Japan Info for Nepali

Japan Info for Nepali Japan Info for Nepali, デジタルクリエイター, tokyo, Hachiojiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

🇳🇵🇯🇵 Useful Information • Helpful Ideas
💡 Simple, Practical & Valuable Content
📌 Making life easier, one video at a time
❤️ Follow for more!
~~ SabiNagen Diaries

📢 JLPT 2026 सम्बन्धी महत्वपूर्ण सूचना 🇯🇵📚📝 डिसेम्बर 6, 2026 मा हुने JLPT को आवेदन अवधि अगस्ट 24 देखि सेप्टेम्बर 7, 2026 ...
21/08/2026

📢 JLPT 2026 सम्बन्धी महत्वपूर्ण सूचना 🇯🇵📚

📝 डिसेम्बर 6, 2026 मा हुने JLPT को आवेदन अवधि अगस्ट 24 देखि सेप्टेम्बर 7, 2026 बेलुका 5:00 बजेसम्म रहेको छ।

⚠️ परीक्षार्थीको संख्या बढ्दै गएको कारण आवेदन अवधि सकिनुअघि नै सीट/परीक्षा केन्द्र भरिन सक्ने भएकाले सकेसम्म छिटो आवेदन दिनुहोस्।

📮 जुलाई 5 मा दिएको JLPT को नतिजा भने सेप्टेम्बरको अन्त्यतिर पठाइने JEES ले जनाएको छ।

👇 JLPT आवेदन कसरी गर्ने? सम्पूर्ण जानकारी भिडियोमा हेर्नुहोस्।
🎥 भिडियो लिंक कमेन्ट बक्समा राखिएको छ।

#日本語能力試験

📢 JLPT परीक्षा दिनेहरूका लागि महत्वपूर्ण सूचना! 🇯🇵📚2026 जुलाई 5 मा भएको JLPT परीक्षाको नतिजा अब चाँडै सार्वजनिक हुँदैछ। ...
21/08/2026

📢 JLPT परीक्षा दिनेहरूका लागि महत्वपूर्ण सूचना! 🇯🇵📚

2026 जुलाई 5 मा भएको JLPT परीक्षाको नतिजा अब चाँडै सार्वजनिक हुँदैछ। 🎉

💻 MyJLPT बाट नतिजा: अगस्टको अन्त्यतिर
📮 हुलाकमार्फत नतिजा: सेप्टेम्बरको अन्त्यतिर

MyJLPT मा लगइन गरेर आफ्नो नतिजा हेर्न सक्नुहुनेछ।
Link in comment box
परीक्षा दिनुभएका सबैलाई शुभकामना! ❤️🙏

#日本語能力試験

20/08/2026

ल अफरको फाईदा लिनुस । छिटो छिटो सपिङ गर्नुस

#foryoupageシ

जापानको तोचिगी प्रिफेक्चरको कानुमा सहरस्थित शिन–कानुमा स्टेशनमा रेल दुर्घटना हुँदा चार जना कामदारको ज्यान गएको छ। उक्त क...
20/08/2026

जापानको तोचिगी प्रिफेक्चरको कानुमा सहरस्थित शिन–कानुमा स्टेशनमा रेल दुर्घटना हुँदा चार जना कामदारको ज्यान गएको छ। उक्त क्षेत्रमा नेपाली समुदायको बाक्लो बसोबास भए पनि हालसम्म कुनै नेपाली नागरिक दुर्घटनामा परेको जानकारी प्राप्त नभएको बताइएको छ।

बिहीबार बिहान करिब ११ बजेतिर स्टेशनतर्फ आउँदै गरेको सीमित एक्सप्रेस रेलले ट्र्याकमा काम गरिरहेका चार जना पुरुष कामदारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि चारै जनालाई अस्पताल पुर्‍याइएको थियो। उद्धारका क्रममा उनीहरू सबै बेहोस अवस्थामा रहेको बताइएको छ। उपचारका क्रममा चारै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा परेको रेल तोबु रेलवेले सञ्चालन गर्ने ‘स्पेसिया एक्स नम्बर २’ रहेको बताइएको छ। उक्त रेल बिहान १०ः२० बजे तोबु निक्को स्टेशनबाट प्रस्थान गरेको थियो।

