Bajgain Krishna prasad

Bajgain Krishna prasad सके सबैको जय गरौ नसके केही पनि नगरौं 🙏🇯🇵🇳🇵मन खुसी बनाऊनु होस बस तेही हो खुसी अनि सुखी जिबन हो ✅

जब म मरेँ; {(आजै र राति के देखे सपनी मै मरी गएको)}एक्कासी एकदम आनन्द आयो। फेरि मलाई निकैगाह्रो पनि त भएको थियो। मेरो कान...
10/04/2025

जब म मरेँ; {(आजै र राति के देखे सपनी मै मरी गएको)}

एक्कासी एकदम आनन्द आयो। फेरि मलाई निकै
गाह्रो पनि त भएको थियो। मेरो कानले सुन्न त सक्थ्यो तर मुखले
सुनेको कुरा फर्काउन सकिरहेको थिएन। मेरो अगाडि आउने मान्छे मलाई
चिनिस् भनेर सोध्थ्यो तर खै को रहेछ ठम्याउनै सक्थिएन।
एक त बुढो भएको शरीर, त्यसमाथि धेरै रोग। तर आज अचानक सबै दु:खाइ
सकियो। अनि फेरि मैले आफू लडेर सुतेको आफैँले देखेको छु। न त मैले
देखेको 'म' ले सास फेरेको थियो, न कुनै हलचल। एकछिनपछि छोरी आई र
बाबा भनेर रुन लागी। श्रीमती चिच्चाएर डाँको छोड्दै कराउँदै "मलाई एक्लै
छोडेर किन जानु भयो लैजानुस् सँगै .......... " भनेर रुन लागी।
बिस्तारै रुवाबासीको तान्डव नै हुन लाग्यो। फेरि कोइ भन्थे, "बिचरा दु:ख
पाएको थियो गएर ठिकै भयो।" । यस्तैबीचमा कोइले हरियो बाँस ल्याएछ
अनि मलाई सेतो कपडाले बेर्न लागेका रहिछन् कोइ।
रुवाबासीको पनि चर्कोचर्को आवाज आएको थियो। मैले हेर्दाहेर्दै मलाई
कपडाले बेरेर बाँसमा राख्न लागे छरछिमेकीहरु र आफन्तहरु।
"लासलाई छिटोछिटो सेलाउन पर्छ" भनेर एकजना बुढाले भन्दा पो म झसंग भ।
हिजोसम्मको जीवित म आज लास पो भएको रहेछु भनेर।
फेरि पोको पारेको मलाई बाँसमा राखेर बाँध्न लागे सबै जना मिलेर, बिस्तारै
आफन्तहरु आउँदै थिए। अनि कोइ चाहिँ बिचरा एकदम असल मान्छे थिए,
गए भन्थे भने कोही चाहिँ के गर्नु चलिआको चलन भन्थे। कोइ चाहिँ मसँग
अलि दिनअगाडि गरेको झगडा र कल सम्झेर पछुताउँदै थिए। सबै
जम्मा भइसकेपछि मलाई राखेको बाँससँगै मलाई पनि बोकेर हिंड्ने तर्खर गरे।
अगाडि एक जना लाभा फाल्दै राम राम भन्थ्यो र पछाडिकाहरु सत्य हो भन्दै
शंख फुक्दै थिए।
एकछिनमा घाट पुगे तिनीहरु। म पनि पछि पछि थिएँ। यो घाटमा थाहा छैन
म कतिको मलामी आएको थिएँ पहिला। तर आज मेरो आफ्नै मलामीसँग मेरै
लास जलाउन आएको छु। तल खोलाको छेउमा कसैले पहिल्यै आएर
दाउराको चाङ लगाएको थियो। अनि खोलामा मेरो खुट्टा छ्वाएर
छेऊमा सानो आगो बाले। एक जना मेरै घर छेउका बुढाले "सबै सामान तयार छ?"
भनेपछि सबे मलामी मिलेर पोकाहरु हेरे। "ठिक छ" भन्ने उत्तर आयो।
"ल अब लासलाई चितामा राखौं" भन्ने कोहीको आवाज आयो। सबै मिलेर
मेरो शरीरलाई चितामा राखे। पण्डित बाले छोरालाई "ल आउ बाबु आगो देऊ! के
गर्छो त बा चलेको चलन!! यस्तै हो संसारको नियम जन्मेपछि मर्नै पर्ने" भनेर
हातमा आगोको मसाल दिए। अनि फेरि भने "ल तीन फन्का गुमेर आगो देऊ।"
हुन त पहिला मैले आफै कति छोराहरुलाई यसरी नै संझाएको थिए
