ALL Assam Gurung tamu association

ALL Assam Gurung tamu association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ALL Assam Gurung tamu association, Social Media Agency, Margherita, Tinsukia.

आउँदो २९ र ३० डिसेम्बर २०२५ मा गुरुङ समुदायको महान सांस्कृतिक पर्वतमू (गुरुङ) लोछार भव्य रूपमा आयोजना गरिने भएको छ।यस वर...
30/11/2025

आउँदो २९ र ३० डिसेम्बर २०२५ मा गुरुङ समुदायको महान सांस्कृतिक पर्व
तमू (गुरुङ) लोछार भव्य रूपमा आयोजना गरिने भएको छ।

यस वर्षको लोछार कार्यक्रम अखिल असम गुरुङ तमू संघ केन्द्रीय समितिको सौजन्यमार तिनसुकिया जिल्ला समितिको उद्योगमा पेग्री–बरदुस्मा अञ्चलिक समिति
तथा सबै शाखा समितिहरूको सक्रिय सहयोगमा तिनसुकिया जिल्लाको Digboi–Pegree स्थित डिब्रुजान मैदानमा आयोजन हुनेछ

आयोजक समितिले सम्पूर्ण तमू (गुरुङ) परिवार, दाजुभाइ–दिदीबहिनी,
युवा तथा शुभेच्छुकहरूलाई सहभागिताका लागिहार्दिक निमन्त्रण गरेको छ।

तमू (गुरुङ) समुदायले लोछारलाई
नयाँ वर्षको स्वागत र पुरानो वर्षलाई बिदाइ गर्ने सांस्कृतिक–धार्मिक पर्वका रूपमा मनाउँछन्।

“लो” को अर्थ वर्ष र “छार” को अर्थ नयाँ भएकोले
लोछार = नयाँ वर्ष हो।
यो पर्वले
पूर्व–पुरुषको परम्परा,
संस्कृति, भाषा, भेषभूषा,
परिवार र समुदायको एकता
लाई सम्मानपूर्वक उजागर गर्छ।
सामूहिक भेला, पूजा, सेलो–रोडि, सांस्कृतिक नृत्य,
भेषभूषाको प्रदर्शन र शुभकामना आदान–प्रदान
यस पर्वका मुख्य विशेषताहरू हुन्।

सुनिल गुरुङज्यू – समाजसेवा र साहित्यको उज्यालो नाम असमको तिनसुकिया जिल्लाको मार्घेरिटा उप–जिल्ला अन्तर्गतको हरियालीले सज...
12/09/2025

सुनिल गुरुङज्यू –
समाजसेवा र साहित्यको उज्यालो नाम

असमको तिनसुकिया जिल्लाको मार्घेरिटा उप–जिल्ला अन्तर्गतको हरियालीले सजिएको Borgolai गाउँमा आज एउटा विशेष दिन आएको छ। यो दिन हो अखिल आसाम गुरुङ तमू सङ्ग केन्द्रीय समितिका सभापति, वरिष्ठ पत्रकार, समाजसेवक तथा बुद्धिजीवी श्रीमान् सुनिल गुरुङज्यूको जन्मदिन।

बाल्यकालदेखि नै अध्ययनशील, लगनशील र जिज्ञासु स्वभावका कारण उहाँ समाजमा फरक पहिचान बनाउन सफल हुनुभयो। पत्रकारितामा कलम चलाउँदै असंख्य सामाजिक मुद्दाहरू उजागर गर्नुभएको छ। यही कारण उहाँलाई “प्राप्तन वरिष्ठ पत्रकार” भनेर आदरका साथ सम्झिन्छन्।

तर उहाँको योगदान त्यत्तिमै सीमित छैन। उहाँ असम साहित्य सभासँग पनि गहिरो रूपमा जडित रहनुभएको छ। साहित्यिक गतिविधिहरू, बहस–संवाद, र सांस्कृतिक कार्यक्रमहरूमा उहाँको सहभागिता समाजलाई बौद्धिक दृष्टिले बलियो बनाउन प्रेरणा बनेको छ।

