Northeast Aawaj

Northeast Aawaj We stand for truth, transparency, and trust. Bringing unbiased news and real voices from every corner of society. Stay informed. Stay empowered.

15/07/2026
अखिल असम गोर्खा छात्र संघ (AAGSU) उदालगुरी जिल्ला समितिका सभापति राम छेत्री ले हिजो सम्पन्न जिल्ला कार्यकारिणी समितिको ब...
13/07/2026

अखिल असम गोर्खा छात्र संघ (AAGSU) उदालगुरी जिल्ला समितिका सभापति राम छेत्री ले हिजो सम्पन्न जिल्ला कार्यकारिणी समितिको बैठकमा किशोर काश्यप लाई भारप्राप्त अध्यक्ष (Incharge President) को जिम्मेवारी प्रदान गर्नुभएको छ।

आगामी AAGSU केन्द्रीय सभापति पदका उम्मेदवार रहनुभएको कारण श्री राम छेत्री ले आफ्नो जिम्मेवारी औपचारिक रूपमा किशोर काश्यप लाई हस्तान्तरण गर्नुभएको हो।

बैठकमा उपस्थित जिला पदाधिकारी तथा सदस्यहरूले किशोर काश्यप लाई नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गरेका छन्।

13/07/2026

विशेष अन्तर्वार्ता
अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिको मुलसचिव पदका प्रत्याशी सोमराज सोनारसँग आगामी कार्ययोजना, विद्यार्थीका मुद्दा र संगठनको भविष्यबारे खुला संवाद।

मन्त्री वा MLA ले सभापति/मुलसचिव बनाउँदैनन्, प्रतिनिधि सभाले बनाउँछन्।’ — सोमराज सोनार।

सभापति/मुलसचिव मन्त्री वा MLA को आशीर्वादले बन्छ ? कि प्रतिनिधि सभाले बनाउँछन् ?— सोमराज सोनार।

सबैले GAC, वेल्ट एन्ड ब्लक, माटोको समस्या आदि चर्चाको विषय बनाएका छन् भने वहाँको जवाफ फरक र भिन्न रहेको छ.. हेर्नुहोस् सम्पूर्ण अन्तर्वार्ता ।

Somraj Sonar
AAGSU Udalguri District Committee Aagsu Udalguri District Bandarguri Aanchalic Aagsu Northeast Aawaj

अखिल असम गोर्खा छात्र संघको आगामी कार्यकालका लागि नेतृत्व चयनको घडी नजिकिँदै। एउटै जिल्लाबाट दुई बलिया उम्मेदवार मैदानमा...
09/07/2026

अखिल असम गोर्खा छात्र संघको आगामी कार्यकालका लागि नेतृत्व चयनको घडी नजिकिँदै। एउटै जिल्लाबाट दुई बलिया उम्मेदवार मैदानमा छन्। अब निर्णय प्रतिनिधिहरूको विवेक र विश्वासमा निर्भर।
अखिल असम गोर्खा छात्र संघको नेतृत्व कसले सम्हाल्ला? प्रतिनिधिहरूको निर्णय कस्तो होला?

AAGSU Udalguri District Committee

आउँदो आग्सु (AAGSU) को केन्द्रीय अधिवेशनका लागि BTC क्षेत्रीय समितिबाट मुलसचिव पदमा सोमराज सोनारको नाम सर्वसम्मत रूपमा च...
02/07/2026

आउँदो आग्सु (AAGSU) को केन्द्रीय अधिवेशनका लागि BTC क्षेत्रीय समितिबाट मुलसचिव पदमा सोमराज सोनारको नाम सर्वसम्मत रूपमा चयन भएको छ। यस आम सहमतिको निर्णयसँगै उनी आगामी केन्द्रीय अधिवेशनमा मुलसचिव पदका बलिया प्रत्याशी बनेका छन्।

AAGSU Udalguri District Committee Som Razz Sonar

Big Breaking News♥️अखिल असम गोर्खा छात्र संघले विद्यार्थीको आह्वानलाई मनन गर्दै आग्सुले गर्‍यो नयाँ मिति घोषणा, 15 जुलाई...
12/06/2026

Big Breaking News♥️

अखिल असम गोर्खा छात्र संघले विद्यार्थीको आह्वानलाई मनन गर्दै आग्सुले गर्‍यो नयाँ मिति घोषणा, 15 जुलाईमा प्रतिनिधि सभा।

Northeast Aawaj
AAGSU Udalguri District Committee
Aagsu Udalguri District
The Following

जुलाईमा हुँदैछ अखिल असम गोर्खा छात्र संघ (AAGSU) को केन्द्रीय अधिवेशन।आउँदो कार्यकालको नेतृत्व कसले सम्हाल्ने? सम्पूर्ण ...
11/06/2026

जुलाईमा हुँदैछ अखिल असम गोर्खा छात्र संघ (AAGSU) को केन्द्रीय अधिवेशन।
आउँदो कार्यकालको नेतृत्व कसले सम्हाल्ने? सम्पूर्ण प्रतिनिधि तथा विद्यार्थी समुदायको ध्यान अब अधिवेशनतर्फ केन्द्रित छ।

