20/08/2025
प्रेस विज्ञप्ति
३४औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा भालेढुङ्गा साहित्यिक मञ्च, याङगाङको तत्वावधानमा पी. एम. श्री याङयाङ वरिष्ठ माध्यमिक विद्यालयमा भव्य कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा मुख्य अतिथि श्री एस. आर. सुब्बा (खजुम) रहनु भएको थियो भने कार्यक्रमको सभाध्यक्षता 15-राङगाङ-याङगाङ निर्वाचन क्षेत्रकी विधायक तथा सिक्किम विधानसभा उपसभामुख श्रीमती राजकुमारी थापाले गर्नु भयो।
कार्यक्रममा विविध साहित्यिक, सांस्कृतिक र नाट्य प्रस्तुतिहरू समावेश गरिएको थियो यसका साथै प्रमुख कार्यक्रमको रूपमा परिचर्चा एवं विमर्श कार्यक्रम पनि समावेश गरिएको थियो।
परिचर्चामा विशिष्ट वक्ताको रूपमा सिक्किम विश्वविद्यालयकी अवकाश प्राप्त प्राध्यापक डा. पुष्पा शर्मा, नर बहादुर भण्डारी डिग्री कलेजका सहायक - प्राध्यापक डा. टि. बि. क्षेत्री, केन्द्रिय विश्वविद्यालय सिक्किम, याङगाङका नेपाली विभागका सहायक - प्राध्यापक डा. बलराम पाण्डेको उपस्थिति रहेको थियो भने सञ्चालको रूपमा पत्रकार एवं युवा कवि श्रीमान एन. बि. घिमिरे उपस्थित हुनुहुन्थ्यो।
सोही अवसरमा मुख्य अतिथिद्वारा भालेढुङ्गा साहित्यिक मञ्चको सामयिक पत्रिका“भालेढुङ्गा देखि हेर्दा” को दोस्रो संस्करण लोकार्पण गरिएको थियो।
कार्यक्रममा मुख्य अतिथि श्री एस. आर. सुब्बा र भालेढुङ्गा साहित्यिक मञ्चका पूर्व अध्यक्ष श्री गोपीदास पोख्रेललाई सम्मानित गरिएको थियो। कार्यक्रममा विभिन्न सरोकारवालाहरुलाई स्मृतिचिन्ह समेत प्रदान गरिएको थियो।
कार्यक्रम अध्यक्ष माननीय विधायक श्रीमती राजकुमारी थापाले आफ्नो सम्बोधनमा विद्यालय स्तरमै नेपाली भाषाको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिनु भएको थियो। उहाँले विद्यालयस्तरमा आगामी दिनमा प्यानल छलफल कार्यक्रमसमेत आयोजना गर्न सुझाव दिनु भएको थियो।
नेपाली भाषाको संरक्षण र प्रवर्द्धनमा अझै दृढ प्रतिबद्धता जाहेर गर्दै सफलतापूर्वक सम्पन्न भएको यस कार्यक्रममा सिक्किम सरकारका खाद्य प्रशोधन इकाइका सल्लाहकार श्री सी. एल. गुरुङ, 15-राङगाङ-याङगाङ निर्वाचन क्षेत्रविधायककी विशेष कार्य अधिकारी श्रीमती डेङ्किला भुटिया,याङगाङ महकुमा कार्यालयका महकुमा अधिकारी श्रीमान के. एल. दहाल, खण्ड विकास अधिकारी, श्रीमती निडे भोटिया,भालेडुङ्गा साहित्यिक मञ्चका प्रमुख सल्लाहकार श्री बी. बी. सुब्बा इजम, शिक्षा विभाग मुख्यालयका अतिरिक्त निर्देशक श्री ए. डी. क्षेत्री, भालेढुङ्गा साहित्यिक मञ्चका अध्यक्ष श्रीमान पि. एल. दङ्गाल, मञ्चका पुर्व अध्यक्ष श्रीमान गोपी दास पोख्रेल, मञ्चका महासचिव श्रीमान आर. एस. भण्डारी साथै विभिन्न विद्यालय, कार्यालय, साहित्यिक संस्था तथा गैर–सरकारी संस्थाका प्रतिष्ठित व्यक्तिहरू लगायत अन्य धेरै भाषाप्रेमी महानुभावको बाक्लो उपस्थिति रहेको थियो।