23/11/2025
साई बाबा एक दिव्य ज्योति, एक करुणामय आध्यात्मिक शक्तिका रूपमा विश्वभर श्रद्धा र भक्ति सहित पूजिनुहुन्छ। शिर्डीका सन्त साई बाबाले मानव जातिलाई श्रद्धा र सबुरी — विश्वास र धैर्य — को अमर उपदेश दिँदै धर्मको साँचो अर्थ मानवसेवा र सत्य मार्गमा चल्नु हो भन्ने ज्ञान प्रदान गर्नुभयो।
उनको सरल जीवन, उदात्त विचार र निष्काम सेवा–भावले भक्तजनका मनमा दया, करुणा र समर्पणको भावना जागृत गर्छ। साई बाबा सदैव सबै धर्मको सम्मान गर्न सिकाइदिनुहुन्छ र हिन्दू–मुस्लिम एकता, प्रेम, शान्ति र भाइचारालाई आफ्नो प्रमुख शिक्षाको रूपमा स्थापित गर्नुभयो।
भक्तहरूले साई बाबालाई सर्वव्यापी दैवी शक्ति, दुःख–क्लेश हटाउने जगद्गुरु र कल्याणमार्गका प्रकाश–स्तम्भका रूपमा मान्दछन्। उनको नाम स्मरण मात्रले पनि मनमा शान्ति, विश्वास र सकारात्मक उर्जा उत्पन्न हुने विश्वास गरिन्छ।
अन्त्तमा साइ बाबा जन्म जयन्तीको सम्पुर्णमा सुभकामना।