Himali awaz

Himali awaz Only news and recent updates

चियाबारी श्रमिकहरूको पुजा बोनसको मागमा आज आह्वान गरिएको 12 घण्टा पहाड बन्दलाई प्रभावकारी ढङ्गले सफल बनाउन बन्द समर्थकहरू...
30/09/2024

चियाबारी श्रमिकहरूको पुजा बोनसको मागमा आज आह्वान गरिएको 12 घण्टा पहाड बन्दलाई प्रभावकारी ढङ्गले सफल बनाउन बन्द समर्थकहरू बिहान ६:३० देखि नै सडकमा उत्रिएका छन्। आपतकालीन सेवा छोडेर अरु सबै बन्द छ।
अम्बियोक चियाबारी, गोरूबथानको अपडेट .....

हजुरहरुलाई यो सूचित गरिन्छ, वाहन चालकबर्गको परामर्श अनुसार सडकको राम्रो टिकाउलाई मध्यनजर राख्दै गाेरुबथान टार जाने बाटाे...
15/09/2024

हजुरहरुलाई यो सूचित गरिन्छ, वाहन चालकबर्गको परामर्श अनुसार सडकको राम्रो टिकाउलाई मध्यनजर राख्दै गाेरुबथान टार जाने बाटाे सालिमे डाँडामा मरमति भएको कारण सडक आगामी मिति १८/०९/२०२४ बुधबारदेखि मात्र खोल्ने निर्णय लिइएको छ।
मेघनाथ राई

गाेरुबथान टार जाने बाटाे सालिमे डाँडामा गाउँलेहरुद्वारा मर्मति गोरूबथान टारदेखि सोमबारे बजार जाने सडकको सालिमे डाँडामा अ...
14/09/2024

गाेरुबथान टार जाने बाटाे सालिमे डाँडामा गाउँलेहरुद्वारा मर्मति
गोरूबथान टारदेखि सोमबारे बजार जाने सडकको सालिमे डाँडामा अती नै जिर्ण अवस्था भएकोले गर्दा आज गोरूबथान खण्ड पञ्चायत समिति सभापति सूर्यमणि राईज्युको अठोट प्रयास अनि पहलमा स्थानीय गाउँलेहरु मिलेर उक्त सडक मरमती गर्ने कार्य सम्पन्न भयो ।

जरुरी सूचना    गोरूबथान टारदेखि सोमबारे बजार जाने सडकको सालिमे डाँडामा हाल अती नै जिर्ण अवस्था भएकोले गर्दा हाम्रा गोरूब...
12/09/2024

जरुरी सूचना
गोरूबथान टारदेखि सोमबारे बजार जाने सडकको सालिमे डाँडामा हाल अती नै जिर्ण अवस्था भएकोले गर्दा हाम्रा गोरूबथान पञ्चायत समितिका सभापतिज्युको सहयोग तथा पहलमा आगामी दिनांक १४/०९/२०२४ शनिबारको दिन स्थानीय गाउँलेहरु मिलेर उक्त सडक मरमती गर्ने निश्चित भएको छ।
त्यसर्थ, शनिबार अनि आईतबार २ दिन सम्पूर्ण गाडीका मालिकबर्ग तथा चालक महानुभावहरूलाई यो सालिमे डाँडाको बाटो भएर यान-वाहान नचलाईदिने अनुरोध टक्राउँदछाै।
धन्यवाद।

12/09/2024

मनोज बोगटीले गरेको पत्रकारिताले जातिलाई भलो गर्दैन - वाई लामा

12/09/2024

हामीलाई एकदमै डर लाग्छ स्कूल भित्र बसेर पढ्नु, सरहरूलाई पनि डर हुन्छ

पंचायत समिति अनि ग्राम पंचायतद्वारा ग्रेफ ओआईसीप्रति आभार प्रकट:सोमबारे बजारस्थित जनशौचालय नजिक तथा गोरूबथान ग्राम पंचाय...
11/09/2024

पंचायत समिति अनि ग्राम पंचायतद्वारा ग्रेफ ओआईसीप्रति आभार प्रकट:
सोमबारे बजारस्थित जनशौचालय नजिक तथा गोरूबथान ग्राम पंचायत एक कार्यालय मास्तिर सडक किनारको वर्षौंदेखि बन्द रहेको मैला पानी बग्ने नालीलाई आज ग्रेफद्वारा सफाई गरियो। नाली बन्द भएकोले पानी सडकमा बगेर धेरै समस्या हुने गर्थ्यो। आज ग्रेफले उक्त बन्द नाली जेसीभी मसिन लगाएर सफाई गरेकोमा गोरूबथान पंचायत समिति सभापति सूर्यमणि राई अनि गोरूबथान ग्राम पंचायत एक प्रधान निमा तामाङले ग्रेफ अधिकारीप्रति आभार प्रकट गरेका छन्। पदाधिकारीद्वयले उक्त स्थानमा अबदेखि कसैले घर/दोकान निर्माण गर्दा गिटी, बालुवा झारेर तुरुन्तै सडक किनार सफा गर्नुपर्ने पनि स्थानीय मानिसहरूप्रति अनुरोध गरेका छन्।

11/09/2024

हाम्रो जमिन अगोर्खाले खर्लप्प खाइसकेको अवस्था छ - बि पि बजगाई

चौथो स्थापना दिवसको अवसरमा  मिरिकमा अनित थापाको घोषणा १. हाम्रो भूमि, हाम्रो नामआफ्नो माटो, आफ्नो नाम हाम्रो नयाँ अभियान...
09/09/2024

चौथो स्थापना दिवसको अवसरमा मिरिकमा अनित थापाको घोषणा
१. हाम्रो भूमि, हाम्रो नाम
आफ्नो माटो, आफ्नो नाम
हाम्रो नयाँ अभियान हुनेछ।
गोर्खा सन्तान बस्ने किपटमा रहेको जमीनमा हाम्रै गोर्खाको नाम छापिएको हुनुपर्छ। पहिला जमीनमा आफ्नो नाम खोपौ त्यसपछि गोर्खाको किपटमा गोर्खाको नाम खोप्नेछौ। गोर्खाको अन्तिम आशा नै BGPM पार्टी हो।
२. ११ जनजातिको मुद्दालाई चुनाव समय राजनैतिक मुद्दा मात्र बनाउँछ। यस मुद्दालाई अब BGPM ले बोक्नेछ।
३. २०२६ मा delimitation हुँदैछ। Delimitation पछि जीटीए क्षेत्रमा ९ वटा MLA अनि एउटा MP हुनुपर्छ। Delimitation (पुनर्सिमाङ्कन) गोर्खाले देख्दै गरेको सपनाको विरुवा रोप्ने समय हो। यसलाई हामीले गाम्भीर्यपूर्वक लिनु पर्छ।
४. टिस्टा बाढ़ पीडितलाई घर बनाउन रू ३ लाख दिनेछौं। उहाँहरूले आफ्नै इच्छाले घर बनाउनु सक्नेछन्।

  सिलगढी नाबलिक बलात्कार र हत्याको मुख्य अभियुक्त मोहम्मद अब्बासको अदालतको फैसला मिति 7 सेप्टेम्बरमा सारिएको छ।
06/09/2024


सिलगढी नाबलिक बलात्कार र हत्याको मुख्य अभियुक्त मोहम्मद अब्बासको अदालतको फैसला मिति 7 सेप्टेम्बरमा सारिएको छ।

 दु:खद_खबर सेनाको वाहन दुर्घटना, 3 जना सैनिकको घटनास्थलमै गयो ज्यान सिक्किमको पाक्योङ जिल्लाको दलापचन्दमा सेनाको वाहन दु...
05/09/2024


दु:खद_खबर
सेनाको वाहन दुर्घटना, 3 जना सैनिकको घटनास्थलमै गयो ज्यान
सिक्किमको पाक्योङ जिल्लाको दलापचन्दमा सेनाको वाहन दुर्घटना भएको छ । पुलिसका अनुसार 3 जना सैनिकको घटनास्थलमै ज्यान गएको छ। एक 1 जना गम्भीर रुपमा घाइते भएका छन्

रम्फूमा पिस्तोल,जिउँदो कारतुस र ड्रग्ससितै एक युवक पक्राउगान्तोक,5 सितम्बर। सिक्किमको प्रवेशद्वार रम्फूको पुरानो चेकपोस्...
05/09/2024

रम्फूमा पिस्तोल,जिउँदो कारतुस र ड्रग्ससितै एक युवक पक्राउ
गान्तोक,5 सितम्बर। सिक्किमको प्रवेशद्वार रम्फूको पुरानो चेकपोस्टमा पुलिसको नियमित नाकामा अमेरिकी पिस्तोल र जिउँदो कारतुस अनि प्रतिबन्धित नशालु पदार्थसितै एक 22 वर्षीय युवक पक्रा परेको छ। पुलिसले दिएको जानकारी अनुसार मूलरूपमा बिहारको किशनगञ्जको निवासी जिशान राजा अहिले रम्फू आइबीएममा बस्दै माछामासु बेच्ने गर्दथ्यो। पुलिसले छानबीनमा अमेरिकामा बनिएको एउटा पिस्तोल दुइवटा 7.65 एमएमको जिउँदो कारतुस, दुइवटा खाली खोका,272 ट्याब्लेट स्पास्मोप्रोक्सिभोन प्रतिबन्धित नशालु दवाई 2 वटा सुनको ब्रेसलेट एउटा चेन आरोपीबाट फेला पारेको छ। अवैध हतियार राखेको आरोप र प्रतिबन्धित नशालु पदार्थ ओसारप्रसारमा साडा कानुन अन्तर्गत कार्वाही शुरु गरिएको छ भने राजपत्रित अधिकारीको साक्षीमा प्राप्त हतियार ड्रग्स र अन्य सामान जफ्त गरिएको छ। आरोपीलाई पक्राउ गर्नेहरूमा हेड कन्सटेबल कृष्ण बहादुर छेत्री लान्स नायक ओङ्गेल भोटिया, होमगार्ड अमिर रसाइली र पेम्पा भोटिया (श्रम विभाग) रहेका थिए

Address

Siliguri
Siliguri

Telephone

+917076872791

Website

Alerts

Be the first to know and let us send you an email when Himali awaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share