मलामी आको बेला। तर आज मैरो आफ्नै चिता जल्दैछ। म आफैँ रमिते
भएको छु मेरो समसानको। म आफैँ एउटा साक्षी बनेको छु मेरो मृत्युको।
हिजोसम्म दुनियाँ हिँड्ने मेरा खुट्टा, बाँच्नलाई श्रम गर्ने हात, खाने मुख,
दुनियाँ देख्ने आँखा, समग्रमा पुरै शरीर सबै तयारी अबस्थामा थिए।
जल्नका लागि तयार थिए।
त्यसको लगतै छोराले मसाल लिएर चितामा तीन फन्को मार्यो।
अनि बिस्तारै मेरो मुख्मा राखिदियो बलिरहेको मसाल। हिजोसम्म
तातो चियाले समेत पोल्ने मुख आज आगोले बाल्दा पनि केही भएन।
चिताको आगो बल्दै गयो म रमिता हेर्दै गएँ। हेर्दाहेर्दै आगोको लफ्टा पुरै
चितामा पुग्यो।
म हेर्दै थिएँ मेरो हात पहिला खरानी भयो। अनि खुट्टा। वास्तवमा धैरै
पीडा भएको थियो मलाई आफू जलेको हेर्न। त्यो आगोले मलाई जलाउँदै त
थियो तर त्यसको जलनभन्दा पनि आफू जिवित हुँदाको कुराहरुले मलाई
पोलिरहेको थियो। "छोरा -छोरी, स्वास्नी, दाइ, भाइ, परिवार, साथीसंगी,
को नै रहेछ त आफ्नो भन्नु! जिन्दगी हुनेबेला सम्म सबै आफ्नै हो भन्ने
लाग्थ्यो! तर आज आफू पनि ता आफ्नो रहिनछु। आज आएर आफू
जलेको नाटकको दर्शकबाहेक म अरु के नै हुन सकेँ त?"
"बाँचुन्जेल पैसाको नाममा, सम्पत्तिको नाममा, मान , पद,....
आदि इत्यादिको नाममा कतिसँग झगडा गरेँ होला। आखिरमा आफैँले जन्म
दिएको छोराको हातले जल्नु बाहेक अरु के नै रहेछ त मान्छेको जुनी?"
तर आज आएर यो सबै सोच्दा र पश्चाताप गर्दा म मरिसकेको छु। लास
बनिसकेको छु। चिता बनेर जलिरहेको छु।
म यता सोच्न थाले उता मेरो शरीर त सकिसकेको रहेछ। कोहिले ठूलो बाँसले
मेरो बचेको शरीरलाई पिट्दै थियो। हुन न अब कहाँ त्यो शरिर थियो र
मासुको डल्लो मात्र थियो। त्यहि पनि उल्टाइपल्टाइ पिट्दै थिए।
कोही मलामी भने फर्कने तर्खरमा थिए। कोही भने "अब भोक
लाग्यो केही खानु पर्छ" भन्दै थिए।
"लौ ! अब बचेको सानो टुक्रो मलाई एउटा अङ्खरामा रखेर पानीमा बगाईदिए!"
अनि मलाई लाग्यो "म सकिएँ। मेरो अस्तित्वबाट नामनिशान सबै हरायो।
बिस्तारै साथीले भुल्छन मलाई। अनि आफन्तले। समयसँगै छोराछोरीले। तर
पनि एक जनाको मलाई मरेपछि पनि माया लाग्दै छ। हो मेरो पत्नीको सायद
सेतो कपडा र खालि सिन्दुर अनि खालि हातले गर्दा ऊ मलाई आफू
चितामा मजस्तै सकिने बेलासम्म पनि सम्झिरहन्छिन्।
सबै मलामी त फर्किए मलाई बिदा गरेर तर म अब कता जाउँ! न यमदूत
आयो मलाई लिन, न त म उडेर बैतरणी नदी पुगेको छु!! मैले जिन्दगीभर
बनाएको स्वर्ग या नर्क , खै कहाँ छन्? आज थाहा भो मलाई।" स्वर्ग, नर्क, पाप,
धर्म, अनि भगवान र मन्दिर यो सब मान्छेको डरले बनेको कुरा रहेछ। तर अब
थाहा पाएर के गर्नु म त मरिसकेको छु।

अरु केही पनि होइन २०८४ को चुनावसम्म रविलाई जेल थुनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई ध्वस्त बनाउने यो नियत हो। राजनीतिक प्...
07/04/2025

