MILAN MORE - Darjeeling

MILAN MORE - Darjeeling Local Upadets News, Event & Others
(1)

युवाहरूलाई प्रयोग होइन, अवसर प्रदान गर्नुपर्छ - अनुप गदाल अनुप गदालले विभिन्न राजनीतिक दलहरूले युवाहरूलाई केवल राजनीतिक ...
19/08/2026

युवाहरूलाई प्रयोग होइन, अवसर प्रदान गर्नुपर्छ - अनुप गदाल

अनुप गदालले विभिन्न राजनीतिक दलहरूले युवाहरूलाई केवल राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने परिपाटीको कडा शब्दमा आलोचना गरेका छन्। हालसम्म राजनीतिक दलहरूले युवाहरूको भविष्यसँग खेलबाड गर्दै उनीहरूलाई धुपौरे, चम्चे र झोलेका रूपमा मात्र सीमित राखेको दाबी गर्दै उनले अब यो प्रथा अन्त्य हुनुपर्ने बताएका छन्।
​गदालका अनुसार युवाहरूको भविष्यमाथि खेलबाड गर्ने कसैको पनि भलो हुँदैन। त्यसैले अब युवाहरूलाई केवल राजनीतिक 'झोले' सम्झेर प्रयोग गर्नुभन्दा पनि हरेक क्षेत्रमा उपयुक्त अवसर प्रदान गर्नुपर्छ। युवाहरूको विवेक र शक्तिको सही सदुपयोग गर्न सकेको खण्डमा मात्र देश, राज्य र समाजको समग्र विकास सम्भव हुने उनको तर्क छ।
​वर्तमान समयका युवाहरू सबै क्षेत्रमा दक्ष र सक्षम रहेको उल्लेख गर्दै गदालले उनीहरूलाई सही ठाउँमा परिचालन गर्दा असल समाजको निर्माणमा ठूलो सहयोग पुग्ने बताए। तर, युवाहरूलाई तुच्छ सम्झेर झण्डा बोक्ने र स्वार्थको राजनीतिमा मात्र सीमित राखिए उनीहरूले आफ्नो दक्षता देखाउने अवसर नपाउने र त्यसको प्रत्यक्ष क्षति समाजले नै व्यहोर्नुपर्ने चेतावनी दिएका छन्।
​"नेताहरूले युवाहरूलाई आफ्नो राजनीतिक रोटी सेक्ने गोटी मात्र बनाइरहने?" भनी प्रश्न गर्दै उनले युवाहरूलाई गलत मार्गनिर्देशन गरिए सिङ्गो समाज नै विथोलिने खतरा औंल्याएका छन्। समय बलवान रहेको र आजको युग युवाहरूकै भएकाले हरेक क्षेत्रमा उनीहरूलाई निष्पक्ष र उचित अवसर दिइनुपर्नेमा गदालले विशेष जोड दिएका छन्। तिनले लागू पदार्थ,मद मदिराको लतमा फसेका युवाहरूलाई कुलतबाट निकाल्ने कार्यमा सबैले कार्य गर्नुपर्ने विषयमा जोड दिदै कुलतमा फसेका युवाहरूलाई कुलतको दलदलबाट निकालेर उनीहरूलाई मूलधारामा बगाँउन आवश्यक रहेको छ।यस बिषयमा अब सबै लागि पर्नु पर्छ भने।

19/08/2026

सिलगुढीको प्रधाननगर क्षेत्रमा अवैध निर्माणलाई लिएर चल्यो सिलिगुडी नगर निगमको बुल्डोजर।

सरकारी बोर्ड लागेको गाडीबाट १५ ग्राम ब्राउन सुगर बरामद, अधिकारी फरारगोप्य सूचनाका आधारमा गोरुबथान थाना पुलिसले पानडाडा क...
19/08/2026

सरकारी बोर्ड लागेको गाडीबाट १५ ग्राम ब्राउन सुगर बरामद, अधिकारी फरार

गोप्य सूचनाका आधारमा गोरुबथान थाना पुलिसले पानडाडा क्षेत्रमा नाका चेकिङका क्रममा सरकारी बोर्ड लागेको एउटा गाडीबाट १५ ग्राम ब्राउन सुगर बरामद गरेको छ।

प्राप्त जानकारीअनुसार, अल्डरगढा इन्जिनियरिङ डाइरेक्टोरेट (AED) को सरकारी बोर्ड लागेको गाडीमा ब्राउन सुगर लिएर एक जुनियर इन्जिनियर अल्डरगढातर्फ जाँदै गरेको सूचना पुलिसले पाएको थियो। त्यसपछि पानडाडा क्षेत्रमा नाका चेकिङ सुरु गरिएको थियो।

उक्त गाडीलाई रोकेर तलासी लिने क्रममा १५ ग्राम ब्राउन सुगर बरामद भएको पुलिस स्रोतले जनाएको छ। तलासी प्रक्रिया चलिरहेकै बेला गाडीमा सवार एल्बर्ट राई ले अचानक गाडीबाट हाम फालेर नजिकैको जंगलतर्फ भागेको बताइएको छ।
पुलिसले जंगलमा खोजी अभियान चलाए पनि फरार अधिकारीलाई फेला पार्न सकेन। उनको खोजी कार्य जारी रहेको छ।

घटनामा गाडीमा सवार एल्बर्ट राईकी श्रीमतीलाई पुलिसले नियन्त्रणमा लिएको छ भने गाडीसमेत आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

गोरुबथान थाना प्रभारी शरण सार्कीले एल्बर्ट राईको गाडीबाट ब्राउन सुगर बरामद भएको र उनकी श्रीमतीलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।

