The Gorkha Pulse

The Gorkha Pulse वीर गोरखाहरूका कथाहरू
संस्कृति, चाडपर्व र परम्परा
jai Maha Kali, Ayo Gorkhali ❤️🇮🇳💯

Update 24×7

25/08/2025
05/07/2025

"BTR का गोर्खाहरूका लागि राहतको खबर – असम CM ले दिए भूमि समस्या समाधानको भरोसा"

RCB ने कर दिया कमाल! 🔥सालों का इंतजार खत्म हुआ — ट्रॉफी अब बेंगलुरु की है।किंग कोहली का सपना पूरा हुआ! 👑❤️
03/06/2025

RCB ने कर दिया कमाल! 🔥
सालों का इंतजार खत्म हुआ — ट्रॉफी अब बेंगलुरु की है।
किंग कोहली का सपना पूरा हुआ! 👑❤️

01/06/2025

"बिनिता क्षेत्रीको गौरवपूर्ण सफलता — 'ब्रिटेन्स गट ट्यालेन्ट 2025' मा दोस्रो रनर-अप"

🔸 बोकाजनकी ९ वर्षीया बिनिताले विश्वमञ्चमा असमको नाम उज्यालो बनाइन्। उनको असाधारण नृत्य प्रस्तुतिले निर्णायकहरू र दर्शकहरूको मन जित्यो।

26/05/2025

> "न्याय बिना चुनाव छैन!"
"पट्टा बिना मत छैन!"
"अधिकार बिना शान्ति छैन!"

उडालगुरी,असम –बोडोल्यान्ड टेरिटोरियल रिजन (BTR) भित्र हजारौं गोर्खा परिवारहरू वर्षौं देखि भूमि अधिकारविना जीवनयापन गर्दै...
26/05/2025

उडालगुरी,असम –
बोडोल्यान्ड टेरिटोरियल रिजन (BTR) भित्र हजारौं गोर्खा परिवारहरू वर्षौं देखि भूमि अधिकारविना जीवनयापन गर्दै आएका छन्। उनीहरूको संघर्ष पुरानै हो, तर अहिले प्रश्न उठ्न थालेको छ – गोर्खाहरूका नेताहरू किन मौन छन्?

गोर्खा समुदायको तर्फबाट उभिने यूनियन, राजनीतिक दल, र जनप्रतिनिधि आज किन ‘दर्शक’ बनेर बसेका छन्? खासगरी UPPL, BPF र BJP भित्र रहेका गोर्खा नेताहरूले भूमि संकटमा आफूले प्रतिनिधित्व गर्ने जनताको पक्षमा आवाज उठाएका छैनन्।

“हामीले जिताएका नेताहरू नै हामीलाई बिर्सिए, अब कसलाई विश्वास गर्ने?”
— एक स्थानीय गोर्खा युवा, उदालगुरी

‘लाज लाग्दैन तपाईँहरूलाई?’ — जनता नेतासँग प्रश्न गरिरहेछ
UPPL पार्टीको समर्थनमा रहेका केही गोर्खा नेताहरू अहिले सत्ता नजिक छन्। तर, सत्ता नजिक हुँदा पनि भूमिहीन गोर्खा परिवारहरूका लागि एक वाक्य बोलेको सुनिएको छैन।

AAGSU-जस्ता संगठनहरूले आवाज उठाइरहँदा पनि, राजनीतिक तहका नेताहरूको मौनता समुदायप्रति बेइमानीजस्तो देखिएको छ।

राजनीति स्वार्थको खेल मात्रै हो?
जनताले चनावमा भोट दिँदा विकास, अधिकार र पहिचानका नाममा गर्छन्। तर चुनिएपछि, नेताहरू सत्ता सुरक्षित गर्न व्यस्त हुन्छन् – जनताको पीडा ‘फाईल’मा मात्र सीमित हुन्छ।

“भोट माग्दा ढोका ढोका आएका थिए, अब जमिन माग्दा गेटभित्र पस्न दिँदैनन्।”
— एक स्थानीय गोर्खा युवा, उदालगुरी

अब गोर्खाहरूको आवाज बुलन्द हुनुपर्छ
यो केवल भूमि अधिकारको सवाल होइन, सम्मान र पहिचानको सवाल हो। नेताहरू चुप छन्, दलहरू मौन छन्, तर समुदाय उठ्ने बेला आएको छ।

सरल प्रश्न छ:
> तपाईंहरू हाम्रो नेताहरू हो वा केवल चुनाबका ‘गेस्ट आर्टिस्ट’ मात्र?

#आज #एक

25/05/2025

BTR मा गोर्खा समुदायको भूमि संकट: अधिकारको खोजी अझै अधुरो

कोकराझार, असम – असमको बोडोल्यान्ड टेरिटोरियल रिजन (BTR) भित्र रहेका हजारौं गोर्खा परिवारहरू आज पनि स्थायी भूमि अधिकारविना बसोबास गर्न बाध्य छन्। बर्सौंदेखि यहाँको माटोमा जरा गाडेर बसेका उनीहरूले सरकारी उपेक्षाका कारण कानुनी मान्यता र भूमि स्वामित्व अझै प्राप्त गर्न सकेका छैनन्।

इतिहासले बाँधेको, नीति र राजनीति बीच पिसिएको

गोर्खा समुदाय 19औँ शताब्दीदेखि नै असमको विभिन्न भागमा, विशेषतः चायबगानहरू, सीमावर्ती क्षेत्र, र पहाडी भू-भागमा स्थायी बसोबास गर्दै आएको छ। तर बोडोल्यान्ड आन्दोलन र BTR गठनसँगै, गैर-बोडो समुदाय—विशेष गरी गोर्खाहरू—भूमि अधिकारबाट क्रमशः वञ्चित हुन थाले।

विगतका दुई दशकदेखि, गोर्खाहरूले बारम्बार सरकार समक्ष भूमि अधिकार माग्दै आएका छन्। तर प्रशासनिक ढिलाइ, जातीय राजनीति, र स्थानीय स्तरमा भेदभावका कारण उनीहरूको अवस्था झन् जटिल बन्दै गएको छ।

BTR मा ‘संरक्षित वर्ग’ को घोषणा, तर...