अरु केही पनि होइन २०८४ को चुनावसम्म रविलाई जेल थुनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई ध्वस्त बनाउने यो नियत हो। राजनीतिक प्रतिशोध हो। रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ ।😢

Breaking: सहकारी मुद्दामा रहेका रवि लामिछानेलाई पूर्पक्षका लागि जिल्ला अदालत रुपन्देहीले जे'ल चलान गरेको छ।
07/04/2025

Breaking: सहकारी मुद्दामा रहेका रवि लामिछानेलाई पूर्पक्षका लागि जिल्ला अदालत रुपन्देहीले जे'ल चलान गरेको छ।

शेर बहादुर ज्यु, केपी वली ज्यु र प्रचण्ड ज्यु पत्रकार सम्मलेन गरेर आजै आफ्नो आत्म समिक्षा सहित राजाले राजगद्दी छोडे भन्द...
06/04/2025

शेर बहादुर ज्यु, केपी वली ज्यु र प्रचण्ड ज्यु पत्रकार सम्मलेन गरेर आजै आफ्नो आत्म समिक्षा सहित राजाले राजगद्दी छोडे भन्दा सजिलो गरी राजनीतिबाट संन्यास लिनुस् * मार्क्स र लेलिनको होइन बुध्दको सन्तान भएको परिचय दिनुस् *नेपालमा नेपाली भएर बाँच्न दिनुस् * ढिलो नगर्नुस्।

गएको चुनावमा हजुरहरूले जनताको आवेग असन्तुष्टि नरोकेको भए, राजतन्त्र भन्दा पनि चरम भ्रष्टाचारी नभएको भए र हजुरहरू तिनै जनाले राजनीतिबाट विश्राम लिएको भए, आज यो आन्दोलन हुने थिएन। म जस्तो केही पार्टी नभएको स्वतन्त्र नेपालीहरूलाई हजुरहरू तिनै जना मिलेर लुटेको पैसाले नहराएको भए आज यो दिन देख्नु पर्थेन। कम्तीमा म जस्ता देशभरिका युवाहरूलाई नरोकेर फुल्न र फक्रिन दिएको भए, जनतालाई गणतन्त्रले र चुनावले काम गर्छ भन्ने विश्वास गर्थे र अर्को चुनावसम्म कुरेर बस्थे । विडम्बना अब अर्को चुनावसम्म कुर्न नसक्ने हजुरहरूले बनाउनुभएको हो। बिरालो सानो भए पनि बन्द कोठामा थुनेर आक्रमण गर्दा बिरालोले हजुरको ज्यान लिन सक्छ। अहिले त्यस्तै हो- हजुरका कार्यकर्ताले नेपालमा नेपाली भएर बाँच्न दिएनन् , श्वास फेर्न दिएनन् ,त्यही भएर निरीह जनताले मर्नु भन्दा बहुलाउनु बेस भनेर उपाय हराएर बहुलाउने बाटो अङ्गालेका हुन्। अरु धेरै बहुलाउन नदिनुस् , बन्द कोठाका झ्यालहरु खोलिदिनुस्, नेपाली स्वास फेर्न दिनुस्। आफ्ना विश्वविध्यालय , कर्मचारि, न्यायलयमा, पत्रकारिता लगायतका क्षेत्रमा भएका गुण्डाहरुलाई जनताको रगत चुस्न सकेको छिटो बन्द गर्न भन्नुस। नेपाली बन , पार्टी र कार्यकर्ता भन्दा माथि देस र जनता राख भन्नुस।

हजुरहरू तिनै जनाले सकेको छिटो संयास लिनुस्, राजीनामा दिनुस। यो राजतन्त्रको आवाज लामो समय आफै धकेलिन्छ। हजुरहरूले जनतालाई जति जिस्क्याउनु हुन्छ त्यति तपाईँहरूको पतन नजिक छ। हजुरका सम्पूर्ण कार्यकर्ताहरुलाइ गुन्डा बनेर जनतालाई लुट्न बन्द गर्न भन्नुस्, ४७/४८ पछि लुटेको पैसा फिर्ता गर्नुस्, जनताको असन्तुष्टि आफै हराउँछ। गणतन्त्र राजाले आफै ल्याएका हुन् र राजतन्त्र हजुरहरू तिनै जनाले ल्याउने हो। गणतन्त्र जोगाउन मन छ भने आजै राजीनामा दिनुस् ।

