Kanchanjunga Times

Kanchanjunga Times Kanchanjunga Times - Your trusted news source! Stay informed with the latest updates and news from around the region!
(1)

06/09/2026

२००२ को विश्वकप विजेता ब्राजिलका कप्तान काफुलाई दार्जिलिङको लेबोङ खेल मैदानमा भव्य स्वागत गरिएको छ। उनी दार्जिलिङ शहरबाट लगभग 10 किलोमिटर टाढा आर्य चिया बगानमा प्रस्तावित सिद्रा हिल्स स्पोर्ट्स एण्ड वेलनेस रिसोर्टको शिलान्यास गर्न आएका थिए।

06/09/2026

सोनादा स्कटस् मिसन प्राथमिक पाठशालाद्वारा शिक्षाक दिवस साथै विधा ई समारोह

06/09/2026

Brazilian football legend Cafu at Gorkha stadium lebong

05/09/2026

सोनादा ग्रामीण पुस्तकालयमा सोनादा क्षेत्र अवकाशप्राप्त शिक्षक समाजद्वारा शिक्षाक दिवस एवं ज्येष्ठ अवकाशप्राप्त शिक्षक सम्मान समारोह

05/09/2026

नयाँ पार्टी निर्माण समितीको " कालेबुङमा गोर्खाल्यान्ड संकल्प र्‍याली ।
आगामी 13 सेप्टेम्बरको दिन नयाँ पार्टी निर्माण समतिले दार्जिलिङमा नयाँ राजनैतिक दलको घोषणा गर्ने।

04/09/2026

सोनादा उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित अन्तर श्रेणी लात्ते भकुण्डो प्रतियोगिताको फाइनल खेल शुक्रबार भलुटार खेल मैदानमा सम्पन्न भयो।

03/09/2026

साउथफिल्ड कलेज, दार्जिलिङका सहायक प्राध्यापक विवेक मिश्रलाई शिक्षा, शैक्षिक समृद्धि तथा नवीन सिकाइका क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप भारतीय इन्स्टिच्युट अफ् लिगल स्टडिज, सिलगढीद्वारा ‘इनोभेटिभ एजुकेटर अवार्ड 2026’ बाट सम्मानित गरिएको छ।

03/09/2026

हार्दिक निमन्त्रणा

संकट मोचन विनायक गणेश मन्दिर कमिटी रंगबुलको आयोजनामा यस वर्षको पावन श्री गणेश चतुर्थी पूजा आगामी 14 सेप्टेम्बरसोमबारदेखि 25 सेप्टेम्बर शुक्रबारसम्म मन्दिर परिसरमा आयोजना गरिने भएको छ। यस विषयमा आयोजक समितिको तर्फबाट जानकारी गराइए अनुसार भक्तजन श्रद्धालु तथा भगवान श्री गणेशप्रति आस्था र विश्वास राख्ने सबै महानुभावहरूलाई श्रद्धा,भक्तिभाव, धार्मिक आस्था तथा उत्साहका साथ विविध पूजा-अर्चना र धार्मिक कार्यक्रमहरू सहित भव्य रूपमा सञ्चालन गरिने जानकारी गराइएको छ।भगवान श्री गणेशलाई विघ्नहर्ता, बुद्धि, समृद्धि, सुख, शान्ति तथा सौभाग्यका देवताका रूपमा श्रद्धापूर्वक पूजा गरिने यस पावन अवसरमा सम्पूर्ण भक्तजनलाई मन्दिरमा उपस्थित भई भगवान श्री गणेशको दर्शन, पूजा-अर्चना, प्रार्थना तथा धार्मिक कार्यक्रमहरूमा सहभागी भएर यस पवित्र उत्सवलाई अझ भक्तिमय, आध्यात्मिक र भव्य बनाउन हार्दिक अनुरोध आयोजक समितिको तर्फबाट गरिएको छ। यसको साथै यस पावन धार्मिक उत्सवलाई सफल,व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि सम्पूर्ण सेल्फ हेल्प ग्रुपका सदस्यहरू, स्वयंसेवकहरू, समाजका सदस्यहरू, विभिन्न क्लबहरू, सामाजिक संघ-संस्थाहरू, शुभचिन्तकहरूलाई आफ्नो बहुमूल्य समय, सहयोग, सेवा, उपस्थिति तथा सकारात्मक योगदान प्रदान गरी मन्दिर समितिसँग हातेमालो गर्न हार्दिक अपिल आयोजक समितिको तर्फबाट गरिएको छ।

