20/08/2026
एक महिनादेखि बाढीपीडितको साथमा गोर्खा विकास परिषद्
हालै आएको विनाशकारी बाढीका कारण शिवसागर जिल्लाको नेपालीखुटीमा धेरै परिवारका घर–द्वार बाढीले बगाएपछि उनीहरू क्षणभरमै घरबारविहीन भएका थिए।
संकटको यस घडीमा बाढीपीडित परिवारहरूको साथमा उभिँदै गोर्खा विकास परिषद् (GDC) का अध्यक्ष प्रेम तामाङको पहलमा उनीहरूको पुनर्स्थापनाका लागि नयाँ घर निर्माणको कार्य अघि बढाइएको छ।
यसै अभियानको पहिलो चरणमा निर्माण सम्पन्न भएका केही नयाँ घरहरू घरबारविहीन परिवारलाई हस्तान्तरणसमेत गरिएको छ।
दुःखको समयमा बाढीपीडितको साथ दिँदै पुनर्स्थापनाका लागि गरिएको यस मानवीय पहलको स्थानीयवासीले प्रशंसा गरेका छन्।