नेपालीहरू मारेर रगत लतपतिएको त्यो कुहिएको अनुहार नेपाली जनतालाई देखाउन बन्द गर्नुस्। मुख हेर्दा पनि घिन लाग्ने भइसक्यो, वाकवाकी आउने भइसक्यो। होइन भने तपाईँहरूलाई लतारेर हजुरहरुको राजनीति टुकुचामै अन्त्येष्टि गर्न धेरै बेर छैन। अब जनतालाई यो सिस्टमले काम गर्छ भन्ने झिनो आशा पनि सिद्धिन धेरै समय बाँकी छैन। बेलैमा पशुपतिनाथले हजुरहरूलाई कृपा गरुन् , बुद्धि फेरिदिउन्, राजा भन्दा त्यागी बनाइदिउन र बाँकी निरीह जनताको श्वास जोगाइदिउन्। हरि 🕉️🕉️

04/04/2025

रवि लामिछानेको गिरफ्तारी: 'अन्तिम इच्छा' प्रश्न र त्यसले जन्माएको विवाद !के दोस्रो मदन भन्डारी बन्दैछन रबि ?नेपालको राजनीतिक वृत्त फेरि तरंगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व सञ्चारकर्मी रवि लामिछानेलाई उच्च अदालतको आदेशपछि पक्राउ गर्दा प्रहरीले उनलाई 'अन्तिम इच्छा के छ ?' भनेर सोधेको छ ।यसले व्यापक बहस सिर्जना गरेको छ ।'अन्तिम इच्छा' प्रश्न किन सोधियो ?प्रायः 'अन्तिम इच्छा' भन्ने प्रश्न गम्भीर अपराधीलाई फाँसी वा मृत्युदण्ड कार्यान्वयन हुनु अघि सोधिने गरिन्छ । सामान्यतया, पक्राउ प्रक्रियामा यस प्रकारको प्रश्न सोधिँदैन । त्यसैले रवि लामिछानेलाई यस्तो प्रश्न सोध्नु स्वाभाविक थिएन ।प्रश्न सोध्ने प्रहरी लाई किन तेस्तो प्रश्न गर्नु भयो भनेर भिडियो सार्वजनिक भएपछि ती प्रहरीले यसको औपचारिक व्याख्या गर्न सकेको छैनन । पत्रकारहरूले सोध्दा सुरक्षा अधिकारीहरूले गोलमोल जवाफ दिएका छन्, जसले अझै धेरै शंका उत्पन्न गराएको छ । यदि यो प्रश्न गल्तीले सोधिएको हो भने पनि यसले प्रहरी प्रक्रियामा गम्भीर प्रश्न उठाउँछ ।यस घटनालाई कसरी हेरिँदैछ ?यस घटनापछि सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रियाहरू आएका छन्।समर्थकहरू भन्छन्: यो पक्राउ राजनीतिक रूपमा प्रेरित थियो, र 'अन्तिम इच्छा' भन्ने प्रश्न पनि नियोजित थियो कि दोस्रो मदन भन्डारी बनाउने दाउमा छ सरकार ! विपक्षीहरू भन्छन्: लामिछानेले कानूनी प्रक्रियालाई सामना गर्नुपर्छ, र यो घटना सामान्य कानुनी प्रक्रिया हो ।तटस्थ विश्लेषकहरू भन्छन्: प्रहरीले सोधेको प्रश्न आपत्तिजनक थियो, र यसबारे स्पष्ट जवाफ आउनुपर्छ ।रवि लामिछानेको गिरफ्तारी विवादित बनिरहेको छ । प्रहरीको 'अन्तिम इच्छा' प्रश्नले घटनालाई झन् शंकास्पद बनाएको छ, र यसबारे प्रहरी प्रशासनले स्पष्ट स्पष्टीकरण दिनुपर्ने देखिन्छ । अन्यथा, यस घटनाले सरकार प्रति जनताको विश्वासलाई कमजोर बनाउन सक्छ । लोकतान्त्रिक शासन प्रणालीमा पारदर्शिता आवश्यक छ, र कानूनी प्रक्रियामा शंका गर्ने ठाउँ हुनुहुँदैन ।(तस्बिरका DSB ले अन्तिम इच्छा सोधेको थिए ।) — feeling thoughtful. #

04/04/2025

रवि लामिछाने पक्राउ पर्नुअघि उहाँले दिनुभएको सन्देश। K P Sharma Oli Harka Sampang A Revolution Rajesh Hamal Routine of Nepal banda Bidhya Chapagain Gagan Thapa Kp Khanal/केपि खनाल Dr. Baburam Bhattarai B***n Krishna Prasad Bajgain

