Bajgain Krishna prasad

Bajgain Krishna prasad सके सबैको जय गरौ नसके केही पनि नगरौं 🙏🇯🇵🇳🇵मन खुसी बनाऊनु होस बस तेही हो खुसी अनि सुखी जिबन हो ✅

घरमा नियम बनाउनुहोस् ;१. बेलुका खानाको समयमा मोबाइल नचलाउने।२. राति ८ बजेपछि घर बाहिर नजाने।३. बेलुकी १० मिनेट पारिवारिक...
29/07/2025

घरमा नियम बनाउनुहोस् ;
१. बेलुका खानाको समयमा मोबाइल नचलाउने।
२. राति ८ बजेपछि घर बाहिर नजाने।
३. बेलुकी १० मिनेट पारिवारिक बैठक गर्ने ।
४. गृहकार्य नगरेसम्म टिभी नहेर्ने।
५. साना होस् या ठूला, सबैलाई सम्मान दिने।
६. खेल्नुभन्दा पहिले घरको काम गर्नु।
७. शनिबार विश्राम र परिवारलाई समय दिने।
८. दाजुभाइ दिदीबहिनीबीच झगडा नगर्ने।
९. सभ्य र उचित अभिवादन गर्ने।
१०. ठुलो आवाजमा संगीत नबजाउने।
११. खाना परिवारसँगै बसेर खाने।
१२. सधैं सत्य बोल्ने।
१३. अपरिचितलाई घरभित्र नल्याउने।
१४. ढोका राति ९ बजेभित्र बन्द गर्ने।
१५. सानालाई माया र सम्मान दुबै गर्ने।
१६. लुगा इस्त्री गरेर मात्र लगाउने।
१७. पानीको बचत गर्ने।
१८. बिना अनुमति कुनै कुरा नलिने।
१९. घर सफा गरेर मात्र बाहिर निस्किने।
२०. रिसमा पनि अपशब्द नबोल्ने।
२१. पारिवारिक समयमा मोबाइल बन्द गर्ने।
२२. पाहुनालाई सम्मानपूर्वक व्यवहार गर्ने।
२३. जेठाले कान्छालाई हेरचाह गर्ने।
२४. साँझ हुनुअघि घर फर्कने ।
२५. बिहान सबेरै उठ्ने ।
२६. खाना नफाल्ने,नछोड्ने।
२७.पैसाको बचत गर्ने ।
२८. जिम्मेवारीहरू समान रूपमा बाँड्ने।
२९. एक आपसमा शिष्टाचारी हुने ।
३०. गोप्य फोनकल नगर्ने।
३१. प्रयोग नगरेको बत्ती निभाउने।
३२. मजाकमै भए पनि झूठ नबोल्ने।
३३. हरेक काममा आफैँ जिम्मेवार हुने।
३४. बाहिर जानुभन्दा पहिले कोठा सफा गर्ने।
३५. अग्रजप्रति सधैं कृतज्ञ हुने ।
३६. घरको सम्पत्ति जोगाउने।
३७. अनावश्यक प्रतिवाद नगर्ने।
३८. सकारात्मक सोचको विकास गर्ने।
३९. आवश्यकता अनुसार अरूलाई सहयोग गर्ने।
४०. कसैलाई पनि अरूसँग तुलना नगर्ने ।
धन्यवाद :::🙏❤️

मनुष्य जति नै आधुनिकतामा रमाएता पनि भविष्यमा त्यही पुरातात्विक र पौराणिक कालदेखि चलिआएका चलनचल्ती र ऋतिरिवाज र त्यही किस...
29/07/2025

मनुष्य जति नै आधुनिकतामा रमाएता पनि भविष्यमा त्यही पुरातात्विक र पौराणिक कालदेखि चलिआएका चलनचल्ती र ऋतिरिवाज र त्यही किसिमको जीवनयापन मा सुखी जीवन हुने भएकाले मनुष्य भविष्यमा यसमा
चाख देखाउने र आधुनिकतामा वाक्क दिक्क भएर आफूलाई र आफ्नो मनलाई शान्त र खुसी जीवन जिउनलाई पुरानो जीवनयापन
नै अगाल्न पुग्ने छ! ゚viralシfypシ゚viralシalシ

                               {मलामी}                         @ #मेरो लाश बोकिरहेको मानिस मेरै तेह्र दिने दाजुभाई हो,जो...
23/07/2025


{मलामी}
@ #

मेरो लाश बोकिरहेको मानिस
मेरै तेह्र दिने दाजुभाई हो,
जो मसंग तेह्र वर्ष बोलेन !

अर्को छ
मेरो लाश बोक्न पालो कुरिरहेको
ऊ घर जोडिएको छिमेकी हो
जसको मन मसंग कैलै जोडिन मानेन !

पछाडि छन्
मलाई जलाउने विधिबारे
छलफल गरिरहेका आफन्तहरू
जसले मलाई चलाउने विधिबारे
कहिलै छलफल गरेनन् !

धेरै छन् यो मलामीको भिडमा
जो मौन छन,
कसैले चलन निभाइरहेका छन !
कसैले जलन निभाइरहेका छन् !

