10/08/2026
📍 धौला बोकापथारमा दुई दिने गोठालो महासम्मेलन तथा साहित्यिक पुस्तक विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
📍 गोठालो सम्मेलन धौला शाखा समिति तथा अखिल असम गोर्खा छात्र संघ, धौला–शैखुवा आञ्चलिक समितिको सहयोगमा अगस्ट ८ र ९ तारिख आयोजित दुई दिने कार्यक्रम सम्पन्न भएको हो।
📍 सम्मेलनले विभिन्न क्षेत्रका संगीतकार, साहित्यकार तथा बुद्धिजीवीहरूलाई एउटै मञ्चमा ल्याउँदै आपसी संवाद, सहकार्य र साहित्यिक गतिविधिको आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजक समितिले जनाएको छ।
गोर्खा समुदायको भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरिएको छ।