04/04/2025

भोलि चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जनलहर कार्यक्रममा आफ्नो कुराहरू राख्न गइरहेका थिए। तर किन आज नै पक्राउ गरी लगियो यो शंकास्पद छ Routine of Nepal banda K P Sharma Oli Rajesh Hamal Bidhya Chapagain Gagan Thapa Kp Khanal/केपि खनाल Harka Sampang A Revolution Dr. Baburam Bhattarai B***n

रवि लामिछानेले सम्मानित अदालतको आदेशको सम्मान गर्दै आफै गिरफ्तारी दिने बताएका छन्।उनी भन्छन् :- न्यायलयका अन्य ढोकाहरु म...
04/04/2025

रवि लामिछानेले सम्मानित अदालतको आदेशको सम्मान गर्दै आफै गिरफ्तारी दिने बताएका छन्।
उनी भन्छन् :- न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै ।न्यायका लागि दुनियाँका सबै ढोका ढक्ढकाउँछु।
म माथि ठुलो अन्याय भएको छ ।

नोट:जो कसैका लागि पनि अन्यायका विरुद्व अब हामी सबै एकजुट हुनैपर्छ।😡

सुरेश रजकको अन्तिम म्यासेज : ‘माथि प्रहरी छ, उनीहरूलाई हान्न जाँदै छ’काठमाडौं । तीनकुने घटनामा जिउँदै जलाइएका एभिन्यूजकर...
04/04/2025

सुरेश रजकको अन्तिम म्यासेज : ‘माथि प्रहरी छ, उनीहरूलाई हान्न जाँदै छ’

काठमाडौं । तीनकुने घटनामा जिउँदै जलाइएका एभिन्यूजकर्मी पत्रकार सुरेश रजकको मृत्यु शंकापस्द भएकाले निष्पक्ष छानबिन हुनुपर्छ भन्ने चौतर्फी माग बढी रहेको छ ।

राजावादीले आयोजना गरेको कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न तीनकुने पुगेका सुरेशसँग मास्टर कन्ट्रोल रुममा दिउसो २ बजेर ३१ मिनेटसम्म भाइवरमा सम्पर्क भएको थियो । आगलागी भएको घरको चौथो तलामा पुगेका सुरेशले २ बजेर १९ मिनटमा म्यासेज गरेका थिए । ‘माथि पुलिस छ, उनीहरूलाई हान्न जान लागेको छ,’ उनको म्यासेजमा लेखिएको थियो ।

एमसीआरबाट सम्पर्क गर्न प्रयास गरेका थियौँ, तर सम्पर्क हुन सकेन । २ बजेर २४ मिनेटमा सुरेशले फेरि म्यासेज गरेर भने, ‘कल गर्नु त नेटवर्कले काम गरिराखेको छैन। फोन उठाएको हो ‘बट’ भनेर सुरेशको म्यासेज आएपछि एमसीआरबाट म्यासेज जान्छ, ‘ओके’ कल हामी गर्छौँ, तिमी नगर । उताबाट जवाफ आउँछ, नेटवर्कले गर्दा उठ्दैन के गर्ने? ओके त्यसपछि एमसीआरले २ बजेर ३१ मिनेटमा म्यासेज गर्छ, तिमी बसेको घरमा आगो लाग्यो । भाग त्यताबाट । यसपछि सुरेशसँग एमसीआरको सम्पर्क टुट्छ । यो म्यासेजबाट सुरेश सङ्कटमा छ, भन्ने लागेर एभिन्यूजको टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुग्दा आगो निभिसकेको थिएन ।

जति बेला दमकल आएर आगो निभायो, त्यति बेला सम्म निकै ढिलाभैसकेको थियो । सुरेश जिउँदै जलाइए उनको साथमा रहेको क्यामरा र एउटा मोबाइल हराएको छ । एउटा मोबाइल जलेर डल्लो परेको अवस्थामा भेटिएको थियो । कर्म गरिरहेका सुरेशलाई जिउँदै आगो लगाएर मारिनु र उनको साथमा रहेको क्यामरा र मोबाइल गायब हुनु हत्या भएको हो भन्ने शङ्काको पुष्टि हुनु हो । सुरेश हत्या प्रकरणको निष्पक्ष छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्न सरकार समक्ष जोडदार माग गर्दछौं ।

(यो सामाग्री हामीले एभिन्यूज खबरबाट साभार गरेका हौं ।)

बुढो मान्छेलाई र बच्चालाई अरुको बढी आस हुन्छ। तन्नेरीलाई त केवल आफैसँग गर्ने आँट हुन्छ। त्यसैले बुढो मान्छे र बच्चालाई य...
04/04/2025

