Akademi, Purna Yonjan, Secretary of the Akademi, and the entire Sikkim Akademi for the successful implementation of this historic and inspiring initiative.
- BukAnt Publication House
Siliguri.

सिक्किम अकादेमीलाई हार्दिक बधाई तथा धन्यवाद !३५औँ नेपाली भाषा दिवसको अवसरमा "सिक्किम अकादेमी पाठक–२०२६" जस्तो दूरदर्शी, ...
28/07/2026

सिक्किम अकादेमीलाई हार्दिक बधाई तथा धन्यवाद !
३५औँ नेपाली भाषा दिवसको अवसरमा "सिक्किम अकादेमी पाठक–२०२६" जस्तो दूरदर्शी, सिर्जनात्मक र रचनात्मक पहलको थालनी गरेकोमा सिक्किम अकादेमीलाई हार्दिक बधाई तथा कृतज्ञता व्यक्त गर्दछौँ ।
आजको डिजिटल युगमा, जब युवा पुस्तामाझ पुस्तक पढ़्ने, पढ़ेको कृतिमथि चिन्तन, चर्चा र बहस गर्ने संस्कार क्रमशः क्षीण हुँदै गएको अनुभूति भइरहेको छ, यस्तो पठन चुनौतिले नयाँ पुस्तालाई पुस्तकसँग पुनः जोड़्ने, साहित्य र सृजनशीलताप्रति आकर्षित गर्ने र आलोचनात्मक तथा सिर्जनशील सोचको विकास गराउने महत्त्वपूर्ण भूमिका खेल्नेछ । यो केवल प्रतियोगिता मात्र नभई, ज्ञान, चिन्तन र साहित्यप्रतिको प्रेमलाई पुनर्जीवित गर्ने एउटा प्रेरणादायी समयोचित अभियान हो । यस्तो पहलले नेपाली साहित्यको प्रवर्द्धनका दिशामा लेखक र प्रकाशकहरूलाई समेत नयाँ ऊर्जा दिने निश्चित छ ।
सिक्किम अकादेमीले साहित्य सिर्जना मात्र होइन, ‘नयाँ पाठक निर्माण’ पनि साहित्यिक विकासको अपरिहार्य आधार हो भन्ने सन्देश यस महत् पहलमार्फत् स्पष्ट रूपमा दिएको छ । यो वास्तवमै अनुकरणीय र समय सापेक्ष प्रयास हो ।
हामी विश्वास गर्दछौँ, सिक्किम अकादेमीले यस्तै नवीन, सकारात्मक र दूरगामी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै नेपाली भाषा, साहित्य र पठन संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा अझ सशक्त योगदान दिइरहनेछ ।
यस ऐतिहासिक तथा प्रेरणादायी अभियानको सफल कार्यान्वयनका लागि अकादेमीका अध्यक्ष श्री प्रवीण राई जुमेली, सचिव श्री पूर्ण योञ्जनलगायत सिङ्गै सिक्किम अकादेमीलाई हार्दिक शुभकामना ।
- बुक-आण्ट पब्लिकेशन हाउस
सिलगढ़ी

You Shattered Bronze, Not His Legacy.An attack on Rahul Sankrityayan is an attack on India's pro-people intellectual his...
23/07/2026

You Shattered Bronze, Not His Legacy.
An attack on Rahul Sankrityayan is an attack on India's pro-people intellectual history!