रेलमा परिवारसँग यात्रा गरिरहेका ४० वर्षीय एक यात्रुका अनुसार अचानक रेलभित्र ठूलो असामान्य आवाज सुनिएको थियो। त्यसपछि रेलले आकस्मिक रूपमा कडा ब्रेक लगाउँदा यात्रुहरूलाई उभिनसमेत कठिन भएको उनले बताएका छन्।

रेलभित्र केही समयपछि असामान्य आवाजको कारण जाँच गर्न रेल रोकिएको भन्ने सूचना दिइएको थियो। केही समयसम्म यात्रुहरूलाई रेलबाट बाहिर निस्कनसमेत दिइएको थिएन।

दुर्घटनापछि तोबु निक्को लाइनको रेल सेवा प्रभावित भएको छ। तोबु रेलवेका अनुसार बिहान करिब १०ः४६ बजेदेखि शिन–तोचिगी स्टेशनदेखि शिमो–इमाइची स्टेशनसम्म दुवैतर्फको रेल सेवा रोकिएको थियो।

घटना कसरी भयो र ट्र्याकमा काम गरिरहेका कामदारहरू रेलको सम्पर्कमा आउने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।

📌 स्रोत: NHK News

१९ गते फुकुओका सहरको केन्द्र भएर बग्ने नाकागावा नदीमा एक महिलाको शव फेला परेको थियो। प्रहरीले यस घटनालाई हत्या भएको आशंक...
20/08/2026

१९ गते फुकुओका सहरको केन्द्र भएर बग्ने नाकागावा नदीमा एक महिलाको शव फेला परेको थियो। प्रहरीले यस घटनालाई हत्या भएको आशंका गर्दै २० गते अनुसन्धान मुख्यालय स्थापना गरेर अनुसन्धान सुरु गरेको छ।

१९ गते बिहान ६ बजेभन्दा केही अगाडि फुकुओका सहर भएर बग्ने नाकागावा नदीमा एक महिलाको शव फेला परेको थियो। अनुसन्धानपछि ती महिला नेपालकी २५ वर्षीया व्यावसायिक विद्यालयकी विद्यार्थी राजवंशी लक्ष्मी भएको पुष्टि भएको छ।

पोस्टमार्टमका क्रममा मृत्युको कारण निश्चित हुन नसके पनि लक्ष्मीको टाउको र अनुहारलगायत शरीरका विभिन्न भागमा धेरै चोटहरू रहेको पाइएको छ। प्रहरीले उनलाई कुनै कडा वस्तुले प्रहार गरिएको हुन सक्ने आशंका गरेको छ र घटनालाई हत्या मानेर अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार उनको मृत्यु १९ गते बिहान सबेरै भएको अनुमान गरिएको छ। लक्ष्मीको घरको शयनकक्षमा पनि झगडा वा संघर्ष भएको जस्तो अवस्था र रगतका दागहरू भेटिएको बताइएको छ।

प्रहरीको अनुसन्धानअनुसार लक्ष्मी सन् २०२३ मा जापान आएकी थिइन्। उनी जापानमा व्यावसायिक विद्यालयमा अध्ययन गर्दै रेस्टुरेन्टमा पार्टटाइम काम पनि गर्दै आएकी थिइन्।

शव फेला पर्नुभन्दा अघिल्लो दिन अर्थात् १८ गते दिउँसो उनी आफ्नो पार्टटाइम काम गर्ने ठाउँबाट बाहिरिएको कुरा पनि खुलेको छ। प्रहरीले त्यसपछि उनी कहाँ गइन्, कसलाई भेटिन् र के भयो भन्ने विषयमा उनको आवागमन तथा घटनाअघिको गतिविधि बारे विस्तृत अनुसन्धान गरिरहेको छ।

News link in comment

18/08/2026

Shopping garnus hai
viral #foryoupageシ

16/08/2026

Shopping garnus purai discount ma

14/08/2026

☕ खाली पेटमा दूध चिया? पहिले यो जान्नुहोस्! 😳
तपाईं पनि बिहान चिया पिउनुहुन्छ? 👇 #दूधचिया

住所

Tokyo
Hachioji, Tokyo
1920073

電話番号

+819063432921

ウェブサイト

アラート

Japan Info for Nepaliがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Japan Info for Nepaliにメッセージを送信:

ショートカット

共有する