बुढो मान्छेलाई र बच्चालाई अरुको बढी आस हुन्छ। तन्नेरीलाई त केवल आफैसँग गर्ने आँट हुन्छ। त्यसैले बुढो मान्छे र बच्चालाई
यदि हजुरसँग आस गर्दछ भने आशा निराशामा नबदलिदिनु

काठमाडौं महानगरपालिकामा हालै देखिएको मनमुटावले संस्था भित्रको व्यवस्थापन र नेतृत्व क्षमता माथि गम्भीर प्रश्न खडा गरेको छ...
03/04/2025

काठमाडौं महानगरपालिकामा हालै देखिएको मनमुटावले संस्था भित्रको व्यवस्थापन र नेतृत्व क्षमता माथि गम्भीर प्रश्न खडा गरेको छ । प्रमुख बालेन शाहको अनुपस्थितिमा महानगरको कार्यालयमा बसेको बैठकमा उपप्रमुख सुनीता डङ्गोलले प्रमुख शाहलाई छलफलमा आएर समाधान खोज्न चुनौती दिएकी छिन् ।

यस अघि, मन्त्रालय बाट पठाइए पछि प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्न आउँदा नगर प्रहरी र कर्मचारी बीच झडपको अवस्था सिर्जना भएको थियो । यस्तो अवस्था संस्था सञ्चालनका लागि राम्रो संकेत होइन । प्रमुख प्रशासकीय अधिकृतलाई बालेन शाहद्वारा गठित छानबिन आयोगले नै दोषी प्रमाणित गर्न नसकेको हुँदा उनलाई हाजिर गर्ने व्यवस्था गर्नु पर्ने माग उठेको छ ।

बालेन शाहको एकल निर्णय गर्ने शैलीले हजारौं कर्मचारी मात्र होइन, लाखौं काठमाडौं बासी प्रभावित भएका छन् । क्यान्सर पीडितलाई सहयोग गर्न नसक्नु, नगरपालिकाका विभिन्न काम ठप्प हुनु जस्ता घटनाले मेयरको नेतृत्व क्षमतामाथि प्रश्न उठ्न थालेको छ ।

उपप्रमुख डङ्गोलले मेयर शाहलाई प्रत्यक्ष संवादमा आउन आग्रह गर्दै फेसबुक स्टाटस मार्फत मात्र निर्णय दिन नहुने स्पष्ट पारिन् । उनले संस्था भित्रको मनमुटाव समाधान गर्न संवाद आवश्यक रहेको बताउँदै भनेकी छिन्, "यो तमासा हामीले कहिलेसम्म हेर्नुपर्ने ? मेयरको आदेश हो भने उनी अघि आउनुपर्छ, होइन भने कोठामा बसेर फेसबुकमा लेखेर मात्र आदेश दिन मिल्दैन ।"

उनले बालेन शाहलाई मार्ग प्रसस्त गर्न समेत चुनौती दिएकी छिन्, यदि जनताको काम सहज बनाउन समस्या समाधान गर्न सकिँदैन भने नयाँ नेतृत्वको लागि ठाउँ खाली गर्नु पर्ने उनको धारणा छ ।

यो घटनाले काठमाडौं महानगरपालिकाको भविष्यलाई अन्योलमा पार्दै संस्थागत सहकार्य र व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । अब समाधान खोज्ने कि अझै द्वन्द्व बढाउने भन्ने विषय बालेन शाहको नेतृत्व क्षमताले निर्धारण गर्नेछ ।

तपाईं के भन्न चाहनु हुन्छ कमेन्ट गर्नु होला ।
— feeling wonderful.

उमेरले आधा घडी नागिसक्यो घरमा फुट्या कौडीको लक्ष्मी भित्राउन सके छैन मोरा भनेर मेरी आमाले मलाई रातदिन किचकिच किचकिच गरिर...
01/04/2025

उमेरले आधा घडी नागिसक्यो घरमा फुट्या कौडीको लक्ष्मी
भित्राउन सके छैन मोरा भनेर मेरी आमाले मलाई रातदिन किचकिच किचकिच गरिरहनुहुन्छ
लौ न लक्ष्मी कहाँ छौ तिमी चाँडो मेरो घरमा भित्रिदिन पर्यो।🤣

