Raj Kumari Thapa

Raj Kumari Thapa Official page of Mrs. Raj Kumari Thapa. Deputy Speaker Sikkim Legislative Assembly.
(1)

26/08/2026

हाम्रो छिमेकी राष्ट्र नेपालका विभिन्न क्षेत्रमा अविरल तथा भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको ठूलो जनधनको क्षतिको दुःखद् समाचारले हामीलाई अत्यन्त मर्माहत साथै निस्तब्ध बनाएको छ।

विशेषगरी नेपालको भोटेकोसी नदी यानी तिब्बत–नेपाल सीमावर्ती क्षेत्रमा आज आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण प्रियजनप्रति सिक्किमेली जनताको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

यस अपूरणीय क्षतिको पीडामा रहेका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना तथा बाढीबाट प्रभावित, विस्थापित एवं आफ्नो घर, सम्पत्ति र जीविकोपार्जन गुमाउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु।

यस कठिन अनि दुःखद् घडीमा प्रभावित जनताको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय, उद्धार तथा राहतकर्मीहरू एवं स्थानीय समुदायले गरिरहनुभएको निरन्तर, अथक अनि साहसिक प्रयासप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। विपत्तिमा परेका सबैको शीघ्र उद्धार, सुरक्षित पुनर्स्थापना र जनजीवनको यथाशीघ्र सामान्यीकरणको निम्ति कामना सहित प्रार्थना गर्दछौं।

नेपाल हाम्रो छिमेकी राष्ट्र मात्र नभई सांस्कृतिक तथा भावनात्मक सम्बन्धले गहिरोसँग जोडिएको आत्मीय राष्ट्र हो। त्यसैले नेपालमा कुनै पनि विपत्ति आइपर्दा त्यसको पीडा र दुःख हामी यस भेकका जनताले पनि उत्तिकै महसुस गर्दछौँ।

यस प्राकृतिक विपत्तिको सामना गर्ने शक्ति, साहस र धैर्यता सबै प्रभावित परिवारमा प्राप्त होस् भनि ईश्वर समक्ष प्रार्थना गर्दछौं। यस दु:खद अनि विकट घडीमा हामी सबै उहाँहरुको साथमा छौँ साथै सम्पूर्ण उपचाराधीन व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौं|

25/08/2026
25/08/2026
OM SHANTI
22/08/2026

OM SHANTI

Deeply saddened by the untimely passing of Shri Harun S***a, a resident of Namthang-Rateypani, who served as the In-charge of the SKM Party Youth Wing, Namchi District.

He was a true Krantikari and a dedicated party worker who served with commitment and sincerity. His untimely demise is a great loss to his family, friends and the entire SKM family.

I extend my heartfelt condolences to the bereaved family and pray that they find strength and courage during this difficult time. May his soul rest in eternal peace.

Om Shanti!

22/08/2026

Heartiest congratulations to Mrs. Sushma Tamang, Post Graduate Teacher (Chemistry) at PM SHRI Government Senior Secondary School, Dikling, on being selected for the prestigious National Teachers’ Award 2026.

This is a moment of immense pride for Sikkim and a recognition of her dedication, commitment to academic excellence, and contribution to the holistic development of our students.

I congratulate her on this well deserved honour and wish her continued success. Her achievement is an inspiration to the teaching fraternity of Sikkim.

22/08/2026

On the occasion of World Entrepreneurs’ Day, I extend my warm wishes to all entrepreneurs and aspiring entrepreneurs of Sikkim.

Entrepreneurship is a powerful force for innovation, self-reliance and economic growth. Our Government remains committed to creating opportunities for our youth through various initiatives, incentives, financial assistance and access to credit.

With the growing entrepreneurial spirit among our youth, we will continue to support their aspirations and create opportunities for them to become self-reliant job creators and meaningful contributors to the growth and prosperity of Sikkim.