कतिले मलामी आउन पाइन
भन्ने सन्देश पठाएका छन् !
ती तिनै हुन्
जो जिऊँदो हुन्जेल आउन नै चाहेनन् !

म सोंचिरहेछु-
लाश बनेपछि यति प्यारो हुने मानिस
सास हुन्जेल किन प्यारो नहुने होला ?!

ऊ..
हस्यांगफस्यांग गर्दै कोही आइपुग्यो
अन्तिमपटक मेरो मुख हेर्न भनी !
सायद त्यो मेरो छोरो हो
जसले तेरो मुख कहिलै हेर्दिन भनी
घर छोडेको थियो !!

लाशले ठुलो कुरो गर्यो
नभन्नुहोला है,,
जिऊँदो हुन्जेल त
कहाँ बोल्न सकिंदो रहेछ र
बेबारिसे मरिन्छ कि भन्ने डरले पनि !
मरियो हजुर शानदार मरियो,
बाँचुन्जेल जसरी बाँचे पनि !

खोई त हजुरको फुलबुट्टे श्रद्धान्जली ?
छुट्नुहोला नि फेरि…!!!

✍️हेमन्त गिरी

"परिवारमा सबभन्दा खतरनाक कुरा ' बोल्न छोड्नु हो ' । बाहिर राम्रो देखे पनि भित्र -भित्र कुहेर एक दिन बिनास हुन्छ " आफ्नो ...
19/07/2025

"परिवारमा सबभन्दा खतरनाक कुरा ' बोल्न छोड्नु हो ' । बाहिर राम्रो देखे पनि भित्र -भित्र कुहेर एक दिन बिनास हुन्छ " आफ्नो लागि १ मिनेट पढौ ...................

कहिलेकाहीँ ठूलो बिनास आवाज बिना पनि आउँछ ,चर्को चिच्याइभन्दा पनि खतरनाक हुन्छ त्यो मौनता, जुन एकछिन होइन, दिन, महिना र वर्षसम्म घरभित्र घुमिरहन्छ।परिवारमा सबैभन्दा खतरनाक कुरा हो — बोल्न छोड्नु।किनकि जब बोली हराउँछ, त्यसपछि केवल आँखा बोल्छन् तर त्यो आँखाको बोलीमा अब माया हुँदैन, केवल शंका, चिसोपन र टाढोपन बाँकी रहन्छ।बोल्न छोड्ने क्षण सायदै ठूलो देखिन्छ – सानो तर्क, सामान्य रिस, अलिकती गुनासो...तर त्यसै दिनदेखि एउटा 'भित्ताभित्रको भित्तो' बन्न थाल्छ। भान्सामा खाना पाक्छ बोलाउने कोहि हुन्न ,बोलाउने परे समचार पठाइनछ वा टेबल मा पस्केर राखी दिएको हुन्छ । जब पति अब नजानी ‘थकाइ लाग्यो’ भन्छन्, पत्नी मौन भएर आँसु पुछ्छिन् र भनिरहेछिन् – "तिमी बुझ्दैनौ, म धेरै बोल्न सक्दिन, तर म भित्र -भित्रै चिच्याइरहेकी छु।"मेरो कुरा कसले बुझिदिने ? एकदिन समय यस्तो आउँछ — जहाँ एउटै कोठामा बसेर पनि मन भने एकअर्काबाट माइलौं टाढा भइसकेको हुन्छ।जहाँ पहिले एउटै हाँसोमा घर गुन्जन्थ्यो, त्यहाँ अब केवल घडीको टिकटिक सुनिन्छ। हेर्दा हेर्दै मानिस चाउरिदै जान्छ .....पुरा रात छटपटि मा बित्छन ,उज्यालो कति बेला भयो थाहा हुन्न। संगै सुतेको हुन्छ तर बिचमा बिशाल पर्खाल भए जस्तो अनुभूति हुन् थाल्छ।
परिवारमा सबभन्दा खतरनाक कुरा 'बोल्न छोड्नु' हो — बोल्न छोड्नु भनेको सम्बन्धको पुल भत्काउनु हो। जहाँ पहिले मनका कुरा बग्थे, अब त्यहाँ मौनताको खोल्सा मात्रै बाँकी हुन्छ। संवाद नभएको ठाउँमा मनका गाँठो खोलिँदैनन्, केवल गाँठा थपिँदै जान्छन्।एक दिन यस्तो समय पनि आउँछ जब एउटै घरमा बस्नेहरू एकअर्कालाई हेर्छन्, तर देख्दैनन्। छुन सक्छन्, तर महसुस गर्न सक्दैनन्। यतिसम्म कि जब कोही टाढा जान्छ, वा सधैंका लागि बिदा लिन्छ, तब बल्ल थाहा हुन्छ — "म उसलाई धेरै कुरा भन्न चाहन्थें... तर अब ढिलो भइसकेको छ।"किनकि जब संवाद मर्छ, तब सम्बन्ध पनि बाँच्दैन। अनि सुरुवात हुन्छ आत्मीयताको मृत्यु।
एक दिन यस्तो आउँछ, जतिखेर हामी कुनै अभावमा होइन,कसैको "के छ तिमीलाई?" भन्ने आवाजको अभावमा टुटिरहेका हुन्छौं।
रिसाएको भए भनौं, “म रिसाएँ।”दुःख लागेको भए भनौं, “तिमीले नराम्रो लाग्यो।”माया लागे भने, रोक्नै पर्दैन — भनिदिऊँ, “तिमी बिना म अधूरो छु।”किनभने,परिवार एउटा घर हो, तर संवाद त्यो घरको सास हो।बोल्न छोड्दा सम्बन्ध मर्छ – चुपचाप, ढुक्क, बिना आवाज, तर भित्रैबाट कुहिएर कामै नलाग्ने हुन्छ । त्यसैले, परिवारमा ससाना कुराहरूलाई ठूला बनाउने होइन, ससाना समस्यामा पनि ठूलो मन देखाउन सक्ने हो भने मात्र, घर घरजस्तो रहन्छ। साँचो परिवार त त्यही हो जहाँ गल्ती भए पनि गाली होइन, सहानुभूति पाइन्छ; असहमति भए पनि घृणा होइन, स्वीकार गरिन्छ। यदि हामीले समयमै आफ्ना मनका ढोका खोलेनौं भने, एकदिन ती ढोकाहरू सधैंका लागि बन्द हुनेछन् — अनि बाँकी रहनेछ केवल मौनतामा गलेको सम्बन्ध र पछुतोको खरानी। सबैको जय होस्