01/04/2025

राजाका पालामा हो मोहर गन्थे डालामा हाम्रा पालामा मकै छैन डालामा राजाकै पाला ठिक। कि कसो K P Sharma Oli Rajesh Hamal Gagan Thapa Kp Khanal/केपि खनाल Bidhya Chapagain Dr. Baburam Bhattarai B***n Routine of Nepal banda Harka Sampang A Revolution Krishna Prasad Bajgain @

त्यत्रो १७ हजारले आफ्नो रगत बलिदान गरी  ल्याएको फ्यालिएको राजतन्त्र ल्याएको गणतन्त्र नै ठिक छ। किनकि अब गणतन्त्रलाई नै ज...
01/04/2025

त्यत्रो १७ हजारले आफ्नो रगत बलिदान गरी ल्याएको फ्यालिएको राजतन्त्र ल्याएको गणतन्त्र नै ठिक छ। किनकि अब गणतन्त्रलाई नै जनताको माग अनुरुप सुशासन कायम गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनेगरी लगेमा गणतन्त्र नै ठीक छ
किन अब फेरि नेपाली नेपाली बीच जुदाएर द्वन्द आतंक मच्चाउनु र आखिर नेपाली नेपाली जुदाएर मारेर फाइदा के छ देशमा अशान्ति फैलाउने मात्र काम भयो।

Durga Prasai ले अस्ति मात्रै एउटा मन्दिर अगाडी बसेर बनाएको भिडियो सार्वजनिक गरेको थियो, उक्त भिडियो अनुसार प्रहरीले अनुस...
01/04/2025

Durga Prasai ले अस्ति मात्रै एउटा मन्दिर अगाडी बसेर बनाएको भिडियो सार्वजनिक गरेको थियो, उक्त भिडियो अनुसार प्रहरीले अनुसन्धान गर्दा भिडियो पछाडिको मन्दिर नेपालमा कतै नभेटिएको र उहाँ भारत पुगेको सकेको निष्कर्ष निकालेको छ ।😮

धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर 'पक्की' थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थ...
01/04/2025

धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा-आमाले बनाउनुभएको घर 'पक्की' थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थियो । गाउँभरका आफन्त र इष्टमित्र जम्मा हुँदा पनि त्यहाँ अटिन्थ्यो । चियादेखि एक छाक खाना 'क्याटरिङ्'बाट अर्डर गर्न पर्दैनथ्यो । व्रतबन्धदेखि विवाहसम्मका पूजाआजा र भोजभतेर पनि त्यही घरले धान्थ्यो ! त्यहाँ हुर्किने नातिनातिनालाई खेल्ने ठाउँ थियो । बिस्कुन सुकाउने आँगन र तरकारी लगाउने करेसाबारी थियो ।

घरमा सटर थिएन । आधा घर भाड़ामा थिएन । दाजुभाइका छोराछोरी या भान्जाभान्जी आउँदा महिनौंसम्म अटाउन सक्ने ठूलो छाती थियो त्यस्तो घरसँग । स्टोरेजको कुरो छोड्नुस्, आठदश जना केटाकेटीले लुकामारी खेल्न पुग्ने ठाउँ थियो । र सबैभन्दा ठूलो कुरा 'मोर्गेज' अर्थात् ब्याङ्कलाई बुझाउनपर्ने मासिक किस्ताबाट अपरिचित थियो त्यो । जे थियो आफ्नो थियो । चाडबाड आउँदा, पूजाआजा हुँदा कमेरो र रातो माटोको जोड़ले घर नयाँजस्तै देखिन्थ्यो !

अदुवा, बेसार, खुर्सानी, अमिलो, साग र काउली आफ्नै बारीमा फल्थ्यो । आफ्नै खेतबारीको धान, मकै, कोदो र फापरको छाक पाक्थ्यो ! सिजनका फलफूल हातैले टिपेर खाइन्थ्यो । दूध, दही, मोही, नौनी, घिउदेखि तरकारीबारीलाई चाहिने प्राङ्गारिक मलसम्म आफ्नै गोठबाट आउँथ्यो !