गुरुङ समाजका लागि उहाँको सक्रियता अझै गहिरो छ। सभापतिको हैसियतले उहाँले युवा पुस्तामा संस्कृति, भाषा र परम्पराको चेतना जागृत गर्नुभएको छ। उहाँको नेतृत्वमा अखिल आसाम गुरुङ तमू सङ्गले असमभरि धेरै उल्लेखनीय कामहरू गरेको छ।

आज उहाँको जन्मदिनमा, Borgolai मात्र होइन, सम्पूर्ण असम र पूर्वोत्तर भारतका गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरू गौरवले भरिएका छन्। शुभकामना संदेशहरू फेसबुक, फोन र प्रत्यक्ष भेटमार्फत ओइरिएका छन्। सबैको स्वर एउटै छ –

“सुनिल गुरुङज्यू, तपाईं दीर्घायु हुनुहोस्, स्वस्थ रहनुहोस्, र अझ धेरै वर्षसम्म समाजसेवा र साहित्यमा प्रकाश फैलाइरहनुहोस्।”

नन्दा कुमारी गुरुङ : एक जीवन, जसले समाजलाई बाँध्योअसम र अरुणाचल प्रदेशको सीमावर्ती ९ माइल, जागुन। पहाडी हावा र चिया बगान...
13/08/2025

नन्दा कुमारी गुरुङ : एक जीवन, जसले समाजलाई बाँध्यो

असम र अरुणाचल प्रदेशको सीमावर्ती ९ माइल, जागुन। पहाडी हावा र चिया बगानको सुगन्धले भरिएको यो गाउँ अहिले असामान्य रूपमा मौन छ। कारण—गाउँको आत्मा जस्तै मानिने श्रीमती नन्दा कुमारी गुरुङको बिदाइ।

२० फेब्रुअरी १९४८ मा मिजोराममा जन्मनुभएकी उहाँ बाल्यकालदेखि नै दयालु र सहयोगी स्वभावकी थिइन्। विवाहपछि जागुन आइपुग्दा उहाँ केवल आफ्नो परिवारको मात्र होइन, गाउँको पनि अभिन्न हिस्सा बन्नुभयो।

कुनै सामाजिक कार्यक्रम होस्, चाडपर्व होस् वा कठिन परिस्थिति—नन्दा दिदीलाई बोलाउनुपर्ने आवश्यक नै पर्दैनथ्यो। उहाँ आफैं सक्रिय भएर उपस्थित हुन्थिन्, मुस्कानसहित। कुनैको घरमा दु:ख परेमा सहारा बन्नु, बालबालिकालाई पढाइमा उत्साहित गर्नु, अनि गाउँको मेलामा मिठो चिया बनाएर सबैलाई खुवाउनु—यी सबै उहाँको स्वभावका अंश मात्र थिए।

तर १ अगस्ट २०२५ को बिहान, खबर आयो—
"नन्दा कुमारी गुरुङ अब हामीसँग रहनु भएन।"
यो सुनेपछि गाउँभर आँसु र अविश्वास फैलियो।

आज, १३ अगस्ट २०२५, उहाँको १३ दिने पूण्यतिथि सम्पन्न भयो। गाउँको सामुदायिक भवनमा परिवार, आफन्त, छिमेकी र समाजका सबै तहका मानिसहरू भेला भएका थिए। सबैको आँखामा अश्रु थियो, तर मुखमा उहाँका स्मृतिहरूको उज्यालो झल्किरहेको थियो।

अखिल असम गुरुङ तमु संघ, तिनसुकिया जिल्ला समितिका प्रतिनिधिहरूले उहाँको तस्वीरमा फूलमाला अर्पण गर्दै भने—
"नन्दा दिदी हाम्रो समाजको गर्व हुनुहुन्थ्यो। उहाँको माया, सेवा र त्याग हामीलाई सधैं सम्झाइरहनेछ।"

आज ९ माइल जागुनको हावा अलिकति भारी छ, तर त्यही हावामा उहाँको माया र आशीर्वाद पनि मिसिएको छ—जो यो गाउँलाई सधैं एकतामा बाँधिरहनेछ।

ALL Assam Gurung tamu association

गोर्खा समाजको गौरव – डा. सुश्री ज्योति गुरुङज्यूलाई हार्दिक बधाई!असम र अरुणाचल प्रदेशको सीमावर्ती क्षेत्र, शदियास्थित ७ ...
19/06/2025

गोर्खा समाजको गौरव – डा. सुश्री ज्योति गुरुङज्यूलाई हार्दिक बधाई!

