23/09/2025
आँखाभित्रको दृष्टि भन्दा आत्मा र मानसिकताको दृष्टि अझ तेजस्वी हुन्छ।
यहाँहरूको कम्ति मैलाको शुल्कमा भए पनि ग्राम पञ्चायतले कुनै सुरतमा मैला उठाउने जिम्वेवारी समयमै निर्वहन गर्दै आइरहेको छ।
ब्ल्याक स्पटलाई सुन्दरीकरणमा परिणत गर्ने उद्देश्य लिएर जीपीयु-ले पूर्ण समर्पण अनि कटिबद्ध रूपमा आममानिसहरूले फोहोर गर्ने जग्गालाई सुन्दरीकरण गर्ने काम गर्दै आइरहेको छ। तर पनि, कहीँ न कतै हामी हाम्रो मङ्गलबारेलाई सफा र स्वच्छ राख्नबाट विफल बनिरहेका छौँ।
हाम्रो मङ्गलबारेलाई सफा राख्न जूम र जोरथाङबाट कोही आउने छैन साथै मङ्गलबारेको स्वच्छतालाई धमिल्याउन कोही टाढ़ाका मान्छे यहाँ आउँदैनन्। जबसम्म हामी मानसिक रूपमा सचेत हुँदैनौँ तबसम्म हामी विकसित र उन्नत बन्न सक्दैनौँ। सुनेको थिएँ- कल्पना नभएको मान्छे अन्धो हुन्छ। मङ्गलबारेको भविष्य देख्नेले यतिको निच काम गर्न कदापि सक्दैन। हामी हाम्रो मङ्गलबारेसँग सरोकार राखेर कहिले मङ्गलबारेको स्वर्णिम भोलिको परिकल्पना गर्ने? के हामी मङ्गलबारेकै हौँ त? गम्भिरतापूर्वक घोरिएर सोचौँ। कसिङ्गर मङ्गलबारे राख्ने कि श्रृङ्गार मङ्गलबारे? त्यो तपाई र मेरो हातमा छ महोदय/महोदया।
नत्र सबै प्राणीहरू स्वर्ग जाँदा सुँगुर मात्र एक्लो रहे जस्तो हामी पनि रहनुपर्ने हो कि?
-बिनोद तामाङ
पीडीए ताकुथाङ-छुचेन