२०२१ मा असम सरकारले गोर्खा समुदायलाई BTR भित्र 'संरक्षित वर्ग' (Protected Class) को मान्यता दियो। यसले उनीहरूलाई भूमि किनबेच गर्न कानुनी अधिकार प्रदान गर्ने थियो। तर व्यवहारमा प्रशासनले यो नीतिलाई उचित रूपमा लागू गरेको छैन।

AAGSU (All Assam Gorkha Students' Union) का उपाध्यक्षले भने,
"कागजमा अधिकार छ, तर जमिनमा हामी अझै अधिकारविहीन छौं। फाईल हल्लिन्छ, तर अधिकार पाइँदैन।"

सरकारी प्रक्रिया—लामो र अपारदर्शी

गोर्खाहरूले भूमि अधिकार प्रमाणपत्र (land patta) का लागि आवेदन गर्दा बारम्बार अस्वीकारको सामना गर्नुपर्छ। कतिपय अवस्थामा उनीहरूलाई ‘स्थायी बासिन्दा होइन’ भन्दै निवेदन फिर्ता गरिन्छ, जुन आफैंमा विडम्बनापूर्ण छ।

स्थानीय गोर्खा नागरिक भन्छन्,
"हाम्रो हजुरबुबाले यो ठाउँमा धान रोप्नुभएको थियो। अहिले भने हामी आफ्नै घरको कागजात देखाउन सक्दैनौं।"

समाधानका लागि स्पष्ट मागहरू

गोर्खा समुदायले निम्न मागहरूसहित सरकारसँग तुरुन्त कारबाहीको अपेक्षा गरेको छ:

1. ‘संरक्षित वर्ग’ को पूर्ण कार्यान्वयन सुनिश्चित गरियोस्।
2. भूमि अधिकार सम्बन्धी विशेष आयोग गठन गरियोस्।
3. भूमिहीन गोर्खा परिवारहरूलाई ‘पट्टा’ प्रदान गरियोस्।
4. भूमि प्रशासनमा भेदभावकारी व्यवहार अन्त्य गरियोस्।
5. समुदायलाई BTR को विकास योजनामा समावेश गरियोस्।

सरकारको ध्यान कहिले जाला?

भूमि अधिकार कुनै दया होइन—यो प्रत्येक नागरिकको संविधानले सुनिश्चित गरेको मौलिक अधिकार हो। BTR का गोर्खाहरूले त्यो अधिकारको लागि वर्षौं देखि संघर्ष गर्दै आएका छन्।

अब प्रश्न उठ्छ:
सरकार कहिले सुनिन्छ? गोर्खाहरूको जमिन कहिले सुरक्षित हुन्छ?

23/05/2025

गोर्खा वीरताको गौरवशाली गाथा
जब देशको रक्षा गर्न जीवनको बाजी लगाउनुपर्ने बेला आउँछ, त्यहाँ गोर्खा सिपाहीहरू सधैं अग्रपंक्तिमा देखिन्छन्। ९ औं गोर्खा राइफलका हवल्दार प्रकाश तामाङ पनि त्यस्तै वीर हुन्, जसको साहस र समर्पणको कदर गर्दै राष्ट्रपति द्रौपदी मुर्मुले उहाँलाई शौर्य चक्र जस्तो उच्च सैनिक सम्मानले सम्मानित गर्नुभएको छ।

हवल्दार तामाङको बहादुरीले गोर्खा समाज मात्र होइन, सम्पूर्ण नेपालीहरूको शिर गर्वले उचो बनाएको छ।

🎤 सिङ्गिङ स्टार नेपाल सिजन १: लक्ष्मण छेत्रीले फस्ट रनर-अपको उपाधि जित्दै असमको गौरव बढाएनेपालको लोकप्रिय गायन रियालिटी ...
18/05/2025

🎤 सिङ्गिङ स्टार नेपाल सिजन १: लक्ष्मण छेत्रीले फस्ट रनर-अपको उपाधि जित्दै असमको गौरव बढाए

नेपालको लोकप्रिय गायन रियालिटी शो सिङ्गिङ स्टार नेपाल सिजन १ को ग्राण्ड फिनालेमा असम, भारतका प्रतिभाशाली गायक लक्ष्मण छेत्रीले उत्कृष्ट प्रस्तुति दिँदै फस्ट रनर-अपको उपाधि हासिल गरेका छन्।

छेत्रीले सम्पूर्ण प्रतियोगिता अवधिभर आफ्नो सशक्त स्वर, भावनात्मक प्रस्तुति र सांगीतिक समर्पणद्वारा दर्शक तथा निर्णायकहरूको मन जित्न सफल भएका थिए। उनको यो उपलब्धिले नेपाली तथा भारतीय संगीत क्षेत्रमै एक सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

फिनालेपछि छेत्रीले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै लेखेका छन्, "Thank you everyone for all the lovely votes! Here the journey ends as 1st runners up ❤️" ।
Laxman chetry

Address

Udalguri
784509

Website

Alerts

Be the first to know and let us send you an email when The Gorkha Pulse posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share