असम र अरुणाचल प्रदेशको सीमावर्ती क्षेत्र, शदियास्थित ७ नम्बर शान्तिपुर बजालगाउँ चाँदमारी निवासी, पिता श्री चित्राबहादुर गुरुङ र माता श्रीमती मञ्जु गुरुङकी सुपुत्री, गोर्खा समुदायकी प्रतिभाशाली छोरी डा. सुश्री ज्योति गुरुङज्यूले Uzhhorod National University, Ukraine बाट शैक्षिक सत्र 2024–2025 मा MBBS डिग्री सफलतापूर्वक हासिल गर्नुभएको छ।

उहाँको यो ऐतिहासिक सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण गोर्खा समाजको गौरवको विषय हो। डा. गुरुङज्यूको कठोर परिश्रम, अटल संकल्प र निरन्तर लगनशीलताले आज हाम्रो समुदायको शिर गर्वले उचो बनाएको छ।

उहाँको यस महत्वपूर्ण उपलब्धिमा हर्षित हुँदै स्थानीय गाउँ समाजले हार्दिक शुभकामना एवं सम्मान प्रदान गरेको छ।

यस अवसरमा अखिल असम गुरुङ (तमू) संघ परिवारको तर्फबाट पनि डा. सुश्री ज्योति गुरुङज्यूलाई हार्दिक बधाई, उत्तरोत्तर सफलता, उज्ज्वल भविष्य र दीर्घ सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दछौं।

हाम्रो शान – गोर्खा छोरी, हाम्रो गौरव – डा. सुश्री ज्योति गुरुङ!

ALL Assam Gurung tamu association

श्री सुरज गुरुङलाई बधाई तथा शुभकामनावाराणसीस्थित ३९ गोरखा तालिम केन्द्रमा ३१ हप्ते कठोर तालिम सफलतापूर्वक सम्पन्न गरी १९...
05/06/2025

श्री सुरज गुरुङलाई बधाई तथा शुभकामना

वाराणसीस्थित ३९ गोरखा तालिम केन्द्रमा ३१ हप्ते कठोर तालिम सफलतापूर्वक सम्पन्न गरी १९७ जना अग्निवीर जवानहरूले हालै शपथ ग्रहण गर्नुभएकोमा हामी सम्पूर्ण अग्निवीरहरूलाई शुभकामना व्यक्त गर्दछौं।

उक्त अग्निवीरहरू मध्येको एक, असमको उदलगुरी जिल्लाका निवासी श्री जितबहादुर गुरुङ र श्रीमती विष्णुमाया गुरुङका सुपुत्र श्री सुरज गुरुङज्यूले गोर्खा रेजिमेन्टमा कार्यभार सम्हाल्ने शपथ लिनुभएको खबरले सम्पूर्ण तमू समुदायलाई गर्वित तुल्याएको छ।

उहाँ अग्निवीर 005 ब्याचअन्तर्गत २६ अक्टोबर २०२४ देखि २०२५ सम्म तालिममा सहभागी हुनुभएको थियो। उल्लेखनीय कुरा के छ भने, उत्कृष्ट प्रदर्शनका लागि श्री सुरज गुरुङज्यूलाई Second All Round Best M.K. Lahari Medal प्रदान गरिएको छ, जुन सम्पूर्ण ब्याचको लागि एक विशेष गौरवको विषय हो।

उहाँको यस सफलता र समर्पणप्रति अखिल आसाम गुरुङ (तमू) संघ हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गर्दछ। समाजसेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका श्री सुरज गुरुङज्यूको यो उपलब्धि सम्पूर्ण तमू समाजको गौरव हो।

हामी उहाँका आमाबुबा श्री जितबहादुर गुरुङ र श्रीमती विष्णुमाया गुरुङप्रति पनि सम्मान व्यक्त गर्दै उहाँहरूको योगदानलाई नमन गर्दछौं।

जय तमू। जय भारत।

-ALL Assam Gurung tamu association

आज घोषित पञ्चायत निर्वाचनको नतिजा अनुसार, जागुन पञ्चायतको ६ नम्बर वार्डबाट श्री सन्दिप गुरुङले विजय हासिल गर्नुभएको छ।AL...
11/05/2025