छोराको बिहे गर्दा, नातिनातिनालाई उच्च शिक्षा या विदेश पठाउँदा अथवा कुनै असाध्य रोगको शहर पसेर उपचार गर्नुपर्दाबाहेक हजुरबुबाले कसैसँग ऋण माग्न परेन । अँ, साधनको नाममा पछिल्लो समय घरमा साइकल थियो । त्यसले गाउँका धेरै मान्छेलाई पछाडिको सिटमा राखेर बजार पुऱ्यायो होला । कतिको सामान बोकेर घरसम्म पुऱ्याइदियो होला । कति बिरामी हुँदा एम्बुलेन्स बनेर त्यो स्वास्थ चौकी या गाड़ी पाइने ठाउँसम्म पुग्यो होला । एउटा साइकलमा कति नै रस होला र, तर त्यसले अलिअलि धेरैलाई भिजाएको थियो ।

त्यो घरको सबैभन्दा ठूलो विशेषता भनेको चाहिँ त्यहाँ तीन पुस्ता अटाउनु थियो र सबै सँगै हुनु थियो । साँझ भात पस्किँदा भान्सा एक्लो कहिल्यै हुँदैनथ्यो । सबै जना जम्मा नभई भान्सा खुल्दैनथ्यो ।

मलाई त्यो जीवन गरिब जीवन हो भन्ने कताबाट लाग्यो कुन्नि,
धनी बन्न म शहर पसेँ । डिग्रीसम्म पढेँ । शहरमा आधा जीवन त एक्लो कोठा या कोठासमूहको फ्ल्याटमा बित्यो । त्यहाँ मेरो आफ्नै खुट्टा फैलाउन पुग्ने ठाउँ थिएन, मैलाई पेट भर्न सजिलो थिएन । आफन्त र इष्टमित्र एक हप्तालाई आउँदा मसँग कहाँको 'स्पेस' होस् । न त्यहाँ केही उब्जन्थ्यो, न पाइतालाले माटो छुन पाउँथ्यो । खै कस्तो खाले सम्पन्नता थियो त्यो, त्यहाँ भान्सा प्रायः जसो एक्लो हुन्थ्यो । चिसो हुन्थ्यो ।

शहरबाट म अझै धनी बन्न विदेश पसेँ । कमाएँ । आज दुई-तीन बेडरूमको घर भयो । मैले छोड़ेर आएको गरिब घरमा कहिले काहीँ फर्केला भनेर सबैभन्दा राम्रो कोठामा अझै ताला लागेको छ । खाली छ त्यो । तर मैले आजीवन डिग्री घोटेर कमाएको धनी घरमा हजुरबुबा या बुबाआमा आउनुभयो भने कहाँ सुताउने होला भनेर घरसल्लाह गर्न पर्छ । दश जना इष्टमित्र आउने हो भने मेरो घरले स्वागत गर्न सक्दैन । मेरो पनि के भन्नु र ! ब्याङ्कको नियमित किस्ता बुझाउनुपर्छ । बुझाउन 'एक्स्ट्रा' काम गर्नुपर्छ । कामै काम गरेपछि सँगै भन्ने भएन ! घरभरि तीन पुस्ताको आबाज त के हुन्थ्यो र, फोटो मात्रै छ । कतिबेला त त्यही फोटो पनि राख्न भ्याइन्न । आफ्नो राखे पुगिहाल्यो नि! फोहोर फाल्ने ठाउँ त छैन, केही फल्ने र टिपेर खाने कुरो परको भयो । साइकलको ठाउँमा गाड़ी त छ तर त्यसको रस मैंबाहेक अरूलाई पुगेको छैन । त्यो पनि अरू कुरा जस्तै ब्याङ्कको ऋणमैँ छ ।

त्यो घरमा हुँदा कोही कहिल्यै एक्लै अस्पताल गएन । म स्वास्थ्यचौकी जाँदा सिङ्गो परिवार पछि पछि थियो । आज हजुरबुबा अस्पताल जाँदा मसँग समय छैन ।

हजुरबुबा हुनुको रस सिङ्गो गाउँमा थियो । त्यसको दुःखसुखमा थियो । म हुनुको रस मैलाई मात्रै छ । हजुरबुबासँग मावली, बुढो मावली, फूपू, सानोबा, सानीआमा, दाजुभाइ, जेठान, साली, ससुराली, भान्जाभान्जी, नातिनातिना, गुरु, शिष्य, इष्टमित्र र छरछिमेकको ठूलो संसार थियो । मसँग एकदुई थान नयाँ अङ्कल र सरहरू मात्रै छन् ।

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता हेरेर के लाग्यो भने, धनी हुनु भनेको हामीबाट 'म' हुनु रहेछ । राम्रो म !

के हाम्रो हजुरबुबा साँच्चिकै गरिब हुनुहुन्थ्यो ? के तपाईं साँच्चिकै सम्पन्न हुनुहुन्छ ? के घर पनि पक्की र कच्ची हुन्छ र ?

住所

Minato, Tokyo

電話番号

+818058615448

アラート

Bajgain Krishna prasadがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Bajgain Krishna prasadにメッセージを送信:

ビデオ

共有する