Nepali News Collections

Nepali News Collections This page is going to provide you various types of Nepalis news.

25/11/2025

⭕🇰🇷🇰🇵 उत्तर कोरियाले दक्षिण कोरियासँगको सबै प्रकारका सञ्चार काट्यो, युद्ध विश्लेषकहरू भन्छन्—कुनै पनि समयमा द्वन्द्व सुरु हुन सक्छ

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युंगले यो कुरा सोमबार बताएका हुन्। उनले दक्षिण कोरियाली सेनालाई अन्तर्राष्ट्रिय सिमानामा हड्डी–तारका (barbed wire) तीन तह थप्न र गस्ती वृद्धि गर्न आदेश दिएका छन्। उनले परिस्थिती झन् “खतरनाक” बन्दै गएको पनि बताए।

यो के हुन जाँदैछ?
• उत्तर कोरिया – दक्षिण कोरिया
• रुस – युक्रेन
• इरान – इजरायल
• अमेरिका – भेनेजुएला
• भारत – पाकिस्तान
• अफ्रिकामा दैनिक झडपहरू
• चीन – जापान, ताइवान
२०२६?

बंगलादेशको एक अदालतले विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनको कठोर दमनको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्...
17/11/2025

बंगलादेशको एक अदालतले विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनको कठोर दमनको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

14/11/2025

एउटा कार्यालयमा वर्षौंदेखि खाजामा चाउमिन मात्र दिइँदै आएको थियो।
समय बित्दै जाँदा कर्मचारीहरू दिक्क भए।
त्यसपछि कर्मचारीहरूले चाउमिन विरोध आन्दोलन सुरु गरे ।

व्यवस्थापन ले आन्दोलन सुनेर भन्यो: “ठिक छ, चाउमिनको विकल्पमा नयाँ खाजा राखिन्छ।
तर कर्मचारीहरूले मिलेर कुन खाजा खाने भनेर सहमति गर्नुपर्छ।”

यता कर्मचारीहरू बैठक बस्छन्।
कोही भन्छन् : समोसा
कोही भन्छन् : मोमो
कोही भन्छन् : रोटी
कोही भन्छन् : पुरी–तरकारी

सबैले पुरानो चाउमिन बदल्न चाहन्छन्,
तर आफ्नो-आफ्नो विकल्प “सबैभन्दा राम्रो” भन्ने हठले सहमति बन्दैन।

अन्ततः व्यवस्थापनले घोषणा गर्छ: “अब भोटिङ हुन्छ।”

भोट नतिजा यस्तो आयो:

समोसा =२०%
मोमो = २२%
रोटी =१८%
पुरी–तरकारी =१५%
चाउमिन = २५%

गतिविधि हेर्नेहरूले आँखा ठूलो पारेर गने: चाउमिनको विपक्षमा = 20+22+18+15 = 75 % मत
चाउमिन पक्षमा = 25 % मत

# ७५% कर्मचारी परिवर्तन चाहन्थे।
तर ७५% बीच एकता थिएन।
त्यसैले २५% ले फेरि जिते ।

अनि कार्यालयमा फेरि शुरु भयाे "चाउमिन राज" एस्तै हो देश र जनता को चाला । परिबर्तन आफै हुन्छ जबबर्दस्त होइन ।

लौ न अब बालेन कसका एजेन्ट हुन् बताइदिनुपर्यो?????  मलाई थाहा भएन
05/11/2025

लौ न अब बालेन कसका एजेन्ट हुन् बताइदिनुपर्यो????? मलाई थाहा भएन

05/11/2025

तपाईँ जतिसुकै राम्रो हुनुहोस् तपाईँ जतिसुकै राम्रो काम गर्नुहोस् तर तपाईँलाई नराम्रो र घटिया सोच्ने मान्छेले सधैं नराम्रो र घटिया सोचिराख्छ।किनकि mind को अप्रेसन गर्न सकिएला तर गलत सोच्ने mind को अप्रेसन गर्न सकिँदैन।

13/10/2025

विपिन जोशीबारे इजरेलले दिएको पछिल्लो जानकारीबारे इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी
Source: bbc nepali

09/10/2025

ए दाई, समचार को पुष्टी न भईकन, गलत समचार संप्रेशन न गरम न हो..




माध्यमिक तहमा पहिलोपटक AI र साइबर सेक्युरिटी सम्बन्धी पाठ्यक्रम लागू गरिँदैDetails news:पाठ्यक्रम विकास केन्द्रले कक्षा ...
09/10/2025

माध्यमिक तहमा पहिलोपटक AI र साइबर सेक्युरिटी सम्बन्धी पाठ्यक्रम लागू गरिँदै
Details news:

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० का लागि नयाँ ‘कम्प्युटर विज्ञान’ पाठ्यक्रम तयार गरेको छ। आगामी शैक्षिक सत्र २०८२ देखि कक्षा ९ र २०८३ देखि कक्षा १० मा यो पाठ्यक्रम लागू गरिनेछ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा ९ मा कम्प्युटर सिस्टम, नम्बर सिस्टम, ब्लक प्रोग्रामिङ, वेब टेक्नोलोजी, इन्टरनेट र सामाजिक सञ्जाल, साइबर सुरक्षा र पाइथन जस्ता विषयहरू समावेश गरिएको छ।

त्यस्तै, कक्षा १० मा कम्प्युटर नेटवर्क, डेटाबेस म्यानेजमेन्ट सिस्टम, मल्टिमिडिया, एआई (कृत्रिम बुद्धिमत्ता) र कन्टेम्पोररी टेक्नोलोजी जस्ता विषयवस्तु समेटिएका छन्।

पाठ्यक्रम निर्माण टोलीका सदस्य तथा पुस्तकका लेखक सुनिलकुमार घर्तीका अनुसार, नयाँ पुस्ताका विद्यार्थीलाई प्राविधिक दक्षता र भविष्यका आईटी अध्ययनमा सहज संक्रमणका लागि यो पाठ्यक्रम ल्याइएको हो।

उनले भने, “विद्यालयस्तरमै कम्प्युटर सम्बन्धी प्राविधिक ज्ञान दिई विद्यार्थीलाई भविष्यका लागि तयार पार्ने उद्देश्यले पाठ्यक्रम तयार गरिएको हो।”

नयाँ कोर्सले कक्षा ११ र १२ का कम्प्युटर अध्ययनका लागि “पुलको काम” गर्नेछ। लेखक घर्तीका अनुसार, नेपालमा पहिलोपटक माध्यमिक तहमा एआई र साइबर सुरक्षा विषय समावेश गरेर ‘भविष्यमुखी शिक्षा’ लागू गर्न खोजिएको हो।

यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ।
08/10/2025

यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ।

युवराज सफलले आफूले हुलाकबाट जाहेरी पठाएको बताउँदै भोलि सम्ममा जाहेरी दर्ता हुने विश्वास व्यक्त गरे। सअघि मंगलबार मात्रै ...
08/10/2025

युवराज सफलले आफूले हुलाकबाट जाहेरी पठाएको बताउँदै भोलि सम्ममा जाहेरी दर्ता हुने विश्वास व्यक्त गरे। सअघि मंगलबार मात्रै मेयर बालेन र हामी नेपालका संस्थापक सुदनविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडाल नेतृत्वको समूहले परिसर पुगेर जाहेरी दिएको थियो।

住所

Kurashiki-shi, Okayama
7100826

ウェブサイト

アラート

Nepali News Collectionsがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Nepali News Collectionsにメッセージを送信:

共有する

カテゴリー