18/08/2026

अग्निवीर दावा वाङ्गेल तामाङको प्रशिक्षणको क्रममा असामयिक निधन।

तक्दाह छाउनीअन्तर्गत ढुंगे डाँडा निवासी दावा वाङ्गेल तामाङको भारतीय सेनामा अग्निवीरका रूपमा सेवा गर्ने क्रममा असामयिक निधन भएको छ। उनको निधनको खबरले परिवार, आफन्तजन, साथीभाइ तथा समग्र गाउँमा शोकको वातावरण छाएको छ।

९ सेप्टेम्बर २००३ मा जन्मिएका दावा वाङ्गेल तामाङ गत १८ नोभेम्बर २०२४ मा अग्निवीर भर्तीमार्फत भारतीय सेनामा प्रवेश गरेका थिए। भर्ती भएपछि उनले उत्तर प्रदेशको सहजहानपुरमा सेवा गरिरहेका थिए। हाल प्रशिक्षणका क्रममा पुनामा उनको असामयिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय तामाङका पिता उमेश तामाङ, आमा शर्मिला तामाङ र दिदी सञ्जना तामाङ रहेका छन्। परिवारका लागि छोराको असामयिक निधन अत्यन्तै पीडादायी बनेको छ।

उनको अन्तिम संस्कार तथा श्रद्धाञ्जली कार्यक्रम मंगलबार सम्पन्न गरिएको छ। शोकसन्तप्त परिवार प्रति उनका साथीभाइ, आफन्तजन, गाउँवासी तथा शुभचिन्तकहरूलाई उपस्थित भई दिवंगत आत्माप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरि अन्तिम विदाई गरेका छन्।

🙏🌹🙏

18/08/2026

सिलगडीको सालुगडामा ब्राउन सुगरसहित दम्पती पक्राउ

सिलगडी, १८ अगस्ट: नार्कोटिक्स कन्ट्रोल ब्युरो (NCB) को सिलिगुडी युनिटले मंगलबार सालुगडा क्षेत्रमा कारबाही गर्दै ब्राउन सुगरसहित एक दम्पतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा निशा राई र उनका पति छुतेन भुटिया रहेका छन्। उनीहरूबाट ₹७१ हजार नगद र कालो थार गाडी समेत बरामद गरिएको NCB स्रोतले जनाएको छ।

NCB का अनुसार, दुवै जना सिलगडीबाट सिक्किमतर्फ ब्राउन सुगर लैजाने तथा त्यसलाई बिक्री–वितरण गर्ने कार्यमा संलग्न रहेको आशंका गरिएको थियो। उनीहरूको गतिविधिमाथि केही समयदेखि निगरानी भइरहेको बताइएको छ।

विशेष सूचनाका आधारमा NCB टोलीले भक्तिनगर पुलिसको सहयोगमा सालुगडास्थित आर्मी क्याम्प नजिकै अभियान सञ्चालन गरेको थियो। शंकास्पद अवस्थामा एउटा थार गाडी रोकेर जाँच गर्दा गाडीको बोनटभित्र बनाइएको गोप्य स्थानबाट ब्राउन सुगर बरामद भएको बताइएको छ।

त्यसपछि निशा राईको झोला जाँच गर्दा ₹७१ हजार नगद फेला परेको थियो।
NCB ले दुवै जनालाई लागूऔषध कारोबारसम्बन्धी आरोपमा पक्राउ गरी ब्राउन सुगर, नगद र गाडी नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई NDPS ऐनअन्तर्गत बुधबार सिलगडी अदालतमा पेश गरिने बताइएको छ।

18/08/2026

मिलनमोड क्षेत्रमा फोहोरको आतंक, जिम्मेवार को?सफा अभियान एकातिर, फोहोर फाल्नेहरू अर्कोतिर!बोराका बोरा फोहोर कसले फाल्यो? छानबिन होस्

सालुगडामा थार रोकेर कारबाही, दम्पती पक्राउसिलगढीबाट सिक्किमतर्फ जाँदै गरेको एउटा थार गाडीलाई सालुगडामा रोकेर एनसीबी टोली...
18/08/2026

सालुगडामा थार रोकेर कारबाही, दम्पती पक्राउ

सिलगढीबाट सिक्किमतर्फ जाँदै गरेको एउटा थार गाडीलाई सालुगडामा रोकेर एनसीबी टोलीले कारबाही सुरु गरेको थियो गाडीमा सवार सिक्किमका एक दम्पतीलाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट ब्राउन सुगर तथा नगद रकम बरामद गरिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

18/08/2026

VIRAL VIDEO : मुंग्पु रोडस्थित बिच कमानमा दुईवटा बच्चासहित चितुवा देखियो — तीमध्ये एउटा दुर्लभ कालो चितुवाको बच्चा रहेको देखिएको थियो

18/08/2026

🌱 Viksit Bharat–G Ramji Scheme
100 saplings planted in Champasari Gram Panchayat area.
चम्पासरी ग्राम पञ्चायत क्षेत्रमा विकसित भारत–जी रामजी योजनाअन्तर्गत १०० वटा बिरुवा रोपण।

17/08/2026

मिलनमोडस्थित चम्पासरी मेनरोडमा Golden Tulips Inn को भव्य उद्घाटन समारोह । 🎉🏨

Address

Siliguri

Telephone

+919732024446

Website

Alerts

Be the first to know and let us send you an email when MILAN MORE - Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MILAN MORE - Darjeeling:

Shortcuts

Share