BukAnt Publication House strongly condemns the vandalism of the statue of Mahapandit Rahul Sankrityayan in Raniganj, West Bengal, committed during the night of 12 July 2026.
This is not merely an act of damage to a statue; it is a grave assault on India's rich intellectual, literary, and cultural heritage. Rahul Sankrityayan was one of the country's foremost scholars, historians, travellers, philosophers, and writers, whose immense contributions to literature, history, linguistics, and the promotion of scientific temper continue to inspire generations. His legacy transcends political, regional, and ideological boundaries.
We urge the concerned authorities to conduct a prompt and impartial investigation into this incident and to take strict legal action against those responsible. Such acts of vandalism undermine the values of knowledge, tolerance, and respect upon which a democratic and civilized society is built.
We also appeal to all citizens to uphold the dignity of our shared cultural heritage. Differences in opinion or ideology can never justify the destruction of monuments dedicated to eminent personalities who have enriched the nation's intellectual and cultural landscape.
Rahul Sankrityayan was not merely an individual; he symbolized the spirit of knowledge, inquiry, rational thought, and cultural exchange. Any attack on his legacy is an attack on the collective intellectual heritage of India.
As a publishing house dedicated to preserving, promoting, and disseminating literature, history, and intellectual thought, BukAnt Publication House considers any attack on the legacy of great writers, scholars, and thinkers to be a matter of profound concern. The vandalism of the statue of Mahapandit Rahul Sankrityayan is not merely an act against a monument; it is an affront to the values of knowledge, scholarship, free inquiry, and cultural heritage that publishing institutions strive to uphold. Remaining silent in the face of such acts would amount to a failure of our responsibility towards literature, history, and future generations.
A society that destroys the symbols of knowledge endangers the future of knowledge itself.

बेस्टसेलर उपन्यास सलह-का लेखक श्रवण मुकारुङलाई हार्दिक बदाई एवं शुभकामना !- Salamander Imprints (भारत संस्करण प्रकाशक).....
22/07/2026

बेस्टसेलर उपन्यास सलह-का लेखक श्रवण मुकारुङलाई हार्दिक बदाई एवं शुभकामना !
- Salamander Imprints (भारत संस्करण प्रकाशक)..........................
सलह भारतमा अर्डर गर्नलाई कमेण्ट बक्समा लिङ्क हेर्नुहोला !

सलह उपन्यास पढेँ । केही वर्षयता नेपाली उपन्यास पढेर यति धेरै भावुक बनेको यो पहिलो अनुभव हो । नायुमाको यात्राले धेरै ठाउँ...
16/07/2026

सलह उपन्यास पढेँ । केही वर्षयता नेपाली उपन्यास पढेर यति धेरै भावुक बनेको यो पहिलो अनुभव हो । नायुमाको यात्राले धेरै ठाउँमा मेरा आँखा रसाए, कतिपय ठाउँमा त आँसु नै झऱ्यो । सजिलै नपग्लिने मेरो मनलाई सलहले पगालिदियो। हाँस्ने स्पेस पनि राखेका छन् धेरै ठाउँ मज्जाले एक्लै हाँसेँ । म एकपल्ट धेरै लामो समयपछि कुनै किताब पढेर त्यसमा रहेका पात्र पात्राहरूसितै एकाकार भएँ। कवि श्रावण मुकारुङका कविताको जादूले धेरैपल्ट छोएको हो । कविताको त्यो मादकता आख्यानमा झनै तिक्खर भएर आउनु कविबाट आख्यानकारमा मेटामर्फोसिस भएका श्रवण मुकारूणको यो कायान्तरणले मन्थिङ्गल हल्लाइरहेको छ ।
मलाई लाग्छ यो माद धेरै दिनसम्म ममा रहिरहनेछ। आख्यानका हरेक पोटागोनिष्टले अहिले भर्खरैलाई बोकिल्याएको छ। सलहमा आख्यानकारको चमत्कार भनेको पनि त्यही हो, लाग्छ नै। उनले समाज बोकिदिएका छन् । मिथ र बिम्बको कस्तो खतरना प्रयोग जुन कही पनि अनर्थ लाग्दैन। अहिलेसम्म नेपाली उपन्यासमा देखिएको स्थानीक र लेख्नेले प्रतिनिधित्व गर्ने जाति विशेष या त्यहाँको पर्यावरण फरकै पाराले नयाँ स्थापित गर्ने प्रयासमा श्रवण मुकारुङ सफल लाग्छ। राई संस्कृति परम्परा, नेवार, छेत्री, तामाङ, बाहुन, गुरुङ तथा मधेश मूल हुँदै नेपालीहरूको बसाई सराई। युके, हङकङ, कोरियादेखि छोटो वाक्यमा केही शब्दहरूमा सिक्किम,दार्जीलिङ र असमको नाउ समेतमा समेटेर कथा बुनिभ्याएका छन् ।
राजनीतिले मानिसमा पार्ने फरकपन त झनै छर्लङ्ग छ। तर यता बेसी लेखिनँ । नेपाली कथा हुँदा हुँदै पनि वैश्विक र मान्छेको कथा हो सलह। कथान्तले झनै मलाई आख्यानकार मुकारूङ कवि पहिले भएर पछि आख्यानमा ओर्लिनुको शक्ति र चमत्कार पढ्न पाएँ। साँच्चै कवि श्रावण मुकारूङ नभएका भए आख्यानकार श्रवण मुकारूङले सलह रूप धरेर यत्तिको चमत्कार गर्न सक्थेन् कि लागिरहेको छ ।
पढ्नै पर्ने आख्यान आयो। शब्द, भाव र बिम्बहरूको सलहका हुलले मलाई अझै केही समयसम्म घेरीरहनेछ । नायुमाको यात्रा, उसका संघर्ष र उसका सपनाहरूले पाठकलाई केवल कथा पढ्ने होइन, कथा बाँच्ने अनुभव दिन्छन् । एउटी पहाडी केटीको यात्रा यत्ति चमत्कारिक ढङ्गमा लेखिदिनु भएकोमा श्रवण दाजुलाई फेरि पनि धन्यवाद ।
-प्रवीण खालिङ,
गान्तोक.................................................................................................
श्रवण मुकारुङ-को बेस्टसेलर सलह अब भारतमा उपलब्ध
• कृति: सलह
• विधा: आख्यान
• भाषा: नेपाली
• लेखक: श्रवण मुकारुङ
• प्रिन्ट: Paperback (PB) with Flap Cover
• आकार: 5.5 × 8.5 inch
• पृष्ठ सङ्ख्या: 444
• ISBN: 978-81-686179-1-9
• प्रकाशन: Salamander Imprints
• मूल्य: ₹ 450
आजै अर्डर गर्नुहोस्: WhatsApp @ 90023-20631
www.bukant.in

