Khabar Hamro

Khabar Hamro Khabar Hamro is an Online News portal form Damak, Nepal.

16/12/2024

काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ। काठमाडौं नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्ने पूर्व प्रमुख पिएल सिंहको आज बिहान निधन भएपछि महानगरले शोक बिदा दिएको जनाएको छ।

10/12/2024

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु ५ जना घाईते -----:

मोरङ र उदयपुरको २ स्थानहरुमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मंसिर २४ गते साँझ मोरङको सुन्दरहरैचा नगरपालिका-१ स्थितमा प्र.१-०४-००१ च ०१९५ नम्बरको पिकअप गाडीले बिपरित दिशाबाट आउँदै गरेको बा.९८ प ६७०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर-१० का २४ बर्षीय हर्ष ढकालको उपचारकोलागी कोशी अस्पताल बिराटनगर पुर्‍याउनसाथ मृत्यु भएको थियो ।
यसै गरी उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ स्थितमा गाइघाटबाट लिम्चुङबुङ तर्फ जाँदै गरेको बा.१ च ३२६७ नम्बरको गाडी ब्रेक फेल भई दुर्घटना हुँदा गाडीका चालक उदयपुर त्रियुगा नगरपालिका-१६ का २६ बर्षीय युवराज तामाङको घटना स्थलमा नै मृत्यु भएको थियो भने गाडीमा सवार ५ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भई रहेकोछ ।
प्र.१-०४-००१ च ०१९५ नम्बरको पिकअप चालक मोरङ बुढिगंगा गाउँपालिका-३ का २९ बर्षीय जिबन पराजुलीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

19/11/2024

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईलाई मंगलबार प्रहरीको सिआईबीको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ ।

प्रसाईले मंगलबार बिहान आफुले कम्बोडीयामा ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपछि आफुलाई फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको बताएका थिए

17/11/2024

बाह्रदशीमा रड प्रहार गरी माझीको हत्या -----:

झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट एकजनाको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।
बाह्रदशी–५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट मृत्यु भएको हो । घाइते माझीलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
राति आपसी विवाद हुँदा बाह्रदशी–५ कै मानपुर राजवंशीले माझीलाई रडले हानेका थिए । राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

14/11/2024

‘माओवादीहरू सिंहजस्तै थियौँ, भेडाको भिडमा पसेर भ्या-भ्या गर्ने भयौँ, अब नगर्ने विचार छ मेरो,’ अब सुध्रिन्छौँ’- प्रचण्ड

14/11/2024

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ -----:

झापा, उदयपुर र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीको टोलीले कात्तिक २८ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल स्थितबाट शिवसताक्षी नगरपालिका-११ का २२ बर्षीय रोशन दंगाललाई ४ ग्राम ५ सय ३० मिलिग्राम सहित र ईलाम फाकफोकथुम गाँउपालिका-१ ठिङ्गेपुरका २७ वर्षिय बिशाल मगरलाई १ ग्राम ७ सय ६० मिलिग्राम सहित पक्राउ गरेको छ ।यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट कात्तिक २८ गते साँझ चेकजाँचमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-६ स्थितबाट ज.९प ३८०२ नम्बरको मोटरसाईकलका चालक त्रियुगा- ४ बगाहाका २४ बर्षीय सागर मगर र मोटरसाईकल पछाडी सवार २२ बर्षीय सौगात राईको साथबाट प्रतिवन्धित लागु औषध १५ एम्पुल फेलापारी नियन्त्रणमा लिएको हो ।
यसका साथै इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको प्रहरी टोलीले कात्तिक २८ गते बेलुकी इटहरी उपमहानगरपालिका-५ का २७ बर्षीय बिष्णु चौधरीलाई १ ग्राम ६ मिलीग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

13/11/2024

१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दै

13/11/2024

संसद सचिवालयमा योग्यता मापदण्ड तोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता -----:

संसदका पदाधिकारीहरूको सचिवालयमा नियुक्त गरिएका कर्मचारीहरूको योग्यताको मापदण्ड तोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता माधवराज शर्मा पोखरेलले संघीय संसदका पदाधिकारीहरूले योग्यता विनाका व्यक्तिहरूलाई सचिवालयमा नियुक्त गरेको भन्दै कानूनी व्यवस्था बनाइयोस् भन्ने माग राखेका छन्।
शर्माले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा यो विषय समावेश गर्नुपर्ने बताएका छन्। उनका अनुसार यस ऐनमा संसदका पदाधिकारीहरूको सचिवालयमा नियुक्ति गरिने कर्मचारीहरूको न्यूनतम योग्यता मापदण्ड तोक्नुपर्ने आवश्यकता छ।
यो मुद्दा सांसदहरूको स्वकीय सचिवमा आठ कक्षा पास गरेका व्यक्तिहरूले अधिकृतको तलब पाउँदै आएका कारण उठेको बताइएको छ। शर्मा भन्छन्, " संसद सचिवालयमा योग्यता मापदण्डको अभावलाई उजागर गरेको छ। योग्यताको आधारमा नियुक्ति गरिनु पर्छ भन्ने मेरो अडान हो।"
अब सर्वोच्च अदालतले यस रिटमाथि सुनुवाई गर्नेछ र संसद सचिवालयमा योग्यता मापदण्डको आवश्यकता र कानूनी व्यवस्था सुनिश्चित गर्ने दिशामा आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय हुने बताइएको छ।

आज हरिबोधिनी एकादशी अर्थात तुलसीको विवाहको दिन: हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ भने ...
12/11/2024

आज हरिबोधिनी एकादशी अर्थात तुलसीको विवाहको दिन: हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ भने आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने जनविश्वास तथा धार्मिक परम्परा रहि आएको छ ।

12/11/2024

नौबस्ता कारागारबाट तीन बालबन्दी फरार ----:

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता कारागारबाट तीन जना बालबन्दी फरार भएका छन् । कारागारमा रहेको बालसुधार गृहको सी ब्लकबाट तीन जना बालबन्दी फरार भएका हुन् । फरार हुनेमा बाँके, दाङ र प्युठानका एक-एक जना रहेको नौबस्ता कारागारका बालसुधार गृहका प्रमुख श्याम रानाले जानकारी दिए ।तीन जनामध्ये दुई जना कर्तब्य ज्यान सम्बन्धी मुद्दाका बन्दी हुन् भने एक जना कर्तब्य ज्यान तथा जबरजस्ती करणी मुद्दाका बन्दी हुन् । उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी युनिटहरूबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।भागेका बन्दीको खोजीका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ ।

11/11/2024

रिक्त ४४ पदका लागि उपनिर्वाचन हुने -----:

आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त ४४ पदका लागि उपनिर्वाचन हुने भएको छ। उपनिर्वाचन अन्तर्गत जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्ष ३४ पदमा निर्वाचन हुनेछ।निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समितिका प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर र जाजरकोटको नलगाड नगरपालिकाका उपमेयरको निर्वाचन हुनेछ। मोरङको ग्रामथान गाउँपालिका, दैलेखको महाबु गाउँपालिका अध्यक्ष र विभिन्न वडाध्यक्ष पदहरूमा समेत निर्वाचन हुन लागेको हो।
निर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न सकिनेछ भने उम्मेदवारहरूको सूची साँझ ५ देखि ६ बजेसम्म प्रकाशन गरिनेछ। मंसिर ३ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशन, मंसिर ५ गते नाम फिर्ता गर्न सकिने समय तोकिएको छ। उपनिर्वाचन मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ।
निर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन्, जसमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरू छन्।

11/11/2024

ब्राउन सुगर सहित ५ जना पक्राउ -----

मोरङ र सुनसरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ मटेर्वाबाट विराटनगर ११ पिचरा बस्ने ३७ बर्षीय राजेन्द्र पोखरेल र विराटनगर १० तिनटोलिया बस्ने बर्ष ४२ का कुशल थापालाई ब्राउन सुगर ५९० मिलिग्राम सहित पक्राउ गरिएको छ ।यसै गरी हिजो बेलुका साँढे ५ बजे लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ हुलास चौकबाट ब्राउन सुगर ३ ग्राम ६४ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका ६ का ३२ बर्षीय युवराज खड्कालाई पक्राउ गरिएको थियो ।यसै गरी हिजै राती सँवा ८ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका ३ स्थितबाट धरान १५ बस्ने २४ बर्षीय राम श्रेष्ठ र धरान १६ बस्ने २२ बर्षीया मेलिना राईलाई ब्राउन सगुर ५२० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

Address

Municipality Road
Damak
977

Alerts

Be the first to know and let us send you an email when Khabar Hamro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Hamro:

Share