स्टाटस राखेको १५ मिनेटमा केटोले झु*ण्डिएर आत्मह*त्या गरेछ ! आत्मह*त्या गर्नु अगाडि टिकटकमा प्राईभेट गरिएका भिडियोहरु पनि...
18/07/2025

स्टाटस राखेको १५ मिनेटमा केटोले झु*ण्डिएर आत्मह*त्या गरेछ ! आत्मह*त्या गर्नु अगाडि टिकटकमा प्राईभेट गरिएका भिडियोहरु पनि सार्वजनिक गरेर गएछन् ।
१. आत्महत्या समाधान होइन — संवाद हो समाधान।
समस्याबाट भाग्ने होइन, कसैसँग बोल्ने हिम्मत गरौं । हाम्रो जीवन समस्याभन्दा ठूलो हुन्छ ।
२. बुबा-आमाको सपना तपाईंको साससँग बाँधिएको छ, आत्महत्या गरेर होइन, बाँचेको देखाएर उनीहरूलाई गर्व गराऔं।
३. “बाँच्न गारो छ” भन्ने महसुस हुनु कमजोरी होइन — त्यो तपाईंको संवेदनशील मनको प्रमाण हो।
त्यसलाई बोल्न सिकौं, लुकाएर नथामौं।
४. जीवन अस्थायी समस्यालाई स्थायी अन्त्य दिने ठाउँ होइन।
केही वर्षपछि तपाईं अहिलेको दुख सम्झिएर मुस्कुराउनु हुन्छ — तर त्यसको लागि तपाईंको बाँच्नु जरुरी छ।
५. माया माग्नु अपराध होइन। सहयोग माग्नु लाजको कुरा होइन।
आफ्ना साथी, परिवार वा मनोपरामर्शदातासँग कुरा गर्नुहोस्।

मृत आत्माको चीर शान्तिको कामना ! 💐

17/07/2025

गुन्डागर्दी शैलीमा के हो यस्तो । सत्यतथ्य छानबिन होस्। ゚viralシfypシ゚ Bidhya Chapagain B***n Rajesh Hamal Routine of Nepal banda K P Sharma Oli

आजकाल मान्छेले मान्छे गन्दै गन्दैन। पैसो पायो भने गनेको गनै गर्छ।  ChapagainGyanendra ShahiGagan ThapaB***nBidhya Chapag...
11/07/2025

आजकाल मान्छेले मान्छे गन्दै गन्दैन। पैसो पायो भने गनेको गनै गर्छ। ChapagainGyanendra ShahiGagan ThapaB***nBidhya ChapagainGyanendra ShahiGagan ThapaB***n

यही चप्पल लगाएर साइलो काका को पसलको ल्याक्टो चकलेट खाएर म चाहिँ अहिले २७ वर्षको भए हजुरहरु नि🤣🙏🤪😘
08/07/2025

यही चप्पल लगाएर साइलो काका को पसलको ल्याक्टो चकलेट खाएर म चाहिँ अहिले २७ वर्षको भए हजुरहरु नि🤣🙏🤪😘

08/07/2025

आमा तिमी देवी हौ आमा तिमी प्राण हौ आमा तिमी धर्ती माता हौ। जन्मायौ हुर्कायौ हाँसम्म पुर्‍यायो #आमाकोमाया Routine of Nepal banda B***n Kp Khanal/केपि खनाल I am With KP Oli Dr. Baburam Bhattarai Bidhya Chapagain Rajesh Hamal Gyanendra Shahi

住所

Minato, Tokyo

電話番号

+818058615448

アラート

Bajgain Krishna prasadがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Bajgain Krishna prasadにメッセージを送信:

共有する