आज घोषित पञ्चायत निर्वाचनको नतिजा अनुसार, जागुन पञ्चायतको ६ नम्बर वार्डबाट श्री सन्दिप गुरुङले विजय हासिल गर्नुभएको छ।
ALL Assam Gurung tamu association को तर्फबाट उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

असम राज्यको तिनसुकिया जिल्ला अन्तर्गत जागुनस्थित ९ माइल अपर गाउँ निवासी पिता श्री गंगा बहादुर गुरुङका जेठा सुपुत्रले औषध...
04/05/2025

असम राज्यको तिनसुकिया जिल्ला अन्तर्गत जागुनस्थित ९ माइल अपर गाउँ निवासी पिता श्री गंगा बहादुर गुरुङका जेठा सुपुत्रले औषधि विज्ञान (फार्मेसी) विषयमा स्नातकोत्तर उपाधि अर्थात् स्नातकोत्तर फार्मेसी (फार्मास्युटिकल केमिस्ट्री) मा उत्कृष्ट श्रेणी (फर्स्ट क्लास विथ डिस्टिङ्सन) सहित सफलता हासिल गर्नुभएको छ। उहाँले आफ्नो अध्ययन गुवाहाटीस्थित गिञ्जानन्दा चौधरी औषधि विज्ञान संस्थानं बाट सम्पन्न गर्नुभएको हो।

उहाँका कान्छा भाइ श्री रोशन गुरुङले पनि आजभन्दा तीन वर्षअघि देहरादूनस्थित ग्राफिक एरा विश्वविद्यालय (Graphic Era University, Dehradun) बाट व्यवसाय प्रशासन तथा कानून (बी.बी.ए. एल.एल.बी.) मा डिग्री प्राप्त गर्नुभएको थियो।

यसरी गुरुङ परिवारका दुवै सुपुत्रहरूले शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्नु अत्यन्त प्रशंसनीय र गर्वको विषय हो।

ALL Assam Gurung tamu association

बाबु डम्बर सिंह गुरुङको ७७औं पुण्यतिथिमा श्रद्धाञ्जली तथा वृक्षरोपण कार्यक्रम सम्पन्नअखिल असम गुरुङ तमू संघ केन्द्रीय सम...
07/04/2025

बाबु डम्बर सिंह गुरुङको ७७औं पुण्यतिथिमा श्रद्धाञ्जली तथा वृक्षरोपण कार्यक्रम सम्पन्न

अखिल असम गुरुङ तमू संघ केन्द्रीय समितिको आह्वानमा, विश्वनाथ जिल्ला समितिको आतिथ्यतामा तथा बालिजुरी शाखाको सहयोगमा भारतीय स्वाधीनता सेनानी तथा गोर्खा महानायक बाबु डम्बर सिंह गुरुङको ७७औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो।

उक्त कार्यक्रम २०२५ अप्रिल ७ तारिख, असमको विश्वनाथ जिल्लाको बलिजुरीस्थित माउन्ट सिनाई इङ्लिस हाईस्कुलमा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा स्मृति तर्पणसहित वृक्षरोपण कार्यक्रम पनि आयोजना गरिएको थियो, जसले वातावरणीय सन्देशसँगै स्व. डम्बर सिंह गुरुङको योगदानप्रति कृतज्ञता प्रकट गर्‍यो।

कार्यक्रममा अखिल असम गुरुङ तमू संघ केन्द्रीय समितिका सभापति श्री सुनील गुरुङ, मूल सचिव श्री मनोज गुरुङ, मुख्य सल्लाहकार श्री बालवीर गुरुङको उपस्थिति रहेको थियो। साथै, अखिल आसाम गुरुङ तमू समाजका विभिन्न जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जोरहट निवासी प्राप्तन वैज्ञानिक डा. ध्रुव गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा बाबु डम्बर सिंह गुरुङको जीवन र योगदानबारे वक्तृत्व, सम्मान तथा श्रद्धाञ्जली अर्पण गरियो।

— ALL Assam Gurung tamu association

झारखण्ड निवासी संस्कृति गुरुङले तायक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितिन् झारखण्ड निवासी संस्कृति गुरुङ ले ४औँ झारखण...
27/03/2025