तपाईंको विचारमा आगामी सभापति को हुनुपर्छ?
A
B
C
D
आफ्नो अमूल्य प्रतिक्रिया कमेन्टमार्फत जनाउनुहोस्।

AAGSU Udalguri District Committee
Northeast Aawaj
Aagsu Udalguri District The Following

10/06/2026

🚨 मानवताका लागि विशेष अपिल 🚨

काशीपुर निवासी श्रीमती रेखा बुढाथोकी गम्भीर दुर्घटनापछि गुहाटी GNRC अस्पतालमा जीवन र मृत्युको संघर्ष गरिरहनुभएको छ। उपचारका लागि ठूलो आर्थिक सहयोग आवश्यक परेको छ।
काशीपुर सिमलेनी शिव मन्दिर परिचालना समितिले GDC अध्यक्ष प्रेम तामाङ, स्थानीय विधायक तथा डेपुटी चिफ रियन दोइमारी, गोर्खा नोमिनेट MCLA नन्दलाल राणा मगर तथा सम्पूर्ण सहयोगी मनहरूमा विशेष सहयोगको अपिल गरेको छ।
तपाईंको सानो सहयोगले तीन नाबालक सन्तानकी आमाको जीवन बचाउन सक्छ।
Nanda Lal Rana Mogar Rihon Daimari BPF Bhairabkunda Himanta Biswa Sarma Pijush Hazarika

📢📢 30 वा 31 लाख रुपैयाँको आरोपपछि अहिले गोर्खा समाज, विद्यार्थी समुदाय तथा सामाजिक सञ्जालमा ठूलो बहस सुरु भएको छ। पत्रका...
13/05/2026

📢📢 30 वा 31 लाख रुपैयाँको आरोपपछि अहिले गोर्खा समाज, विद्यार्थी समुदाय तथा सामाजिक सञ्जालमा ठूलो बहस सुरु भएको छ। पत्रकार कृष्णराज संग्रौला ज्यूले अखिल असम गोर्खा छात्र संघ,BTC क्षेत्रीय समिति माथि विशेषगरी सभापति रोहितकुमार दाहाल माथि चुनावअघि रकम लिएको गम्भीर आरोप लगाउँदै “प्रमाण आफूसँग रहेको” दाबी गरिरहेका छ। तर यति ठूलो आरोपपछि पनि सम्बन्धित संगठन तथा नेताहरूको स्पष्ट प्रतिक्रिया सार्वजनिक नआउँदा विभिन्न प्रश्नहरू उठ्न थालेका छन्।

1. 30 वा 31 लाख रुपैयाँको आरोपपछि पनि छात्र संगठनका नेताहरू विशेषगरी रोहित कुमार दाहाल अहिलेसम्म किन मौन छन्❓

2. यदि आरोप झुटो हो भने खुला रूपमा प्रमाणसहित खण्डन किन गरिएको छैन❓

3.पत्रकार कृष्णराज संग्रौलाले “प्रमाण छ” भनिरहँदा संगठन किन सार्वजनिक बहसमा आउन सकेको छैन❓

4. गएको BTC Election मा चलेको २५ लाख रुपैयाँको चर्चाको सत्य किन आजसम्म बाहिर आएन❓

5. आखिर विद्यार्थीको नाममा सेवा भइरहेको हो कि पैसाको राजनीति❓

6. किन अहिलेसम्म चर्चित गोर्खा News Portal हरू यस विषयमा मौन देखिएका छन्❓

7. News portal हरु डराएको हो कि न म्यानेज भएको हो भन्ने जनतामा प्रश्न उठेको छ❓

8. के केन्द्रीय समितिको मौनता पनि कुनै संलग्नताको संकेत हो❓

9. संगठनको संविधानभन्दा माथि केही नेताहरू पुगेका हुन्❓

10.अब विद्यार्थी र गोर्खा समाजले सत्य पाउने कि यो विषय पनि फेरि दबाइने हो❓

तल कमेन्टमा आफ्नो प्रतिक्रिया दिन नबिर्सिनु होला। धन्यवाद।

All Assam Gorkha Students’ Union (AAGSU) ওদালগুৰি জিলা সমিতিৰ মুখ্য উপদেষ্টা মনোজ হাং ৰাই ডাঙৰীয়া আকস্মিক দুৰ্ঘটনাত গুৰ...
10/05/2026

All Assam Gorkha Students’ Union (AAGSU) ওদালগুৰি জিলা সমিতিৰ মুখ্য উপদেষ্টা মনোজ হাং ৰাই ডাঙৰীয়া আকস্মিক দুৰ্ঘটনাত গুৰুতৰভাৱে আহত হোৱা খবৰে আমাক অত্যন্ত মৰ্মাহত কৰিছে।
Northeast Aawaj পৰিয়ালৰ তৰফৰ পৰা তেখেতৰ শীঘ্ৰ আৰোগ্য কামনা কৰিছোঁ। ভগৱানৰ কৃপা আৰু আশীৰ্বাদ সদায় তেখেতৰ ওপৰত বৰ্ষিত হওক বুলি প্ৰাৰ্থনা জনাইছোঁ। 🙏

AAGSU Udalguri District Committee
Aagsu Udalguri District
Manoj Kumar Rai

Address

Udalguri

Website

Alerts

Be the first to know and let us send you an email when Northeast Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share