13/07/2026
As Buk-Ant continues to broaden its literary portfolio, we are deeply committed to collaborating with insightful and cre...
11/07/2026

As Buk-Ant continues to broaden its literary portfolio, we are deeply committed to collaborating with insightful and creative voices/talents like yours.
Visit us: www.bukant.in

Buk Ant is the only regional publishing house from Darjeeling-Sikkim area, which is partnered with   for pan-India distr...
08/07/2026

Buk Ant is the only regional publishing house from Darjeeling-Sikkim area, which is partnered with for pan-India distribution of books.
Your dream book gets delivered to the reader in any corner of the country within just 3 days!
Get published from Buk Ant and avail this service.
~ Be A Published Author!
● Languages currently available for publication -
Nepali | English | Hindi | Bengali | Bhutia | Limbu.
www.bukant.in
--

श्रवण मुकारुङ-को बेस्टसेलर सलह अब भारतमा उपलब्ध• कृति: सलह • विधा: आख्यान• भाषा: नेपाली• लेखक: श्रवण मुकारुङ• प्रिन्ट: P...
07/07/2026

श्रवण मुकारुङ-को बेस्टसेलर सलह अब भारतमा उपलब्ध
• कृति: सलह
• विधा: आख्यान
• भाषा: नेपाली
• लेखक: श्रवण मुकारुङ
• प्रिन्ट: Paperback (PB) with Flap Cover
• आकार: 5.5 × 8.5 inch
• पृष्ठ सङ्ख्या: 444
• ISBN: 978-81-686179-1-9
• प्रकाशन: Salamander Imprints
• मूल्य: ₹ 450
आजै अर्डर गर्नुहोस्: WhatsApp @ 90023-20631
www.bukant.in

Address

Siliguri
734003

Opening Hours

Monday 11am - 7pm
Tuesday 11am - 7pm
Wednesday 11am - 7pm
Thursday 11am - 7pm
Friday 11am - 7pm
Saturday 11am - 7pm

Alerts

Be the first to know and let us send you an email when BukAnt Publication House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category