भाषा हाम्रो पहिचान हो,भाषा हाम्रो सभ्यता हो,भाषा हाम्रो अस्तित्व हो,भाषा बाँचे जाति बाँच्छ, जाति बाँचे संस्कृति बाँच्छहा...
20/08/2026

भाषा हाम्रो पहिचान हो,
भाषा हाम्रो सभ्यता हो,
भाषा हाम्रो अस्तित्व हो,
भाषा बाँचे जाति बाँच्छ,
जाति बाँचे संस्कृति बाँच्छ
हाम्रो नेपाली भाषालाई हाम्रो देश भारतको संविधानको आठौं अनुसूचीमा संवैधानिक मान्यता दिलाउँनु हुने सबै आादरनिय भाषा संग्रामीहरूमा कोठी कोठी नमन अर्पण गर्दछु 🙏

येसैले गर्वको साथ ३५ौं नेपाली भाषा मान्यता दिवसको सम्पुर्ण भाषाप्रेमि साथै नेपाली भाषीमा हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्दै भाषको विकास, सम्वर्द्धन र संरक्षणको जिम्मेवारी हामी सबैले इमानदारीपूर्वक निर्वाह गरौं ।

20/08/2026

भाषा मान्यता दिवस–२०२६ को यस पावन एवं ऐतिहासिक अवसरमा सम्पूर्ण आदरणीय सिक्किमेली जनसमुदाय तथा विश्वभरि छरिएर रहनुभएका नेपाली भाषाप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई, शुभकामना सहित सबैमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको मंगलमय कामना गर्न चाहन्छु।

नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचीमा स्थान प्राप्त गरेको आजको दिन हाम्रो भाषा, भेषभुषा, साहित्य, संस्कृति, सभ्यता र पहिचानका दृष्टिले अत्यन्त गौरवपूर्ण एवं अविस्मरणीय दिन हो। नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन आफ्नो अमूल्य योगदान, अथक प्रयास, त्याग र पूर्ण समर्पण गरि निरन्तर खट्नुहुने हाम्रा अग्रज साहित्यकार, भाषाविद्, विद्वान्, स्रष्टा, अभियन्ता, नेता-नेत्री, तथा सम्पूर्ण भाषा-प्रेमीहरूप्रति यस पुनित अवसरमा म हार्दिक श्रद्धा, सम्मान अनि धेरै-धेरै कृतज्ञता अर्पण गर्दछु।

भाषा हाम्रो इतिहास, सभ्यता, संस्कृति, भावना, परम्परा र सामूहिक पहिचानको जीवन्त आधार हो। आफ्नो मातृभाषाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो। विशेषगरी नयाँ पुस्तामा आफ्नो भाषाप्रति प्रेम, गौरव र जिम्मेवारीको भावना जागृत गराउँदै नेपाली भाषाको समृद्ध साहित्यिक, सांस्कृतिक एवं बौद्धिक विरासतलाई अझ सुदृढ र समृद्ध बनाउनु हाम्रो परम कर्तव्य हो।

सिक्किम सरकारले नेपालीसहित राज्यमा बोलिने सबै भाषा, विभिन्न जातजातिका भेषभूषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनलाई सदैव उच्च प्राथमिकता दिँदै आएको छ। हाम्रो विविधतामा निहित एकता, सद्भावना र सांस्कृतिक सहअस्तित्वलाई अझ सुदृढ गर्दै आगामी दिनमा पनि भाषा, साहित्य, कला, संस्कृति र परम्पराको संरक्षण तथा विकासका लागि आवश्यक पहल र सहयोगलाई निरन्तरता दिइनेछ।

यस भाषा मान्यता दिवसले नेपाली भाषाप्रतिको हाम्रो गौरव, आत्मियता, स्नेह र समर्पणलाई अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दछु साथै, भावी पुस्तालाई आफ्नो मातृभाषा, संस्कृति र पहिचानप्रति सचेत, गौरवान्वित तथा उत्तरदायी बनाउँदै नेपाली भाषालाई अझ समृद्ध, सशक्त, सम्मानित र जीवन्त बनाउने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक कामना गर्दछु।

पुन: सबैमा भाषा मान्यता दिवस–२०२६ को हार्दिक मंगलमय शुभकामना!

Address

Yangang
737134

Alerts

Be the first to know and let us send you an email when Raj Kumari Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share