02/09/2026

जल जीवन मिशन योजनामा घोटाला भएको गोर्खा जन मुक्ति मोर्चाका प्रवक्ता बिनिता रोकाले आरोप लगाएकी छन्।

"संवैधानिक समाधानमा तराई, डुवर्स छुटाउन नहुने मागसहित डुवर्स स्टेरिङ कमिटीको नेतृत्वद्वारा बिमल गुरुङसँग भेटवार्ता" दार्...
02/09/2026

"संवैधानिक समाधानमा तराई, डुवर्स छुटाउन नहुने मागसहित डुवर्स स्टेरिङ कमिटीको नेतृत्वद्वारा बिमल गुरुङसँग भेटवार्ता"


दार्जिलिङ पहाड, तराई तथा डुवर्सलाई समेटेर भविष्यमा भारत सरकारले कुनै पनि संवैधानिक राजनीतिक समाधानको मार्ग अघि बढाएमा तराई, डुवर्सका क्षेत्रहरू कुनै पनि हालतमा छुटाउन नहुने मागसहित डुवर्स स्टेरिङ कमिटीका नेतृत्वहरूले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङसँग भेटवार्ता गरेका छन्। सिहमारीस्थित गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय पार्टी कार्यालयमा भएको भेटवार्ताका क्रममा डुवर्स क्षेत्रको राजनीतिक, सामाजिक तथा भौगोलिक सरोकारका विषयमा विस्तृत छलफल भएको थियो।

डुवर्स स्टेरिङ कमिटीका नेतृत्वहरूले दार्जिलिङको दीर्घ राजनीतिक इतिहासमा तराई, डुवर्सका जनताको अधिकार, अस्तित्व र भविष्यप्रति निरन्तर चिन्ता व्यक्त गर्दै आएको नेतृत्वका रूपमा गोर्खा जनमुक्ति मोर्चा र अध्यक्ष बिमल गुरुङको भूमिकालाई महत्वपूर्ण रहेको बताएका थिए। उनीहरूले भविष्यमा केन्द्र सरकारबाट कुनै पनि संवैधानिक समाधानको प्रक्रिया अघि बढ्दा तराई र डुवर्सका भूभाग तथा जनताको राजनीतिक आकांक्षालाई अनिवार्य रूपमा समेटिनुपर्नेमा जोड दिएका छन्। डुवर्स स्टेरिङ कमिटीमा डुवर्स क्षेत्रका विभिन्न जातगोष्ठी तथा समुदायका प्रतिनिधि, नेतृत्वहरू सहभागी रहेका छन्। समितिमा गोर्खा, बङ्गाली, बिहारी, आदिवासी, टोटो, मेचे, काम्तापुरी लगायत विभिन्न समुदायका नेतृत्वहरू समेटिएका छन्। यसले डुवर्स क्षेत्रको साझा राजनीतिक तथा सामाजिक सरोकारलाई प्रतिनिधित्व गर्दै आएको बताइएको छ।

यसैबीच, भारत सरकारद्वारा नियुक्त इन्टरलोक्युटरसँग डुवर्स स्टेरिङ कमिटीका प्रतिनिधिहरूबीच भएको भेटवार्ताको पहलमा समेत गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको महत्वपूर्ण भूमिका रहेको स्मरण गरिएको छ। भेटवार्तामा सहभागी डुवर्स स्टेरिङ कमिटीका नेतृत्वहरूले आगामी दिनमा हुने कुनै पनि राजनीतिक संवाद तथा संवैधानिक समाधानको प्रक्रियामा दार्जिलिङ पहाडसँगै तराई र डुवर्सलाई पनि समान रूपमा समेटिनुपर्ने स्पष्ट धारणा राखेका छन्।

Address

T. N Road
Sonada
734209

Telephone

+917797927146

Website

Alerts

Be the first to know and let us send you an email when Kanchanjunga Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share