
27/07/2025
सिक्किमका सम्पूर्ण चालकवर्गको सम्मान गर्दै सबैमा सारथी सम्मान दिवसको शुभअवसरमा म आन्तरिक हृदयबाट हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु।
सम्पूर्ण यात्रीगणलाई सुरक्षाका साथ गन्तव्यसम्म पुऱ्याउने ती महान् चालकवर्गको पनि हामीले सम्मान गर्नुपर्छ भन्ने विचार राखेर हरेक वर्षको २७ जूलाईलाई सारथी सम्मान दिवसको रूपमा पालन गर्नुपर्छ भनेर राज्यका सम्माननीय मुख्यमन्त्री महोदयले यो ऐतिहासिक निर्णय लिनुभयो।
यसका साथै सिक्किम चालक कल्याण बोर्डको गठन गरी सल्लाहकारदेखि प्रत्येक जिल्लामा कार्यकारी समितिको गठन गरेर सिक्किम सरकार चालकवर्गको पक्षमा रहेको अझ प्रमाणित गर्दछ।
यसर्थ, वर्तमान सिक्किम सरकारले चालकवर्गको हितमा धेरै कार्यहरू गर्दै आइरहेको स्मरण गर्दै अझ धेरै कामहरू गरिरहनेछ भन्ने विश्वास राख्दै चालकवर्गको योगदान र प्रतिबद्धताको म सम्मान गर्दै यहाँहरूको सुखद एवम् समृद्ध जीवनको कामना गर्दछु।
धन्यवाद।
लोकनाथ शर्मा।
विधायक (गेजिङ बर्मेक समष्टि)
सिक्किम क्रान्तिकारी मोर्चा ।