The Himal World LIVE

  • Home
  • The Himal World LIVE

The Himal World LIVE Stories you can trust and relate to! Covering news stories objectively, truthfully and honestly has

01/11/2025

कालेबुङ जिल्लामा 55 वटा सड़क स्वीकृत
सांसद विष्टले जति नै रोके पनि हामी राज्यबाट विकास द्वार खोल्न सक्षम बनेका छौँ : विधायक रूदेन सादा लेप्चा

01/11/2025

मनोज तिग्गाले दिए प्रकाशचिक बड़ाइकलाई जवाफ

01/11/2025

मुटु अनि ब्रेस्ट क्यान्सर रोगीहरूका लागि दार्जीलिङमा नि:शुल्क स्वास्थ्य जाँच शिविर

01/11/2025

किन झोंक्किनु पऱ्यो बीडीओ-सित? : मनोज तिग्गाले खुलाए कारण...

01/11/2025

सांसदले गरे सांसदकै निन्दा

इन्टरलोक्युटरको अधिकार र जिम्मेवारी : ‘ज्ञान’-द्वारा स्पष्टताको माग(प्रेस-विज्ञप्ति)गोर्खा युथ एक्टिभिस्ट नेटवर्क (GYAN)...
01/11/2025

इन्टरलोक्युटरको अधिकार र जिम्मेवारी : ‘ज्ञान’-द्वारा स्पष्टताको माग

(प्रेस-विज्ञप्ति)
गोर्खा युथ एक्टिभिस्ट नेटवर्क (GYAN) ले हालै गोर्खा विषयका लागि नियुक्त इन्टरलोक्युटर श्री पंकज कुमार सिंह, आइपीएस (सेवानिवृत्त) सम्बन्धमा स्पष्टीकरण माग्दै दार्जिलिङका राज्यसभाका सांसद माननीय श्री हर्षवर्धन श्रृंगला समक्ष औपचारिक पत्र पठाएको छ।
गोर्खा समुदायले केन्द्र सरकारद्वारा आफ्ना दीर्घकालीन राजनीतिक र संवैधानिक आकांक्षाहरू सम्बोधन गर्ने हरेक वास्तविक पहलको स्वागत गर्दछ। तथापि, यस नियुक्तिको प्रकृति र सीमा सम्बन्धी कुनै आधिकारिक सूचना वा सार्वजनिक विवरण प्रकाशित नभएकाले दार्जिलिङ र कालेबुङका जनतामा अन्योल र चिन्ता सिर्जना भएको छ।
22 अक्टोबर 2025 मा ज्ञानले दार्जिलिङका लोकसभा सांसद माननीय श्री राजु विष्टलाई पत्र लेखी गृहमन्त्रालयसँग यो नियुक्तिसम्बन्धी तथ्यपरक जानकारी मागेको थियो। तर हालसम्म कुनै प्रतिक्रिया प्राप्त नभएकाले संगठनले अहिले श्री श्रृंगला समक्ष स्पष्टता मागेको छ, किनभने उहाँले हालै उक्त इन्टरलोक्युटर सँग भेट गर्नुभएको र सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएको छ।
हालको पत्रमा ज्ञानले दार्जिलिङ र कालेबुङका जनतालाई सरोकार पर्ने दशवटा महत्त्वपूर्ण प्रश्नहरू उठाएको छ। तीमध्ये यस नियुक्तिको संवैधानिक र प्रशासनिक आधार के हो?, मध्यस्थको कार्यक्षेत्र र अधिकार कति छ?, प्रतिवेदन बुझाउने निकाय र समयसीमा के हो?, र के यसमा दीर्घकालीन गोर्खाल्याण्ड राज्यको मागलाई पनि समावेश गरिएको छ वा छैन? भन्ने प्रश्नहरू प्रमुख छन्। संगठनले यस प्रक्रियामा पश्चिम बंगाल सरकारको भूमिका र सम्पूर्ण कार्यवाहीमा पारदर्शिताको स्तरबारे पनि स्पष्टता मागेको छ।
ज्ञानलाई विश्वास छ गोर्खाहरूको राजनीतिक भविष्यसँग सम्बन्धित कुनै पनि प्रक्रिया पारदर्शी, समयबद्ध र समावेशी हुनुपर्छ। यसले वास्तविक गोर्खा प्रतिनिधिहरू, कानूनी विज्ञहरू, सामुदायिक नेतृत्वहरू, बुद्धिजीवीहरू र नागरिक समाजसँग अर्थपूर्ण परामर्श सुनिश्चित गर्नुपर्छ।
पुस्तौँदेखि गोर्खाहरूले आफ्ना लोकतान्त्रिक र संवैधानिक अधिकारहरू अहिंसात्मक र शान्तिपूर्ण माध्यमबाट अघि सारेका छन्। त्यसैले, यो प्रक्रिया केवल राजनीतिक औपचारिकता बन्नु हुँदैन। यसले गोर्खा जनताको गरिमा, पहिचान र भविष्यको रक्षा गर्दै भारतको संविधानभित्रै स्थायी राजनीतिक र संवैधानिक समाधानको दिशा तय गर्नुपर्नेछ।
गोर्खा युथ एक्टिभिस्ट नेटवर्क (GYAN) सधैं सत्य, इमानदार र संवैधानिक आस्थासहित गोर्खा जनताको अधिकार र आकांक्षाको रक्षा गर्न प्रतिबद्ध छ।
- बिरेन्द्र रसाइली
(अधिवक्ता)
प्रमुख संयोजक
गोर्खा युथ एक्टिभिस्ट नेटवर्क (GYAN)

01/11/2025

Sikkim MP Indra Hang S***a addresses UN Dialogue on Cultural Rights in New York

Press NoteNew Website of Office of Chief Electoral Officer, WB
01/11/2025

Press Note
New Website of Office of Chief Electoral Officer, WB

Address

11, Pashupati Road, Durgagadi, New Darjeeling More

Alerts

Be the first to know and let us send you an email when The Himal World LIVE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Himal World LIVE:

  • Want your business to be the top-listed Media Company?

Share