12/01/2025
इण्डियन गोर्खा जनशक्ति फ्रण्ड
केन्द्रीय कार्यलय दार्जीलिङ
प्रेस विज्ञाप्ति 14 जनवरी 2025
"इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,मा समर्थन जनाउँनेहरूको घुइचो"।
"खरसाङको 154 परिवारहरूले समाए आईजीजेएफको झण्डा।
इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,मा समर्थन जनाउँनेहरूको घुइचो।खरसाङ बजारको गोर्खा जन पुस्तकालय,मा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,को सभा सम्पन्न भयो।आयोजित सभामा इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,को संयोजक अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै आईजीजेएमको बरिष्ठ कार्यकर्ता एंव जीटीए सभाको पूर्व अध्यक्ष प्रदीप प्रधान आदि उपस्थित रहेका थिए। सभामा खरसाङ नगरपालिका क्षेत्रका धेरैवटा वार्डहरू बाट 65 परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,माथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाए। त्यसरी नै खरसाङ सिपाही धूराबाट 26 परिवार,मालटारबाट 13 परिवार,मार्गेहोपबाट 13,बलबम बस्ती, गौरी शंकर,रंगबुल,धोतरिया मुण्डा कोठीबाट 25 परिवार साथै खरसाङ महकुमा अन्तर्गत मंग्पूबाट 12 परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,माथि आस्था र भरोसा राख्दै पार्टीमा सामेल भए।यी समर्थकहरूलाई प्रदीप प्रधान,एल्फ्रेड तामाङले आईजीजेएफमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सोम्पिए।दार्जीलिङ पहाडमा धेरैवटा राजनैतिक पार्टीहरू छन तर कुनै पनि राजनैतिक दल स्वतन्त्र छैनन।कसै को कोलकतामा मालिक छन भने,कसैको दिल्लीमा,त्यसैकारण पहाडको कुनै पनि राजनैतिक दलहरूको नेतृत्वहरूले स्वतन्त्र भएर गोर्खा जाति र पहाडको हितमा काम गर्न सक्दैन,पहाड र गोर्खा जातिको बारेमा बोल्न परेको खण्डमा उनीहरूले कोलकता अथवा दिल्लीको अनुमति लिनु पर्नेछ तर इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,मा यस्तो पार्टी हो जसले गोर्खा जातिको हक र अधिकार साथै पहाड तराई डुवर्सको हितमा निर्डरसंग बोल्न सक्छ अनि काम गर्न सक्छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्ड गोर्खाहरूको जातिया मुद्वालाई फते गर्न जन्मेको पार्टी हो।त्यसैले गोर्खा जातिको मुद्वालाई प्राथमिकताको साथ राख्ने गरेको छ। पहाड तराई डुवर्स एंव गोर्खाहरूको मुद्वा बारे इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,ले कसैसंग सम्झौता गर्न सक्दैन।पिता पूर्खाले सिचेको भूभाग बारे आईजीजेएफले कसैसंग सम्झौता गर्न सक्दैन।इण्डियन गोर्खा जनशक्ति फ्रण्ड,मा सामेल भएका समर्थकहरूले खरसाङ बजारमा मौन जुलुस पनि निकाल्यो।