22/03/2025
गोरखा भर्ती डिपो (GRD) घुमद्वारा अग्निवीर भर्ती र्यालीका लागि निःशुल्क अनलाइन दर्ता अभियान सञ्चालन
कार्यक्रम विवरण:
मिति: २५ मार्चदेखि २७ मार्च २०२५
स्थान: गोरखा रंगमञ्च (भानु भवन) को सभागृह
आयोजक: गोरखा भर्ती डिपो (GRD) घुम
यस अभियानमार्फत इच्छुक उम्मेदवारहरूलाई अग्निवीर भर्ती र्याली को लागि अनलाइन दर्ता गर्न सहयोग गरिनेछ। सहभागी हुने इच्छुकहरूले आवश्यक कागजातहरू साथमा ल्याउन अनुरोध गरिन्छ।