झारखण्ड निवासी संस्कृति गुरुङले तायक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितिन्

झारखण्ड निवासी संस्कृति गुरुङ ले ४औँ झारखण्ड राज्य महिला क्योरोगी तायक्वान्दो च्याम्पियनसिप २०२४-२५ मा उत्कृष्ट प्रदर्शन गर्दै ६८ केजी तौल समूह र १७ वर्ष उमेर समूह अन्तर्गत स्वर्ण पदक हासिल गरेकी छन्।

प्रतियोगिता झारखण्ड तायक्वान्दो संघको आयोजनामा भव्य रूपमा सम्पन्न भएको थियो, जहाँ राज्यभरका उत्कृष्ट महिला खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। संस्कृति गुरुङको यो जितले झारखण्डको खेलकुद क्षेत्रमा नयाँ उपलब्धि थपेको छ।

संस्कृति गुरुङले आफ्नो जितप्रति उत्साह व्यक्त गर्दै प्रशिक्षक, परिवार, र समर्थकहरूलाई धन्यवाद दिएकी छिन्। साथै, उनले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा झारखण्ड तथा देशको प्रतिनिधित्व गर्ने लक्ष्य रहेको बताइन्।

झारखण्ड तायक्वान्दो संघका पदाधिकारीहरूले पनि संस्कृतिलाई बधाई दिँदै उनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

श्रीमान् चन्दन गुरुङ ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना!अखिल असम गुरुङ (तमू) संघका प्रचार सचिव तथा एकजना उत्कृष्ट पत्रका...
06/03/2025

श्रीमान् चन्दन गुरुङ ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना!

अखिल असम गुरुङ (तमू) संघका प्रचार सचिव तथा एकजना उत्कृष्ट पत्रकारको रूपमा समाजमा पुर्‍याउनु भएको योगदान अतुलनीय छ। तपाईंले धेरै लुकेका प्रतिभाहरूलाई सहयोग, माया र हौसला प्रदान गर्दै आउनुभएको छ, जुन वास्तवमै प्रशंसनीय कार्य हो।

यस विशेष अवसरमा, तपाईंलाई उत्तम स्वास्थ्य, अपार सुख, सफल भविष्य, र अझ ठूलो योगदान दिने ऊर्जा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु। तपाईंको मार्गदर्शनले समाजका धेरै युवाहरू उज्ज्वल भविष्यतर्फ उन्मुख हुन्!

ALL Assam Gurung tamu association तर्फबाट "जन्मदिनको धेरै धेरै शुभकामना!"

श्रीमान चन्दन गुरुङ
अखिल असम गुरुङ्ग तमू संघ प्रचार सचिव

पूर्व पत्रकार, साहित्यिक व्यक्तित्व, सामाजिक उद्यमी तथा सामुदायिक नेता एवं अखिल असम गुरुङ तमू संघका सभापति श्रीमान् सुनी...
05/03/2025

पूर्व पत्रकार, साहित्यिक व्यक्तित्व, सामाजिक उद्यमी तथा सामुदायिक नेता एवं अखिल असम गुरुङ तमू संघका सभापति श्रीमान् सुनील गुरुङ ज्यू
असम साहित्य सभाको सचिव पदमा निर्वाचित हुनु सम्पूर्ण गोर्खे समुदायका लागि गौरवको विषय हो।

असम साहित्य सभा भारतकै प्रतिष्ठित तथा विशाल साहित्यिक संस्थामध्ये एक हो। यस्तो संस्थाको सचिव पदमा निर्वाचित हुनु उहाँको साहित्यिक योगदान, नेतृत्व क्षमता, र अथक मेहनतको प्रमाण हो। यस ऐतिहासिक उपलब्धिले गोर्खाली भाषा, साहित्य, संस्कृति, र पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

उहाँलाई सफल कार्यकालको लागि ALL Assam Gurung tamu association तर्फबाट Sunil Gurung ज्यूलाई हार्दिक बधाई तथा शुभकामना

Address

Margherita
Tinsukia

Telephone

+919101386609

Website

Alerts

Be the first to know and let us send you an email when ALL Assam Gurung tamu association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ALL Assam Gurung tamu association:

Share