24/08/2026
हाम्रा अत्यंत सरल पंडित •श्रि राम कुमार बराईली,किउजींग-शोसिंग निवासीको धर्म पत्नीलाई गान्तोक अस्पताल देखि रेफर ल्याइयेको कुरा सर्वविदितै थियो र यहाँ अस्पताल्मा बेड् खाली नभएको खण्डमा म स्वयं पनि 4दिन अघि संबंधित् विभाग न्युरो तथा एम •एस• र मुख्य सचिव समक्षपनि कुरा राख्दा वहाँहरूले आश्वासन दिनुभएको थियो वेटिंगमा राखेको छौं उक्त जगा खाली भए पछि
भर्ना अवश्य गर्नेछौं भनि मलाई वचन दिएका थिए र आज बल्ल एड्मीट भयो। उक्त ढिलाईको कारण वहाँहरूले दुर्घटनाग्रस्त र केजुअल्टीका पेसेंट बड़ी मात्रमा आएको बताए । हाम्रो सिक्किम सरकार द्वारा विभिन्न अस्पतालहरूमा सुयोग्य सहायकहरु जसले बिरामीलाई कुनै विलम्ब र कुनै समस्यालाई झेल्नुनपरोस भनि खटाईएको छ तर पनि मेरो नम्र निवेदन कृपया तपाईँहरूले बिरामीलाई कुन समस्या भइ रहेछ र बिरामीको एटेंडेंट् अथवा परिवार हिन्दीसम्म प्रष्ट बोल्न नसक्ने हुन्छन् यसर्थ अस्पताल व्यवस्थापन संग बात गरेर संबंधित विभागसम्म पुर्याउने कार्य गरिदिनु होला किन कि मैले केहि दिन अघि सोद्धा वहाँसहायक भाइले पहिलो दिन कार्ड बनाउन सहयोग गरिदिनु भयो त्यस पश्चात दसदिन देखि देखेको छुइन भन्ने जवाब पाएँ र म आफै संबंधित विभागसंग बात गरें।यसर्थ केवल धनिक र उच्चस्तरीय व्यक्तित्वहरूको मात्र नभएर गरिबको सेवालाई ध्यान दिनु हजुरको महानता हो भन्ने अपेक्षाकृत छु। 🙏
विगत केहि दिन अघिदेखि सि•एम•सी•भेल्लोर, तामिलनाडूमा उपचाराधिनको क्रम्मा जाँच चलिरहेको थियो र उक्त डाक्टरको परामर्श मुताबिक वार्डमा भर्ना गर्नु जरुरी भएको हुनाले वहाँहरू कोठा लिएर दसदिन देखि बेड् खाली हुने प्रतिक्षामा थिए र आज वार्डमा एड्मीट भएर उपचारको प्रक्रिया सुचारु भइ रहेछ।
उक्त हाम्रा समुदाय र वहाँहरूलाई मदत पुर्याउने शुभ चिन्तक र ईस्ट मित्र तथा सिक्किम सरकारलाई धन्यवाद छ भनि शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।