ALL Assam Gurung tamu association

ALL Assam Gurung tamu association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ALL Assam Gurung tamu association, Social Media Agency, Margherita, Tinsukia.

असमको सुन्दर माटोमा जन्मेर समाज र समुदायको सेवामा समर्पित एक कर्मठ व्यक्तित्व हुनुहुन्छ चन्दन गुरुङ्ग जी। उहाँ केवल समाच...
07/03/2026

असमको सुन्दर माटोमा जन्मेर समाज र समुदायको सेवामा समर्पित एक कर्मठ व्यक्तित्व हुनुहुन्छ चन्दन गुरुङ्ग जी। उहाँ केवल समाचार जगतका सक्रिय व्यक्ति मात्र होइन, समाजलाई जोड्ने, समुदायको आवाजलाई अघि बढाउने एक जिम्मेवार युवा पनि हुनुहुन्छ।
आज उहाँ Gorkha Talks का एक उत्कृष्ट संवाददाता भएर असमका गोरखा समुदायका सुख–दुःख, गतिविधि र महत्वपूर्ण समाचारहरू जनतासम्म पुर्‍याउँदै आउनुभएको छ। उहाँको कलम र आवाजले समाजका धेरै कथाहरूलाई उजागर गरेको छ। यही समर्पणका कारण उहाँ समाजमा परिचित र सम्मानित बन्नुभएको छ।
त्यसैगरी उहाँ अखिल असम गुरुङ तमु सङ्घ का प्रचार सचिवको रूपमा पनि सक्रिय रहनुभएको छ। संगठनमार्फत गुरुङ समुदायको पहिचान, संस्कृति र एकतालाई मजबुत बनाउन उहाँले निरन्तर योगदान दिँदै आउनुभएको छ।
आज उहाँको जन्मदिनको यस विशेष अवसरमा, उहाँको मेहनत र समर्पणको कथा सम्झँदै सबैको मनमा गर्व र खुशी छ।
यसै सन्दर्भमा अखिल असम गुरुङ तमु सङ्घको तर्फबाट

Gorkha Talks का उत्कृष्ट संवाददाता तथा सङ्घका प्रचार सचिव आदरणीय चन्दन गुरुङ्ग जी लाई जन्मदिनको उपलक्ष्यमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछौं।
ईश्वरले तपाईंलाई सधैं सुख, शान्ति, स्वास्थ्य र सफलताले भरिपूर्ण जीवन प्रदान गरून्। तपाईंको कलम र आवाजले समाजलाई अझै धेरै प्रेरणा दिइरहोस् भन्ने कामना गर्दछौं।

ALL Assam Gurung tamu association

29/12/2025

गुरुङ समुदायको महान सांस्कृतिक पर्व
तमू लोछार–२०२५
यस वर्ष अझै विशेष, भव्य र ऐतिहासिक रूपमा मनाइने भएको जानकारी गराइएको छ।
यस अवसरमा ३० डिसेम्बर २०२५ का दिन आयोजना हुने संस्कृति साँझ कार्यक्रम विशेष आकर्षणका रूपमा रहनेछ।
उक्त संस्कृति साँझमा गायिका पिनकी लिम्बुको सुमधुर गीत–संगीतको विशेष प्रस्तुति रहनेछ, जसले कार्यक्रमलाई अझ रंगीन, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।

29/12/2025
29/12/2025

छ्याजालो

गुरुङ समुदायको महान सांस्कृतिक पर्व
तमू लोछार–२०२५
यस वर्ष अझै विशेष, भव्य र ऐतिहासिक रूपमा मनाइने भएको जानकारी गराइएको छ।

आगामी २९ र ३० डिसेम्बर २०२५ का दिनहरूमा आयोजना हुने यस पावन पर्वले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

उक्त भव्य कार्यक्रम
अखिल असम गुरुङ तमू संघ केन्द्रीय समितिको सौजन्यमा,
तिनसुकिया जिल्ला समितिको आयोजनामा, पेग्री–बरदुस्मा अञ्चलिक समिति तथा सम्पूर्ण शाखा समितिहरूको सक्रिय सहयोगमा, असम राज्यको तिनसुकिया जिल्ला अन्तर्गत डिगबोईस्थित पेग्रीको डिब्रुजान मैदानमा भव्य रूपमा आयोजना गरिनेछ।

कार्यक्रमको विशेष आकर्षण
३० डिसेम्बर २०२५ का दिन आयोजना हुने संस्कृति साँझ कार्यक्रम प्रमुख आकर्षणको रूपमा रहनेछ।

उक्त अवसरमा असमका चर्चित गायक श्रीमान विजय दर्जीको सुमधुर गीत–संगीतको विशेष प्रस्तुति रहनेछ, जसले उपस्थित दर्शक–श्रोताहरूलाई मन्त्रमुग्ध बनाउने अपेक्षा गरिएको छ।

अतः तमू लोछार–२०२५ लाई सफल, भव्य र ऐतिहासिक बनाउन
सम्पूर्ण गुरुङ समुदाय, युवा वर्ग, दिदीबहिनी तथा संस्कृतिप्रेमी महानुभावहरूलाई उपस्थित भई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरिएको छ।
छ्याजालो ।
तमू लोछार–२०२५ को हार्दिक मंगलमय शुभकामना।

28/12/2025

छ्याजालो 🙏

Address

Margherita
Tinsukia

Telephone

+919101386609

Website

Alerts

Be the first to know and let us send you an email when ALL Assam Gurung tamu association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ALL Assam Gurung tamu association:

Shortcuts

Share