06/02/2024
भाजपाको वाचा हावा मिठाई!!!
अन्तरिम बजेट सेशनमा पनि गोर्खाहरूले न्याय पाउँने छाँट छैन: अजय एडवाडर्स
दार्जीलिङ 6 फरवरी: चल्दै गरेको अन्तरिम बजेट सेशनमा गोर्खाहरूले न्याय नपाउँने स्पष्ट भएको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन।केन्द्रमा भाजपा गठबन्धन सरकारको पाँच सालको कार्यकाल पूरा हुन अब केही दिन मात्र बाँकी रहेको छ।गत केही दिन अधिदेखि केन्द्रको भाजपा गठबन्धन सरकारले अन्तरिम बजेट संसदमा पेश गरी सकेको छ अनि चल्दै गरेको अन्तरिम बजेट सेशन शेष हुन अब केवल तीन मात्र बाँकी रहेको छ।विगत 15 बर्षदेखि भाजपामाथि आस्था र भरोसा गर्दै आएका पहाडबासीले केन्द्रमा रहेका भाजपा बहुमतको सरकारले यस पटक गोर्खाहरूलाई अवश्य न्याय दिनेछ भन्ने आशा र भरोसा राखेका थिए तर चल्दै गरेको अन्तरिम बजेट सेशनमा पनि पहाडबासी एंव गोर्खाहरूले न्याय नपाउँने स्पष्ट भएको हाम्रो पार्टी अध्यक्ष एडवाडर्सले दोहोराए।तिनले अधि भने चल्दै गरेको अन्तरिम बजेट सेशन समाप्त हुन अब केवल तीन दिन मात्र बाँकी छ तर अहिलेसम्म चल्दै गरेको अन्तरिम वजेट सेशनमा पहाडबासी गोर्खाहरूको पक्षमा कुनै वील एंव प्रस्ताव संदनमा पेश गरिएको छैन अनि पेश गरिने सम्भावना पनि देखिएको छैन यो अति नै दुखद विषय रहेको अध्यक्ष एडवाडर्सले बताए। विगतका चूनावहरूमा भाजपाको शीर्ष नेतृत्वहरूले पहाडबासी गोर्खाहरूलाई ठूल्ठूला सपनाहरू देखाएका थिए।पहाड तराई डुवर्सको समस्यालाई स्थायी राजनैतिक समाधान गर्ने,गोर्खा समुदायको 11 जात गोष्ठीहरूलाई जन जातिमा सामेल गर्ने,चिया श्रमिकहरूको निम्ति मिनिमम वेजेस पारित गर्ने आदि जस्ता भाजपाको शीर्ष नेतृत्वहरूले आफ्नो संकल्प पत्रमा लिखित वाचा समेत गरेका थिए।केन्द्रमा भाजपाले 10 बर्ष बहुमतको सरकार गठन गरी सकेको छ तर यतिका बर्षहरू विति सक्दा पनि पहाड तराई डुवर्सबासीहरूले न्याय नपाउँनु,गोर्खा हरूसंग थुप्रै वाचाहरू गरेका थिए तर ती वाचा पूरा नगर्नु भनेको पहाड तराई डुवर्सबासीहरूसंग संगै गोर्खा हरूसंग विश्वासघात गर्नु हो अध्यक्ष एडवाडर्सले भने। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले 2007 मा केन्द्रमा रहेको तत्कालिन काग्रेस गठबन्धन सरकारले छैटौ अनुसूचिको वील स्मरण गरयो।भारतीय जनता पार्टीले पहाड तराई डुवर्स एंव गोर्खाहरूको दीर्धकालिन समस्या हरूलाई समाधान गर्ने आशा र भरोसाहरू देखाए,त्यही अनुरूप 2009 को लोकसभा चूनावदेखि पहाडबासी गोर्खाहरूले भारतीय जनता पार्टीलाई समर्थन जनाउँदै संसद दिन्दै आएको छ।तीन तीनवटा संसद दिई सक्दा पनि भाजपाले आफ्नो वाचा पूरा गरेको छैन,केवल झूठो आश्वसन मात्र दिन्दै आई रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताए।